भूकम्प के हो ?
उपत्यका बाहिरका प्रभावित मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरु ः
१) पारिवारिकब हिसावले ः –
जानकारी लिने र सर्वसाधारणलाई विभिन्न संचार माध्यमद्वारा जानकारी दिने ।
सन्दर्भ सामाग्रीहरु ः —
१) अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्वन्धी महासन्धि २००३
२ ) ब्रह्मशमशेर जबराद्वारा लिखित नेपालको महाभूकम्प १९९० साल
३) हरिहर पोख्रेलद्वारा लिखित महाभूकम्प २०७२
४) पुरातत्व बिभागद्वारा प्रकाशित प्रिलिमिनरी रिपोर्ट अफ द मोनुमेन्ट एफेक्टेड बाई द अर्थक्वीक, अप्रील, २०१५
भू–गर्भभित्र रहेका प्लेटहरु एक आपश्मा ठोक्किंदा, नजिक हुंदा, टाढिंदा, एक आपश्मा घुस्दा कम्पनको रुपमा उत्पन्न हुने प्राकृतिक प्रकृयालाई भुकम्प भनिन्छ । मानवको कुनै पनि शक्तिले, क्षमताले यसलाई रोक्न र आंकलन गर्न सक्दैन । मानिसको अधिन र शक्ति भन्दा बाहिर रहेको यो प्राकृतिक विपत्ती कुनै पनि दिन, कुनै पनि समय निम्तिन सक्छ । परिणाम र क्षतिका हिसावले यो महाप्रलयकारी र विध्वंशकारी पनि हुन सक्छ, सामान्यमा पनि सिमित रहन सक्छ । महाप्रलयकारी हुंदा ठूलो संख्यामा धनजनको क्षती हुन पुग्छ भने सामान्य हुंदा थोरै संख्यामा जनधनको क्षती हुन सक्छ अर्थात खासै क्षती नहुन पनि सक्छ । यो प्रकोप बिध्ंवशकारी हुंदा यसले मुलुकको सामाजिक, आर्थिक, राजनैतिक र सांस्कृतिक क्षेत्रलाई तहस नहस पारिदिन्छ । यसरी भुकम्पले मानव निर्मित संरचनामा क्षती पु¥याउंछ भने प्राकृतिक संरचनालाई तलमाथी पारिदीन्छ ।
भूकम्पीय दृष्टिले नेपालको अवस्था ः
भूकम्पीय दृष्टिकोणबाट नेपालको सम्पुर्ण भू–भाग अत्यन्तै जोखिमयुक्त क्षेत्र अन्र्तगत पर्दछ । भूकम्पीय जोखिमका हिसाबले विश्वका २५० राष्ट्रमध्ये नेपाल ११ औं नम्वरमा पर्दछ । भूगर्भविदका अनुुसार नेपालमा ९२ वटा भूकम्पीय जोखिमका केन्द्रहरु रहेका छन । नेपालको भुखण्ड युरो एशिया ( तिब्बती) र ईण्डीयन प्लेटको विचमा अवस्थित छ । भारतिय प्लेट तिब्बतियन प्लेटमा घुस्दा उर्जा पैदा हुन्छ र सोहि उर्जा बाहिर निस्कने क्रममा ठुला भूकम्पहरु जाने गर्दछन । नेपालमा भूकम्प मापन गर्ने र तथ्याङ्क राख्ने पद्धतिको शुरुआत भएदेखि १३ वटा ठूला भुकम्प र ११ वटा साना भुकम्पहरु गएको पाईन्छ । हरेक ५० बर्षमा ७ देखि ८ रेक्टर स्केलको विनासकारी भुकम्प जाने गरेको र हरेक १०० बर्षमा ८ रेक्टर स्केल भन्दा माथिको भुकम्प जाने गरेको नेपालको ऐतिहासिक तथ्यले देखाएको पाईन्छ । २०७२ साल बैशाख १२ गतेको विनासकारी भुकम्प यही प्राकृतिक प्रकृयाको निरन्तरता थियो । यो भुकम्प ८२ बर्ष पछी आएको थियो ।
