Monday, November 2, 2020

विद्युतिय प्रेमले निम्त्याएको पिडा


यतिवेला आधुनिक हुने नाममा हामिले समाजलाई सदैव अनुशासित र सु–संस्कृत बनाईराख्नका लागि अत्याबश्यक परम्परागत संस्कार र संस्कृतिहरु, सामाजिक मुल्य र मान्यताहरुलाई बेवास्ता गर्न थाल्यौं । मान्न छाड्यौं । लत्याउन थाल्यौं । जसको परिणामस्वरुप हामी अनुशासनहिन, अराजक, असामाजिक र संस्कारहिन बन्न थाल्यौं । विसंगती र विकृतिका बाहक बन्यौं । विवेकहिन बन्यौं । कर्तव्य, जिम्मेवारी, धर्म, ईमान्दारिता सवैलाई खाल्टामा हाल्यौं । न आफु बन्यौं, न समाजलाई केही योगदान दिन सक्यौं । यो आम प्रवृती राष्ट्रकै  लागि समेत घातक बन्न पुग्यो । 

यहां सन्दर्भ लभ म्यारिज वा प्रेम विवाहको उठान गर्न खोजिएको हो त्यो पनि विद्युतिय माध्यमवाट गरिने प्रेम विवाहको । विषयवस्तुको उठान गरिरहंदा समाजमा धेरै अगाडीदेखी प्रचलनमा रही आएको, समाजले स्विकारेको र कानूनी मान्यता प्राप्त प्रेम विवाहलाई गलत भन्न खोजिएको होईन र भन्न पनि मिल्दैन । एकले अर्काको भावना, विचार, सोच, व्यावहार, आदत, बानी ब्यहोरा सवै बुझेर बैवाहिक बन्धनमा बांधिनु उचित हुन्छ भन्ने दुवैको निष्कर्षबाट प्रेम विवाह गरिने हुंदा यसलाई गलत ठान्नै मिल्दैन । त्यसर्थ पनि परिवार, समाज र राज्यको कानूनले यो विवाहलाई मान्यता दिएको हुनुपर्छ । यसो भनिरहंदा शास्त्रीय परम्परा अनुसारका ८ प्रकारका विवाहमध्ये तुलनात्मक रुपमा ब्राह्म विवाह वा मागी विवाह सवैभन्दा सर्वश्रेष्ठ, मान्यताप्राप्त, व्यावहारिक र उचित ठानिन्छ । दुवैतर्फको घरपरिवार र समाज समेतको सम्पुर्ण जानकारी लिएर दुवै तर्फको चित्त बुझाईपछी दुवै तर्फको सहमतीमा यो विवाह हुने भएकाले यसलाई सवैभन्दा उत्तम मानिन्छ । त्यसैले एक दुई अपवाद वाहेक मागी विवाहद्वारा बन्धनमा बांधिएका पती पत्नीविच एकले अर्काको भावनालाई कदर गर्दै समझदारीका विच स्वर्गिय आनन्दकासाथ जिवन चलिरहेको पाईन्छ । हाम्रा पुर्खाहरुले व्यावहारमा ल्याएको यो मागी विवाह पद्धती हरेक दृष्टीले चाहे बैज्ञानिक कोणवाट होस वा चाहे धार्मिक, सामाजिक कोणवाट होस अत्यन्तै उपयोगी रहेको पाईन्छ । तर दुर्भाग्य यो वैवाहिक पद्धती आधुनिकताका नाममा प्रायःलोप हुने अवस्थामा पुगिसकेको छ । यसको संरक्षण गर्नु जरुरी छ । 

यतिवेला त झनै सामाजिक मूल्य, मान्यता र कानूनी मान्यतालाई समेत कुल्चिएर विद्युतिय माध्यमवाट फेसबुकमा च्याट मार्फत अनुहार हेर्दै दुई चार दिन कुराकानी गरी प्रेम गर्ने र एकले अर्कोविना बांच्नै नसक्ने अवस्थामा पुगेको भन्दै भेट्ने स्थान र समय निर्धारण गर्ने गरिन्छ । बाबुआमाले उक्त सम्वन्धलाई अस्विकार गर्ने हुंदा निर्दिष्ट समय र स्थानमा भेट गरी दुवैजना घरवाट भाग्ने योजना बनाईन्छ । ७–८ कक्षा पढ्दै गर्ने केटाकेटीहरु १५–१६ वर्षकै उमेरमा यस्तो खाले क्रियाकलापमा संलग्न हुने गरेको पाईन्छ । आमा, वावु, परिवारका अन्य सदस्य र समाजलाई पनि मान्य नहुने, स्विकार्य नहुने र २० वर्ष नपुगी विवाह गर्न नपाईने कानूनी बन्देज पनि रहेकोले ती भर्खरका केटाकेटीहरु कामको खोजिमा सहर पस्न बाध्य हुन्छन । १६ वर्ष पुरा भएपछी मात्र नागरिकता बनाउन पाईने कानुनी मान्यता रहेकोले उनिहरुले नागरिकता बनाउन पनि भ्याएका हुंदैनन् । त्यसो त उनिहरुले बाल विवाह गरेका कारण नागरिकता बनाउने अवसर पनि तत्कालका लागि गुमाएका हुन्छन । कानूनी नजरमा दोषी भएकाले नागरिकता बनाउनका लागि गाउंमा जाने अवस्था रहंदैन । यो मामिलामा केटालाई भन्दा पनि केटीलाई बढी समस्या आईपर्ने हुन्छ किनकी एउटा कुरा त केटासंग हिंडिसकेपछी कानूनी बन्देजका कारण माईतीवाट नागरिकता बनाउने अवस्था रहंदैन भने घरपटी वा केटा पटिवाट बनाउनका लागि सम्वन्धित निकायमा विवाह दर्ता भएको हुनुपर्छ । २० बर्ष नपुगी विवाह दर्ता हुंदैन । विवाह गरेको थाहा भयो भने कानूनी कार्वाहीको भागी बनिन्छ । यसरी उनिहरु दुवै जना नागरिकता पाउने अधिकार हुंदाहुंदै पनि बदमासी गरेका कारण नागरिकताविहिन हुन पुग्छन । 

नागरिकता, योग्यता, क्षमताको अभाव र अर्कोतिर उमेरका हिसावले पनि सहरमा काम पाउन मुश्किल हुन्छ । त्यसपछी कामको खोजिमा भौंतारिंदै हिंड्न थाल्छन । शहरमा स्वास फेरेको समेत पैसा तिर्नुपर्ने हुंदा पैसा नकमाई बांच्ने उपाय हुंदैन । कोठा भाडा तिर्नुप¥यो, विहान वेलुकाको छाक टार्नुप¥यो, कम्तीमा सस्तै भएपनि एकझुम्रो कपडा लगाउनै प¥यो । विमारी होईन्छ, औषधी खानै प¥यो, अस्पताल धाउनै प¥यो । उपचार सस्तो छैन । यसरी गांस,वास, कपासको समस्याले तनाव दिन थाल्छ । त्यसपछी आफुले भन्दा पनि पाएको काम गर्न तयार हुनुपर्छ । त्यो पनि पाएको खण्डमा । शहरमा योग्यता, क्षमता र पहुंच नहुने महिलाले पाउने काम भनेको सम्पन्न परिवारको घरायसी काम वा ज्यामी काम र केटाले पाउने काम भनेको ज्यामी काम नै हो । त्यसका लागि पनि घरधनी वा ठेकेदारसंग चिनजान भएको मानिसले सिफारिस गरेको मानिसलाई मात्र काम दिईन्छ । सिफारिस गर्ने मान्छे फेला पर्छ कि पर्दैन कुनै ग्यारेन्टि छैन । संयोगवश फेला परेछ रे भने पनि शहरको महंगीका कारण दुई जनाको कमाईले महिना धान्न धौ धौ पर्ने हुन्छ । घरधनिले महिना नपुग्दै भाडा माग्न थाल्छ । नदिए निकालीदिने धम्की दिन्छ । अन्य खाद्यान्न, तरकारि त परै जाओस । थोरै खाएर मिठोको साटो नमिठो खाएर भए पनि जेनतेन महिना त गुजारा गरिएला । तर कहिले सम्म यै उमेरमा पुगेस पुगेसको जिन्दगी निर्वाह गर्ने । दिक्क लाग्न थाल्छ । दुवैलाई आवेगमा आएर वेकारमा घर छाडेर गल्ती गरिएछ जस्तो लाग्न थाल्छ । समय वित्दै जांदा दुइवाट तिन, तिनबाट चार होईन्छ । त्यसपछी त झनै खर्चले धान्न छाड्छ । दिन प्रतिदिन अभाव, गरिवी र वेरोजगारिले पेल्दै जान थालेपछी दुईजनाको विचमा मनमुटाव बढ्न थाल्छ । असमझदारी बढ्न थाल्छ । अनी झगडाको विजारोपन हुन थाल्छ । हुन सक्छ केटाले शहरकी उस्तै प्रकृतिकी अर्की केटीसंग प्रेम गर्न थाल्छ । अराजकता बढेपछी के लाग्छ जस्का कारण कोठामा ढिलो आउने, कहिले आउंदै नआउने गर्न सक्छ । यसले झगडा झनै बढ्दै जान्छ । त्यसपछी केटाले छाडिदिने धम्की दिन थाल्छ । के वेर छाडिदिन पनि सक्छ । 

गैरकानूनी सम्बन्धका कारण केही गरी छाडेर अर्कीसंग गैहाल्यो भने पनि उजुरी गर्ने ठाउं छैन । उजुरी गर्दा उल्टै कार्वाहीमा परिन्छ । माईत जाउं भने भागेर हिंडेको स्विकार्नेवाला छैनन् । माईतीले त वास्तै गर्न छाडिसकेका छन । अन्त जाउं कहां जाउं । त्यतीमात्र कहां हो र विवाह दर्ता नगरीकन छोराछोरिको जन्म दर्ता समेत गर्न पाईंदैन । नागरिकता बनाउन पाईएन । त्यसपछी जे गरे पनि, जे भए पनि सहेर वस्नुको विकल्प रहंदैन । आंशु पिउंदै तड्पी तड्पी जिउनुको विकल्प छैन । फेसबुक म्यरिज गर्ने प्रायः सवैको हविगत यस्तै भएको पाइन्छ, जसको उमेर नपुगी सम्बन्ध जोडिएको हुन्छ । 

त्यसर्थ ‘हतारमा विवाह गर्नु, फुर्सदमा पश्चाताप गर्नु हो’ भन्ने यर्थाथ सार्वभौम सिद्धान्तलाई आत्मसाथ गरी राज्यको कानुनले निर्धारण गरेको २० वर्ष पुरा भएपछी मात्र विवाह गर्ने मान्यतालाई पालना गर्दै ८ किसिमका विवाह पद्धतीमध्ये सर्वश्रेष्ठ मान्यताप्राप्त व्यावहारिक मागी विवाह पद्धतीलाई अपनाएर दुई आत्माको पवित्र बन्धन मानिने मानव जिवनलाई आदर्श रुपमा संचालन गर्ने उद्देश्यले उद्दालकपुत्र श्वेतकेतुद्वारा प्रचलनमा ल्याईएको, ऋग्वेद र अथर्ववेदमा उल्लेख गरिएको मानव जिवनको महत्वपुर्ण पाटोको रुपमा रहेको विवाहलाई सुमधुर वनाएर वैवाहिक जिवनलाई सुखमय बनाउने काम गरौं नकी विवाहलाई केटाकेटीको खेल बनाएर जिवन वर्वाद नगरौं । यसैमा सवैको भलो हुनेछ । 


Saturday, October 31, 2020

दुःख्छ दिपावली


मखमली, गोदावरी र सयपत्री

कहिल्यै फुलेनन् मेरो अन्तरहृदयमा

फुले भने केवल दुई नजरमा फुले 

नजरले दिपावलीको संकेत पायो 

तर कहिल्यै छायन दिपावली 

ईन्द्रेणिको सात रङले 

कहिल्यै रमाएन मेरो मन

बरु ऐंठन भएजस्तो हुन्छ

ईन्द्रेणी नजरमा ठोकिंदा 

र त मलाई लाग्छ

कहिल्यै नफुलेनी हुनेनी 

मखमली, गोदावरी र सयपत्री 

कहिल्यै नझरेनी हुनेनी ईन्द्रेणी

पृथ्वीमा 

मेरो मन दुखाउन

बल्ल बल्ल खाटा बसेको घाउ कोट्याउन

मखमली, गोदावरी र सयपत्री 

फुलाउने प्रकृतिसंग

मेरो गुनासो छ

मेरो दिर्घायुका खातिर 

मखमली, गोदावरी र सयपत्रीले 

मलाई पुज्ने मेरा दिदिहरु 

किन मबाट छिनेर लग्यौ 

सक्छौ फर्काउन 

सक्दैनौ भने नफुलाउ ति फुलहरु 

मलाई रुवाउन 

ईन्द्रेणी पार्ने प्रकृतिसंग 

मेरो दुःखेसो छ 

सप्तरङ्गी टिकाले

मेरो निधार रङ्गाउने मेरा दिदिहरु

म बाट किन छुटायौ 

सक्छौ फर्काउन

सक्दैनौ भने नझार ईन्द्रेणी पृथ्वीमा

मलाई पिडाबोध हुन्छ

इन्द्रेणी देखेपछी मेरो मन रुन्छ । 


Thursday, October 29, 2020

संक्रमित हुंदाको आफ्नै कथा, व्यथा




नमस्कार । म दुर्योधन बस्नेत । काठमाण्डौ महानगरपालिकाको वार्ड नं. ३१ मा अवस्थित जागृतिनगर टोलमा बस्दै आएको छु । स्थायी पेशा खासै मेरो केही छैन । अली अली समाजसेवा, कहिलेकाहीं अनुसन्धान र वांकी समय गित, कविता र समय सान्दर्भिक निवन्धात्मक लेखहरु लेखेर जनमानसलाई संदेश दिने गरेको छु । मेरो आफ्नै यु टुव च्यानल, पेज र व्लग स्पोर्ट छ । यहांहरुले हेर्न सक्नुहुन्छ । हेरेर लाईक, कमेन्ट, शेयर, फलो र सव्स्क्राईव गरि मलाई हौसला दिनुहुनेछ भन्ने आशा पनि गर्दछु । मेरो सानो परिचय यहांहरु माझ राखें । फेरी भन्ठान्नु भएको होला, यो त आफ्नो वयान गर्न पो आएको रहेछ । त्यस्तो पक्कै होईन र त्यसरी नबुझिदिनुहोला । संक्रमितको रुपमा परिचय दिन आवश्यक ठानिएको मात्र हो । 

यतिवेला विश्वलाई नै आतंकित बनाईरहेको कोभिड–१९ को महामारिवाट हाम्रो परिवारमा म र मेरो श्रीमती पनि अछुुतो रहन सकेनौ । सचेत हुंदाहुंदै, सावधानी अपनाउंदा अपनाउंदै र स्वास्थ्यको ख्याल गर्दा गर्दै पनि हामीलाई छाडेन र संक्रमितको शिकार बन्न पुगियो । न विश्व स्वास्थ्य संगठन र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भनेजती संक्रमणका लक्षणहरु नै देखा परे । मलाई मात्र, डेढ हप्ता अगाडी देखी कहिलेकाहीं अली अली घुंडा करकरी खाएजस्तो हुने, घरी घरी टाउको झुम्म बनाउने र कुनै कुनै समय भने तिखो किसिमले दुख्ने गर्दथ्यो । हिंड्दाखेरी घरी घरी रिङ्गटा लागेजस्तो हुन्थ्यो । यो भन्दा बाहेक म मा अरु कुनै समस्या भनुं वा लक्षण केही पनि थिएन र पनि पि.सि.आर.जचाउन पर्छ भन्ने लाग्यो र सिनामंगलस्थित काठमाण्डौ मेडिकल कलेजमा गएर चेक गराउंदा रिपोर्ट पोजेटिभ आयो । रिपोर्टमा एन.जिन.– १८, ई.जिन.– १७ र ओ.आर.एफ.वान एवी–१९ देखियो । सम्वन्धित विशेषज्ञका अनुसार यो अंकको वोर्डर लाईन भनेको २५ हो रे । २५ भन्दा जती कम देखिन्छ, त्यती अरुलाई सर्ने संभावना बढी हुन्छ रे । 

रिपोर्ट पोजेटिभ आईसकेपश्चात म आफ्नै घरमा होम आईसोलेसनमा बसें । अरु कुरा त सवै व्यवस्थापन गर्न सजिलै भयो तर वाथरुम एउटै भएकाले अली गाह्रो प¥यो यद्यपी मैलै बाथरुम प्रयोग गरिसकेपछी छोईएका सवै चिजलाई स्यानीटाइज गर्ने गर्थें । चप्पल अलग्गै प्रयोग गर्थें, सावुन अलग्गै प्रयोग गर्थें, वाथरुममा प्रयोग हुने पानीका भांडा, धारा अलग्गै प्रयोग गर्थें । मास्क लगाएर वाथरुम जान्थें र पंजाको प्रयोग गर्थें । यती हुंदाहुंदै पनि परिवारका अन्य सदस्यलाई सर्ने हो की भन्ने चिन्ता भने लागिरहन्थ्यो । 

पि.सि.आर. गरेको २–३ दिनसम्म पनि टाउको झुम्म हुने र रिङ्गटा  लागेजस्तो गर्ने समस्या हटेन । त्यसपश्चात छिमेकी मेरो व्यक्तिगत जिवनको हरेक पक्षमा सरोकार राख्दै सहयोग गर्नुहुने आदरणिय दाई मोती घिमिरेज्यूसंग समस्या राखें । उहांले कोभिड–१९ संग सम्वन्धित काठमाण्डौ महानगरपालिका अन्र्तगत महानगर शहरी स्वास्थ्य क्लिनिकमा कार्यरत डक्टर अपिल उप्रेतीको फोन नं.उपलब्ध गराएर उहांसंग उचित परामर्श लिनका लागि सल्लाह दिनुभयो । मैले तुरुन्तै डक्टर अपिललाई फोन गरें र सवै कुरा वताएं । त्यसपछी उहांले दिनको ३ पटक ६–६ घण्टाको फरकमा सिटामोल खाने र नआंतिईकन आईसोलेसनमा अत्यन्तै शुरक्षितका साथ बस्ने सल्लाह दिनुभयो । मैले सोही अनुसार गरें । उहांप्रती म हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्न चाहन्छु ।  यसैगरी समाज परिवर्तनको अभियानमा निरन्तर लागिरहनुभएकी नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीमा कार्यरत  अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ केन्द्रिय समितीकी उपाध्यक्ष तथा स्वास्थ्य संगठन ईन्चार्ज बागमती प्रदेशकी स्वास्थ्यकर्मी भिमा गौतमसंग एउटै अभियानमा लाग्दा चिनजान भएका कारण परामर्श लिन उपर्युक्त ठाने । उहांले मल्टी भिटामिन, भिटामिन सी खाने सल्लाह दिनुभयो । त्यस्तै उहांको सुझावअनुुसार दुधमा वेसार मिसाएर, च्यवनप्राश, फलफूल, गेडागुडीको झोल, जाउलो, अण्डा, ज्वानोको झोल दैनिकजसो खान थालें  । उहांकै सुझावअनुसार कपालभांती, अनुलोमविलोम लगायतका योगाहरु गर्न थालें । हुन त म ती योगाहरु नियमित नै गर्ने गर्थें । अझै जोड दिन थालें । त्यती मात्र होईन उहांले असहज भएमा जानकारी गराउनु, आवश्यक उपचार ब्यवस्था मिलाउने आश्वासन समेत दिनुभयो । उहांको यो सद्भाव, माया मेरा लागि सदैव यादगार रहने छन । उहांप्रती हार्दिक आभार एवं धन्यवाद ब्यक्त गर्न चाहन्छु । त्यसैगरी संक्रमित भएर ठिक भैसक्नुभएका अत्यन्तै सहृदयी, सहयोगी मित्र समाजसेवी छिमेकी यमलाल गोैतमज्यूले आफु संक्रमित हुंदा सेवन गर्नुभएका आर्युवेदिक औषधी कस्तुरी भुषण, जडिवुटिहरु तुलसी, पुदिना, गुर्जो, वेसार, ज्वानो हालेर पानी तताएर खाने सल्लाह दिनुभयो । उहांको सल्लाहलाई शिरोपर गर्दै त्यसको अलावा पनि घरको छतमा गमलामा लगाईएको गोरसपान, पत्थरचट्टा, घोडताप्रे, सन्चोको पात र विरेनुन समेत मिसाएर तताएर उमालेको पानी दैनिक सेवन गरें । मित्र यमलालले पनि च्यवनप्राश, मह, गेडागुडिको झोल, फलफुल, जाउलो खाने सल्लाह दिनुभयो । उहांले आवश्यक औषधी समेत उपलब्ध गराएर ठूलो सहयोग गर्नुभयो । जुन मेरा लागि अत्यन्ते अविष्मरणिय रहने छ । यसरी सम्पूर्ण शुभेच्छेक, शुभचिन्तक, डाक्टर, स्वास्थ्यकर्मी, आत्मीय मित्रजनको सल्लाह सुझावलाइ आत्मसाथ गर्दै औषधीमुलो र शक्तिवर्धक खानेकुरा खान थालेपछी विस्तारै शरिर तन्दुरुस्त र स्वस्थ बन्दै गयो । दिनको दुई पटक विहान र वेलुका तातोपानीमा सन्चोको थोपा हालेर वाफ लिने गरें । विहानको घाममा एक घण्टा बस्ने गर्थें । लगभग पोजेटिभ देखिएको एक हप्तामा मलाई केही पनि भा छैन वा रोगमुक्त भएको महशुस हुन थाल्यो । यद्यपी मैले दुई हप्तासम्मै औषधीमूलो र शक्तिवर्धक खानेकुराहरुलाई निरन्तरत दिईनै रहें । 

