रमा, जसले बर्षौदेखी गरिवी, अभाव र बेरोजगारि नामको काला पहाडको थिचाईलार्इृ सामना गर्दै दुई छोरा, एक छोरी र आफुसहित ४ जनाको परिवारलाई जेनतेन बचाउने काम गरिरहेकी थिईन । स्वदेशमा रोजगारिको संभावना नभएपछी ३ वर्ष अघी साहुको चर्को श्रृण बोकेर बिदेशिन बाध्य उनका पती कतारको चर्को घाममा मजदुरी गर्दा गर्दै गम्भिर विरामी भै उपचारको अभावमा १ बर्ष अगाडी यो भौतिक संसारवाट विदा भैसकेका छन् । जीवनको आधारस्तम्भ ढलिसकेपश्चात रमाको जीवनमा ७ रेक्टर स्केलको भूकम्प आयो र उनको जीवनलाई वेस्सरी हल्लायो र थिल थिल बनायो अर्थात पती बिदेश जांदाको श्रृण तिर्न नसकेका कारण निर्दयी साहुले उनको घरखेत आफ्नो नाममा पास ग¥यो र घरवाट निकालीदीयो । त्यसपश्चात रमा वेघरवार, बेसहारा भएर सहर पस्न पाए बांचिन्छ कि भन्ने झिनो आसा वोकेर ३ वटा बच्चा काखी च्यापेर काठमाण्डौ सहर पसिन ।
अरु त परै जाओस, श्वास फेर्ने हावाको समेत पैसा तिर्नुपर्ने यो महंगो शहरमा उनले सोचेजस्तो बांच्न सहज थिएन् । उनका निम्ती शहर नितान्त नौलो र पराई थियो । त्यसमा पनि बेघरवार, वेसहारा भएर शहर पसेकी उनिसंग फुटेको कौडी पनि थिएन् । जसले गर्दा उनलाई गांस, बास र कपासको समस्याले चिथोर्न थाल्यो । रमा वासको खोजीमा यो ब्यस्त शहरमा भौंतारिंदै हिंड्न थालिन् । उनको गरिवी र अभावलाई छी छी र धुर धुर गर्दै शहरका महल उनलाई बास दिन चाहंदैनथे । एउटा कुकुरलाई आफू सुत्ने वेडमा, सोफामा सुत्न दिएर आनन्द लिने महलका मालिक आफुजस्तै मानिसलाई घरभित्र हुल्न चाहंदैनथे । जसले गर्दा कतिदिन सम्म त उनले भोक भोकै पाटिमा सुतेर रात कटाईन । दयाको भिख माग्दै हिंडिन । उनको आफ्नो मात्र सवाल थिएन । स–साना बालबच्चा साथमा थिए । भोक लाग्यो भन्दै कराउंथे । यो देखेर कोही कसैको दया जाग्थ्यो र केही खानेकुरा दिन्थे । कसैले १०÷२० रुपैयां दिन्थे । त्यो अभावको जीन्दगी देखी वाक्क लागेर एकमन त उनलाई लागेको थियो – छोराछोरी सहित सामूहिक आत्महत्याको बाटो रोजौं । फेरी अर्को मनले भन्यो – अहं हुंदैन । बल्ल बल्ल पाएको अमूल्य जीवन त्यतीकै खेर फाल्नु हुंदैन । संघर्ष गरेर वांच्न सक्नुपर्छ ।
त्यसपछी बांच्ने चाहनालाई बलियो बनाएर बास, गांस र कामको खोजिमा छोराछोरीलाई डोहो¥याउंदै भौंतारिएर हिंड्न थालिन । यतिकैमा केही बर्ष अगाडी उनिजस्तै दुःख पाएर गाउंवाट शहर पसेकी र तत्काल ( भेट्दाको समय ) गांस, वास र कामको जोहो गरिसकेकी ज्याला मजदुरी गरेर जीवन गुजारा गरिरहेकी एकजना महिलालाई भेटिन र आफ्नो कथा, व्यथा स–विस्तार वताईन । ‘ बर्गिय प्रेम मात्रै चोखो र न्यानो हुन्छ ’ भने झैं ती महिला ( सीता ) ले आफुले पाएको दुःख सम्झिन र रमालाई एक दुई दिनमा बास र कामको ब्यवस्था मिलाईदिने आश्वासन दिलाईन । दुई दिन पछी पहिलो दिन भेट भएको स्थानमा भेट गर्ने सल्लाह भयो । सल्लाह मुताविक उनिहरुको निर्दिष्ट समय र स्थानमा भेट भयो । त्यतीन्जेल सम्म सीताले रमाका लागि वास र कामको तारतम्य मिलाईसकेकी रहिछन् । आफु बसेको घरधनीकोमा भाडा दिलाईदिने जिम्मेवारी आफैंले लिएर कोठाको ब्यबस्था मिलाईदिएर सहयोग गरिन भने आफुुले काम गरिरहेको घर निर्माणको काम गर्ने ठेकेदारलाई भनेर घर निर्माणसम्बन्धि काममा ज्याला मजदुरी गर्ने ब्यवस्था मिलाईदिईन । त्यती मात्र होईन कामको पारिश्रमिक नआउन्जेल खाद्यान्न लगायत कोठामा आबश्यक सामान खरिद गर्ने पैसा समेत सापट दिएर ज्यादै ठूूलो मानबिय सहयोग गरिन ।
तत्पश्चात रमा साथी सीतासंग घर निर्माणको काममा मजदुरी गर्न थालिन । विस्तारै छोराछोरी ठूला हुंदै गए । विद्यालय पठाउनुपर्ने वेला भयो । उनलाई पनि छोराछोरीको गुणस्तरिय शिक्षाका लागि प्राईभेट स्कूलमा भर्ना गर्न मन त थियो नि । तर के गर्ने, आम्दानीको वलियो स्रोत नहुंदा उनले नजिकैको सरकारी विद्यालयमा छोराछोरीलाई भर्ना गरिदिईन । एकजनाको मजदुरीले विहान बेलुकाको छाक टार्न र घरभाडा तिर्न धौ धौ परिरहेको थियो । अतिरिक्त खर्च ( विरामी पर्दा, छोराछोरिको किताप,कपी, किन्नुपर्दा, चाडवाडमा मिठो मसिनो खानुपर्दा, वर्षमा एकपटक छोराछोरीलाई नयां कपडा हालिदिनुपर्दा ) गर्नुपर्दा भने कसैसंग सापट वा श्रृण लिनुपर्ने बाध्यता थियो ।
यसरी पुगेस पुगेसको जीन्दगी बांचिरहेकी रमा र उनका छोराछोरी कोरोना महामारिले निम्त्याएको लकडाउनका कारण भोकभोकै जिउन बाध्य भैरहेका थिए । ठेकेदारसंग मजदुरी गरे वापतको पारिश्रमिक रु. १०००० लिन वांकी थियो । देशमा अकस्मात लकडाउन सुरु भएकोले ठेकेदारसंग भेट गर्ने अवसर नै रहेन । फोन गर्दा फोन पनि उठाएन । जसले गर्दा उनी गम्भिर आर्थिक संकटमा परिन । किनेर खानका लागि उनिसंग पैसा थिएन । सुरु सुरुमा केही पैसा जगेर्ना गरेका कारण सजिलो भएको थियो । तर त्यसले धेरै दिन धान्न सक्ने अवस्था थिएन । लकडाउनको समय लम्विंदै जांदा भएको थोरै पैसा सकियो र पुनः सुरु भयो भोकप्यासको जीन्दगी । आफु त भोकै बसौंला छोराछोरीलाई कसरी भोकभोकै राख्ने उनी चिन्तामा डुब्न थालिन र विस्तारै मानशिक अस्वस्थताको शिकार बन्न थालिन । केही दिनसम्म त छिमेकमा रहेका सहयोगी मनहरुद्वारा छाक टारिदिने काम भयो । संधैभरी सम्भव हुने कुरो भएन । उनको कोठामा चुल्हो नवलेको र अरुले दिएको दालमठ चिउरामा छाक टारेको धेरै दिन भैसकेको छ । यही वेलामा घरधनीले भाडा मागेको र नदिए घरबाट निकालीदिने कुरा गरिरहेको छ ।