२०७२ सालको विनासकारी भूकम्पले पु¥याएको जनधनको क्षती ः
२०७२ साल बैशाख १२ गते शनिवार बिहान ११.५६ बजे करिव ५६ सेकेण्ड आएको ७.८ रेक्टर स्केल, भोलिपल्ट वैशाख १३ गते १२.५४ मा आएको ६.७ रेक्टर स्केल र बैशाख २८ गते १२.३८ मा आएको ७.३ रेक्टर स्केलको विनासकारी भूकम्पले नेपालमा ठुलो धनजनको क्षती पु¥याएको थियो । लगभग ९००० मानिसले ज्यान गुमाएका थिए भने लगभग ८०००० मानिसहरु घाईते भएका थिए । ६ लाख भन्दा बढी आवाशिय घरहरु पूर्णरुपमा ध्वस्त भएका थिए । यो भूकम्पले काठमाण्डौ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, रसुवा, मकवानपुर, रामेछाप, मुस्ताङ, दोलखा, गोर्खा र लम्जुङ गरी देशका १५ वटा जिल्लामा गम्भिर असर पु¥याएको थियो भने ३१ वटा जिल्ला प्रभावित भएका थिए । हजारौंका्े संख्यामा चौपायाहरुको मृत्यु भएको थियो । घरहरु पुरिंदा लाखौं करोडौंको चल,अचल सम्पतिहरु नष्ट भएका थिए ।
बिनासकारी भूकम्प २०७२ ले मूर्त र अमूर्त सांस्कृतिक सम्पदामाथि पारेको असर ः
२०७२ को विनासकारी भूकम्पले नेपालका थुप्रै पुरातात्विक, ऐतिहांसिक, धार्मिक, सांस्कृतिक मठ, मन्दिर, गुम्वा, स्तुप, बिहार, दरवार, म्युजियम, प्राचिन कलात्मक घरहरु नष्ट भएका थिए । नेपाल सरकार पुरातत्व विभागको प्रतिवेदन अनुसार २० वटा प्रभावित जिल्लाका ७४३ यस्ता सांस्कृतिक सम्पदाहरु भूकम्पबाट प्रभावित भएका थिए भने १३३ सम्पदाहरु पुर्ण रुपमा नष्ट भएका थिए । काठमाण्डौ उपत्यकामा मात्र ४४४ सम्पदाहरु प्रभावित भएका थिए भने ती मध्ये ८३ सम्पदाहरु जगैदेखी नष्ट भएका थिए ।
उपत्यकाका प्रभावित मूर्त र अमूर्त संस्कृतिहरु ः —
काठमाण्डौको हनुमानढोका दरवार स्क्वाएर स्मारक क्षेत्र सवैभन्दा बढी प्रभावित भएको थियो । एउटै काठबाट बनेको ऐतिहासिक काष्ठमण्डप लगायत ११ वटा स्मारकहरु पुर्णरुपमा क्षतीग्रस्त भएका थिए भने ३९ वटा स्मारकमा आंशिक रुपमा क्षती पुगेको थियो । त्यसैगरी भिमसेन टावरको नामले परिचित भिमसेन स्तम्भ(धरहरा) पुर्णरुपमा क्षतीग्रस्त भएको थियो । मल्लकालिन शहर भक्तपुरको दरवार स्क्वाएर स्मारक क्षेत्रमा रहेका ५ वटा ऐतिहासिक स्मारकहरु पुर्णरुपमा क्षतीग्रस्त भएका थिए भने चर्चित ५ तले ऐतिहासिक कलात्मक भैरव मन्दिर लगायत १४ वटा स्मारकहरुमा आंशिकरुपमा क्षती पुगेको थियो । विश्व सम्पदा सूचिमा परेका ७ वटा स्मारक क्षेत्रमध्येको स्वयम्भु स्मारक क्षेत्र पनि विनासकारी भुकम्पबाट नराम्रो संग प्रभावित भएको थियो । ४ वटा स्मारक पुुर्णरुपमा क्षतीग्रस्त भएको थियो भने ९ वटा स्मारकहरुमा आंशिकरुपमा क्षती पुगेको थियो । त्यसैगरी पाटन दरवार स्क्वाएर स्मारक क्षेत्र