यो विचमा अर्थात  १४–१५ दिनको होम आईसोलेशनको वसाईमा काठमाण्डौ महानगरपालिका अन्र्तगतको सहरी स्वास्थ्य क्लिनिकका कोभिड–१९ संग सम्वन्धित स्वास्थ्यकर्मी सिर्जना जि.सी. खरेलले एकपटक र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीवाट दुईपटक मेरो स्वास्थ्यस्थिीतिको वारेमा जानकारी लिने काम भएको थियो । उहांहरप्रती पनि आाभार ब्यक्त गर्न चाहन्छु । संक्रमित भैरहंदा वा संक्रमणको अवधिमा परिवारमा श्रीमतिको सहयोग र भूमिका अत्यन्तै महत्वपूर्ण रह्यो । उनी स्वयम पनि भर्खरै मात्र संक्रमणबाट मुक्त भएकी थिईन जसले गर्दा उनमा शारिरिक कमजोरी विद्यमान नै थियो तथापी मेरो सेवा गर्ने काममा कतीपनि कन्जुस्याईं नगरी रातदिन खटिईरहिन । घरको संपूर्ण काम भ्याउनुपर्ने बाध्यता आफ्नै ठाउंमा थियो । यसर्थमा उनी पनि आभार र धन्यवादको पात्र बनेकी छिन । 

कोभिड–१९ को संक्रमित भैसकेपछी आईसोलेशनमा बस्नुपर्ने कुरा आफ्नो ठाउंमा छंदैछ । आईसोलेशनमा बसिएन भने घरपरिवार लगायत संपर्कमा आउने सवै संक्रमणको शिकार बन्नेछन । सुनिन्छ– पोजेटिभ रिपोर्ट आएका केही मानिसहरु लक्षण केही पनि छैन भनेर आईसोलेशनमा नवसी खुल्लेआम हिंड्ने गरेका छन रे । त्यो भन्दा ठूलो वेकुवी, अपराध के हुन सक्छ होला ? यदी कसैले यो अपराध गरेको छ भने तुरुन्तै सच्याउनु जरुरी छ । कसैको जिवनसंग पनि खेलवाड गर्नु हुंदैन । अर्को कुरा संक्रमितप्रति हेर्ने दृष्टिकोण नकारात्मक बनाउनु पनि सरासर गलत र नाजायज ठहरिन्छ । संक्रमित भएको जानकारी पाएपछी समाजका केही मानिसहरुले नकारात्मक टिप्पणी गरेको पाईन्छ । संक्रमित स्वस्थ भैसकेपछी पनि बाटोमा भेट्दा अपराधीलाई जस्तो छि छि र धुर धुर गर्नेजस्ता दुव्र्यवहार गर्ने गरिएको देखिन्छ । यो विश्वब्यापी महामारी भएकोले कति वेला कसलाई लाग्छ भन्ने कुनै ग्यारेन्टी छैन । हुन सक्छ दुव्र्यवहार गर्नेलाई पनि लाग्न सक्छ । त्यसैले संक्रमितलाई दुव्र्यवहार होईन माया गर्न सिकौं । यो केही होईन, डराउनु पर्दैन, ठिक हुन्छ भनेर हौसल्ला दिने काम गरौं । आवश्यक सहयोग गरौं । मानविय सहयोग गरौं । संक्रमित भएको थाहा पाएपछी केही साथीभाई, छरछिमेक र आफन्तहरु समेत संपर्कमै आउन नचाहेको पनि पाईयो । के कसो छ भनेर सोध खोज समेत गर्न जरुरी ठानिएन । स्वास्थलाभको शुभेच्छा प्रकट गर्न पनि मनले मानेन । यो आवेगमा आएर आक्षेप लगाईएको होईन । तितो यथार्थ हो । यसले हामी मानवियताको सवालमा कती गम्भिर छौं भन्ने कुराको पुष्टी गर्दछ । यसरी कोरोनाले को संग कती मानवियता छ भन्ने कुराको मुल्यांकन गर्ने अवसर पनि प्रदान गरेको छ । अर्को कुरा यसले मानिसलाई स्वाबलम्वी र मितव्ययी पनि बनाईदिएको छ । कहिल्यै आफुले खाएको भांडा नमाझ्ने, आफ्नो कपडा नधुने सुखभोगीहरुलाई भांडा माझ्न र लुगा धुन पनि सिकायो । त्यस्तै अनावश्यक फजुल खर्च गर्नेहरुलाई कम खर्च गर्न पनि सिकायो । 

सल्लाह र सुझाव ः– एउटा संक्रमितको तर्फबाट म सवैलाई के सल्लाह दिन चाहन्छु भने यस रोगको निर्धारित, निर्दिष्ट लक्षण यही हो भनेर भन्ने अवस्था रहेन । त्यसैले आफुलाई शारिरिक रुपमा केही लामो समयसम्म अप्ठ्यारो महशुस हुन थाल्यो भने पि.सि.आर. चेक गराउंदा उपर्युक्त हुने देखियो । यदाकदा सुनिन्छ– मलाई त लक्षण देखिए पनि सिटामल खाएर, तातो पानी पिएर, काम गरेको गर्यै गर्दा नै ठिक भयो । पक्कै हो, जसको ईम्युनिटी पावर बलियो थियो, उसले पचायो होला तर उसंग भएको भाईरस अरु कमजोर स्वास्थ्य स्थिीती भएका मानिसहरुलाई त सर्ने भयो नि चाहे परिवारका सदस्यहरुलाई होस वा उसंग सम्पर्कमा आएका अन्य मानिसहरुलाई । उसले गर्दा अरु मानिसहरुले दुःख पाउनु भएननी । त्यसर्थ लक्षण देखिएमा वा शंका लागेमा सवैले पि.सि.आर.जचाउनृ जरुरी देखिन्छ । अर्को कुरा अलिकती लक्षण देखा पर्दै जचाईएन भने पछी गाह्रो हुंदा जचाउने अवस्था नरहन पनि सक्छ । सं क्रमित बढ्दै जांदा भेन्टिलेटरमा जानुपर्ने अवस्थामा भेन्टिलेटर नपाईन पनि सक्छ । अस्पतालमा वेड खाली नहुन सक्छ । वेड पाए पनि निको हुने अवस्था नरहन सक्छ । त्यसमाथी पनि सरकारले क्याटागोरी छुट्याएको छ । कमजोर आर्थिक अवस्थाका कारण उपचारको अभावमा ज्यान गुमाउन पनि सकिन्छ । आफु त रहिएन रहिएन, अरुको समेत ज्यान खतरामा पर्न सक्छ । त्यसर्थ वेलैमा सचेत बनौं । अली अली गाह्रो हुनासाथ जचाईयो भने आफु पनि बचिन्छ र अरुलाई पनि बचाईन्छ । जचाउंदैमा ठूलो क्षती हुंदैन । देखिन्छ नै भन्ने पनि छैन । देखिएन भने झनै राम्रो भयो । अरु समस्याको पनि त खोजी गर्न थालिन्छ । त्यसैले आफु बचौं, अरुलाई पनि बचाऔं । यो केही होईन भन्ने अफवाहमा नलागौं । तर सचेत भएर सावधानी अपनायौं भने त्यती आंत्तीनु भने पर्दैन । यो चाहीं पक्का हो । 

निष्कर्ष ः– सचेत हुनुभयो, सावधानी अपनाउनु भयो भने यो केही होईन । पहिले पहिले पनि निमोनिया हुने गर्दथ्यो, निमोनियाका कारण मान्छे मर्ने गर्दथे । यो कडा खालको निमोनिया हो । हेलचेक्राई गरियो भने मृत्यु निम्तीन सक्छ । त्यसैले साबधानी अपनाउनुहोस, पेनिक नहुनुहोस । 

अन्त्यमा टाढा भएर पनि नजिक भएको महशुस गराउनुहुने, नजिक भएर पनि भएको, नभएको उस्तै महशुस गराउनुहुने र फोन र मेसेजवाट स्वास्थलाभको कामना गर्नुहुने, संझनुहुने, नसंझनुहुने र विविध कोणवाट सहयोग पु¥याउनुहुने सम्पुर्णमा धन्यवाद एवं हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । यहांहरुकै शुभेच्छा, सद्भाव, माया, ममता र सहयोगका कारण म आज विश्वब्यापी महामारी कोभिड–१९लाई जित्न सफल भएको छु । म मात्र होईन मेरो जिवनसंगिनी पनि यसलाई जित्न सफल भएकी छिन । यसको श्रेय यहांहरुलाई नै जान्छ । हामी यहांहरुप्रती अत्यन्तै आभारी एवं ऋणी भएका छौं । अन्तमा पुनः दिनको एकपटक फोन गरेर मेरो स्वास्थ्यस्थिीतीको बारेमा जानकारी लिनुहुने आदरणिय दाई मोती घिमिरे र मित्र तथा सहयोगी यमलाल गौतमप्रती विशेष धन्यवाद एवं आभार ब्यक्त गर्न चाहन्छु । धन्यवाद । 


Friday, October 23, 2020

आमालाई चिट्ठी

–मोती घिमिरे 


पूजनिय आमा,

साष्टाङ्ग दण्डवत ढोग । 

तपाईको आशिर्वादले अहिलेसम्म आराम छौं, आरामको कामना गर्दछौं । अहिलेको जमानामा पनि के चिठी लेखेको होला यसले भन्ने सोच्नु भा होला है तपाईंले । अहिले खवर आदानप्रदान गर्ने विभिन्न आधुनिक प्रविधिहरु आका छन् तर आमा पहिले पहिले जुन चिठी लेख्ने संस्कृति थियो नि त्यसमा वास्तवमै भावना हुन्थ्यो, शव्दमा प्रेम हुन्थ्यो र सम्वन्धलाई प्रगाढ बनाउंथ्यो । अहिले जुन साईवर संस्कृति भन्छन् नि त्यसमा न भावना हुन्छ, न त सच्चा प्रेम हुन्छ । यसले त विकृती पो ल्याको छ । मान्छेको मन मष्तिष्कलाई फलाम जस्तो बनाईदिएको छ । यसवाटै आज विहे गर्छन, भोली छुट्टिन्छन । चिठीमा मनका कुराहरु मनग्गे लेख्न पाईन्छ । अरुले खोलेर हेरिदिन्नन् । लेखेका कुराहरु पनि गोप्य हुन्छन । अहिलेको प्रविधिमा त विकृति मात्र छ । गोपनियता पनि छैन । मान्छे जती आधुनिक बने पनि, विज्ञानको युग भने पनि मान्छेहरु पहिलेकै रिती पद्धतिलाई मान्न थालेका छन नि आजकाल । 

ए सांच्चै मलाई पहिलेको कुरा सम्झना आयो । २०३४÷३५ सालतिर म ८÷९ किलास पढ्दा काठमाण्डौवाट आएका राविसे ( राष्ट्रिय विकास सेवा ) का मान्छे भन्दै हाम्रो घरमा आउंथे नि । तिनीहरु घरमा आउंदा तपाईंले भन्नुहुन्थ्यो नि यिनिहरु कहांवाट आएका हुन ? के हुन ? घरभित्र ल्याउन हुन्न भन्दै पिंढीमै चिया खाजा दिने गर्नु हुन्थ्यो नि । त्यतिवेला हामी के गर्नु भाहोला आमाले भन्थेम । अहिले त विश्वले हाम्रै संस्कृति हाम्रै चलन अपनाईरहेका छन नि । कोरोना लाग्छ भन्ने डरले अरुको घरमा नछिर्नु, आफ्नो घरमा अरुलाई नबोलाउनु भनेर रेडियो, टेलिभिजनले फुकेको फुक्यै छ । अनि तपार्ईंलाई पनि सम्झना होला, हामी स्कुलवाट घर फर्किंदा आंगनको पल्लो छेउमा राखेको लोटा देखाउंदै, उ त्यसमा पानी छ हात खुट्टा धोएर सफा भएर मात्र भित्र छिर है भन्नुहुन्थ्यो नि । तपाईंले त्यसो भन्दा हामीलाई झर्को लाग्थ्यो तर आमा गजवको कुरा त हामी साना छंदा भान्सामा जाने वेलामा वाहिर लाएर आको कपडा फेरेर हात खुट्टा धोएर मात्रै जान दिनु हुन्थ्यो नि । अहिले रेडियो टेलिभिजनले मिची मिची हात धुनु , वाहिर गएर आएको कपडा बदलेर मात्र घर भित्र छिर्नु भनेर हामी केटाकेटी छंदा सिकेको कुरा अहिले फुकेको फुक्यै छ नि । त्यती मात्र कहां हो र, अरुलाई नछुनु, नमस्कार गर्नु, मलामी गएर फर्केर ननुहाई घरभित्र नपस्नु, मलामी जांदा लगाका कपडाहरु धुनु भनेर हाम्रा परम्परागत कुराहरु अहिले भनेको भनेकै छ । 

अनि आमा आजकल जताततै कोरोना ! कोरोना ! भनेको सुन्नु भाहोला नि है । कोरोना सुरु भाको एक वर्ष हुन आंट्यो । वैज्ञानिकहरुले औषधी बनाउन सकेनन् रे । हामी सानामा विरामी पर्दा गाह्रो साह्रो हुंदा सिस्नुको पात÷जरा, असुराको पात, अदुवा, वेसार, तुलसिको पात, किम्मुको जरा, चिनी लहरो आदीको औषधी बनाएर जव्वरजस्ती ख्वाउनुहुन्थ्यो नि , अहिले कोरोनाबाट कोरोनाबाट बच्न त्यही खाने रे । शहरमा वसेको भनेर के गर्नु ? विरामी पर्दा अस्पतालमा वेड छैन रे । जंगलवाट त्यही जडिवुटी ल्याएर खाने, घरभित्रै बस्ने गरेछम । अहिले वैज्ञानिकहरु भन्दा त हाम्रा अनि तपाईंहरु नै जान्ने हैछ है ।  


ए सांच्चै पहिलेको कुरा गर्दागर्दै खास कुरा त भन्नै विर्सेछु । दशैं नजिकै आयो नि है । अहिले विश्वभर कोरोना भन्ने रोग फैलिएको थाहा पाउनु भाछ नि है । हाम्रो देशमा पनि त्यस्तै अवस्था छ । काठमाण्डौमा त झन छ्याप छ्याप्ती भाछ । यस पटकको दशैंमा सरकारले जहां छौं त्यहीं बसौं र दशै. मनाउं भनेर अनुरोध गरेको छ । काठमाण्डौ र अरु शहरहरुवाट गाउं गयो भने बुढाबुढीहरुलाई कोरोना भाईरस सर्छ रे । बुढाबुढीहरुलाई यो रोग लाग्यो भने त धेरै गाह्रो हुन्छ रे नि । तपाईं त झनै चार विस र चौध वर्ष पुगेको मान्छे । एकदमै ख्याल गर्नुपर्छ है आमा ।

तपाईंका त छोरा बुहारी, छोरी ज्वाईं, नाति, नातिनी, पनाती, खनाती गरी सात विस जती सन्तान छन । हट्टा कट्टा देखिए पनि १÷२ जनामा मात्रै कोरोना भाईरस रहेछ भने तपाईंलाई पनि सर्छ । अरुलाई पनि सर्छ । एकछिनको रमाईलोले धेरै जना विरामी परेर दुःख पाउनु भन्दा त यसपाली आ–आफ्नो घरमा बसेर दशैं मनाउंदा ठिक हैन र ? कोरोना गैसकेपछी अर्को वर्ष धुमधामसंग मनाउंला नि है । सांच्चै पोहोरको दशैंको पो याद आयो । साहिंलो दाई टिका थाप्न आउंदा संधै गुम्वाको वारिको कान्लामा फलेको बेलौती ल्याउनु हुन्थ्यो नि । अहिले त गुम्वाको बेलौती खान नपाईने भयो । यता त बेलौती भनेको बुझ्दैनन्, अम्वा भन्नुपर्छ । काहिंलो दाईले, अहिले त सेकुवा खाने है, हांस पालेको छु भन्नुभाथ्यो । अनि भाउजुले ठूलो कान्छालाई कर्कलाको अचार मन पर्छ भनेर वारिको कर्कलो र भिन्डी सांचेर राख्नुभा होला है । केही छैन अर्को दशैंमा खाउंला नि । पोहोर दशैंमा आउंदा मोवाईलमा कुराकानी (च्याटिङ ) गर्न सिकाएको थिएं नि । यो दशैंमा त्यसै गरी कुरा गरम्ला र आशिर्वाद लिउंला । हेक्का राखेर चलाउने हो भने अहिलेको प्रविधिको फाईदा पनि छ । अनि आमा! अरु सवैलाई यो पाली मोवाईलवाट आशिर्वाद दिन्छु, सुरक्षित भएर घर घरमै दशैं मनाउनु भन्नु होला ल । यति भन्दै 

उही ठूलो कान्छो 

काठमाण्डौ बाट । 


Tuesday, October 20, 2020

मेरो विवशता र भोकाएका परेवाहरु

 झुल्के घामको आगमनसंगै 

सदा झैं मेरो उपस्थितिमा

आहारा पाउने आशामा 

एक हुल परेवाहरु 

आज पनि  

दयाको भिख माग्दै टुलुटुलु 

मेरो अनुहारमा हेरिरहेका थिए 

मेरो विवशतासंग 

अन्जान उनिहरु

अच्चमित हुंदै

मलाई निष्ठुरी ठानिरहेका थिए

र सोचिरहेका थिए

संधै आहारा दिने मित्र

आज किन हाम्रो भोकसंग 

 ठट्टा गरिरहेको छ 

तर 

अवोध परेवाहरु 

म निष्ठुरी भएको होईन 

र ठट्टा गरिरहेको पनि छैन 

समय निष्ठुरी भएको हो 

परिस्थीती निष्ठुरी भएको हो 

चिन्ता नगर

छिट्टै म तिमिहरुलाई 

आहारा दिन लायक बन्ने छु 

र पेटभरी आहारा

सदा सदा झैं 


Sunday, October 11, 2020

गित संगितप्रेमीहरुले थाहा पाउनैपर्ने विषय

गित संगितको मर्म नवुझेर हो वा बुझेर पनि वुझ पचाएर केही मानिसहरु गित संगित र यसका अभियन्ताहरुप्रति अवमूल्यन गर्ने र नकारात्मक सोच राख्ने गर्दछन । उनिहरु भन्ने गर्दछन – काम छैन, यि गिताङ्गेहरु, गित बनाएका छन्, गित गाएका छन्, पैसा लुटेका छन । के यथार्थ यही हो त ? हुन सक्छ कसैले गित संगितका नाममा समाजलाई गलत संदेश दियो होला । त्यसैलाइ नजिर बनाएर सवैलाई एउटै भांडोमा राखेर मुल्याङ्कन गर्नृ सरासर गलत हो, अन्याय हो । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो छुट्याएर विवेक प्रयोग गर्नु जरुरी छ । गित संगितको मर्मलाई गहिरिएर बुझ्न सक्यौं भने संसारमा समाज परिवर्तनको अग्रदस्ताको रुपमा गित संगितका अभियन्ताहरुलाई लिने ् गरिन्छ । त्यसैले ऐले मात्र होईन प्राचिन कालदेखी गित संगितको महत्व अग्र स्थानमा रहेको पाईन्छ

