गित संगित एउटा यस्तो माध्यम हो जसले मानिसलाई मनोरन्जनात्मक ढंगले सहजरुपमा संदेश प्रवाह गर्न सक्दछ । गितमा सुख, दुःख, पिडा, खुसी ब्यक्त गरिएको हुन्छ । र त गित संगितले गितमा ब्यक्त भाव अनुसार कहिले रुवाउंछ त कहिले हंसाउंछ । भावमा खुसी ब्यक्त गरिएको छ भने हंसाउंछ भावमा दुःख ब्यक्त गरिएको छ भने रुवाउंछ । भावुक बनाउंछ । यसरी गित संगितले हंसाएर र रुवाएर दुवै किसिमले संदेश प्रवाह गर्छ । संसारमा गित संगित मन नपराउने मानिस सायदै होलान । यदी कोही रहेछ भने उसको जिवन निरस बनिरहेको हुन्छ । उ अरुभन्दा दुःखी देखिन्छ । अनुुसन्धानले पुष्टी गरेअनुसार गित संगितले संसारका प्राण भएका जती सवैलाई प्रभाव पारेको हुन्छ । पशुपन्छी होस वा रुखविरुवा । अझ गित संगितका विज्ञ त भन्ने गर्छन कि प्राण नभएका निर्जिव बस्तुमा समेत यसको प्रभाव परेको हुन्छ ।
संसारमा सा रे ग म प ध नि स ७ वटा सुरवाट गित संगितको निर्माण भएको हुन्छ । गित संगितका जानकारहरुका अनुसार प्रकृतिमा भएका वा संसारमा भएका सवै वस्तुहरुबाट निस्कने आवाजमा संगितका ७ वटा सुरहरुमध्ये कुनै न कुनै सुर मिसिएको हुन्छ । त्यसैले त संसारका सवै जिवित र निर्जिव वस्तु गित संगितबाट प्रभावित भएका हुन्छन । गित संगित सुनेपछी हरेक मानिस केही छिनका लागि भए पनि दुःख, पिडा विर्सेर आनन्दित हुन्छ । तनावमुक्त हुन्छ । यसरी गित संगितले एकातिर मानिसलाई विविध किसिमका जिवनउपयोगी संदेश दिएको हुन्छ भने अर्कोतिर तनाववाट मुक्ती दिलाउने काम पनि गरिरहेको हुन्छ । मानविय भावना र जिवन भोगाईको प्रक्रिया उस्तै उस्तै हुने हुंदा संदेशमूलक गित संगितले सवैको मन हृदय कतै न कतै छोएकै हुन्छ । मात्र प्रतिशतमा फरक होला । केही मानिस भन्ने गर्छन – मलाइ त गित संगित पटक्कै मन पर्दैन तर तिनै मानिसहरु आफ्ना छोराछोरीहरु नाचेको भिडियो फेसवुकमा हालिरहेका हुन्छन । यसले के पुष्टी गर्दछ भने कुनै पनि मानिस गित संगितको मनोरन्जनबाट अछुतो रहन सक्दैन । त्यती मात्र होईन संसारका समाज परिवर्तनका पक्षमा भएका कुनै पनि आन्दोलनहरु गित संगितविना सफल भएको पाईंन्दैन ।
नेपालमा यतिवेला गित संगितको क्षेत्रमा लाग्नेहरु वर्षामा च्याउ उम्रिए झैं उम्रिरहेको पाईन्छ । रहर वा चाहनासंगै पैसा भएपछी गितकार भैहालियो । गायक गायिका भैहालियो । न साधना चाहियो न त्याग, समर्पण । न शव्द न स्वर नै । एरेन्जर वा संगित संयोजकलाई एउटा आवाजमा शुुर मिलाएर संगित एरेन्ज गर्न दिएपछी उनले ताल शुर मिलाएर सोही अनुसार संगित एरेन्ज गरिदिन्छन । त्यसपछी उसको गितसंगित तयार भयो । यहां स्तरियताको जरुरत ठानिएन । त्यसैले त अचेल गित संगितको स्तरियता खस्कींदै गैरहेको छ । गितहरु संदेशमूलक, मन छुने, भावुक बनाउने खालका र कालजयी बन्न छाडेका छन । यतिवेला त परिवार संगै वसेर सुन्न र हेर्न पनि नहुने खालका उच्छृङ्खल, उत्ताउला, अश्लिल गित संगितहरु वेलगाम निर्माण भैरहेका छन । अनी वजारमा तिनैले प्रख्याती पाईरहेका छन । यसरी वजारमा भर्खरै देखापरेकाहरु, जसलाई गित संगितको मर्म थाहा छैन, उनिहरु नै अग्र भाग ओगट्न सफल भैरहेका छन । जसले गर्दा यो क्षेत्रमै लागेर जिवन विताईरहेका, यही क्षेत्रमा आफुलाई समर्पण गरिरहेका वास्तविक सर्जकहरु ओझेलमा परिरहेका छन । यो गित संगितको क्षेत्रमा देखापरेको विडम्वना हो । दुःख लाग्दो विषय त यो छ कि प्रख्याती पाउने नाममा यतिवेला गित संगितको क्षेत्रमा चर्चित भैसकेका, स्थापित भैसकेका, पहिचान वनाईसकेका, जनमानसको दिलदिमागमा बस्न सफल भैसकेका सर्जकहरु समेत वाटो विराए जस्तो गरेर उत्ताउला, उच्छृङ्खल खालका गित संगित बनाउनतिर लागिपरेका छन जसले उनिहरुको वास्तविक तौल घटाउने काम गरिरहेको छ ।