भित्रका ६ वटा ऐतिहासिक स्मारकहरु पुुर्ण रुपमा नष्ट भएका थिए भने २१ वटा स्मारकहरुमा आंशिक रुपमा क्षती पुगेको छ । प्राचिन नेवारी बस्तीको रुपमा चिनिएको बुङमतीमा अवस्थित रातो मत्स्येन्द्रनाथको मन्दिर जगदेखि नै ध्वस्त भएको थियो । जसले गर्दा हरेक वर्ष मनाइृने रातो मत्स्यन्द्रनाथको रथयात्रा भुकम्प आएदेखी प्रभावित हुन पुगेको छ । जुन ऐले सम्म पनि सन्चालनमा आउन सकेको छैन । प्राचिन, ऐतिहासिक, धार्मिक महत्व वोकेको भक्तपुरको चांगुनारायण मन्दिर परिशरमा रहेका मुल मन्दिर लगायत वरिपरिका मन्दिरहरु नष्ट भएका थिए । त्यसैगरी हिन्दुहरुको पवित्र धार्मिक स्थल पशुपति क्षेत्रका पशुपतिनाथको मुल मन्दिर वाहेक थुप्रै स्मारकहरु प्रभावित भएका थिए । त्यस क्षेत्रमा ६ वटा ऐतिहासिक स्मारक पुर्णरुपमा क्षतीग्रस्त भएको थियो भने २१ वटा स्मारकहरुमा आंशिकरुपमा क्षती पुगेको थियो । यसवाहेक उपत्यकाका थुप्रै ऐतिहासिक स्मारकहरु प्रभावित भएका थिए ।
बिनासकारी भूकम्पबाट बढी प्रभावित जिल्ला नुवाकोटमा २५ वटा ऐतिहासिक स्मारकहरु प्रभाबित भएका थिए जसमध्ये ऐतिहासिक नुवाकोट दरवार, तलेजु मन्दिर, गारदघर, भैरव मन्दिर र सेतो सत्तल पुर्ण रुपमा ध्वस्त भएका थिए भने सात तले दरवार, रङ्गमहल, नारायण मन्दिर र विष्णु मन्दिरमा आंशिक रुपमा क्षती पुगेको थियो । यसैगरी लमजुङ जिल्लामा ३२ वटा महत्वपुर्ण ऐतिहासिक स्मारकहरु प्रभावित भएका छन जसमध्ये लमजुङ दरवारमा आंशिक रुपमा क्षती पुगेको छ भने अन्य थुप्रै स्मारकहरु पुर्ण रुपमा नष्ट भएका छन । २०७२ को विनासकारी भुकम्पबाट सवैभन्दा बढी प्रभावित जिल्ला गोर्खा पर्दछ । बैशाख १२ गतेको ७.८ रेक्टर स्केलको भुकम्पको केन्द्रविन्दु गोर्खाको बारपाक रहेको थियो । यो भुकम्पबाट गोर्खामा प्रायःसवै घरहरु पुर्णरुपमा नष्ट भएका थिए भने ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व वोकेका कलात्मक स्मारकहरु नराम्रोसंग प्रभावित भएका थिए । यसैगरी भुकम्पबाट बढी प्रभावित जिल्ला दोलखा बैशाख २८ गतेको ७.३ रेक्टर स्केलको विनासकारी भुकम्पको केन्द्रबिन्दु भएका कारणले अझै बढी प्रभाबित हुन पुग्यो । लगभग ३०० जना मानिसले ज्यान गुमाए भने ३०० भन्दा बढी मानिस घाइते भए । भुकम्पबाट दोलखाका लगभग सवै गाउंहरु प्रभावित भएका थिए भने जिल्लाका सवैजसो स्मारकहरु प्र्रभावित भएका थिए । प्रभावितमध्ये ९ वटा स्मारकहरु पुर्ण रुपमा क्षतीग्रस्त भएका थिए भने २० वटामा अांशिकरुपमा क्षती पुगेको थियो विनासकारी भुकम्पबाट बढी प्रभावित अर्को जिल्ला सिन्धुपाल्चाृेक पर्दछ । बैशाख १२ को लगतै भोलिपल्ट १३ गते आएको ६.७ रेक्टर स्केलको भुकम्पको केन्द्रबिन्दु बनेको यस जिल्लामा ३००० भन्दा बढी मानिसको ज्यान गएको थियो भने लगभग ९०० मानिस घाइते भएका थिए । यहांका ९ वटा ऐतिहासिक स्मारकहरु नष्ट भएका थिए भने १४ वटा स्मारकहरुमा आंशिक रुपमा क्षती पुगेको थियो ।
