यु.यन. मिसनमा भाग लिन जाने क्रममा स्विट्जरल्याण्डको जेनेभामा ७ दिन बस्ने अवसर प्राप्त भएको थियो । सात दिन वसाईको अवधिमा स्विट्जरल्याण्डका १३ वटा प्रान्त घुम्ने मौका मिलेको थियो । भू–वनौटको दृष्टिले नेपाल र स्विट्जरल्याण्डमा खासै अन्तर देखिंदैन । तर विडम्वना विकासका दृष्टिले भने नेपाल र स्विट्जरल्याण्डविच आकास–पातालको भिन्नता रहेको पाईन्छ । त्याहां पनि नेपालमा जस्तै अग्ला अग्ला विकट पहाडी भू–भाग, ओराली–उकाली, वन, जङ्गल, खोला, नाला रहेका छन् । समान भू–वनौट भएकाले हावा पानी पनि उस्तै रहेको छ । त्याहां पहाडको चुट्टी चुट्टीमा सडक पुगेको छ । एक डांडा र अर्को डांडाको विच जादुमय तरिकाले सडक निर्माण गरिएको छ । कहीं सुरुङ खनेर सडक निर्माण गरिएको छ । त्याहां प्रविधिको यती विकास भएको छ कि जेनेभा र फ्रान्सको एउटा पहाडी सहरका विच समुन्द्र रहेको छ । तर ती दुई स्थानविच रोप वे बाट गाडी ओहोर दोहोर हुने गर्दछ । अचम्म त यो छ की समुन्द्रमा क्यासल निर्माण गरिएको छ त्यो पनि दुई÷तिन सय वर्ष अगाडी ।
सडकमा कहीं कतै फोहोरको त कुरै छाडौं धुलो मैलो समेत देख्न पाईंदैन । शहरी वातावरणलाई स्वच्छ, सफा राखेर जनजिवन स्वस्थ बनाउनका खातिर शहरमा ठाउं ठाउंमा रुख रोपेर हरियाली बनाईएको छ । वसोवासका हिसावले निर्माण गरिएका नागरिकका घरहरुमा नेपालका पहाडी ईलाकाका घरहरुमा जस्तै वार्दली निकालिएको पाईन्छ । प्रायः घरहरु दुई तले रहेका छन् । टाउन प्लानिङका हिसावले घरहरु निर्माण गरिएकाले हरेक घरलाई चारैतर्फवाट बाटोले छोएको छ । हरेकको घर वरिपरी खाली जग्गा राखेर कम्पाउण्ड वाल लगाईएको हुन्छ ।
 |
Road of Switzerland Add caption
|
त्याहां हरेक काम कम्प्युटर प्रणालीवाट हुने गर्दछ । पसलमा सामान विक्री गर्ने काम कम्प्युटर प्रणालीले गर्दछ ।होटलमा कम्प्युटर प्रणाली, ट्राफिक ब्यवस्थापनमा कम्प्युटर प्रणाली । त्यसैले त न पसलमा साहु चाहिन्छ न सडकमा ट्राफिक । सडकमा गाडीवालले केही गरी ट्राफिक नियम उल्लघंन ग¥यो भने उसको घरमा उ पुग्नुभन्दा अगावै फाईन विल पुगिसकेको हुन्छ । हुन त त्याहां अनुशासनको नियम अत्यन्तै कडा भएकोले कसैले पनि उल्लंघन गर्दैनन् । मान्छे हो कहिलेकाहीं गल्ती नहोला भन्न सकिंदैन । त्यसैले त भनिन्छ नि – गल्ती नगर्ने पनि मान्छे होईन, गल्ती दोहो¥याउने पनि मान्छे होईन । त्याहां वर्दिवाला सेना र प्रहरीको व्यवस्था गरिएको छैन तर त्याहांको नियम अनुसार प्रत्येक नागरिकले अनिवार्य सैनिक तालिम लिनुपर्ने छ । राज्यले चाहेको अवस्थामा वा संकटकालिन अवस्थामा सवै नागरिक उपस्थित हुनुपर्ने छ । यसले के पुष्टी गर्दछ भने यदी शासकहरुमा ईच्छाशक्ती, ईमान्दारीता, जिम्मेवारीपन छ भने देश विकासको काममा कुनै कुराले पनि वाधा पु¥याउन सक्दैन ।
जर्मन, ईटाली र फ्रान्स स्विट्जरल्याण्डका सिमा जोडिएका देशहरु हुन । भू–वनौट र हावापानीका हिसावले यसलाई युरोपको स्वर्गको रुपमा लिईन्छ । त्यसैले यहां युरोपभरिकै मानिसहरु देख्न पाईन्छ । यहां अंग्रेजी भाषा वोल्ने मानिस कमै पाईन्छ । विशेषगरी जर्मनी, ईटाली र फ्रेन्च भाषा बोल्ने मानिसहरु बढी भेटिन्छन् । यहां रहने कुल मानिसहरुमध्ये ४० प्रतिशत मात्र स्विस नागरिक छन भने ६० प्रतिशत विदेशी नागरिक रहेका छन् । युरोपभरिकै अझ भन्ने हो भने संसारकै मानिसहरु आउने हुनाले यहां पाईने हरेक सामान अत्यन्तै महंगा हुन्छन । होटलहरु त्यस्तै महंगा हुन्छन । यसरी पर्यटकिय हिसावले स्विट्जरल्याण्डले ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरेको छ । यो पनि हाम्रोजस्तै शान्तीक्षेत्र घोषित देश हो । तर त्याहां नेपालमा जस्तो अशान्ती, अराजकता, अस्थिरता, अस्तव्यस्तता, अव्यवस्था, अनुशासनहिनता पाईंन्दैन र त हाम्रो देशभन्दा आकास पताल फरक रहेको छ ।