। हो, यही गित संगितको निर्माण गर्नु कती कठिन छ भन्ने कुरालाई यो लेख मार्फत प्रष्ट्याउने जमर्को गरिएको छ । भनिन्छ नि‘ प्रसव वेदना केवल आमालाई थाहा हुन्छ विषयबस्तुको छनौट पश्चात सोही विषयमा केन्द्रित रहेर विषयको गाम्भिर्यतालाई आत्मसाथ गरी गितकारद्वारा शव्द निर्माण गर्ने काम हुन्छ । शव्द निर्माण गर्ने क्रममा गितलाई उत्कृष्टता, स्तरियता, सुन्दर, कालजयी, सदावहार, शन्देसमूलक, मनोरन्जनात्मक र मन छुने वनाउनका लागि शव्द चयनमा गितकारलाई निक्कै घोत्लीनुपर्ने, सोचविचार गर्नुपर्ने हुन्छ । त्यसपछी संगितकारद्वारा गितको भाव, मर्म र गाम्भिर्यताअनुसार संगित भर्ने वा लय दिने काम हुन्छ । यसलाई अंग्रेजिमा मेलोडी भनिन्छ । लय हालिसकेपछी संगित संयोजन ( एरेन्जमेन्ट )को काम हुन्छ । जसमा लय र गित अनुसारको वाजाका धुनहरु समिश्रण गरिन्छ । धुन कस्तो राख्ने, कति लामो राख्ने, बाजागाजा के के वजाउने, कती कती वजाउने, कुन स्केलमा वजाउने, कुन तालमा वजाउने भन्ने कुराहरुलाई मिलाउने काम किवोर्ड र कम्प्युटरको सहायतामा गरिन्छ । संगित संयोजन गर्ने काम त्यती सहज छैन यदी गितलाई स्तरियता दिने हो भने । यो कुरा गितकार, संगितकार र संगित संयोजकमा भर पर्दछ । स्तरिय गित संगित बनाउने मनशाय भएका संगितकारलाई बारम्वारको प्रयासपश्चात छिटोमा लगभग एक हप्ता लाग्ने छ राम्रो संगित संयोजन गर्नका लागि । काम चलाउ बनाउने हो भने २ घण्टादेखी १ दिनमा पनि सकिन सक्छ । संगित संयोजन पश्चात धुन अनुसारको वाद्य सामाग्रीहरु बजाएर माईकको सहायताले स्टुडियोमा बाजाको धुन रिकर्ड गरिन्छ । त्यसपछी लय अनुसार गायक गायिकाद्वारा स्वर दिने वा गित गाउने काम गरिन्छ । गायक गायिाकाले गितका शव्दहरुको भाव र मर्मअनुसार फिलिङ्गस् सहित गित गाउनुपर्दछ । स्वर दिने काम पनि त्यती सहज छैन । गितमा प्रयोग भएका शव्दहरुको भाव र मर्मलाई आत्मसाथ गरी फिलिङ्गस््र दिनका लागि निकै मेहनत गर्नुपर्ने हुन्छ । एकपटक होईन, दुई पटक होईन पटक पटक दोहो¥याईरहनु पर्दछ जवसम्म उत्कृष्ट हुंदैन । कहिले अन्तरा मिल्दैन, कहिले स्थायी मिल्दैन, कहिले फिलिङ्गस् आउंदैन, कहिले स्केल हाई हुन्छ, कहिले लो हुन्छ, कहिले शुर र तालमा समस्या आउंछ, कहिले शव्द उच्चारणमा समस्या आउंछ । जसले गर्दा एउटा गित गाउन घण्टौ लाग्ने हुन्छ । गित संगितको अभियानमा लागेको बर्षौं भैसक्दासमेत, निरन्तरको साधनामा लाग्दालाग्दै समेत, तपस्या गर्दागर्दै पनि यती कठिन हुन्छ । यो व्यथा, पिडा गित संगितका अभियन्ताहरुलाई मात्र थाहा हुन्छ । अरुलाई थाहा हुने कुरा पनि भएन । तर थाहा पाउनु भने जरुरी छ । भनिन्छ नि समुन्द्रको गहिराइ थाहा पाउन समुन्द्रको पिंधमै पुग्नुपर्दछ । सतहिको अनुमान गलत हुन्छ । गितलाई सुन्दर र उत्कृष्ट बनाउनका लागि कोरसहरुद्वारा संगितकारको निर्देशनअनुसार गितको प्रकृतिलाई हेरेर आवश्यकताअनुसार गितका केही अंशहरु दोहो¥याउनुपर्ने पनि हुन सक्छ । त्यसपछी धुन अनुसारको रेकर्ड गरिएको वाजा र सोही अनुसारको गायक गायिकाको स्वरलाई समायोजन गरीन्छ । यसलाई मिक्सीङ भनिन्छ । मिक्सीङपश्चात बल्ल गितले परिपक्वता प्राप्त गर्दछ । यसरी अडियोको काम सम्पन्न गरिन्छ ।

अडियोको काम सकिएपश्चात अडियो अनुुसारको भिडियो निर्माण गर्ने काम गरिन्छ । यसका लागि निर्देशकद्वारा गितका शब्दअनुुसारको कथा तयार गरिन्छ । त्यसपछी कथावस्तु अनुसार गितको प्रकृति, भाव र मर्मलाई आत्मसाथ गरेर अभिनय गर्न सक्ने मोडल कलाकारहरुको चयन गरिन्छ र छायांकनका लागि उपयुक्त स्थानमा गएर छायांकनको काम गरिन्छ । छायांकनमा नेपालको प्राकृतिक सुन्दरतालाई पनि पृष्ठभूमिमा देखाईने गरिन्छ । गितले मागेअनुुसार ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक धरोहरहरुलाई समेत छायांकनमा देखाएर गित संगितका अभियन्ताहरुले देशको संस्कृति संरक्षणमा समेत एउटा ईंटा थप्ने काम गरेका छन् । त्यती मात्र होईन नेपाली परिवेश, जिवनशैली, जिवनपद्धती र समाजको समेत छायांकनमा चित्रण गर्ने गरिएको छ । छायांकनको क्रममा अडियो गरिएको गितलाई स्पिकरद्वारा बजाईन्छ र गितको बोलअनुसार निर्देशकको निर्देशनबमोजिम गायक गायिका र मोडलहरुद्वारा अभिनय गर्ने काम हुन्छ । गितको प्रकृतिअनुसार लिप्सीङको काम हुन्छ । नृत्य गरिन्छ । यी सवै क्रियाकलापहरु क्यामेरामेन ( छायांकार )द्वारा क्यामेरामा कैद गरिन्छ । छायांकनको काम सुरु हुनुभन्दा अगाडी मोडल लगायत सवै कलाकारहरुको अनुहारमा चमक ल्याउनका लागि मेकअपमेनद्वारा मेकअप गरिन्छ । चर्को घाम, हावा, धुलो मैलोले मेकअप विगार्ने हुंदा छायांकनको विचविचमा सवै कलाकारको मेकअप गरिन्छ । छायांकनमा मुवाईल अभिनय नृत्यका लागि आवश्यकताअनुुसार ट्रली र क्रेनको प्रयोग गरिन्छ । अचेल ड्रोनको पनि प्रयोग गर्न थालिएको छ । त्यसैगरी लाईटमेनद्वारा रिफ्लेक्टरको सहायताले नृत्य र अभिनयलाई चमक दिने काम गरिन्छ । यसरी छायांकनको काम पुरा गरिन्छ । अन्य कामजस्तै यो काम पनि सहज छैन । अझ यो त आउटडोर काम भएकाले अरु कामको तुलनामा झनै कठिन हुन्छ । टण्टलापुर घाम, धुलो, मैलो वातावरणमा वारम्वारको क्यामरा, याक्सन, कट भन्दा भन्दै एकातिर निर्देशक थकित भएका हुन्छन भने अर्कोतिर अभिनयकर्ता मोडल कलाकारहरु लगायत संलग्न सवै प्राविधिकहरु दिनभरीको छायांकनको कामले थकित हुन पुग्छन । यहांसम्म कि छायांकनमा भोक र तिर्खाको समेत प्रवाह हुंदैन । त्यतीमात्र होईन कहिलेकाहीं दुई तिन चरणमा र अलग अलग स्थानमा छायांकन गर्नुपर्ने आवश्यकता पनि हुन्छ ।

दिनभर÷दिनभर लगाएर ठूलो मेहनतकासाथ तयार गरिएको भिडियोलाई स्टुडियोमा ल्याईन्छ र कम्प्युटरद्वारा आवश्यक भिडियोलाई मात्र राखेर अरुलाई कांटछांट गरिन्छ । त्यसपछी आबश्यकताअनुसार कलर करेक्सन गरिन्छ र भिडियोलाई कलरफूल बनाएर सुन्दरता प्रदान गरिन्छ । यो काम ईडिटर र सह–ईडिटरमार्फत हुन्छ । यसरी गितले परिपक्व रुप धारण गरेपछी संदेश प्रवाहका लागि सामाजिक संजालमार्फत प्रचारप्रसार गरिन्छ ।

Tuesday, October 6, 2020

नेपाल स्विट्जरल्याण्ड बन्न सक्छ

यु.यन. मिसनमा भाग लिन  जाने क्रममा स्विट्जरल्याण्डको जेनेभामा ७ दिन बस्ने अवसर प्राप्त भएको थियो । सात दिन वसाईको अवधिमा स्विट्जरल्याण्डका १३ वटा प्रान्त घुम्ने मौका मिलेको थियो । भू–वनौटको दृष्टिले नेपाल र स्विट्जरल्याण्डमा खासै अन्तर देखिंदैन । तर विडम्वना विकासका दृष्टिले भने नेपाल र स्विट्जरल्याण्डविच आकास–पातालको भिन्नता रहेको पाईन्छ । त्याहां पनि नेपालमा जस्तै अग्ला अग्ला विकट पहाडी भू–भाग, ओराली–उकाली, वन, जङ्गल, खोला, नाला रहेका छन् । समान भू–वनौट भएकाले हावा पानी पनि उस्तै रहेको छ । त्याहां पहाडको चुट्टी चुट्टीमा सडक पुगेको छ । एक डांडा र अर्को डांडाको विच जादुमय तरिकाले सडक निर्माण गरिएको छ । कहीं सुरुङ खनेर सडक निर्माण गरिएको छ । त्याहां प्रविधिको यती विकास भएको छ कि जेनेभा र फ्रान्सको एउटा पहाडी सहरका विच समुन्द्र रहेको छ । तर ती दुई स्थानविच रोप वे बाट गाडी ओहोर दोहोर हुने गर्दछ । अचम्म त यो छ की समुन्द्रमा क्यासल निर्माण गरिएको छ त्यो  पनि दुई÷तिन सय वर्ष अगाडी । 

सडकमा कहीं कतै फोहोरको त कुरै छाडौं धुलो मैलो समेत देख्न पाईंदैन । शहरी वातावरणलाई स्वच्छ, सफा राखेर जनजिवन स्वस्थ बनाउनका खातिर शहरमा ठाउं ठाउंमा रुख रोपेर हरियाली बनाईएको छ । वसोवासका हिसावले निर्माण गरिएका नागरिकका घरहरुमा नेपालका पहाडी ईलाकाका घरहरुमा जस्तै वार्दली निकालिएको पाईन्छ । प्रायः घरहरु दुई तले रहेका छन् । टाउन प्लानिङका हिसावले घरहरु निर्माण गरिएकाले हरेक घरलाई चारैतर्फवाट बाटोले छोएको छ । हरेकको घर वरिपरी खाली जग्गा राखेर कम्पाउण्ड वाल लगाईएको हुन्छ । 

Road of Switzerland
Add caption
त्याहां हरेक काम कम्प्युटर प्रणालीवाट हुने गर्दछ । पसलमा सामान विक्री गर्ने काम कम्प्युटर प्रणालीले गर्दछ ।होटलमा कम्प्युटर प्रणाली, ट्राफिक ब्यवस्थापनमा कम्प्युटर प्रणाली । त्यसैले त न पसलमा साहु चाहिन्छ न सडकमा ट्राफिक । सडकमा गाडीवालले केही गरी ट्राफिक नियम उल्लघंन ग¥यो भने उसको घरमा उ पुग्नुभन्दा अगावै फाईन विल पुगिसकेको हुन्छ । हुन त त्याहां अनुशासनको नियम अत्यन्तै कडा भएकोले कसैले पनि उल्लंघन गर्दैनन् । मान्छे हो कहिलेकाहीं गल्ती नहोला भन्न सकिंदैन । त्यसैले त भनिन्छ नि – गल्ती नगर्ने पनि मान्छे होईन, गल्ती दोहो¥याउने पनि मान्छे होईन । त्याहां वर्दिवाला सेना र प्रहरीको व्यवस्था गरिएको छैन तर त्याहांको नियम अनुसार प्रत्येक नागरिकले अनिवार्य सैनिक तालिम लिनुपर्ने छ । राज्यले चाहेको अवस्थामा वा संकटकालिन अवस्थामा सवै नागरिक उपस्थित हुनुपर्ने छ । यसले के पुष्टी गर्दछ भने यदी शासकहरुमा ईच्छाशक्ती, ईमान्दारीता, जिम्मेवारीपन छ भने देश विकासको काममा कुनै कुराले पनि वाधा पु¥याउन सक्दैन । 

जर्मन, ईटाली र फ्रान्स स्विट्जरल्याण्डका सिमा जोडिएका देशहरु हुन । भू–वनौट र हावापानीका हिसावले यसलाई युरोपको स्वर्गको रुपमा लिईन्छ । त्यसैले यहां युरोपभरिकै मानिसहरु देख्न पाईन्छ । यहां अंग्रेजी भाषा वोल्ने मानिस कमै पाईन्छ । विशेषगरी जर्मनी, ईटाली र फ्रेन्च भाषा बोल्ने मानिसहरु बढी भेटिन्छन् । यहां रहने कुल मानिसहरुमध्ये ४० प्रतिशत मात्र स्विस नागरिक छन भने ६० प्रतिशत विदेशी नागरिक रहेका छन् । युरोपभरिकै अझ भन्ने हो भने संसारकै मानिसहरु आउने हुनाले यहां पाईने हरेक सामान अत्यन्तै महंगा हुन्छन । होटलहरु त्यस्तै महंगा हुन्छन । यसरी पर्यटकिय हिसावले स्विट्जरल्याण्डले ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरेको छ । यो पनि हाम्रोजस्तै शान्तीक्षेत्र घोषित देश हो । तर त्याहां नेपालमा जस्तो अशान्ती, अराजकता, अस्थिरता, अस्तव्यस्तता, अव्यवस्था, अनुशासनहिनता पाईंन्दैन र त हाम्रो देशभन्दा आकास पताल फरक रहेको छ ।

Road of Switzerland
Add caption
तर विडम्वना आकारमा स्विट्जरल्याण्डभन्दा ठूलो, प्राकृतिक श्रोत र साधनमा उ भन्दा धनी हाम्रो देश संधैभरी विकासोन्मुख देशको लिष्टमा परिरहेको अवस्था छ । उस्तै प्रकृतिको स्विट्जरल्याण्ड आज विकासको चरमचुलिमा पुग्दा हामी भने संधैभरी ‘गरिव देश’को रुपमा परिचित भैरहेका छौं । यसका पछाडी विविध कारणहरु रहेका छन । उ देश बनाउनतिर लाग्यो हामी आफु बन्नतिर लाग्यौं । त्याहांका नेता, शासकहरु ब्याक्तिगत स्वार्थभन्दा माथी उठेर राष्ट्रिय स्वार्थका लागि लागिपरे तर हाम्रा देशका शासक, नेताहरु राष्ट्रिय स्वार्थलाई लत्याएर व्याक्तिगत स्वार्थका लागि लागिपरे । हामी भ्रष्टाचारयुक्त देश वनाउन लाग्यौ तर उनिहरु भ्रष्टाचारमुक्त देश बनाउन लागे । हामी पद, पैसा र कुर्सीका लागि मरिमेट्यौं, उनिहरु देश, जनता र समाजका लागि मरिमेटेर लागे । हामीले भोटमुखी राजनिति ग¥यौं, उनिहरुले विकासमुखी राजनिती गरे । उनिहरुका कर्मचारीले सेवामुखी काम गरे, हाम्रा कर्मचारीले ढेवामुखी काम गरे । हामी काममा भन्दा भाषणमा केन्द्रित भयौं, उनिहरु भाषणमा भन्दा काममा केन्द्रित भए । हामीले कमिशनको खेलमा दलाल, तस्कर र भ्रष्टहरुलाई जन्मायौं, उनिहरु शुसासनउन्मुख भएकाले दलाल, तस्कर र भ्रष्टहरुले जन्म लिनै पाएनन् । उनिहरु शुसासनउन्मुख भए, हामीहरु कुशासनउन्मुख भयौं । उनिहरु ईमान्दार, अनुशासित, जिम्मेवार, कर्तव्यनिष्ट, विवेकसिल, सुसंस्ककृत बने, हामी वेईमान, अनुशासनहिन, गैरजिम्मेवार, कर्तव्यविमुख, विवेकहिन र संस्कारहिन बन्यौ । हामीले श्रमलाई अपहेलना ग¥यौं, उनिहरुले श्रमलाई सम्मान गरे । त्यसैले हामीहरु सवै नाईके, ठेकेदार भयौं, उनिहरु सवै श्रमिक भए । हामी श्रमचोर भयौं, उनिहरु श्रमसिल भए । जसले गर्दा उनिहरु विकसित भए, हामी संधैभरी विकासोन्मुखको लिष्टमै परेर वसेउं । उनिहरु स्वर्ग बने । हामी खै के खै के । 

Road of Switzerland
Add caption
त्यसैले अव राज्य संचालकहरुले, नेताहरुले, राज्यका उपल्ला पद धारण गरेकाहरुले, अनी समस्त नेपालीहरुले आफुले आफुलाई समिक्षा गर्ने वेला आएको छ । स्विट्जरल्याण्ड बन्ने देश आज किन सवैभन्दा पछाडी परिरहेको छ । देश बनाउनु त कता हो कता हामी त भागवण्डामै अलमलिएर वसिरहेका छौं । शरम लाग्नुपर्ने हो – जनताको संपती तोडफोड गरिरहेका छौं । हामी कहिले सुध्रिने हो । हामीले पछिल्लो पुस्तालाई कस्तो खालको शिक्षा दिईरहेका छौं । कहिलेसम्म रेमिटेन्समा देश चलाईरहने हो ।, जवसम्म रेमिटेन्समा देश चलाईरहने मानसिकताले घर गरिरहन्छ तवसम्म यो देश विकासोन्मुख होइृन त्यो भन्दा पनि तल झर्दै जाने छ । स्विट्जरल्याण्ड बन्ने कुरा त कता हो कता । सायद हामी कोही पनि अनभिज्ञ छैनौ होला– स्विस सरकारले दोलखाको जिरीमा प्राविधिक शिक्षालयका लागि सहयोग गर्न आउंदा जिरीलाई स्विट्जरल्याण्डको संज्ञा दिएको थियो । यो संकेतले के पुष्टी गर्दछ भने उनिहरुको वुझाईमा नेपाल पनि स्विट्जरल्याण्डजस्तो बन्न सक्छ । तर हाम्ले बनाउन सकेनौ चिन्ता त्याहांनेर छ । 

अन्तमा बडा दशैं र शुभ दिपावली नेपालीहरुको महान चाड संघारमै आईपुगेको छ । सवैको सदवुद्धी पलाओस । देश स्विट्जरल्याण्ड बनोस । हार्दिक मंगलमय शुभकामना । 