बसोबासका हिसावले विशेषगरी काठमाण्डौ, भक्तपुर र ललितपुरमा नेवार जातिको वाहुल्यता रहेकोे ,धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, दोलखा र रामेछाप मा तामाङ जातिको बाहुल्यता रहेको र लमजुङ, तनहुं र गोर्खामा गुरुङ, मगरहरुको, मुस्ताङमा थकालिको बाहुल्यता रहेको पाईन्छ । यसरी २०७२ को विनासकारी भुकम्पद्वारा गम्भीर असर पुगेका ती १५ वटा जिल्लामा वसोवास गर्ने नेवार, तामाङ, गुरुङ र मगर जातिहरुको मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरुको ठुलो परिमाणमा क्षती पुगेको छ । मूर्त संस्कृतिक सम्पदाको रुपमा रहेका मठ, मन्दिर, चैत्य, विहार, सत्तल, पाटि, पौवा, चोक, गुम्वा, दरबार, म्युजियम, प्राचिन घरहरु र परम्परागत घरहरु क्षतिग्रस्त हुँदा ती सांस्कृतिक धरोहरुसंग जोडिएका पूजा, पाठ, अनुष्ठान, जात्रा, पर्व आदि अमूर्त सांस्कृतिक सम्पदाहरुमाथि आघात पुग्न गएको छ । नराम्रो संग प्रभावित हुन पुगेका छन ।
२०७२ को विनासकारी भूकम्पले मूर्त र त्यससंग जोडिएको अमूर्त सांस्कृतिक सम्पदाहरुको सम्बद्र्धन र संरक्षणमा सहयोग पु¥याउने विभिन्न समयमा विषयगत विज्ञ र संघ संस्थाहरुद्वारा प्रकाशनमा ल्याईएका पाठ्य सामाग्रीहरुलाई क्षती पु¥याएको छ । त्यसैगरी संग्रहालय क्षतिग्रस्त हुंदा संग्रहित मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरु नष्ट भएका छन । संस्कृति सम्वन्धी श्रब्य दृश्य सामाग्रीहरु नष्ट हुन पुगेका छन । सामाजिक, धार्मिक मुल्य मान्यताहरु माथि गम्भिर चोट पुग्न गएको छ भने आस्था र विश्वासहरु भत्किन पुगेका छन । ज्ञानहरु विलाएका छन । भूकम्पमा परी थुप्रै श्रोत ब्यक्तिहरु, धामी, झांक्रीहरुले ज्यान गुमाएका कारण उनिहरुसंग रहेको ज्ञानहरु, सिपहरु भौतिक शरिरसंगै नष्ट भएका छन । धामी, झांक्रीहरुले झारफुक उपचार पद्धतिमा प्रयोग गर्ने गरेका प्राकृतिक जडिबुटिहरु अज्ञात हुन पुगेका छन । गाउंले जनजिवनमा विश्वास जितेको रामबाण अचुक तन्त्र, मन्त्रहरु पृथ्विको गर्भमा गुमनाम हुन पुगेका छन । अमूर्त सांस्कृतिक सम्पदाको रुपमा रहेको किंवदन्ती लोक कथाहरु, उखान टुक्काहरु, गाउं खाने कथाहरु, धार्मिक भजनहरु, लोक गितहरु, भूकम्पमा परी परलोक भएकाहरुसंगै अवशान हुन पुगेका छन । विभिन्न चाडपर्वहरुमा पूजा, पाठ गर्दा धार्मिक, सामाजिक नाटकहरु, नृत्यहरु ,प्रदर्शन