गित संगित कालजयी बन्नुपर्छ न कि पानीको फोकाजस्तो । संदेशमूलक बन्नुपर्छ । दर्शक र श्रोता सवैलाई पाच्य हुने खालका बन्नुपर्छ । मौलिक संस्कृति झल्कने खालको बन्नुपर्दछ । गित संगितका मर्म, मुल्य र मान्यतालाई आत्मसाथ गरेर बनाइएको हुनुपर्दछ । गित संगितको विगतको ईतिहासतिर फर्केर हेर्ने हो भने त्यतिवेलाका गितसंगितका सर्जकहरुको सिर्जनहरु यती दमदार थिए जसले ब्यक्ति, समाज र राष्ट्रलाई नै संदेश दिने काम गर्दथ्यो । ति सिर्जनाहरुले जनमानसमा चेतना जगाउने काम गर्दथे । समाजका, राष्ट्रका विकृती, विसंगतीहरुलाई प्रहार गर्ने काम गर्दथे । ब्यक्तिको जिवन परिवर्तन गर्ने, समाज परिवर्तन गर्ने खालका हुन्थे । शब्दमा सुन्दरता, स्वरमा सुन्दरता, शैलिमा सुन्दरता, संगितमा सुन्दरता अर्थात एउटा सुन्दर सांगितिक उपहार ब्याक्ती र समाजले प्राप्त गर्दथ्यो । र त त्यतिवेलाका गित संगित आजसम्म पनि कालजयी बनेका छन र अनन्तसम्म कालजयी बनेर रहने छन । त्यतीवेलाका स्वर सम्राट नारायण गोपाल, नातीकाजी, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, मिरा राणा, तारादेवी, कोईलीदेवी, लगायतका थुप्रै आदरणिय, सम्मानणिय सर्जकहरुका कालजयी गित संगितहरु आज पनि उतिकै चर्चित, सुन्दर, मन छुने र सान्दर्भिक रहेका छन । हो, ऐलेका गित संगितका सर्जकहरुले उहांहरुवाट पाठ सिक्नै पर्दछ । होईन भने बाटो विराएको बटुवा झैं हुनुपर्ने छ । समय अन्तरालमा हराउनुपर्ने अवस्था सिर्जना नहोला भन्न सकिंदैन ।
अर्को कुरा गितसंगित निर्माणमा यती धेरै आर्थिक व्यवहार व्यहोर्नुपर्ने अवस्था छ कि जो कोहिले चाहना भएर पनि आंट गर्न सक्दैन, आर्थिक अभावका कारण । भनेपछी त्यत्रो खर्च गरेर निर्माण गरिएको चिजलाई स्तरिय र सुन्दर बनाउनका लागि किन कन्जुस्याईं गर्ने ? खर्च गरिसकेपछी दिर्घकालसम्म टिक्ने, सवैको मन छुने, गित संगित किन निर्माण नगर्ने ? त्यसर्थ राम्रो संदेश दिने गित संगित निर्माणका लागि गितकार, संगितकार, गायक, गायिका सवैको ध्यान जानु जरुरी छ । हामीले निर्माण गरेका गित संगितले हाम्रा पहिचान बनेका मौलिक संस्कार, संस्कृतिलाई जगेर्ना गर्न सहयोग पु¥याओस र विश्वले हाम्रा गित संगितको प्रशंसा गरोस । साथै गित संगित समाज, ब्यक्ति, राष्ट्र परिवर्तका खातिर कोशे ढुंगा बनोस ।
यहां भन्नै पर्ने र छुटाउनै नहुने एउटा कुरा के छ भने गित संगितमा भित्रिएका विकृती विसंगतीहरुलाई राज्यका सम्वन्धित निकायहरुले नियन्त्रण गर्न ढिलो भैरहेको छ । राज्यले
चांडो भन्दा चांडो यो कदम चाल्नु जरुरी छ । यसका लागि गितसंगितमा देखापरेका उच्छृङ्खल छाडा प्रवृतीमाथी सेन्सर लगाउनु पर्दछ । यो काममा राज्यका सम्वन्धित निकायले ध्यान दिएको देखिंदैन । अर्को दुःख लाग्दो विषय के छ भने गित संगितमा लागेका कलाकार संस्कृतिकर्मीहरु जहिले पनि ओझेलमा पर्ने गरेका छन अर्थात उनिहरुलाई युज एण्ड थ्रो गर्ने गरिएको पाईन्छ । यो अवस्थाको अन्त्य हुनु जरुरी छ ।
अन्तमा गित संगितको प्रभाव जनमानसमा कतिसम्म पर्दछ भन्ने कुराको एउटा उदाहरण यहां प्रस्तुत गर्नचाहन्छु । सन. १९३३ मा हंगेरिका एकजना ३४ बर्षे नागरिक सिरिसले उनको गर्लफ्रेन्डले उनलाई छाडेपछी उनि तनावमा परे र विछोडमा एउटा गित लेखे जसलाई ‘ग्लोमी सन्डे’ नाम दिए । त्यो गित सुनेर हङ्गेरी, अमेरिका, बेलायत आदि देशहरुमा धेरै मानिसहरुले आत्महत्या गरे । त्यसपछी हङ्गेरी लगायत सवै देशहरुमा त्यो गित बन्द गरियो । याहांसम्मकी गित रिलीज भैसकेपछी गितका लेखकले नै आत्महत्या गरेका थिए । यहां गित संगितले मानिसलाई कतिसम्म छुन्छ भन्ने कुुरालाई दर्शाउन खोजिएको हो ।
No comments:
Post a Comment