Sunday, October 4, 2020

सडकछाप जिन्दगी

न त उसका वावु, आमा, न छन आफ्ना कोही 

संसार भन्नु केवल सडक, हिंड्छ संधै रोई


दयाको भिख माग्दै हिंड्छ, कसले दया गर्छ

दुई चार रुपैयां दिन्छन कोही, कसरी पेट भर्छ


च्यातिएका लुगा उसका, ठाउं ठाउंमा टालेका

त्यही लुगा नि भेट्टाएको, धनिले फालेका 


गन्तव्यहिन जिवन उसको, न कसैको आस छ

आकास सिंगै घरको छानो, सडकपेटी वास छ 


पचाईसक्यो भोक प्यास, न खाए नि सक्छ

यसैलाई जिवन ठान्छ, यस्मै उसलाई रस्छ


मिठो खाना, राम्रो नाना, के हो थाहै छैन 

आखिर रहर गरे पनि , पुरा हुने हैन 


ईच्छा, रहर, सपना सव्, मृत भएका छन्

बांच्ने रहर खासै छैन, मर्न मान्दैन मन


बेठेगानको जिवन उसको, वेठेगानकै मरण

अज्ञात मृत्यु सढीजाला, प्रकृतिकै शरण 




Saturday, August 22, 2020

फांसिमा चढ्नु अघी हजुरआमाको कान टोक्ने नाती

हरेक वालवालिकाहरुको पहिलो पाठशाला भनेको घर हो भने पहिलो शिक्षक भनेको आमा वावु वा घरका अन्य परिवार हुन । त्यसैले उसले आमा वावु वा घरका परिवारले जस्तो सिकायो, जे सिकायो त्यस्तै सिक्छ् । छोराछोरीलाई कस्तो बनाउने  भन्ने कुरा आमा वावुमा भर पर्दछ । आमा वावुुले बुझ्नु पर्ने कुरा के हो भने स–साना वालवालिका भनेका हिलो माटोजस्ता हुन । जसरी हिलो माटोवाट आफुले चाहेजस्तो सामान बनाउन सकिन्छ तर त्यही माटो सारो भैसकेपछी आफुले चाहेको सामान निर्माण गर्न सकिंदैन । बालबालिका पनि त्यस्तै हुन । सानो उमेरमा जस्तो बनाउन चाह्यो त्यस्तै बनाउन सकिन्छ । ठूलो भएपछी बनाउन खोज्छु भन्यो भने सम्भव हुंदैन । त्यसर्थ छोराछोरीलाई सु–संस्कृत बनाउन वा राम्रो संस्कार दिने कामको सुरुआत घरवाट नै गर्नुपर्दछ । असल आदत, असल वानी ब्यहोरा, असल अनुशासनयुक्त छोराछोरी बनाउने कामको जिम्म आमा वावुकै कांधमा रहेको हुंदा सानै उमेरदेखी आफ्ना बालबलिकालाई यि कुराहरु सिकाउनु जरुरी छ । केही आमा वावुहरुलाई छोराछोरीहरुले राम्रो पढिदिए पुग्छ । अरु सवै कुरा छुट । बानी ब्यहोरा, आदत, अनुशासन जेसुकै होस । छोरो विद्यालयमा प्रथम भैदिए पुग्यो । यो सरासर गलत वुझाई हो । पढाई र संस्कार अलग अलग विषय भएता पनि एक अर्काका परिपुरक हुन । यि दुवैको अन्तरसम्वन्ध नङ र मासुको जस्तै हुनुपर्दछ । यदी पढाई र संस्कारलाई एकैसाथ लान सकिएन भने भविष्यमा छोराछोरी चरित्रहिन, अनुशासनहिन मुर्ख विद्धान बन्न जान्छन । उच्च डिग्री त हांसिल गर्लान तर अनुशासन भएन, सु–संस्कृत भएन भने उ न परिवारका लागि काम लाग्ने हुन्छ न समाजका लागि न त राष्ट्रका लागि । त्यती मात्र होईन उसको आफ्नै जिवनका लागि पनि त्यो अराजक प्रवृती घातक बन्न जान्छ । पढेलेखेका कारण कुरा ठुला ठूला गर्न सक्ला । राष्ट्रिय, अन्र्तराष्ट्रिय सवालको विषयमा गुड्डी हांक्न सक्ला । अरुलाई राम्रा उपदेश दिन सक्ला तर उसको अनुशासनहिन, अराजक प्रवृतीका कारण उस्तै प्रवृतीका वाहेक उसलाई पत्याउने  कोही हुंदैनन् । उसमा निहित घमण्डले उसले अरु कसैलाई मान्छे ठान्दैन । मान्छे गन्दैन । उसलाई समाज चाहिंदैन । नातागोता चाहिंदैन । बावु आमा, दाजुभाई, आफन्त कोही चाहिंदैन । उ कसैसंग झुक्न चाहंदैन । कसैलाई मान सम्मान गर्न आवश्यक ठान्दैन तर उ आफुचाहीं अरुवाट सम्मानित हुने तिव्र ईच्छा राख्दछ । विस्तारै उ विकृती, विसंगती तर्फ उन्मुख हुंदै जान्छ र जिवन बर्बादीतीर धकेल्छ । त्यसपछी उ आफु त पिडित हुन्छ नै आफ्ना परिवार, नातागोता, आफन्त समेत सवैलाई पिडित बनाउंछ । 

त्यसर्थ छोराछोरीको यो अवस्था आउन नदिनका लागि कलिलै उमेरदेखी पढाईसंगै राम्रो संस्कार सिकाउनुपर्छ ।  विग्रीसकेपछी पछुताउनुको कुनै अर्थ रहंदैन । यसका लागि छोराछोरीलाई माया गर्ने नाममा चाहिनेभन्दा वढी पुलपुल्याएर राख्नु उचित हुंदैन । आवश्यक मात्रामा मात्र माया दिनुपर्छ । खान दिने कुरामा, लाउन दिने कुरामा कन्जुस्याईं गर्नुहुंदैन । फेरी कडा गर्ने नाममा अनावश्यक आक्रोसमा आएर जान अन्जानमा भएका सानातिना गल्ती कमजोरीमा पनि गालीगलौज गर्ने, कुटपिट गर्ने गर्नुहुंदैन । कलिलो उमेरका बालबालिकालाई शारिरीक, मानसिक चोट पु¥याउनु हुंदैन । जसले गर्दा मनोरोगको सिकार बन्न सक्छन । यदी जानीजानी गल्ती ग¥यो, अनुशासनहिन भयो, बानीब्यहोरा, आदत खराव हुन थाल्यो भने गाली गरेर होईन, पिटेर होईन, फकाएर सम्झाउने गर्नुपर्दछ । फेरी पनि मानेन भने बारम्वार फकाएर संझाउनु पर्दछ । यती गर्दा पक्कै मान्छ । केटाकेटी हो कथंकदाचित मानेन भने सामान्य ढंगले गाली गरेजस्तो गर्नुपर्दछ त्यो पनि नरम भाषामा । त्यसपछी पक्कै मान्छ । यसमा कुनै संका छैन । यो वालमनोवैज्ञानिकहरुले पुष्टी गरेको कुरा हो । बालबालिकालाई सानोतिनो गल्तीमा पनि गालीगलौज गर्ने र पिटेर तह लगाउन खोजियो भने उ झन जव्वर बन्न पुग्छ । नमान्ने, अटेरी हुन जान्छ । मलाई खुवै गरे कुट्ने त हो नी भन्ने बुझाई हुन्छ र गल्ती गर्न नडराउने हुन्छ । त्यसर्थ बच्चालाई फकाएर सही मार्गमा लगाउने कोशिस गर्नुपर्दछ । 

बालबालिकालाई फकाएर काम लगाउने सन्दर्भमा बालमनोविज्ञानले यस्तो भन्छ —बच्चा खेलिरहेको छ । खाना पाक्यो । आमाले खाना बोलाईन । खेल्नमा ध्यान गैरहेकोले आमाले भनेको नसुनेझैं ग¥यो र खेलिरह्यो । हो, यो अवस्थामा बच्चालाई भनेको मानेन भनेर आक्रोशमा आएर गाली गर्दै लछार्दै खेल्ने सामान फलिदिएर भान्सामा लाने प्रवृती एकदम गलत हो । यो तरिकाले बच्चा नमान्न पनि सक्छ । यो भन्दा बच्चालाई फकाएर ‘ बाबु खाना खान हिंड । खाना खाएपछी फेरी खेलौला । म पनि तिमिसंगै खेलौंला नि भनेर फकायो भने फुरुक्क पर्छ र खाना खान जान्छ । यस्तो कुरामा बाबु आमाले एकदमै विचार गर्नु जरुरी हुन्छ । तर ऐलेका प्रायः आमा बाबुहरुमा बच्चालाई हप्काएर गाली गरेर, कुटेर तह लगाउने गलत प्रवृतीले घर गरेको छ । 

आमावावुले अर्को ध्यान दिनैपर्ने कुरा — बच्चाले गलत क्रियाकलापहरु ग¥यो, खराव, अनुशासनहिन आचरण देखायो भने उसलाई प्रोत्साहन दिने होईन, तुरुन्तै नियन्त्रण गर्नुपर्दछ वा रोक्नुपर्दछ । केही आमा वावुहरु छोराछोरिहरुले गलत क्रियाकलापहरु गरे भने त्यसलाई रोक्नुको साटो हांसेर थप हौसल्ला दिईरहेका हुन्छन् । जसका कारण उ पछी अनुशासनहिन, अराजक बन्न पुग्छ । यस सन्दर्भलाई पुष्टी गर्ने एउटा घटना यहां राख्न चाहन्छु – एउटा गाउंमा ठूलो महामारी आउंछ । महामारिले गाउं नै सोतर बनाउंछ र धेरै मानिसहरुले ज्यान गुमाउंछन । एउटी हजुरआमा र नाती बांचेका हुन्छन । पढ्ने उमेर भएपछी नाती विद्यालय जान थाल्छ । विद्यालय गएको पहिलो दिनमै साथिको सिसाकलम चोरेर ल्याउंछ र हजुरआमालाई चोरेर ल्याएको कुरा बताउंछ । हजुरआमा खुसी हुन्छिन र स्यावासी दिन्छीन । भोलिपल्ट कपी चोरेर ल्याउंछ । हजुरआमा फेरी पनि खुसी हुन्छीन र स्यावासी दिन्छीन । यवम रितले उसले दैनिकजसो किताव, कलम, कापी लगायत साथीको पैसा समेत चोर्न थाल्छ । पछी साथीभाई र शिक्षकहरुले थाहा पाउंछन र विद्यालयवाटै निष्काशित गर्छन । यद्यपी चोर्ने क्रम रोकिंदैन । चोरी गर्दा गर्दा उ देशकै नामुद चोर बन्न जान्छ र एकदिन समातिन्छ । उसलाई जेलमा राखिन्छ र देशको कानून बमोजिम मुद्दा चलाईन्छ । अन्तिममा फैसला हुन्छ र अदालतले उसलाई मृत्युदण्डको सजाएं सुनाउंछ । त्यतीवेलासम्म हजुरआमा हिंडडुल गर्न नसक्ने अत्यन्तै वृद्ध अवस्थामा पुगेकी हुन्छीन । फांसीमा चढाउनुअघी उसलाई अन्तिम ईच्छा सोधिन्छ । उसले हजुरआमासंग भेट गर्ने ईच्छा जाहेर गर्दछ । हजुरआमालाई ल्याईन्छ र फांसीमा चढाउनु एकछिन अगाडी हजुरआमा नातीको भेट गराईन्छ । त्यही समयमा नातीले सल्लाह गरेजस्तो गरेर एक्कासी हजुरआमाको कान जोडले टोकिदिन्छ र रगताम्य पारिदिन्छ । हाहाकार हुन्छ । हजुरआमाको कान टोक्नुको कारण सोधिन्छ । जवाफमा उसले भन्छ — मैले पहिलो दिन सिसाकलम चोरेर घरमा ल्याउंदा मलाई गाली गरेको भए भोलीपल्ट देखी मैले चोर्ने थिईन । मलाई गाली गर्नुको साटो चोरेर ल्याएकोमा स्यावासी दिनुभयो । हरेक दिन चोरेर ल्याएपिच्छे मलाई स्यावासी दिनुभयो । मलाई लाग्यो मैले चोरेर ठिक गरिरहेको रहेछु । जसका कारण आज म यो अवस्थामा आईपुगें । यो सवै हजुरआमाको कारणले भएको हो । त्यसैले मैले हजुरआमालाई मर्ने वेलामा सजाएंस्वरुप कान टोकिदिएको हुं । सवै चकित भए । यसले के सन्देश दिन्छ भने छोराछोरीको गलत क्रियाकलापलाई तुरुन्त नियन्त्रण गर्नुपर्दछ । हौसल्ला दिनुहुंदैन । सवै आमा बाबु र घरपरिवारले ध्यान दिनु जरुरी छ । 


Saturday, August 15, 2020

गित सुनेपछी आत्महत्या

गित संगित एउटा यस्तो माध्यम हो जसले मानिसलाई मनोरन्जनात्मक ढंगले सहजरुपमा संदेश प्रवाह गर्न सक्दछ । गितमा सुख, दुःख, पिडा, खुसी ब्यक्त गरिएको हुन्छ । र त गित संगितले गितमा ब्यक्त भाव अनुसार कहिले रुवाउंछ त कहिले हंसाउंछ । भावमा खुसी ब्यक्त गरिएको छ भने हंसाउंछ भावमा दुःख ब्यक्त गरिएको छ भने रुवाउंछ । भावुक बनाउंछ । यसरी गित संगितले हंसाएर र रुवाएर दुवै किसिमले संदेश प्रवाह गर्छ । संसारमा गित संगित मन नपराउने मानिस सायदै होलान । यदी कोही रहेछ भने उसको जिवन निरस बनिरहेको हुन्छ । उ अरुभन्दा दुःखी देखिन्छ । अनुुसन्धानले पुष्टी गरेअनुसार गित संगितले संसारका प्राण भएका जती सवैलाई प्रभाव पारेको हुन्छ । पशुपन्छी होस वा रुखविरुवा । अझ गित संगितका विज्ञ त भन्ने गर्छन कि प्राण नभएका निर्जिव बस्तुमा समेत यसको प्रभाव परेको हुन्छ । 

संसारमा सा रे ग म प ध नि स ७ वटा सुरवाट गित संगितको निर्माण भएको हुन्छ । गित संगितका जानकारहरुका अनुसार प्रकृतिमा भएका वा संसारमा भएका सवै वस्तुहरुबाट निस्कने आवाजमा संगितका ७ वटा सुरहरुमध्ये कुनै न कुनै सुर मिसिएको हुन्छ । त्यसैले त संसारका सवै जिवित र निर्जिव वस्तु गित संगितबाट प्रभावित भएका हुन्छन । गित संगित सुनेपछी हरेक मानिस केही छिनका लागि भए पनि दुःख, पिडा विर्सेर आनन्दित हुन्छ । तनावमुक्त हुन्छ । यसरी गित संगितले एकातिर मानिसलाई विविध किसिमका जिवनउपयोगी संदेश दिएको हुन्छ भने अर्कोतिर तनाववाट मुक्ती दिलाउने काम पनि गरिरहेको हुन्छ । मानविय भावना र जिवन भोगाईको प्रक्रिया उस्तै उस्तै हुने हुंदा संदेशमूलक गित संगितले सवैको मन हृदय कतै न कतै छोएकै हुन्छ । मात्र प्रतिशतमा फरक होला । केही मानिस भन्ने गर्छन – मलाइ त गित संगित पटक्कै मन पर्दैन तर तिनै मानिसहरु आफ्ना छोराछोरीहरु नाचेको भिडियो फेसवुकमा हालिरहेका हुन्छन । यसले के पुष्टी गर्दछ भने कुनै पनि मानिस गित संगितको मनोरन्जनबाट अछुतो रहन सक्दैन । त्यती मात्र होईन संसारका समाज परिवर्तनका पक्षमा भएका कुनै पनि आन्दोलनहरु गित संगितविना सफल भएको पाईंन्दैन । 

नेपालमा यतिवेला गित संगितको क्षेत्रमा लाग्नेहरु वर्षामा च्याउ उम्रिए झैं उम्रिरहेको पाईन्छ । रहर वा चाहनासंगै पैसा भएपछी गितकार भैहालियो । गायक गायिका भैहालियो । न साधना चाहियो न त्याग, समर्पण । न शव्द न स्वर नै । एरेन्जर वा संगित संयोजकलाई एउटा आवाजमा शुुर मिलाएर संगित एरेन्ज गर्न दिएपछी उनले ताल शुर मिलाएर सोही अनुसार संगित एरेन्ज गरिदिन्छन । त्यसपछी उसको गितसंगित तयार भयो । यहां स्तरियताको जरुरत ठानिएन । त्यसैले त अचेल गित संगितको स्तरियता खस्कींदै गैरहेको छ । गितहरु संदेशमूलक, मन छुने, भावुक बनाउने खालका र कालजयी बन्न छाडेका छन । यतिवेला त परिवार संगै वसेर सुन्न र हेर्न पनि नहुने खालका उच्छृङ्खल, उत्ताउला, अश्लिल गित संगितहरु वेलगाम निर्माण भैरहेका छन । अनी वजारमा तिनैले प्रख्याती पाईरहेका छन । यसरी वजारमा भर्खरै देखापरेकाहरु, जसलाई गित संगितको मर्म थाहा छैन, उनिहरु नै अग्र भाग ओगट्न सफल भैरहेका छन । जसले गर्दा यो क्षेत्रमै लागेर जिवन विताईरहेका, यही क्षेत्रमा आफुलाई समर्पण गरिरहेका वास्तविक सर्जकहरु ओझेलमा परिरहेका छन । यो गित संगितको क्षेत्रमा देखापरेको विडम्वना हो । दुःख लाग्दो विषय त यो छ कि प्रख्याती पाउने नाममा यतिवेला गित संगितको क्षेत्रमा चर्चित भैसकेका, स्थापित भैसकेका, पहिचान वनाईसकेका, जनमानसको दिलदिमागमा बस्न सफल भैसकेका सर्जकहरु समेत वाटो विराए जस्तो गरेर उत्ताउला, उच्छृङ्खल खालका गित संगित बनाउनतिर लागिपरेका छन जसले उनिहरुको वास्तविक तौल घटाउने काम गरिरहेको छ । 

गित संगित कालजयी बन्नुपर्छ न कि पानीको फोकाजस्तो । संदेशमूलक बन्नुपर्छ । दर्शक र श्रोता सवैलाई पाच्य हुने खालका बन्नुपर्छ । मौलिक संस्कृति झल्कने खालको बन्नुपर्दछ । गित संगितका मर्म, मुल्य र मान्यतालाई आत्मसाथ  गरेर बनाइएको हुनुपर्दछ । गित संगितको विगतको ईतिहासतिर फर्केर हेर्ने हो भने त्यतिवेलाका गितसंगितका  सर्जकहरुको सिर्जनहरु यती दमदार थिए जसले ब्यक्ति, समाज र राष्ट्रलाई नै संदेश दिने काम गर्दथ्यो । ति सिर्जनाहरुले जनमानसमा चेतना जगाउने काम गर्दथे । समाजका, राष्ट्रका विकृती, विसंगतीहरुलाई प्रहार गर्ने काम गर्दथे । ब्यक्तिको जिवन परिवर्तन गर्ने, समाज परिवर्तन गर्ने खालका हुन्थे । शब्दमा सुन्दरता, स्वरमा सुन्दरता, शैलिमा सुन्दरता, संगितमा सुन्दरता अर्थात एउटा सुन्दर सांगितिक उपहार ब्याक्ती र समाजले प्राप्त गर्दथ्यो । र त त्यतिवेलाका गित संगित आजसम्म पनि कालजयी बनेका छन र अनन्तसम्म कालजयी बनेर रहने छन । त्यतीवेलाका स्वर सम्राट नारायण गोपाल, नातीकाजी, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, मिरा राणा, तारादेवी, कोईलीदेवी, लगायतका थुप्रै आदरणिय, सम्मानणिय सर्जकहरुका कालजयी गित संगितहरु आज पनि उतिकै चर्चित, सुन्दर, मन छुने र सान्दर्भिक रहेका छन । हो, ऐलेका गित संगितका सर्जकहरुले उहांहरुवाट पाठ सिक्नै पर्दछ । होईन भने बाटो विराएको बटुवा झैं हुनुपर्ने छ । समय अन्तरालमा हराउनुपर्ने अवस्था सिर्जना नहोला भन्न सकिंदैन । 