गरिने स्थलहरु, चोक, डबलिहरु, सत्तल, पाटी, पौवाहरु भुकम्पमा नष्ट भएका कारण ती स्थलहरुसंगै लोप हुने अवस्थामा पुगेका छन । त्यस्तै ती अभिनय कला मन्च गर्ने कलाकारहरु, गित गाउने गायकहरु, नाटक, नृत्यमा लगाउने पोशाक सिलाउनेहरु, बाद्य बाधनका सामान निर्माण गर्ने कालिगढहरुको समेत भुकम्पमा परी मृत्यु भएका कारण ती नाटक, नृत्य जस्ता अभिनयकलाहरु प्रभावित हुन पुगेका छन । त्यसैगरी पुरातात्विक धरोहरहरु नष्ट हुंदा तत्कालिन समयको सामाजिक, आर्थिुक, राजनैतिक, धार्मिक अवस्थाको चित्रण गर्ने काष्ठकला, मुर्तिकला समेत नष्ट हुन पुगेका छन । भूकम्प प्रभावित क्षेत्रका परम्परागत शिप र प्रविधिमा संलग्न दक्ष, पोख्त र अनुभवी ब्यक्तिहरुको अवशानले डोको, डालो, नाम्लो, हलो, कोदालो, ढिकी, जांतो, घट्ट, आरी, ठेकी निर्माण गर्ने दक्ष कालिगढहरुको अभाव खड्किन पुगेको छ । जसले गर्दा त्यससंग जोडिएको जांतो पिंध्दै गर्दा,घांस, सोतर काट्दै गर्दा गुनगुनाउने लोक गितहरु लोप हुने अवस्थामा पुगेका छन ।
यसरि एकातिर जातिय पहिचान बनेको, जिवन गुजाराको माध्यम बनेको परम्परागत शिप, प्रविधी, कलामाथी गम्भिर असर पुगेको छ भने अर्कोेतर्फ भुकम्पबाट जे जती बांच्न सफल भए भुकम्पमा परी दिवंगत भएका निकट आफन्तको वियोगमा तड्पीरहेका छन । घरवार बिहिन हुन परेका कारण गांस,वास, कपासको अभावमा पिडित बन्न पुगेका छन । यसले गर्दा उनिहरुमा मानशिक अस्थीरता सिर्जना हुन पगेको छ । यसले गर्दा संस्कार, रितीरिवाज, सामाजिक मुल्य मान्यता, आस्था, विश्वास नराम्रोसंग प्रभावित भएका छन । उनिहरुको जिवन पद्धति, जिवनशैलिमाथि गम्भिर असर परेको छ । सामाजिक जिवन अस्तब्यस्त बन्न पुगेको छ । भुकम्प प्रभावित क्षेत्रका युवाहरु आर्थिक अभावका कारण रोजगारिका लागि विदेश पलायन भएका छन । जसले गर्दा उनिहरुसंग भएका पेशागत ज्ञान, शिप मरेर जाने स्थिीति सीर्जना भएको छ । देशमै भएकाहरु पनि परम्परागत पेशा, व्यवशाय परिवर्तन गर्न बाध्य भएका छन । यसले उनिहरुको अमुर्त सांस्कृतिक सम्पदामाथि गम्भिर धक्का पुग्न गएको छ ।
चुनौतिहरु ः
१) जनचेतनाको अभाव ः अशिक्षा र अज्ञानताका कारण भुकम्पका वारेमा सही जानकारी नहुंदा ठुलो धनजनको क्षती ब्यहोर्नु परेको थियो ।
२) गलत सूचना ः भूकम्प जस्तो पूर्व अनुमान गर्न नसकिने प्राकृतिक प्रकोपको वारेमा भुगर्भविद, भुकम्पविद जस्ता विज्ञहरुको आधिकारिक सूचना वा जानकारिलाई बेवास्ता गरी आतंक फैलाउने केही ब्यक्ति र सामाजिक संजालका गलत सूचनालाई आधिकारिक मानेर भ्रममा परेका कारण पनि क्षती ब्यहोर्न परेको देखिन्छ । २०७२ को विनासकारी भू