यसरी बारम्वार गरिवी र अभावको चपेटामा परेर तड्पीरहनुभन्दा त आत्महत्या गर्नु नै उत्तम हुने ठहरमा पुग्न थालिन रमा । यतिवेला उनका आंखा ओभानो हुन सकिरहेका छैनन् । पुरै चिन्ताग्रस्त भएकी छिन् । अति
विपन्न वा गरिवीका कारण आधुनिक ईलेक्ट्रोनिक्स मिडियासम्म उनको पहुंच पुग्न नसकेका कारण उनलाई यो अभावको दुःखद घडिमा मानविय भावनाले ओतप्रोत भएका दानवीरहरु, दयाका खानिहरु पनि प्रशस्तै छन् भन्ने कुराको जानकारी दिने र ति दानवीरहरुलाई रमाको जस्तै निभेको चुल्हो बालिदिनका लागि सम्वन्ध गराईदिएर तारतम्य मिलाईदिने यतिवेला अत्यन्तै सह्रानिय मानविय काम गरेर चर्चामा आएको एभिन्युज टेलिभिजन पनि छ है भन्ने कुराको जानकारी हुन नसक्दा उनि अप्रिय निर्णय गर्न पुगेकी थिईन । उनको त्यो अत्यन्तै दर्दनाक दुःखद अवस्था देखेपछी उनका केही छिमेकीले उक्त जानकारी दिएपश्चात उनले एभिन्युजको कोरोना कहरको कार्यक्रमको फोन नम्वर मागेर फोन गरी आफुले भोगिरहेको सवेै दुःख स–विस्तार वताईन र साथै छोराछोरीसहित आत्महत्या गर्न चाहेको कुरा पनि अत्यन्तै भावुक हुंदै बताईन । त्यतिवेला उनको गला अवरुद्ध भैरहेको थियो । उनको वास्तविक दर्दनाक वेदना, व्यथाको जानकारी लिईसकेपश्चात एभिन्युजमा कोरोना कहर संचालन गर्ने संचालक शुशिल पाण्डेले आत्महत्या नगर्नका लागि सल्लाह दिंदै तुरुन्तै कोठासम्म खाद्यान्न पु¥याईदिनका लागि सम्वन्धित एरियामा सम्पर्कमा रहनुहुने सहयोगी हातहरुलाई, दानवीरहरुलाई सम्पर्क गराएर रमाको धेरै दिनदेखी नवलेको चुल्हो वालिदिने प्रवन्ध मिलाईदिनुभयो । यहांसम्म कि कार्यक्रम संचालक शुशिल पाण्डेले लकडाउन अवधिभर आवश्यक पर्ने खाद्यान्न, ग्यांस लगायत औषधीसमेत ब्यवस्था गरिदिने आश्वासन दिनुभयो । यसरी भोको पेटका कारण छोराछोरीसहित आत्महत्याको बाटो रोजीसकेकी रमालाई खाद्यान्नको ब्यबस्था गरी निभेको चुल्हो बालिदिएर उनलाई नयां जीवन प्रदान गरिदीने एभिन्युज टेलिभिजन र खासगरी कायृक्रम संचालक शुशिल पाण्डे रमाको जीवनदाता बन्नुभएको छ । एभिन्युज टेलिभिजनले धेरै रमाहरुको निभेको चुल्हो वालिदिएर महान मानविय काम गरेको छ । आत्महत्याको श्रृंखलालाई रोक्ने काम गरेको छ । नेपालभित्र मात्र होईन नेपाल वाहिर रहेका नेपालीहरुको समेत निभेको चुल्हो वालिदिने काम गरेको छ । निभेको चुल्हो बाल्ने काम मात्र होईन अन्यायमा परेकाहरुलाई न्याय दिलाउने काम समेत गरेको छ । जसले गर्दा जनताको टेलिभिजन एभिन्युुज टेलिभिजन सवै नेपालीहरुको मन मष्तिष्कमा बस्न सफल भएको छ ।


No comments:
Post a Comment