अर्को कुरा गितसंगित निर्माणमा यती धेरै आर्थिक व्यवहार व्यहोर्नुपर्ने अवस्था छ कि जो कोहिले चाहना भएर पनि आंट गर्न सक्दैन, आर्थिक अभावका कारण । भनेपछी त्यत्रो खर्च गरेर निर्माण गरिएको चिजलाई स्तरिय र सुन्दर बनाउनका लागि किन कन्जुस्याईं गर्ने ? खर्च गरिसकेपछी दिर्घकालसम्म टिक्ने, सवैको मन छुने, गित संगित किन निर्माण नगर्ने ? त्यसर्थ राम्रो संदेश दिने गित संगित निर्माणका लागि गितकार, संगितकार, गायक, गायिका सवैको ध्यान जानु जरुरी छ । हामीले निर्माण गरेका गित संगितले हाम्रा पहिचान बनेका मौलिक संस्कार, संस्कृतिलाई जगेर्ना गर्न सहयोग पु¥याओस र विश्वले हाम्रा गित संगितको प्रशंसा गरोस । साथै गित संगित समाज, ब्यक्ति, राष्ट्र परिवर्तका खातिर कोशे ढुंगा बनोस । 

यहां भन्नै पर्ने र छुटाउनै नहुने एउटा कुरा के छ भने गित संगितमा भित्रिएका विकृती विसंगतीहरुलाई राज्यका सम्वन्धित निकायहरुले नियन्त्रण गर्न ढिलो भैरहेको छ । राज्यले चांडो भन्दा चांडो यो कदम चाल्नु जरुरी छ । यसका लागि गितसंगितमा देखापरेका उच्छृङ्खल छाडा प्रवृतीमाथी सेन्सर लगाउनु पर्दछ । यो काममा राज्यका सम्वन्धित निकायले ध्यान दिएको देखिंदैन । अर्को दुःख लाग्दो विषय के छ भने गित संगितमा लागेका कलाकार संस्कृतिकर्मीहरु जहिले पनि ओझेलमा पर्ने गरेका छन अर्थात उनिहरुलाई युज एण्ड थ्रो गर्ने गरिएको पाईन्छ । यो अवस्थाको अन्त्य हुनु जरुरी छ । 

अन्तमा गित संगितको प्रभाव जनमानसमा कतिसम्म पर्दछ भन्ने कुराको एउटा उदाहरण यहां प्रस्तुत गर्नचाहन्छु । सन. १९३३ मा हंगेरिका एकजना ३४ बर्षे नागरिक सिरिसले उनको गर्लफ्रेन्डले उनलाई छाडेपछी उनि तनावमा परे र विछोडमा एउटा गित  लेखे  जसलाई ‘ग्लोमी सन्डे’ नाम दिए । त्यो गित सुनेर हङ्गेरी, अमेरिका, बेलायत आदि देशहरुमा धेरै मानिसहरुले आत्महत्या गरे । त्यसपछी हङ्गेरी लगायत सवै देशहरुमा त्यो गित बन्द गरियो । याहांसम्मकी  गित रिलीज भैसकेपछी गितका लेखकले नै आत्महत्या गरेका थिए । यहां गित संगितले मानिसलाई कतिसम्म छुन्छ भन्ने कुुरालाई दर्शाउन खोजिएको हो ।   

Wednesday, August 12, 2020

सत्य र सही सूचना, संचारकर्मिको धर्म

संचार माध्यम एउटा यस्तो साधन हो जसले जे जसरी सूचना संप्रेषण गरेपनि जनमानसले सही बुझ्दछ वा पत्याउंछ अर्थात संचारमाध्यमले गलत सूचना नै संप्रेषण गरेछ भने पनि जनमानसले त्यसलाई सही होला भन्ने बुझ्दछ किनकी नागरिकको संचारमाध्यमप्रती यति विश्वास हुन्छ की उसले जे सूचना संप्रेषण गरे पनि छिट्टै पत्याउंछ । त्यसैले संचारकर्मिहरुले जुनसुकै विषय वा घटनालाई राम्रोसंग अध्ययन, अनुसन्धान गरेर सत्य तथ्यमा आधारित स–प्रमाणसहितको सत्य र सही सूचना जनमानसलाई दिनुपर्दछ । विषय वा घटनाबारे जस्तो सूचना दिईयो त्यस्तै धारणा बन्ने हुनाले कुनै पनि हालतमा गलत सूचना प्रवाह गर्नुहुंदैन । सूचना यथार्थपरक भएन र वढाईचढाई गरियो भने घटनाका पात्रहरुप्रति अन्याय हुन जान्छ । त्यसर्थ सतहीमा होईन गहिराईमा पुगेर सही विश्लेषण गरी सही सूचना संप्रेषण गरी संचार माध्यमको धर्म वा कर्तव्य निर्वाह गर्नुपर्दछ । 

तर यतिवेला भने केही संचार माध्यमहरुमा प्रख्याती पाउने नाममा, दर्शक बढाउने नाममा, घटनाक्रमलाई सार्वजनिकरण गर्ने काममा प्रथम हुने नाममा अध्ययन अनुसन्धान नै नगरी गहिराईमा नपुगी सतहीरुपमा अयथार्थ, आधारहिन, गलत, झुट्ठा, भ्रामक सूचनाहरु संप्रेषण गरी जनमानसलाई अन्यौल, भ्रम र गुमराहमा पार्ने गलत र खराव प्रवृती मौलाउन थालेको छ । खासगरी केही युट्युव च्यानलहरु यस्ताखाले गलत प्रवृतीका बाहक बन्न थालेका छन् । घटना वा विषयवस्तुलाई भाईरल बनाउने नाममा यथार्थलाई तोडमोड गरी भ्रमपुर्ण तरिकाले गलत सूचना संप्रेषण गर्ने गरिन्छ । घटनासंग जोडिएका पात्रहरुलाई अन्र्तवार्ताका नाममा अनावश्यक प्रश्नहरु सोधेर तनाव दिने, मानसिक यातना दिने, जहां भेट्यो त्यहीं अन्र्तवार्ता लिने ( सम्वन्धित ब्यक्तिको अनुमतीविना सुत्ने वेडमा समेत गएर ), असभ्य तरिकाले विहानै ढोका ढकढकाउन जाने, मानहानी गर्ने, नितान्त ब्यक्तिगत मामिलामा हस्तक्षेप गर्ने जस्ता अराजक क्रियाकलापहरु गर्ने गरेको पाईन्छ । 

यहां प्रश्न गर्नैपर्छ के यि क्रियाकलापहरु संचारसेवाको निती, नियम, विधी र धर्मभित्र पर्दछ । संचारसेवासंग सम्वन्धित माथिल्लो निकायले यसको जवाफ दिनैपर्दछ । मलाई वा जो कोहीलाई पनि लाग्ने कुरा के हो भने संचारमाध्यमको धर्म कसैको जिवनसंग खेलवाड गर्ने, कसैको जिवन नै वर्वाद गर्ने, कसैको मानहानी गर्ने, कसैलाई अनाबश्यकरुपमा मानसिक यातना दिनु पक्कै पनि होईन । उसको धर्म वा कर्तव्य त घटनाको सत्य तथ्य पत्ता लगाएर गलतलाई गलत र सहीलाई सही विश्लेषण गरी जनमानसलाई सही सूचना संप्रेषण गर्नु हो । यसैगरी अन्यायमा परेकालाई न्याय दिलाउन प्रयत्न गर्नु, दुःखमा परेकालाई सहयोग गर्नु, वर्वाद हुन लागेको जिवनलाई नयां जिवन प्रदान गर्नु जस्ता मानविय सेवा गर्नु संचारकर्मीको धर्म वा कर्तव्य हो । 

यतिवेला राज्यको कमिकमजोरीबाट फाईदा उठाएर केही संचार माध्यमहरुले धमिलो पानीमा माछा मार्ने काम गरिरहेका छन् । राज्यको दायित्वभित्रका केही कामहरु हुन नसक्दा त्यसवाट फाईदा उठाउंदै राज्यलाई अराजक ढंगले सत्तोसराप गर्दै पिडितहरुलाई तत्काल लागि मल्हम लगाई दिएका केही क्रियाकलापहरुलाई युट्युव


संचालकहरुले भाईरल बनाएर दर्शक बढाउने काम गरिरहेका छन । देशमा घटेका केही घटनाक्रमहरुलाई निहुं बनाएर त्यसवाट फाईदा लिंदै आफ्ना कमीकमजोरीहरुलाई लुकाएर आफु दुधले नुहाएको चोखो भएजस्तो गरी सत्यतथ्य नबुझी लहै लहैमा दौडने केही मानिसहरुको मन जितेर भिड जम्मा गरी कथित आन्दोलन गर्ने क्रियाकलापलाई प्राथमिकता दिएर युट्युवमा हाल्ने फेसनले निकै वजार लिएको छ । जुन दिर्घकालिन सम्म टिक्नेवाला छैन । हो, पक्कै पनि राज्यको दृष्टी नपुगेको वा राज्य जानकार रहेर पनि बेवास्ता गरिरहेको देश, जनता र समाजका संवेदनशिल र गम्भिर प्रकृतिका सवालहरुका वारेमा राज्यलाई सजक र ध्यानाकर्षण गराउनु एउटा जिम्मेवार र सचेत नागरिकको परम कर्तव्य हो र आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्नु मानविय धर्म, कर्तव्य र सामाजिक सेवाभाव पनि हो । यसमा कसैको दुई मत रहंदैन । तर सभ्य र अनुशासित ढंगले सकारात्मक कोणबाट प्रस्तुत भै राज्यलाई राम्रै किसिमबाट सचेत गराउंदा परिणाम फलदायी र दिर्घकालिन हुने हुन्छ । साथै जनमानसमा संदेश पनि सकारात्मक नै पुग्न जान्छ । सवैको मन जित्न सफल होईन्छ । संचार माध्यम खासगरी युट्युव च्यानल संचालकहरुले यतातिर ध्यान पु¥याउनु जरुरी छ । भाईरल बनाउन, भाईरल बन्न, भिवर्स बढाउनतिर होईन सत्यतथ्य सूचना जनमानसमा पु¥याउनतिर लाग्ने हो भने मात्र दिर्घकालसम्म विश्वासिलो संचारकर्मी र संचारमाध्यम बन्न सफल होइन्छ साथै असल संचारकर्मीको धर्म निर्वाह गरेको ठहरिन्छ । सवै संचारकर्मी र संचारमाध्यमको ध्यान यसतर्फ जाओस । 









Thursday, August 6, 2020

ठूलो कालवाट बचियो

यु.यन. मिशनको क्रममा ईराकको बगदादमा अवस्थित शेराटन होटलमा ५ दिनको बसाई पश्चात उत्तरतर्फ रहेको क्रुदिशहरुको बस्ती क्रुदिस्तानतर्फ प्रस्थान गरियो । जुन हाम्रो गन्तव्य थियो । गाडी क्रुदिस्तानतर्फ तिव्र गतिमा गुडिरहेको थियो । बाटोमा ठाउं ठाउंमा ईराकी सेना ( सद्दाम हुसेनका सेना ) र क्रुदिस सेनाहरु एन्टी एयरक्राफ्ट आकासतर्फ तेर्साएर अरु विविध आधुनिक शक्तिशाली हतियारहरु तैनाथका साथ डिफेन्स लिएर बसिरहेका देखिन्थे । उनिहरु हाम्रो ( यु.यन.) गाडीलाई रोकेर सोधपुछ गर्ने गर्थे । यु.यन.का कर्मचारी हौं भनेर परिचयपत्र देखाएपश्चात छाडीदिन्थे । ६÷७ घण्टाको यात्रापश्चात सांझको ७ बजेतिर हामी क्रुदिस्तानको सुलेमानिया भन्ने स्थानमा पुग्यौं । 

सुलेमानियास्थित एउटा होटलको कोठामा सामान थन्काएर भर्खरै आराम मात्र गरेका के थियौं भिषण युद्धमा गोली चलै झैं विभिन्नखाले हतियारहरुबाट गोलिको बर्षा हुन थाल्यो । हामी वसेको होटलको चारैतर्फ गोली चलिरहेको थियो । कुनै कुनै गोली त हामी वसेको होटलको छानामा समेत लागेको थियो । गोली चल्ने क्रम लगभग आधा घण्टासम्म लगातार नै जारी रह्यो । गोली चलिरहंदा हामी सवै डरले कालोनिलो भएका थियौं । सवैको शरिर पसिनाले निथ्रुक्क भैसकेको थियो । रुन्चे अनुहार लगाएर एक आपश्मा गुन्गुनाउन लागेका थियौं की अव शायद बच्ने आशा कमै होला  । सवैजना घरपरिवार सम्झन थालेका थिए । सवैका आंखा रसाएका थिए । यतिकैमा करिव आधाघण्टापश्चात गोली चल्न छाड्यो । गोली चल्न छाडेपछी सवैको अनुहार केही उज्यालो भयो । पछी के भएको रहेछ भनेर बुझ्दा थाहा भयो कि यु.यन. का मानिस हाम्रो ( उनिहरु )को सहयोगका लागि आएका हुन भनेर खुसियालीमा स्वागतका लागि क्रुदिस सेनाले फायरिङ गरेका रहेछन् । यो स्वागत गर्ने उनिहरुको अचम्मको चलन रहेछ । आफ्नै स्वागतका लागि पड्काएको गोलिको आवाजले झण्डै झण्डै वेहोस हुन खोजियो । 

स्वागतका लागि गोली पड्काएको जानकारीपश्चात वेलुकाको खाना खाएर ढुक्ककासाथ आराम गरियो । भोलीपल्टदेखी ड्युटी सुरु भयो । यु.यन. अफिसहरुमा शुरक्षा दिनु, यु.यन. का कर्मचारीहरु सवार गाडीहरुलाई स्कटिङ गर्नु हाम्रो ड्युटी थियो । यु.यन.जि.सि.आई.को कार्यालय, यु.यन.यच.सी.आर., शरणार्थीहरुका लागि लत्ता कपडा र खाद्यान्न राखिएका वेयर हाउसहरु, मेडिकेयरहरु यु.यन.का कार्यालयहरु पर्दथे । यु.यन.को उक्त मिशनको हेड क्वार्टर वगदादमा थियो । यसका अन्य शाखा पोष्टहरुमा उत्तरी ईराकमा पर्ने सुलेमानिया अन्र्तगत साईद सादिक, रानिया र कलार पर्दथे । अर्विल अन्र्तगत सादिक पर्दथ्यो र दोहुक अन्र्तगत जाखो पर्दथ्यो । हामीले यिनै स्थानहरुमा ड्युटी गर्नुपर्दथ्यो । सद्दाम हुसेन र क्रुदिश सेनाकाविच हुने युद्धलाई कम गर्नका लागि मध्यस्थता गर्ने उद्देश्यले यु.यन.जी.सी.आई.को स्थापना गरिएको रहेछ । भएको के रहेछ भने क्रुदिशहरुले क्रुदिस्तानलाई स्वतन्त्र राज्य बनाउन चाहेका रहेछन तर सद्दाम हुसेन उनिहरुको शर्त मान्न तयार नहुंदा युद्धको शुरुआत भएको रहेछ । 

पिडित क्रुदिशहरुको भनाईअनुसार सद्दामका सेनाले उनि(क्रुदिश)हरुका घरमा जगैदेखी बम राखेर पड्काईदिने, महिलाहरुमाथी वलात्कार गर्ने, चराउन लगेका भेडाहरु लुटेर लग्ने, प्रतिकार गर्न खोजेमा गोलिले उडाईदिनेजस्ता अत्यन्तै अमानविय र क्रुर अत्याचार गरेका थिए रे । केही क्रुदिशहरु हाम्रा सामु आंशु वगाउंदै स्तव्ध भएर भन्ने गर्थे — ‘ हामी विहानै उठेर डांडापल्लापटी जाने गथ्र्यौं र दिनभरी बसेर बेलुका घर जस्ताको तस्तै छ कि छैन भनेर केही वर आएर हेथ्र्यौं । रहेछ भने घर फर्किन्थ्यौं रहेनछ भने आकासमुनी सुत्न बाध्य हुन्थ्यौं ।’ यसरी हाम्रा सामु पिडा पोख्ने गर्थे । 

समय समयमा ईराकी सेना र क्रुदिश सेनाहरुकाविच भिषण युद्ध हुने गर्दथ्यो । एकपटक त यती भिषण युद्ध भयो कि यु.यन.ले मिशन नै फर्काउने तयारी गरिरहेको थियो । हामीलाई भाग्नका लागि तयारी भएर बस्ने निर्देशन दिईसकेको थियो । तर केही दिनपछी युद्ध रोकियो र भाग्न परेन । क्रुदिशहरु थोरै भएपनि गुरिल्ला युद्ध लड्दथे । उनिहरुसंग अत्याधुनिक शक्तिशाली हात हतियारहरु थिए । कहिले त सयौं ईराकी सेनाहरुलाई युद्धबन्दी बनाउंथे । हामीलाई  जतिवेला पनि रणभूमिमा रहेको आभाष हुन्थ्यो । कहिले नजिकै शक्तिशाली वम विस्फोट भएर क्षत विक्षत लासहरुको चाङ देखिन्थ्यो । कहिले गुडिरहेको गाडिमा बम विष्फोट हुन्थ्यो । एकपटक म सुलेमानिया पोष्टको साईद सादिकमा रहेको यु.यन.को कार्यालयमा ड्युटीमा थिएं । विहानको ९ बज्न लागेको थियो । यति ठूलो आवाजकासाथ वम विस्फोट भयो कि जिवनमा मैले त्यती ठूलो आवाज सुनेकै थिईन । बगदादबाट पेट्रोलियम पदार्थ बोकेर आएको ट्याङ्करमा टाईम वम फिट गरेको रहेछ । सुलेमानिया आईपुग्नेवितिकै विस्फोट भयो । ३० हजार लिटर तेल बोकेको ट्याङ्कर पड्किंदा त वरिपरिको वातावरण नै पुरै ध्वनी प्रदुषित बनेको थियो । आगोका ज्वाला त लगभग ५० फिट माथीसम्म पुगेको थियो । यद्यपी दिनको समय भएकोले कुनै मानविय क्षती हुन पाएन । क्रुदिस्तानका सवै वच्चादेखी बृद्धसम्म लडाकु देखिन्थे । सवैका हातमा बन्दुक र गोलीका माला हुन्थे । बच्चाहरुका हातमा समेत साना खालका टु टु बन्दुक हुन्थे । उनिहरु भंगेरा मार्दै हिंड्थे । अचुक निशाना हुन्थ्यो बच्चाहरुको । सायद जतिवेला पनि युद्ध भैरहने भएकोले होला शान्तिको खोजिमा रहेका केही महिलाहरु हामी बसेको घरमा राती ११÷१२ बजेसम्म फोन मार्फत हामीसंगै नेपाल जाने चाहना ब्यक्त गर्दथे । उनिहरु अगाडी परेर कुरा राख्न सक्दैनथे किनकी ईराकमा महिलाहरुलाई अत्यन्तै कडा बन्देजमा राखिएको हुन्थ्यो । अपरिचित केटा मान्छेसंग बोल्न मनाही गरिएको हुन्थ्यो । 

ईराकसंग ईरान र कुवेतको सिमाना जोडिएको छ । सिटी ड्राईभका क्रममा हामी कहिले ईरानको सिमानासम्म पुग्थ्यौं भने कहिले कुवेतको सिमानासम्म । एकपटक सुलेमानिया पोष्ट अन्र्तगत रहेको कलार उप पोष्टवाट



सिटी ड्रईभ जाने क्रममा ठूलो दुर्घटनाबाट बाल बाल बचियो । हिउं पर्ने मौसम थियो । विहानको समय ४÷५ जना यु.यन.गार्डहरुसहित यु.यन.को जिप सिटी ड्राईभका क्रममा पहाडी भेगतिर लाग्यो । चालक डेनमार्कका थिए । बाटोमा पुरै हिउं जमेको थियो । पहाडको बाटो अलिकती मात्र के उकालो चढेको थियो हिउंमा टेक्नासाथ जिप बाटो छाडेर दायांतर्फ छेउतिर लाग्यो । बाटोको दायां बायां पुरै हिउं जमेको थियो । त्यो भन्दा अलिकती अगाडी बढ्नासाथ जिप भिरतिर खस्छ । बाटोको दायांबायां पुरै भिर छ र भिर पनि पुरै हिउंले ढाकिएको छ । सवैको अनुहार कालोनिलो भयो । सवै पसिनाले भिजीसके । तैपनि चालक केही हुंदैन, डराउनु पर्दैन भनेर सान्त्वना दिईरहेका थिए । नभन्दै तत्कालै जिपलाई सडकको विचमा ल्याउन सफल भए । केही अगाडी बढाउने वितिकै फेरी जिप बायां छेउतर्फ मोडियो । त्यसको अगाडी पनि पुरै हिउंले ढाकिएको भिर छ । त्यसपछी त झनै सवैजनाको मुटुले ढ्याङ्ग्रो ठोक्न थाल्यो । सवैलाई अव चाहीं पक्कै बांचिदैन भन्ने लाग्यो । हिउंका कारणले गाडीवाट ओर्लिएर थेग्ने अवस्था पनि छैन । तैपनि चालक केही हुंदैन नडराउनु भनिरहेका थिए । नभन्दै आयु छउन्जेल बायुको पनि केही लाग्दैन भने झैं चालकले जिपलाई सडकमा ल्याएरै छाडे र सिधा पारेर पहिले आएको सडकतर्फ निकालेर ज्यान बचाए । त्यतीवेला मैले के महशुस गरें भने वास्तवमै विकसित देशका मानिस हरेक सवालमा पोख्त हुने रहेछन । यदी डेनिस चालकको स्थानमा नेपाली वा भारतिय चालक भैदिएको भए पक्कै पनि हाम्रो बच्ने अवस्था रहने थिएन । यो जिवनको अत्यन्तै अविष्मरणिय घटना बनेको छ । 

