कम्पमा घरबाट बाहिर निस्कीसकेको मानिस भ्रममा परेर जोगिनका लागि भनेर भित्र पस्दा ज्यान गुमाउनु परेको थियो ।
३) डस त्रास ः भूगर्भविद, भूकम्पविदहरुले जानकारी गराुएका भूकम्पबाट बच्ने उपायहरुको बेवास्ता गरी चाहिनेभन्दा बढी डराएर त्रसित भै अत्तालिएर भागदौड गर्ने, फाल हाल्ने गर्दा अनाहकमा ज्यान फाल्ने गरेको पाइर्र्र्एको छ ।
४) भूकम्प प्रतिरोधक घर निर्माण नगर्नु ः राज्यको भवन निर्माण सम्बन्धी निकायहरुले निर्धारण गरेको भुकम्प प्रतिरोधक घर निर्माण गर्ने मापदण्डलाई झन्झट मानी बेवास्ता गरेर आफुखुसी घर निर्माण गरेका कारण पनि जनधनको क्षती ब्यहोर्नु परेको पाईएको छ ।
५) गरिवी ः चरम पुस्तेनी गरिवीका कारण आर्थिक अभावमा नयां घर निर्माण गर्न नसकेर पुस्तांै सम्म एउटै पुरानो घरमा बस्न बाध्य हुनु परेकाले पनि भुकम्पको क्षती ब्यहोर्नुपरेको देखिन्छ ।
६) लोभ लालच ः बाक्सा, दराजमा राखेको पैसा, सुन,चांदीको लोभले गर्दा भुकम्पबाट बच्ने शुरक्षा अपनाउनुको बदला बाक्सा, दराज खोल्न लाग्दा गुमाउनु परेको पनि पाइन्छ ।
६) हेलचेक्राई ः भूगर्भविदहरुले नेपाल भूकम्पीय क्षेत्रभित्र पर्ने र जुनसुकै समयमा भूकम्प जान सक्ने भएकोले यसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दींदा दींदै पनि त्यसलाई बेवास्ता गरी हेलचेक्राईं गरेका कारण भूकम्पीय क्षती ब्यहोर्नु परेको देखिन्छ ।
भूकम्पको क्षती पछी मूर्त र अमूर्त सांस्कृतिक सम्पदालाई बचाउने उपायहरु ः —१) पारिवारिकब हिसावले ः –
भ्ूकम्पबाट घरबार, धनसम्पती, आफन्त गुमाउनु पर्दाको पीडा रहंदा रहंदै पनि पहिचान, धर्म, आस्था, विश्वास, ब्यावहार, सामाजिक मुल्य, मान्यता, रोजगारिको आधार बनेका मूर्त र त्यससंग जोडिएका अमूर्त सांस्कृतिक सम्पदाहरुलाई परिवारका सवै सदस्यहरु मीलेर जीवन्तता दिने काम गनुपर्दछ ।
२ ) सामुदायिक हिसावले ः —
परिवार मात्र नभै समुदाय स्वयमको पहिचान र उन्नति, प्रगतिका खातिर सामाजिक मुल्य मान्यताहरुलाई अक्षुण्ण राख्नका लागि मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरुलाई निरन्तरता दिनु जरुरी छ । जस्तै ः विभिन्न जात जातिहरुका धार्मिक, सामाजिक, आर्थिक काम गर्नका लागि आ–आफ्नै गुठीहरु समाजमा स्थापना भएका हुन्छन । यिनै गुठीहरु मार्फत मूर्त र अमूर्त संस्कृतिको संरक्षण गर्न सकिन्छ ।
३) संस्थागत हिसावले ः –
मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरुलाई संरक्षण गरी निरन्तरता दिनका लागि समुदायको उन्नती र प्रगतीका खातिर लागि परिरहेका विभिन्न क्लव, टोल विकास समिती, महिला समूह, खेलकुद समूह आदी लागि पर्नु जरुरी हुन्छ ।