 |
Road of Switzerland Add caption
|
तर विडम्वना आकारमा स्विट्जरल्याण्डभन्दा ठूलो, प्राकृतिक श्रोत र साधनमा उ भन्दा धनी हाम्रो देश संधैभरी विकासोन्मुख देशको लिष्टमा परिरहेको अवस्था छ । उस्तै प्रकृतिको स्विट्जरल्याण्ड आज विकासको चरमचुलिमा पुग्दा हामी भने संधैभरी ‘गरिव देश’को रुपमा परिचित भैरहेका छौं । यसका पछाडी विविध कारणहरु रहेका छन । उ देश बनाउनतिर लाग्यो हामी आफु बन्नतिर लाग्यौं । त्याहांका नेता, शासकहरु ब्याक्तिगत स्वार्थभन्दा माथी उठेर राष्ट्रिय स्वार्थका लागि लागिपरे तर हाम्रा देशका शासक, नेताहरु राष्ट्रिय स्वार्थलाई लत्याएर व्याक्तिगत स्वार्थका लागि लागिपरे । हामी भ्रष्टाचारयुक्त देश वनाउन लाग्यौ तर उनिहरु भ्रष्टाचारमुक्त देश बनाउन लागे । हामी पद, पैसा र कुर्सीका लागि मरिमेट्यौं, उनिहरु देश, जनता र समाजका लागि मरिमेटेर लागे । हामीले भोटमुखी राजनिति ग¥यौं, उनिहरुले विकासमुखी राजनिती गरे । उनिहरुका कर्मचारीले सेवामुखी काम गरे, हाम्रा कर्मचारीले ढेवामुखी काम गरे । हामी काममा भन्दा भाषणमा केन्द्रित भयौं, उनिहरु भाषणमा भन्दा काममा केन्द्रित भए । हामीले कमिशनको खेलमा दलाल, तस्कर र भ्रष्टहरुलाई जन्मायौं, उनिहरु शुसासनउन्मुख भएकाले दलाल, तस्कर र भ्रष्टहरुले जन्म लिनै पाएनन् । उनिहरु शुसासनउन्मुख भए, हामीहरु कुशासनउन्मुख भयौं । उनिहरु ईमान्दार, अनुशासित, जिम्मेवार, कर्तव्यनिष्ट, विवेकसिल, सुसंस्ककृत बने, हामी वेईमान, अनुशासनहिन, गैरजिम्मेवार, कर्तव्यविमुख, विवेकहिन र संस्कारहिन बन्यौ । हामीले श्रमलाई अपहेलना ग¥यौं, उनिहरुले श्रमलाई सम्मान गरे । त्यसैले हामीहरु सवै नाईके, ठेकेदार भयौं, उनिहरु सवै श्रमिक भए । हामी श्रमचोर भयौं, उनिहरु श्रमसिल भए । जसले गर्दा उनिहरु विकसित भए, हामी संधैभरी विकासोन्मुखको लिष्टमै परेर वसेउं । उनिहरु स्वर्ग बने । हामी खै के खै के ।
 |
Road of Switzerland Add caption
|
त्यसैले अव राज्य संचालकहरुले, नेताहरुले, राज्यका उपल्ला पद धारण गरेकाहरुले, अनी समस्त नेपालीहरुले आफुले आफुलाई समिक्षा गर्ने वेला आएको छ । स्विट्जरल्याण्ड बन्ने देश आज किन सवैभन्दा पछाडी परिरहेको छ । देश बनाउनु त कता हो कता हामी त भागवण्डामै अलमलिएर वसिरहेका छौं । शरम लाग्नुपर्ने हो – जनताको संपती तोडफोड गरिरहेका छौं । हामी कहिले सुध्रिने हो । हामीले पछिल्लो पुस्तालाई कस्तो खालको शिक्षा दिईरहेका छौं । कहिलेसम्म रेमिटेन्समा देश चलाईरहने हो ।, जवसम्म रेमिटेन्समा देश चलाईरहने मानसिकताले घर गरिरहन्छ तवसम्म यो देश विकासोन्मुख होइृन त्यो भन्दा पनि तल झर्दै जाने छ । स्विट्जरल्याण्ड बन्ने कुरा त कता हो कता । सायद हामी कोही पनि अनभिज्ञ छैनौ होला– स्विस सरकारले दोलखाको जिरीमा प्राविधिक शिक्षालयका लागि सहयोग गर्न आउंदा जिरीलाई स्विट्जरल्याण्डको संज्ञा दिएको थियो । यो संकेतले के पुष्टी गर्दछ भने उनिहरुको वुझाईमा नेपाल पनि स्विट्जरल्याण्डजस्तो बन्न सक्छ । तर हाम्ले बनाउन सकेनौ चिन्ता त्याहांनेर छ ।
अन्तमा बडा दशैं र शुभ दिपावली नेपालीहरुको महान चाड संघारमै आईपुगेको छ । सवैको सदवुद्धी पलाओस । देश स्विट्जरल्याण्ड बनोस । हार्दिक मंगलमय शुभकामना ।
No comments:
Post a Comment