Monday, August 3, 2020

के सोचे मैले, के भयो ऐले

 २०३६ सालमा जव विद्यार्थी आन्दोलन सुरु भयो, त्यस आन्दोलनवाट म पनि अलग रहन सकिन । त्यतिवेला म नौ कक्षामा पढ्दै थिएं । विद्यार्थी आन्दोलनका दौरानमा मेरो सहकार्य तत्कालिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन  ( अ.ने.रा.स्व.वि.यु.), जो नेपाल कम्युनिष्ट पार्टीसंग सम्वन्धित थियो, संग भयो । त्यस समयमा विद्यालय स्तरमा अ.ने.रा.स्व.वि.यु.को निकै ठुलो बर्चस्व थियो । हाम्रो बिद्यालयमा सो संगठनका प्रखर र प्रभावशाली विद्यार्थी नेताको रुपमा दिपक थापा र केशव थापा रहेका थिए । मेरो उनिहरुसंगको सम्पर्कका कारण उनिहरुप्रति लगाव रहन गयो अर्थात म उनिहरुसंग प्रभावित हुन पुगें । उनिहरुले उपलब्ध गराएका कम्युनिष्ट पार्टीका पुस्तकहरु, दस्तावेजहरु पढ्न थालें । ती पुस्तकहरुको अध्ययन गरिसकेपछी गरिवहरुको भलाई गर्ने पार्टी त कम्युनिष्ट पार्टी पो रहेछ भन्ने मेरो बुझाई रह्यो । हाम्रो परिवारको गरिवी नै मलाई कम्युनिष्ट बन्नका लागि प्रेरणाको श्रोत बन्यो । 
अ.ने.रा.स्व.वि.यु.मा आवद्ध भएर तत्कालिन विद्यार्थी आन्दोलनमा लाग्ने एउटै कक्षाका साथीहरुमा टौखालका अष्टकाजी श्रेष्ठ, सुन्थानका रमेश खड्का, पनौतीका पुष्पदाश स्याउला, भङ्गलाका विदुर के.सी. र म लगायत थुप्रै साथीहरु पर्दथे । खासगरी मलाई कम्युनिष्ट बन्नका लागि प्रेरणा दिने काम टौखालका दिपक थापाले गर्नुभएको थियो । उहां मलाई माक्र्सवादी, लेनिनवादी थुप्रै पुस्तकहरु पढ्न दिनुहुन्थ्यो । त्यतिवेलाको मोदनाथ प्रश्रितद्वारा लिखित ‘पचास रुपैयांको तमसुक’ नाटक निक्कै चर्चित थियो र मार्मिक पनि । मलाई पनि उक्त नाटकले निक्कै प्रभावित बनायो । भावुक बनायो । मलाई मात्र होईन हाम्रो सम्पुर्ण परिवारलाई भावुक बनायो । अझ भन्ने हो भने उक्त नाटकले हामी सवैलाई रुवायो । पचास रुपैयांको तमसुक हाम्रो भोगाईसंग मेल खान गएकोले पनि हामीलाई छोएको हो । उक्त नाटकमा एउटा सामन्ति शोषकले एउटा गरिवलाई ५० रुपैयां ऋण दिएर तमसुकमा ५०० बनाइ किर्ते गरेर शोषण गरेको कुरा उल्लेख छ । यसले पंचायतकालिन कालरात्रिमा शोषक सामन्तिहरुले गरिवहरुमाथी गरिएको अन्याय, अत्याचार, शोषण, दमनलाई चित्रण गरिएको छ  र त उक्त नाटकले त्यतीवेला धेरैलाई कम्युनिष्ट बनाउने काम गरेको थियो । 
यसैगरी रामेश, रायण, जिवन शर्मा र जेवी टुहुरे आदी थुप्रै जनकलाकारहरुको हृदयश्पर्शी प्रगतिशिल गितले जुरुक जुरुक बनाउंथ्यो । गित सुनेपछी लाग्दथ्यो – तुरुन्तै गएर शोषक सामन्तिहरुलाई सिध्याइदिउं । त्यतीवेला माओको रातो बुक, मोहनविक्रमसिंहद्वारा लिखित ‘ पेमालामा प्रश्नोतर माला ’ माकुरा र झिंगा जस्ता प्रगतिशिल पुस्तकहरु अध्ययन गरेर म जस्ता धेरै ब्याक्तिहरु कम्युनिष्ट भएका थिए । हामीलाई प्रशिक्षण गर्नका लागि तत्कालिन अ.ने.रा.स्व.वि.यु.केन्द्रिय कार्यालयवाट लिलामणी पोख्रेल, टंक कार्कीहरु पनौती जानुहुन्थ्यो । उहांहरुले हामीलाई कम्युनिष्ट पार्टीका बारेमा र तत्कालिन राजनैतिक परिस्थिती र हाम्रो दायित्वको बारेमा प्रशिक्षण गर्नुहुन्थ्यो । तत्कालिन भूमिगत परिस्थितीमा प्रशिक्षण लगायत कम्युनिष्ट क्रियाकलापहरु गर्ने काम अत्यन्तै खतरापूर्ण थियो । यस्तो परिस्थितीमा पनि ईन्द्रायणी शाक्यले खतरा मोलेर प्रशिक्षणका लागि आफ्नो घर उपलब्ध गराउनु भएको थियो । 
विद्यार्थी आन्दोलनका दौरान भएका क्रियाकलापहरु र घटनाक्रमहरु ः – 
२०३६ सालमा पाकिस्तानी पिपुल्स पार्टीका संस्थापक जुल्फिकार अली भुट्टोलाई तत्कालिन सैनिक शासक जियाउल हकले फांसीमा झुण्डाएर हत्या गरेपश्चात उक्त हत्याको विरुद्धमा नेपालमा विद्यार्थी आन्दोलन सुरु भयो । पंचायती ब्यबस्थाका माध्यमबाट निरंकुश तानाशाही सामन्ति राजतन्त्रवाट भएको क्रुर अन्याय, अत्यचार, शोषण, दमण र उत्पिडनका विरुद्धमा नेपालमा पनि शसक्त आन्दोलनको आवश्यकता खड्किएको थियो । संयोगबश भुट्टोको हत्या नेपाली विद्यार्थीहरुका लागि आन्दोलन गर्ने उपर्युक्त निहुं बन्न पुग्यो । अन्ततः भुट्टोको हत्याको विरुद्धमा सुरु भएको विद्यार्थीहरुको आन्दोलन निरंकुश पंचायती शासनका विरुद्धको आन्दोलनमा परिणत भयो । क्रमशः यो आन्दोलनले देशव्यापी रुप धारण ग¥यो । विद्यार्थीहरुको अगुवाईमा भएको आन्दोलनबाट म पनि अछुतो रहन सकिन । किनकी म निरंकुश तानाशाही सामन्ति शासनवाट मुक्त हुन चाहन्थें । त्यसैले अ.ने.रा.स्व.वि.यु.मा आवद्ध रहेर म अरु साथीहरुसंग आन्दोलनमा होमिएं । आन्दोलनको सहयात्रामा दिपक थापा, केशव थापा, अष्टकाजी श्रेष्ठ, सहदेव थापा, रमेश खड्का, रामवावु खत्री, पुष्पदाश स्याउला, विदुर के.सी., नारायण श्रेष्ठ, देवलक्ष्मी स्याउला, ईन्द्रायणी शाक्य लगायत थुप्रै विद्यार्थी साथीहरुका संलग्नता रहेको थियो । 
हामीहरु प्रहरीको आंखा छल्दै राती राती शामन्ति सत्ताका विरुद्धमा लेखिएका पोष्टरहरु टांस्ने गर्दथ्यौं । पोष्टर छाप्ने पैसा नभएका कारण हातले बनाएको निङ्गालाको कलमले मसिमा चोपेर लेखिएको पोष्टरको प्रयोग गर्दथ्यौं । राम्रो अक्षर भएकोले रमेश खंडकाले पोष्टर लेख्ने काम गर्नुहुन्थ्यो । हुन त त्यतीखेर पोष्टर छाप्ने छापाखाना पनि त्यतीै थिएन र भएका छापाखाना पनि प्रहरी प्रशासनको डरले छाप्न मान्दैनथे । पोष्टरिङ बाहेक त्यतीखेरका विरोधका कार्यक्रमहरुमा कोणसभा, नाटक प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरु पर्दथे । नाटक प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरु रातको समयमा लुकेर गर्नुपर्दथ्यो । प्रहरीले चाल पायो भने समातेर निर्मम यातना दिन्थ्यो या मारीदिन्थ्यो । समातिएकाहरुलाई यती क्रुर यातना दिन्थ्यो कि हातको औंलाको नङभित्र पिन घुसारेर वा कडा खालको गिट्टीमाथी नाङ्गो घुंडा र कुहिना टेकाएर हिंड्न लगाउंथ्यो । प्रहरीवाट सुरक्षित हुंदै छिपाउ वाटोको प्रयोग गर्नु पर्दथ्यो । सिधा बाटो हिंड्यो भने प्रहरीले गिरफ्तार गर्दथ्यो । 
२०३६ साल चैत महिनाको दिन थियो । दिनको ४ बजे बनेपाको त्रिभुवनको सालिक रहेको चोकमा चारतिरवाट आएर जम्मा हुने र १० मिनेट कोणसभा गरेर तितरवितर भै बुडोलको महादेव पोखरी जाने बाटो नजिकै एउटा घरमा गएर सांझ बस्ने योजना बनाईएको थियो । सोही योजना अनुसार भाषण गर्न भनेर एकजना विद्यार्थी नेता ( नाम विर्सियो ) सालिकको पेटिमा उभिएर दुई मिनेट के बोलेका थिए प्रहरी आएर हामी सवैलाई तितरवितर पा¥यो । समाउन चाहीं कसैलाई सकेन । त्यसपछी हामी अलग अलग बाटो भएर गहुंवारी हुंदै पूर्व योजना अनुसार तोकिएको घरमा पुग्यौं । त्यतीवेलासम्म सांझ परिसकेको थियो । हामी उक्त घरमा भएको शंका गरेर प्रहरीले रातभर घेरावन्दि गरिरह्यो । हामी ७ जना थियौं । प्रहरीले थाहा नपाओस भनेर घरधनिले हामीलाई बुंईगलमा लगेर राखिदिनुभएको थियो । बुंईगलभरी मकैको खोस्टा राखिएको थियो । अंध्यारो भएकोले खाना खांदाखेरी पनि मकैको भुत्ला मुखभित्र पस्दथ्यो । आंखा झिमिक्कै नगरी रातभर जागराम बस्यौं । लगभग विहानको ४ बजे घरधनीवाट प्रहरीले छाडेको जानकारी पाएपछी हामी तुरुन्तै निस्केर छुपाउ वाटो प्रयोग गर्दै पनौती गयौं । यसरी हामी प्रहरीको गिरफ्तारीवाट बच्न सफल भयौं । केही समय पश्चात दिपक थापा गिरफ्तारीमा पर्नुभयो । दिपक थापाले नै मलाई त्यतीवेला कम्युनिष्ट आन्दोलनमा लाग्नका लागि प्रेरणा दिनुभएको थियो । गाई बस्तु चराउन गएकै पाखामा गएर बस्तु बान्न लगाएर पनौती वजारमा संगठनको काममा लिएर जानुहुन्थ्यो । 
यसरी ३६ सालमा जे सोचेर, जुन सपना बोकेर कम्युनिष्ट आन्दोलनमा लागियो, ति सवै सपनाहरु पानीका फोका बन्न पुगे । सपना केवल सपनामा सिमित रहे । न्याय, समानता र स्वतन्त्रतामा आधारित सुन्दर समाज

निर्माणको सपना, गांस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी सवैको पहुंचमा पुग्दछ र यसका लागि कोही तड्पिनु पर्दैन भन्ने सपना सवै चकनाचुर भए । त्यसैले त यतिवेला ‘ के सोचें मैले के भयो ऐले’ भएको छ । 

Monday, July 20, 2020

झरिले सम्झाईदिएको बाल्यकालको गाउं

असारको महिना झरी पर्दै गर्दा कहिलेकांही जन्मेको, हुर्केको गाउंको सम्झना आउने रहेछ । वाल्यकालमा स्यालर ( जसलाई ऐले प्लास्टिक भनिन्छ ) ओढेर पाखामा गाईबस्तु चराएको, घांस काट्न जांदा ओढो ( ओढ्ने ) बिर्सिएका कारण रुख मुन्तिर ओता लाग्दै गर्दा झरी लम्विदै जांदा रुखको पातवाट ठूला ठूला थोप्ला पानी खसेर भएको मुसो रुझाई , घांस, सोतर काट्दै गर्दाको जुृकाको टोकाई, खेत रोपाईको वेला रोपारहरुले गाएको असारे भाकाको कांठे गित, वावु आमाले रोपाईंवाट ल्याएको आलुको अचार र टाईचिन धानको झुरुम झुरुम गर्ने मिठो चिउराको याद आईरहेछ यतिवेला । त्यती मात्र कहां हो र ? रोपाईका लागि आकासे पानीमा भर पर्नुपर्ने टारी खेतमा पानी लगाउनका लागि भेल छोप्न पर्ने भएकोले यती कष्ट गर्नुपर्दथ्यो कि जतिवेला भेल वग्ने ठूलो पानी पर्दथ्यो त्यतीवेला नै कोदालो वोकेर पाखाको भेल एकत्रित गरेर टारी खेतमा लगाउन जानु पर्दथ्यो । यदी भेल छोपेर पानी लगाउंदा लगाउंदै रोपाईं गरिएन भने पानी सवै एकै छिनमा सुक्दथ्यो अथवा मुसाको दुलोवाट छिरेर गैसक्थ्यो । हाम्रो एउटा पाटापाटी नाम गरेको पाटै पाटा परेको टारीमा पनि महाटारी खेत थियो । जती ठूलो पानी परे पनि अढ्दै नअढ्ने । जसले गर्दा लगभग ५०० मिटर टाढा पाखामा आकासको पानी संकलन गर्नका लागि एउटा पोखरी खनिएको थियो । वरिपरी कुलो काटेर पाखाको पानी उक्त पोखरीमा जम्मा हुने गरी बनाईएको थियो । पोखरीमा जम्मा भएको पानी उक्त टारी खेतमा लान मिल्ने गरी कुलो खनिएको थियो । कुलोवाट पानी खेतमा पुग्दा आधा मात्र पुग्थ्यो र आधा कुलोमै हराउंथ्यो । खेतमा पानी पुग्नासाथ हिल्याएर रोप्दा समेत कोदो रोपेझैं रोप्नु पर्दथ्यो । कृषीप्रधान देशको अवस्था यस्तो थियो । 
सांझ परेपछी झ्याउंकिरिको सुरिलो आवाज र भ्यागुताको ट्वार ट्वारले असार वा वर्षाको संकेत गर्दथ्यो । झ्याउंकिरी र भ्यागुता कराउंदा निस्कने आवाज र मकैको पातमा पानीको थोपा पर्दा उत्पन्न हुने आवाजले एउटा संगितकारले संगितको सिर्जना गरिरहेको हो कि भन्ने भान हुन्थ्यो । जसले मिठो निन्द्रा लगाउंथ्यो । यसैगरी पालीवाट मजेरीमा खसेको पानीको थोपाको तप तप आवाजले पानी परिरहेको जानकारी दिन्थ्यो । घांस, सोतर गर्न जांदा होस वा गोठालो जांदा वा खेतवारिमा काम गर्न जांदा मसिनो जुकाले टोकेर रक्ताम्मै पार्दथ्यो । अझ रमाईलो कुरो त वर्षाको हिलोले खाएर बनेका घाउहरुमा जुका लगाएर पिल्सेको रगत चुस्न दिईन्थ्यो । नभन्दै जुकाले चुसेको १÷२ दिनमै घाउ निको हुन्थ्यो । यो घाउको उपचार गर्ने विशेष गाउंले तरिका थियो । त्यतीवेला घाउ खटिरामा लगाउने शिवजन ट्यावलेट नामको एलोपेथिक औषधी पाईन्थ्यो । त्यसलाई पानीमा भिजाएर घाउमा लगाईन्थ्यो । यो गाउंमा सवै ठांउमा पाईंदैनथ्यो । यो भन्दा भरपर्दो घरायसी औषधी मेरो वावुले वनाउनुहुन्थ्यो । खाएर डढेको तमाखु, चिलिमको पिंध, लोरी घोटेर पेस्ट  ( लेदो ) बनाएर घाउमा लगाएपछी त्यसले अचुक औषधीको काम गर्दथ्यो । एक दुई दिनमै घाउ निको हुन्थ्यो । 
श्रावनको महिनामा मकैवारिमा कोदो रोप्ने गरिन्थ्यो । मकै वारीभित्र कोदो रोप्ने काम अत्यन्तै कठिन थियो । खन्ने काम त झनै कठिन हुन्थ्यो । न पानी पर्दा सहजसंग ओढो ओढ्न पाईने । प्लास्टिक त्यो पनि डोरिले बांधेर ओढ्नुपर्दथ्यो । गाउंघरमा वर्षामा खेतवारिमा काम गर्दा ओढोको रुपमा विशेषतः घुम र प्लास्टिक प्रयोग गरिन्थ्यो । कोदो रोप्दा हात गोडा यती चिलाउंथ्यो कि रातभर मकैको खोयाले कनाउनुपर्दथ्यो । एकातिर दिनभरको थकाई अर्कोतिर रातभर हात गोडा कनाउनुपर्ने । कती आपत । हात गोडा चिलाउनुको कारण थियो – त्यतीवेला गाउंमा चर्पि बनाउने चलन थिएन । बन वा वारिको पाटामा गएर शौच गर्ने चलन थियो । जसले गर्दा कोदो रोप्ने वेलामा फोहोर भएर हात गोडा चिलाउने समस्या सिर्जना हुन्थ्यो । हात गोडा चिलाएर असह्य भएपछी कपडा सिउने सियोले खोपेर पिल्सिएको कालो रगत निकालेर फाल्ने गरिन्थ्यो । त्यसपछी चिलाउन छाड्थ्यो । हिलोले खाएको ठाउंमा उपचार गर्ने यो त्यतिवेलाको गाउंले तरिका थियो । 
भाद्र महिनाको सुरुआतदेखी नै खेतमा धान गोड्ने कामको थालनी हुन्थ्यो । धानको पातले हात पास्ने हुंदा