४) राज्यको पहल ः –
यसै गरी राज्य स्वयमले मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणका लागि पहल गर्नुपर्दछ । राज्यले निर्माण गरेको संस्कृति निती अनुसार संरक्षण गरी निरन्तरता दिनु राज्यको दायित्व हो । त्यसैले राज्यले चांडो भन्दा चांडो भुकम्पले क्षती पु¥याएका मूर्त सम्पदाहरुको पुरातात्विक नियम अनुसार पुर्ननिर्माण गर्नुपर्दछ भने अमूर्त संस्कृतिलाई बचाएर निरन्तरता दिनका लागि आर्थिक सहयोग लगायतका अन्य सहयोग गर्नुपर्दछ ।
सुझावहरु ः —
१ ) राज्यले आवाशिय घर लगायत पाटी, पौवा, सत्तल, मठ, मन्दिर, दरवार सवै भूकम्प प्रतिरोधक निर्माण गर्नका लागि निती नियम निर्माण गर्ने र कडाईका साथ कार्यान्वयन गर्न लगाउने । नियम पालना नगर्नेलाई सजाएको भागि बनाउने ।
२) विनासकारी भुकम्प २०७२ ले क्षती पु¥याएका मूर्त सम्पदाहरुको चांडो भन्दा चांडो पुरातात्विक नियम अनुसार पुर्ननिर्माण गर्न लगाउने र त्यससंग जोडिएका अमूर्त सांस्कृतिक सम्पदाहरुको जिवन्तता दिनका लागि पूजा, पाठ, जात्रा, पर्व संचालनको वातावरण तयार गरिदीने ।
३ ) भुकम्पीय जोखिमबाट बच्ने उपाय (भुकम्प पहिले र भुकम्प पछी) का बारेमा ब्यापक प्रचार प्रसार गरी जनचेतना जगाउने । यस्तो खालको जनचेतना शहर केन्द्रित मात्र नभै दुर दराजका गाउंघर सम्म पनि पु¥याउने । यसका लागि तालिम, गोष्ठी, सेमिनार गर्ने,्र प्रचा, पोष्टर गर्ने, विद्युतिय संचार माध्यम रेडियो, टेलिभिजन प्रयोग गर्ने । पत्रपत्रिकालाई समेत प्रयोग गर्ने ।
४ ) भुकम्प आउंदा वखत पाल टांगेर शुरक्षित रहन मिल्ने सार्वजनिक जग्गाहरुको ब्यवस्था गर्ने ।
५ ) वेला वेलामा विभिन्न ब्याक्ति र सामाजिक संजाल र संचार माध्यमहरु बाट जनमानसमा आतंकित पार्ने खालका झुठ्ठा, गलत अफवाहहरु फैलाईने गरिन्छ । तरुन्तै यसको खण्डन गरी सर्वसाधारणलाई सत्य तथ्य कुरा मार्फत विश्वस्त बनाउनु पर्ने ।
६ ) आवाशिय क्षेत्रहरुको माटो परिक्षण गराई भुकम्पीय जोखिमका दृष्टिीले घर, मन्दिर निर्माण गर्न ठिक छ वा छैनजानकारी लिने र सर्वसाधारणलाई विभिन्न संचार माध्यमद्वारा जानकारी दिने ।
७ ) सकिन्छ भने भुकम्प जानुभन्दा केहि समय अगाडी अग्रिम सूचना दिने प्रविधीको विकास गर्ने ।
सन्दर्भ सामाग्रीहरु ः —
१) अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्वन्धी महासन्धि २००३
२ ) ब्रह्मशमशेर जबराद्वारा लिखित नेपालको महाभूकम्प १९९० साल
३) हरिहर पोख्रेलद्वारा लिखित महाभूकम्प २०७२
४) पुरातत्व बिभागद्वारा प्रकाशित प्रिलिमिनरी रिपोर्ट अफ द मोनुमेन्ट एफेक्टेड बाई द अर्थक्वीक, अप्रील, २०१५
No comments:
Post a Comment