कुहिनासम्म प्लास्टिक बेर्ने गरिन्थ्यो । दिनभरी निहुरेर वा वसेर धान गोड्दा थकाईले लखतरान बनाउंथ्यो । धान गोड्ने काम सकिएपछी लगतै भदौको तेश्रो हप्तातिर वारीमा मकै भांच्ने काम सुरु हुन्थ्यो । भदौको टण्टलापुर घाममा दिनभरी मकै भांच्यो । भोलीपल्टका लागि मकै राख्ने ठाउं बनाउनका लागि राती १२ वजेसम्म मकै नंग्याउनु पर्दथ्यो । मकै भांचेर नसकुन्जेल यही काम दोहोरिन्थ्यो । मकै भांचिसकेपछी भने बल्ल बर्खे कामवाट केही हदसम्म फुर्सद मिल्दथ्यो । यद्यपी फापर छर्ने, तोरी छर्ने हल्का काम भने भइनैरहन्थ्यो । मकैको काम सकिईसकेपछी धान काट्ने वेला नहुन्जेलसम्म बल्ल आराम गर्ने समय निस्कन्थ्यो । यो विचको समयमा हिन्दुहरुको महान चाड दसैं र तिहार पनि पर्ने भएकोले बर्खाभरी भिजेर हिलो मैलो भएर मरीमरी काम गर्दा कमजोर र सिथिल भएको शरिरलाई दसैं र तिहारको पौष्टिक खानपान र थकाई मेटानले निकै राहत पु¥याउंदथ्यो । त्यसो त आषाढ महिना सुरुभएपश्चात खेत रोपाईबाट वर्खे काम नसकिएसम्म समय समयमा भिन्न भिन्न किसिमका पौष्टिक परिकार खाएर कामको बोझले कमजोर र शक्तिहिन बनाएको शरिरलाई स्वस्थ, बलियो र तन्दुरुस्त राख्ने गरिन्छ । जस्तै ः आसार १५ मा दही चिउरा, साउने संक्रान्तीमा विभिन्न स्वादिष्ट परिकार, साउन १५ मा खिर, जनाईपुर्णेमा क्वांटी, तिजमा दर, जसले शरिरलाई शक्ति प्रदान गर्दछ । यी अवसरहरुलाई चाडपर्वको रुपमा स्थापित गरिएको छ । यसले के पुष्टि गर्दछ भने हाम्रा जे जती संस्कार र संस्कृतिहरु छन ती सवै कुनै न कुनै रुपमा कृषी पेशासंग जोडिएको  पाईन्छ । यसरी यो लेखमा पहिले वर्षा याममा गाउंले जिवन कती कष्टकर हुन्थ्यो भन्ने कुरा दर्शाउन खोजिएको छ । यहां पहिले भनेर किन भन्न खोजिएको हो भने यतिवेला बाटोघाटोको सुविधाका कारण गाउं गाउंमा हाते ट्रेक्टर पुगिसकेकोले मानव श्रम विस्तारै घट्दै गएको अवस्था छ । 

Friday, July 10, 2020

भर

भन्ने गरिन्छ
ढुंगाको भर माटो
माटाको भर ढुंगो
तर
जव पहिरो जान्छ
न ढुंगाको भर माटो
न माटाको भर ढुंगो
भन्ने गरिन्छ
लोग्ने स्वास्निको झगडा
परालको आगो हो
तर
जव असमझदारी बढ्छ
झगडा
 परालको आगो होईन
ज्वालामुखी बन्छ
विष्फोट हुन्छ
र एउटा सुन्दर घर
चकनाचुर बन्छ
भन्ने गरिन्छ
छोराछोरी
बुढेसकालका सहारा हुन
तर
जव जिन्दगी
डांडामाथिको घाम बन्छ
छोराछोरिको माया र याद बोकेर
बृद्धाश्रममा बांच्न बाध्य हुनुपर्छ
सहाराविहिन जिवन
आंशु पिएर

Friday, July 3, 2020

हर्षको आंशु वगाउंदै बृद्ध बाबु आमा

खेती गर्ने मान्छेको अभावमा बर्षौंदेखी निर्जर भएर झाडीमा परिणत गाउंको बांझो जमिन यतिवेला हराभरा भएर उर्वर वनेको छ । वाली लगाउने समय र वेला वेलामा आकासे पानी परिरहेको हुंदा यो सिजनमा लगाईने खाद्यान्न ंवाली र तरकारी वाली अत्यन्तै राम्रो भएको छ । खास गरेर मकै वालिको उत्पादनले धेरै वर्षपछी गाउंका किसानहरुलाई सन्तुष्टि प्रदान गरेको छ । वर्षे तरकारीको उत्पादन पनि सन्तोषजनक रहेको छ । तर लकडाउनका कारण विक्रीका लागि वजारसम्म पु¥याउने अवस्था नरहेकोले खेतवारिमै कुहिएर नास भैरहेको दुःखद स्थिती पनि आफ्नो ठाउंमा छ । यद्यपी विगतका वर्षहरुमा जस्तो किनेर खानुपर्ने अवस्था नरहेकोले किसानहरु खुसी नै देखिन्छन् । निरन्तर वर्षा भैरहेकोले धान रोपाईंको लागि पनि सहजता भएको छ । विगतमा झ्रैं खेती गर्ने मान्छेको अभाव खड्किएको छैन यसपाली । खेतवारी बांझो राखेर ठुलो धनराशी कमाउने सपना पोको पारेर सहर पसेका रामे, श्यामे र हर्केहरु कोरोनाका कारण सिर्जित लकडाउनमा गाउं फर्किएकाले पनि खेती गर्न सहज भएको छ । मकै छर्ने हली खोज्नु परेको छैन । धान रोप्ने रोपार, वाउसे र व्याडे खोज्नु परेको छैन । आफ्नो उव्जाउ खेतवारी बांझो राखेर वजारिया बिषादी दाल, चामल र तरकारी खानु पर्दाको पिडावोध गरिरहेका बृद्ध बावु आमा यसपाली आफ्नै खेतवारिको उब्जनी खान पाईने भयो भनेर छोरी, बुहारी र नाती नातिनीहरुवाट छिपेर हर्षको आंशु बगाईरहेका छन् । 
त्यती मात्र कहां हो र विहान झिसमिसेमै थर्थर कांप्दै पंधेरामा गाग्री बोकेर जानु परेको छैन । लट्ठी टेक्दै गाई, वाख्रा फुकाएर तारे भिरमा चराउन लानु परेको छैन । सकिनसकी डोको बोकेर बाङ्गो हर लाउंदै गोगनेको बनमा दाउरा, घांस लिन जानु परेको छैन र घांस काट्न खिम्ती वेसी झर्नु परेको पनि छैन । स्वां स्वां गर्दै भकारो झिक्न परेको छैन । अनी अंगेनाको छेउमा वसी धुवांमा रुमलिएर हिरिक्क हुने गरी आगो फुक्नु परेको छैन । जसले गर्दा वुढावुढीलाई आरामको श्वास फेर्ने मौका मिलेको छ । सायद उनिहरुलाई यतिवेला लाग्दो हो – लकडाउन संधैका लागि भैदिए पनि हुन्थ्यो त्यती नभए पनि लामो समयसम्म भैदिए हुन्थ्यो । कमसेकम लकडाउनको अवधिभर त छोराछोरी आफ्नो साथमा रहन्थे भन्ने उनिहरुको बुझाई थियो त्यो । बृद्ध अवस्थामा छोराछोरी घरमा नहुंदाको पिडा थियो त्यो । 
यसैगरी बृद्ध आमा बाबुलाई एक्लै छाडेर कमाउने सपनामा सहर पसेका छोराछोरिका लागि पनि चाहे शुरक्षाका दृष्टिले होस वा चाहे पापी पेटको सवालका दृृष्टिले होस अन्ततः आफ्नै गाउंघर र आफ्नै वावु आमाको छहारिको जरुरत पर्ने रहेछ भन्ने कुराका पुष्टी भएको छ  । जव लकडाउनको घोषणा भयो, तत्पश्चात सम्पुर्ण उद्योगधन्दा, कल कारखाना, ब्यापार, व्यावशाय, निर्माणसम्वन्धि काम लगायत आउटडोर क्रियाकलापहरु सवै ठप्प हुन गयो । यसले अकुत सम्पतीवाला हुनेखाने वर्गलाई त खासै फरक परेन । तर सहरिया हुंदा खाने वर्ग जसलाई दिनभरी ज्याला मजदुरी गरेर विहान बेलुकाको छाक टार्न धौ धौ पर्दथ्यो, उनिहरुको चुल्हो निभाईदिने काम ग¥यो लकडाउनले । ज्याला मजदुरी गर्न नपाएपछी भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना हुन थाल्यो । भोको पेट तड्पिन थाल्यो र अघाउनका लागि उपाय खोज्न थाल्यो । उपायको खोजी गर्दै गर्दा जन्मस्थलो गाउं सम्झन थाल्यो । अनी सम्झन थाल्यो बृद्ध बाबु आमाको न्यानो काख, गैरा वारिमा फल्ने मकैको स्वादिलो, पोसिलो र आडिलो ढिंडो, गैरीखेतको धानको नरम भात र मालिगाईको दुध र दही । आफ्नै वारीको अर्गानिक ताजा र स्वच्छ तरकारी । यसरी एकातिर बेरोजगारीका कारण भोकभाकै बस्नुपर्ने अवस्था र अर्कोतिर भिडभाडका कारण तुलनात्मक रुपमा कोरोनाको प्रभाव गाउंमा भन्दा शहरमा बढी हुने संभावना देख्न थालेपछी भोका पेटहरु गाउं फर्किन थाले । तर गाउंको मायाले, बृद्ध वावु आमाको मायाले भने होईन । भोको पेटको समस्याले, दिर्घ जिवन बांच्ने चाहनाले, सहरमा कमाई राम्रै हुने कसैकसैको जगेर्ना गरिएको पैसा जोगाउने उद्देश्यले, मौकाको फाईदा उठाउंदै घरपरिवार र साथिभाईहरुसंग भेटघाट गर्ने मनसायले, केही समय भए पनि सहरको उकुसमुकुुसता र व्यस्त जीवनवाट मुक्ति मिल्ने र आराम गर्न पाईने आशाले । 
चाहे जुनसुकै उद्देश्यले भएपनि शहर पसेपछी गाउं विर्सेकाहरुलाई कोरोना महामारिले गाउं सम्झायो । शहर पसेपछी गाउं नफर्केकाहरुलाई गाउं फर्कायो । शहर नै सवैथोक हो, जीवन भनेकै शहर हो, शहरविना जीवन रहन सक्दैन भन्ने चिन्तनलाई परिवर्तन गरिदियो । विविधखाले रोगका जडयुक्त शहरिया खानेकुरा फास्टफुड र जंकफुड खाने बानी ब्यहोरालाई बदलिदियो र स्वच्छ, ताजा, आडिलो, पोषिलो, रोटी, मकै, ढिंडोको महत्वलाई आत्मसाथ गर्ने अवसर जुटाईदियो । अखाद्य वस्तु मिसाइएको शहरिया खानेकुराभन्दा आफ्नै खेतवारिमा उत्पादित अर्गानिक खानेकुरामा तागत छ भन्ने कुराको ज्ञान दिलायो । केमिकल मिसाएर सङ्लो बनाएको शहरिया जहरिलो जारको पानीभन्दा गाउंले धारा, कुवा र पंधेराको स्वच्छ र स्वादिलो पानी अमृतमय छ भन्ने सत्य तथ्यको उजागर गरिदियो । धुवां, धुलोयुक्त शहरिया प्रदुषित हावापानी भन्दा स्वच्छ, सफा गाउंले हावापानी स्वस्थवर्धक छ भन्ने यथार्थताको आभास गरायो । यसरी समग्रमा हेर्दा शहरिया जीवनशैलीभन्दा गाउंले जीवनशैली अती नै उत्तम हुने रहेछ भन्ने कुराको महशुस गरायो । 
सामाजिक मुल्य र मान्यतालाई आत्मसाथ गर्ने सवालमा हेर्ने हो भने पनि शहरिया जीवनभन्दा गाउंले जीवन धेरै माथी उठेको आभास हुन पुगेको छ यसपाली गाउं फर्किनेहरुलाई । सकेसम्म परिचित हुन नचाहने शहरिया परिवेश भोगेर गाउं फर्केकाहरु गाउंमा छिमेकीहरुविचको एकता, मित्रता, सद्भाव, सहयोग, सम्वन्ध, माया, दया, सेवा, करुणा देखेर वास्तवमै भावुक बन्न पुगेका छन् । अघिपछी सामान्य अवस्थामा त सवैले आ–आफ्नो हैसियत, सामथ्र्य, क्षमताअनुसार सुखम, दुःखम ब्यावहारिक जीवन यापन गरेकै हुन्छन । छिमेकिको सहयोग आवश्यक पर्ने भनेकै मर्दा र पर्दा हो । हो, यही मर्दा र पर्दा गाउंमा एकले अर्कालाई सकेको सहयोग गर्ने संस्कार वा प्रचलन रही आएको पाईन्छ । त्यसैले त भन्ने गरिन्छ नि छिमेकी भनेको जीउंदाको जन्ती, मर्दाको मलामी । यो सवालमा गाउं ऐलेसम्म पनि सवल नै रहेको पाईन्छ । जुन कुराको आभास यसपाली गाउं फर्किनेहरुले राम्रोसंग गर्न पाएका छन जुन कुराको शहरिया जीवन यापन गर्दा अभाव खड्किने गर्दथ्यो । 
त्यती मात्र होईन, सोझोपन, निष्कपट, स्पष्टता, स्वाभिमान, मेहनती र सु–संस्कृत गाउंले जीवनका अनुकरणिय विशेषताहरु हुन । यस्तै पाहुना सत्कार गाउंले जीवनको अर्को महत्वपुर्ण विशेषता हो । हाम्रा पुर्खाले बनाएको सांझका पाहुना देवतासरी हुन्छन् भन्ने उखानलाई अहिलेसम्म पनि आत्मसाथ गरिएको पाइन्छ । ऐंचोपैंचो, सरसापट, मेलापर्म र मर्दा पर्दाको दृष्टिले शहरियाभन्दा गाउं अव्वल रहेको छ भन्ने कुराको बलियो प्रमाणको रुपमा लकडाउनमा शहरवाट घर फर्किनेहरुलाई लिन सकिन्छ । 
यसरी गाउं कति महत्व रहेछ, आमा वावुको महत्व कती रहेछ भन्ने कुरा कोरोना महामारिका कारण भएको लकडाउनले पुष्टी गरिदिएको छ । सायद अव कोरोन महामारिको समाप्तिपछी कसैले पनि विगतमा झैं
गाउंलाई चटक्कै विर्सने छैनन् । आफ्ना बृद्ध आमा बाबुलाई एक्लै छाड्ने छैनन् र विर्सने छैनन् । तड्पाउने छैनन । यो कोरोनाको महत्वपुर्ण उपलब्धी हुने छ  ।

Wednesday, June 24, 2020

विनासकारी भुकम्प २०७२ ले अमूर्त सांस्कृतिक सम्पदामाथी पारेको असर

भूकम्प के हो ?
भू–गर्भभित्र रहेका प्लेटहरु एक आपश्मा ठोक्किंदा, नजिक हुंदा, टाढिंदा, एक आपश्मा घुस्दा कम्पनको रुपमा उत्पन्न हुने प्राकृतिक प्रकृयालाई भुकम्प भनिन्छ । मानवको कुनै पनि शक्तिले, क्षमताले यसलाई रोक्न र आंकलन गर्न सक्दैन । मानिसको अधिन र शक्ति भन्दा बाहिर रहेको यो प्राकृतिक विपत्ती कुनै पनि दिन, कुनै पनि समय निम्तिन सक्छ । परिणाम र क्षतिका हिसावले यो महाप्रलयकारी र विध्वंशकारी पनि हुन सक्छ, सामान्यमा पनि सिमित रहन सक्छ । महाप्रलयकारी हुंदा ठूलो संख्यामा धनजनको क्षती हुन पुग्छ भने सामान्य हुंदा थोरै संख्यामा जनधनको क्षती हुन सक्छ अर्थात खासै क्षती नहुन पनि सक्छ । यो प्रकोप बिध्ंवशकारी हुंदा यसले मुलुकको सामाजिक, आर्थिक, राजनैतिक र सांस्कृतिक क्षेत्रलाई तहस नहस पारिदिन्छ । यसरी भुकम्पले मानव निर्मित संरचनामा क्षती पु¥याउंछ भने प्राकृतिक संरचनालाई तलमाथी पारिदीन्छ ।
भूकम्पीय दृष्टिले नेपालको अवस्था ः
भूकम्पीय दृष्टिकोणबाट नेपालको सम्पुर्ण भू–भाग अत्यन्तै जोखिमयुक्त क्षेत्र अन्र्तगत पर्दछ । भूकम्पीय जोखिमका हिसाबले विश्वका २५० राष्ट्रमध्ये नेपाल ११ औं नम्वरमा पर्दछ । भूगर्भविदका अनुुसार नेपालमा ९२ वटा भूकम्पीय जोखिमका केन्द्रहरु रहेका छन । नेपालको भुखण्ड युरो एशिया ( तिब्बती) र ईण्डीयन प्लेटको विचमा अवस्थित छ । भारतिय प्लेट तिब्बतियन प्लेटमा घुस्दा उर्जा पैदा हुन्छ र सोहि उर्जा बाहिर निस्कने क्रममा ठुला भूकम्पहरु जाने गर्दछन । नेपालमा भूकम्प मापन गर्ने र तथ्याङ्क राख्ने पद्धतिको शुरुआत भएदेखि १३ वटा ठूला भुकम्प र ११ वटा साना भुकम्पहरु गएको पाईन्छ । हरेक ५० बर्षमा ७ देखि ८ रेक्टर स्केलको विनासकारी भुकम्प जाने गरेको र हरेक १०० बर्षमा ८ रेक्टर स्केल भन्दा माथिको भुकम्प जाने गरेको नेपालको ऐतिहासिक तथ्यले देखाएको पाईन्छ ।     २०७२ साल बैशाख १२ गतेको विनासकारी भुकम्प यही प्राकृतिक प्रकृयाको निरन्तरता थियो  । यो भुकम्प ८२ बर्ष पछी आएको थियो ।   
२०७२ सालको विनासकारी भूकम्पले पु¥याएको जनधनको क्षती ः
२०७२ साल बैशाख १२ गते शनिवार बिहान ११.५६ बजे करिव ५६ सेकेण्ड आएको ७.८ रेक्टर स्केल, भोलिपल्ट वैशाख १३ गते १२.५४ मा आएको ६.७ रेक्टर स्केल र बैशाख २८ गते १२.३८ मा आएको ७.३ रेक्टर स्केलको विनासकारी भूकम्पले नेपालमा ठुलो धनजनको क्षती पु¥याएको थियो । लगभग ९००० मानिसले ज्यान गुमाएका थिए भने लगभग ८०००० मानिसहरु घाईते भएका थिए । ६ लाख भन्दा बढी आवाशिय घरहरु पूर्णरुपमा ध्वस्त भएका थिए । यो भूकम्पले काठमाण्डौ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, रसुवा, मकवानपुर, रामेछाप, मुस्ताङ, दोलखा, गोर्खा र लम्जुङ गरी देशका १५ वटा जिल्लामा गम्भिर असर पु¥याएको थियो भने ३१ वटा जिल्ला प्रभावित भएका थिए । हजारौंका्े संख्यामा चौपायाहरुको मृत्यु भएको थियो । घरहरु पुरिंदा लाखौं करोडौंको चल,अचल सम्पतिहरु नष्ट भएका थिए ।
बिनासकारी भूकम्प २०७२ ले मूर्त र अमूर्त सांस्कृतिक सम्पदामाथि पारेको असर ः
२०७२ को विनासकारी भूकम्पले नेपालका थुप्रै पुरातात्विक, ऐतिहांसिक, धार्मिक, सांस्कृतिक मठ, मन्दिर, गुम्वा, स्तुप, बिहार, दरवार, म्युजियम, प्राचिन कलात्मक घरहरु नष्ट भएका थिए । नेपाल सरकार पुरातत्व विभागको प्रतिवेदन अनुसार २० वटा प्रभावित जिल्लाका ७४३ यस्ता सांस्कृतिक सम्पदाहरु भूकम्पबाट प्रभावित भएका थिए भने १३३ सम्पदाहरु पुर्ण रुपमा नष्ट भएका थिए । काठमाण्डौ उपत्यकामा मात्र ४४४ सम्पदाहरु प्रभावित भएका थिए भने ती मध्ये ८३ सम्पदाहरु जगैदेखी नष्ट भएका थिए ।
उपत्यकाका प्रभावित मूर्त र अमूर्त संस्कृतिहरु ः —
काठमाण्डौको हनुमानढोका दरवार स्क्वाएर स्मारक क्षेत्र सवैभन्दा बढी प्रभावित भएको थियो । एउटै काठबाट बनेको ऐतिहासिक काष्ठमण्डप लगायत ११ वटा स्मारकहरु पुर्णरुपमा क्षतीग्रस्त भएका थिए भने ३९ वटा स्मारकमा आंशिक रुपमा क्षती पुगेको थियो । त्यसैगरी भिमसेन टावरको नामले परिचित भिमसेन स्तम्भ(धरहरा) पुर्णरुपमा क्षतीग्रस्त भएको थियो । मल्लकालिन शहर भक्तपुरको दरवार स्क्वाएर स्मारक क्षेत्रमा रहेका ५ वटा ऐतिहासिक स्मारकहरु पुर्णरुपमा क्षतीग्रस्त भएका थिए भने चर्चित ५ तले ऐतिहासिक कलात्मक भैरव मन्दिर लगायत १४ वटा स्मारकहरुमा आंशिकरुपमा क्षती पुगेको थियो । विश्व सम्पदा सूचिमा परेका ७ वटा स्मारक क्षेत्रमध्येको स्वयम्भु स्मारक क्षेत्र पनि विनासकारी भुकम्पबाट नराम्रो संग प्रभावित भएको थियो । ४ वटा स्मारक पुुर्णरुपमा क्षतीग्रस्त भएको थियो भने ९ वटा स्मारकहरुमा आंशिकरुपमा क्षती पुगेको थियो । त्यसैगरी पाटन दरवार स्क्वाएर स्मारक क्षेत्र भित्रका ६ वटा ऐतिहासिक स्मारकहरु पुुर्ण रुपमा नष्ट भएका थिए भने २१ वटा स्मारकहरुमा आंशिक रुपमा क्षती पुगेको छ । प्राचिन नेवारी बस्तीको रुपमा चिनिएको बुङमतीमा अवस्थित रातो मत्स्येन्द्रनाथको मन्दिर जगदेखि नै ध्वस्त भएको थियो । जसले गर्दा हरेक वर्ष मनाइृने रातो मत्स्यन्द्रनाथको रथयात्रा भुकम्प आएदेखी प्रभावित हुन पुगेको छ । जुन ऐले सम्म पनि सन्चालनमा आउन सकेको छैन । प्राचिन, ऐतिहासिक, धार्मिक महत्व वोकेको भक्तपुरको चांगुनारायण मन्दिर परिशरमा रहेका मुल मन्दिर लगायत वरिपरिका मन्दिरहरु नष्ट भएका थिए । त्यसैगरी हिन्दुहरुको पवित्र धार्मिक स्थल पशुपति क्षेत्रका पशुपतिनाथको मुल मन्दिर वाहेक थुप्रै स्मारकहरु प्रभावित भएका थिए । त्यस क्षेत्रमा ६ वटा ऐतिहासिक स्मारक पुर्णरुपमा क्षतीग्रस्त भएको थियो भने २१ वटा स्मारकहरुमा आंशिकरुपमा क्षती पुगेको थियो । यसवाहेक उपत्यकाका थुप्रै ऐतिहासिक स्मारकहरु प्रभावित भएका थिए । 
  उपत्यका बाहिरका प्रभावित मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरु ः
बिनासकारी भूकम्पबाट बढी प्रभावित जिल्ला नुवाकोटमा २५ वटा ऐतिहासिक  स्मारकहरु प्रभाबित भएका थिए  जसमध्ये ऐतिहासिक नुवाकोट दरवार, तलेजु मन्दिर, गारदघर, भैरव मन्दिर र सेतो सत्तल पुर्ण रुपमा ध्वस्त भएका थिए भने सात तले दरवार, रङ्गमहल, नारायण मन्दिर र विष्णु मन्दिरमा आंशिक रुपमा क्षती पुगेको थियो । यसैगरी लमजुङ जिल्लामा ३२ वटा महत्वपुर्ण ऐतिहासिक स्मारकहरु प्रभावित भएका छन जसमध्ये लमजुङ दरवारमा आंशिक रुपमा क्षती पुगेको छ भने अन्य थुप्रै स्मारकहरु पुर्ण रुपमा नष्ट भएका छन । २०७२ को विनासकारी भुकम्पबाट सवैभन्दा बढी प्रभावित जिल्ला गोर्खा पर्दछ । बैशाख १२ गतेको ७.८ रेक्टर स्केलको भुकम्पको केन्द्रविन्दु गोर्खाको बारपाक रहेको थियो । यो भुकम्पबाट गोर्खामा प्रायःसवै घरहरु पुर्णरुपमा नष्ट भएका थिए भने ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व वोकेका कलात्मक स्मारकहरु नराम्रोसंग प्रभावित भएका थिए । यसैगरी भुकम्पबाट बढी प्रभावित जिल्ला दोलखा बैशाख २८ गतेको ७.३ रेक्टर स्केलको विनासकारी भुकम्पको केन्द्रबिन्दु भएका कारणले अझै बढी प्रभाबित हुन पुग्यो । लगभग ३०० जना मानिसले ज्यान गुमाए भने ३०० भन्दा बढी मानिस घाइते भए । भुकम्पबाट दोलखाका लगभग सवै गाउंहरु प्रभावित भएका थिए भने जिल्लाका सवैजसो स्मारकहरु प्र्रभावित भएका थिए । प्रभावितमध्ये ९ वटा स्मारकहरु पुर्ण रुपमा क्षतीग्रस्त भएका थिए भने २० वटामा अांशिकरुपमा क्षती पुगेको थियो  विनासकारी भुकम्पबाट बढी प्रभावित अर्को जिल्ला सिन्धुपाल्चाृेक पर्दछ । बैशाख १२ को लगतै भोलिपल्ट १३ गते आएको ६.७ रेक्टर स्केलको भुकम्पको केन्द्रबिन्दु बनेको यस जिल्लामा ३००० भन्दा बढी मानिसको ज्यान गएको थियो भने लगभग ९०० मानिस घाइते भएका थिए । यहांका ९ वटा ऐतिहासिक स्मारकहरु नष्ट भएका थिए भने १४ वटा स्मारकहरुमा आंशिक रुपमा क्षती पुगेको थियो । 
बसोबासका  हिसावले विशेषगरी काठमाण्डौ, भक्तपुर र ललितपुरमा नेवार जातिको वाहुल्यता रहेकोे ,धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, दोलखा र रामेछाप मा तामाङ जातिको बाहुल्यता रहेको र लमजुङ, तनहुं र गोर्खामा गुरुङ, मगरहरुको, मुस्ताङमा थकालिको  बाहुल्यता रहेको पाईन्छ । यसरी २०७२ को विनासकारी भुकम्पद्वारा गम्भीर असर पुगेका ती १५ वटा जिल्लामा वसोवास गर्ने नेवार, तामाङ, गुरुङ र मगर जातिहरुको मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरुको ठुलो परिमाणमा क्षती पुगेको छ । मूर्त संस्कृतिक सम्पदाको रुपमा रहेका मठ, मन्दिर, चैत्य, विहार, सत्तल, पाटि, पौवा, चोक, गुम्वा, दरबार, म्युजियम, प्राचिन घरहरु र परम्परागत घरहरु क्षतिग्रस्त हुँदा ती सांस्कृतिक धरोहरुसंग जोडिएका पूजा, पाठ, अनुष्ठान, जात्रा, पर्व आदि अमूर्त सांस्कृतिक सम्पदाहरुमाथि आघात पुग्न गएको छ । नराम्रो संग प्रभावित हुन पुगेका छन । 
२०७२ को विनासकारी भूकम्पले मूर्त र त्यससंग जोडिएको अमूर्त सांस्कृतिक सम्पदाहरुको सम्बद्र्धन र संरक्षणमा सहयोग पु¥याउने विभिन्न समयमा विषयगत विज्ञ र संघ संस्थाहरुद्वारा प्रकाशनमा ल्याईएका पाठ्य सामाग्रीहरुलाई क्षती पु¥याएको छ । त्यसैगरी संग्रहालय क्षतिग्रस्त हुंदा संग्रहित मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरु नष्ट भएका छन । संस्कृति सम्वन्धी श्रब्य दृश्य सामाग्रीहरु नष्ट हुन पुगेका छन । सामाजिक, धार्मिक मुल्य मान्यताहरु माथि गम्भिर चोट पुग्न गएको छ भने आस्था र विश्वासहरु भत्किन पुगेका छन । ज्ञानहरु विलाएका छन । भूकम्पमा परी थुप्रै श्रोत ब्यक्तिहरु, धामी, झांक्रीहरुले ज्यान गुमाएका कारण उनिहरुसंग रहेको ज्ञानहरु, सिपहरु भौतिक शरिरसंगै नष्ट भएका छन । धामी, झांक्रीहरुले झारफुक उपचार पद्धतिमा प्रयोग गर्ने गरेका प्राकृतिक जडिबुटिहरु अज्ञात हुन पुगेका छन । गाउंले जनजिवनमा विश्वास जितेको रामबाण अचुक तन्त्र, मन्त्रहरु पृथ्विको गर्भमा गुमनाम हुन पुगेका छन । अमूर्त सांस्कृतिक सम्पदाको रुपमा रहेको किंवदन्ती लोक कथाहरु, उखान टुक्काहरु, गाउं खाने कथाहरु, धार्मिक भजनहरु, लोक गितहरु, भूकम्पमा परी परलोक भएकाहरुसंगै अवशान हुन पुगेका छन  । विभिन्न चाडपर्वहरुमा पूजा, पाठ गर्दा धार्मिक, सामाजिक नाटकहरु, नृत्यहरु ,प्रदर्शन गरिने स्थलहरु, चोक, डबलिहरु, सत्तल, पाटी, पौवाहरु भुकम्पमा नष्ट भएका कारण ती स्थलहरुसंगै लोप हुने अवस्थामा पुगेका छन । त्यस्तै ती अभिनय कला मन्च गर्ने कलाकारहरु, गित गाउने गायकहरु, नाटक, नृत्यमा लगाउने पोशाक सिलाउनेहरु, बाद्य बाधनका सामान निर्माण गर्ने कालिगढहरुको समेत भुकम्पमा परी मृत्यु भएका कारण ती नाटक, नृत्य जस्ता अभिनयकलाहरु प्रभावित हुन पुगेका छन । त्यसैगरी पुरातात्विक धरोहरहरु नष्ट हुंदा तत्कालिन समयको सामाजिक, आर्थिुक, राजनैतिक, धार्मिक अवस्थाको चित्रण गर्ने काष्ठकला, मुर्तिकला समेत नष्ट हुन पुगेका छन । भूकम्प प्रभावित क्षेत्रका परम्परागत शिप र प्रविधिमा संलग्न दक्ष, पोख्त र अनुभवी ब्यक्तिहरुको अवशानले डोको, डालो, नाम्लो, हलो, कोदालो, ढिकी, जांतो, घट्ट, आरी, ठेकी निर्माण गर्ने दक्ष कालिगढहरुको अभाव खड्किन पुगेको छ । जसले गर्दा त्यससंग जोडिएको जांतो पिंध्दै गर्दा,घांस, सोतर काट्दै गर्दा गुनगुनाउने लोक गितहरु लोप हुने अवस्थामा पुगेका छन । 
यसरि एकातिर जातिय पहिचान बनेको, जिवन गुजाराको माध्यम बनेको परम्परागत शिप, प्रविधी, कलामाथी गम्भिर असर पुगेको छ भने अर्कोेतर्फ भुकम्पबाट जे जती बांच्न सफल भए भुकम्पमा परी दिवंगत भएका निकट आफन्तको वियोगमा तड्पीरहेका छन । घरवार बिहिन हुन परेका कारण गांस,वास, कपासको अभावमा पिडित बन्न पुगेका छन । यसले गर्दा उनिहरुमा मानशिक अस्थीरता सिर्जना हुन पगेको छ । यसले गर्दा संस्कार, रितीरिवाज, सामाजिक मुल्य मान्यता, आस्था, विश्वास नराम्रोसंग प्रभावित भएका छन । उनिहरुको जिवन पद्धति, जिवनशैलिमाथि गम्भिर असर परेको छ ।  सामाजिक जिवन अस्तब्यस्त बन्न पुगेको छ । भुकम्प प्रभावित क्षेत्रका युवाहरु आर्थिक अभावका कारण रोजगारिका लागि विदेश पलायन भएका छन । जसले गर्दा उनिहरुसंग भएका पेशागत ज्ञान, शिप मरेर जाने स्थिीति सीर्जना भएको छ । देशमै भएकाहरु पनि परम्परागत पेशा, व्यवशाय परिवर्तन गर्न बाध्य भएका छन । यसले उनिहरुको अमुर्त सांस्कृतिक सम्पदामाथि गम्भिर धक्का पुग्न गएको छ । 
 चुनौतिहरु ः
१) जनचेतनाको अभाव ः अशिक्षा र अज्ञानताका कारण भुकम्पका वारेमा सही जानकारी नहुंदा ठुलो धनजनको क्षती ब्यहोर्नु परेको थियो । 
२) गलत सूचना ः भूकम्प जस्तो पूर्व अनुमान गर्न  नसकिने प्राकृतिक प्रकोपको वारेमा भुगर्भविद, भुकम्पविद जस्ता विज्ञहरुको आधिकारिक सूचना वा जानकारिलाई बेवास्ता गरी आतंक फैलाउने केही ब्यक्ति र सामाजिक संजालका गलत सूचनालाई आधिकारिक मानेर भ्रममा परेका कारण पनि क्षती ब्यहोर्न परेको देखिन्छ । २०७२ को विनासकारी भू
कम्पमा घरबाट बाहिर निस्कीसकेको मानिस भ्रममा परेर जोगिनका लागि भनेर भित्र पस्दा ज्यान गुमाउनु परेको थियो । 
३) डस त्रास ः भूगर्भविद, भूकम्पविदहरुले जानकारी गराुएका भूकम्पबाट बच्ने उपायहरुको बेवास्ता गरी चाहिनेभन्दा बढी डराएर त्रसित भै अत्तालिएर भागदौड गर्ने, फाल हाल्ने गर्दा अनाहकमा ज्यान फाल्ने गरेको पाइर्र्र्एको छ । 
४) भूकम्प प्रतिरोधक घर निर्माण नगर्नु ः राज्यको भवन निर्माण सम्बन्धी निकायहरुले निर्धारण गरेको भुकम्प प्रतिरोधक घर निर्माण गर्ने मापदण्डलाई झन्झट मानी बेवास्ता गरेर आफुखुसी घर निर्माण गरेका कारण पनि जनधनको क्षती ब्यहोर्नु परेको पाईएको  छ । 
५) गरिवी ः चरम पुस्तेनी गरिवीका कारण आर्थिक अभावमा नयां घर निर्माण गर्न नसकेर पुस्तांै सम्म एउटै पुरानो घरमा बस्न बाध्य हुनु परेकाले पनि भुकम्पको क्षती ब्यहोर्नुपरेको देखिन्छ ।
६) लोभ लालच ः बाक्सा, दराजमा राखेको पैसा, सुन,चांदीको लोभले गर्दा भुकम्पबाट बच्ने शुरक्षा अपनाउनुको बदला बाक्सा, दराज खोल्न लाग्दा  गुमाउनु परेको पनि पाइन्छ । 
६) हेलचेक्राई ः भूगर्भविदहरुले नेपाल भूकम्पीय क्षेत्रभित्र पर्ने र जुनसुकै समयमा भूकम्प जान सक्ने भएकोले यसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दींदा दींदै पनि त्यसलाई बेवास्ता गरी हेलचेक्राईं गरेका कारण भूकम्पीय क्षती ब्यहोर्नु परेको देखिन्छ । 
भूकम्पको क्षती पछी मूर्त र अमूर्त सांस्कृतिक सम्पदालाई बचाउने उपायहरु ः —
१) पारिवारिकब हिसावले ः –
भ्ूकम्पबाट घरबार, धनसम्पती, आफन्त गुमाउनु पर्दाको पीडा रहंदा रहंदै पनि पहिचान, धर्म, आस्था, विश्वास, ब्यावहार, सामाजिक मुल्य, मान्यता, रोजगारिको आधार बनेका मूर्त र त्यससंग जोडिएका अमूर्त सांस्कृतिक सम्पदाहरुलाई परिवारका सवै सदस्यहरु मीलेर जीवन्तता दिने काम गनुपर्दछ ।
२ ) सामुदायिक हिसावले ः —
परिवार मात्र नभै समुदाय स्वयमको पहिचान र उन्नति, प्रगतिका खातिर सामाजिक मुल्य मान्यताहरुलाई अक्षुण्ण राख्नका लागि मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरुलाई निरन्तरता दिनु जरुरी छ । जस्तै ः विभिन्न जात जातिहरुका धार्मिक, सामाजिक, आर्थिक काम गर्नका लागि आ–आफ्नै गुठीहरु समाजमा स्थापना भएका हुन्छन । यिनै गुठीहरु मार्फत मूर्त र अमूर्त संस्कृतिको संरक्षण गर्न सकिन्छ ।
 ३) संस्थागत हिसावले ः –
मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरुलाई संरक्षण गरी निरन्तरता दिनका लागि समुदायको उन्नती र प्रगतीका खातिर लागि परिरहेका विभिन्न क्लव, टोल विकास समिती, महिला समूह, खेलकुद समूह आदी लागि पर्नु जरुरी हुन्छ । 
४) राज्यको पहल ः –
यसै गरी राज्य स्वयमले मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणका लागि पहल गर्नुपर्दछ । राज्यले निर्माण गरेको संस्कृति निती अनुसार संरक्षण गरी निरन्तरता दिनु राज्यको दायित्व हो । त्यसैले राज्यले चांडो भन्दा चांडो भुकम्पले क्षती पु¥याएका मूर्त सम्पदाहरुको पुरातात्विक नियम अनुसार पुर्ननिर्माण गर्नुपर्दछ भने अमूर्त संस्कृतिलाई बचाएर निरन्तरता दिनका लागि आर्थिक सहयोग लगायतका अन्य सहयोग गर्नुपर्दछ । 
सुझावहरु ः —
१ ) राज्यले आवाशिय घर लगायत पाटी, पौवा, सत्तल, मठ, मन्दिर, दरवार सवै भूकम्प प्रतिरोधक निर्माण गर्नका लागि निती नियम निर्माण गर्ने र कडाईका साथ कार्यान्वयन गर्न लगाउने । नियम पालना नगर्नेलाई सजाएको भागि  बनाउने । 
२) विनासकारी भुकम्प २०७२ ले क्षती पु¥याएका मूर्त सम्पदाहरुको चांडो भन्दा चांडो पुरातात्विक नियम अनुसार पुर्ननिर्माण गर्न लगाउने र त्यससंग जोडिएका अमूर्त सांस्कृतिक सम्पदाहरुको जिवन्तता दिनका लागि पूजा, पाठ, जात्रा, पर्व संचालनको वातावरण तयार गरिदीने । 
३ ) भुकम्पीय जोखिमबाट बच्ने उपाय (भुकम्प पहिले र भुकम्प पछी) का बारेमा ब्यापक प्रचार प्रसार गरी जनचेतना जगाउने । यस्तो खालको जनचेतना शहर केन्द्रित मात्र नभै दुर दराजका गाउंघर सम्म पनि पु¥याउने । यसका लागि तालिम, गोष्ठी, सेमिनार गर्ने,्र प्रचा, पोष्टर गर्ने, विद्युतिय संचार माध्यम रेडियो, टेलिभिजन प्रयोग गर्ने । पत्रपत्रिकालाई समेत प्रयोग गर्ने । 
४ ) भुकम्प आउंदा वखत पाल टांगेर शुरक्षित रहन मिल्ने सार्वजनिक जग्गाहरुको ब्यवस्था गर्ने ।
५ ) वेला वेलामा विभिन्न ब्याक्ति र सामाजिक संजाल  र संचार माध्यमहरु बाट जनमानसमा आतंकित पार्ने खालका झुठ्ठा, गलत अफवाहहरु फैलाईने गरिन्छ । तरुन्तै यसको खण्डन गरी सर्वसाधारणलाई सत्य तथ्य कुरा मार्फत विश्वस्त बनाउनु पर्ने । 
६ ) आवाशिय क्षेत्रहरुको माटो परिक्षण गराई भुकम्पीय जोखिमका दृष्टिीले घर, मन्दिर निर्माण गर्न ठिक छ वा छैन
जानकारी लिने र सर्वसाधारणलाई विभिन्न संचार माध्यमद्वारा जानकारी दिने ।
७ ) सकिन्छ भने भुकम्प जानुभन्दा केहि समय अगाडी अग्रिम सूचना दिने प्रविधीको विकास गर्ने । 



सन्दर्भ सामाग्रीहरु ः —
१) अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्वन्धी महासन्धि २००३
२ ) ब्रह्मशमशेर जबराद्वारा लिखित नेपालको महाभूकम्प १९९० साल
३) हरिहर पोख्रेलद्वारा लिखित महाभूकम्प २०७२
४) पुरातत्व बिभागद्वारा प्रकाशित प्रिलिमिनरी रिपोर्ट अफ द मोनुमेन्ट एफेक्टेड बाई द अर्थक्वीक, अप्रील, २०१५