हाम्रा पुर्खाहरुले लामो जीवन भोगाईको क्रममा प्राप्त अनुभवहरुलाई, ज्ञानहरुलाइ समेटेर पछिल्ला पुस्ताका लागि जीवन उपयोगी खुराकका रुपमा थुप्रै उखान टुक्काहरु छाडेर गएका थिए । ति मध्ये कृषि पेशाको महत्वलाई प्रकाश पार्नका लागि बनाईएको एउटा उखान थियो – उत्तम खेती, मध्यम व्यापार, खत्तम जागिर । हाम्रा अग्रज मार्गदर्शक पुर्खाहरुले त्यतिकै हचुवाका भरमा यो उखान बनाएका थिएनन् । जीवनको लामो अनुभवलाई समेटेर यि उखानहरु बनाएका थिए । जुन उखानहरुले आजका दिनमा पनि सार्थकता पाएको छ । यतिवेला हामिले स्विकार्नैपर्छ कि उहांहरुले देखाएको बाटो सतप्रतिशत सही थियो । यो बाटो परित्याग गरेकाले आज हामी आर्थिक रुपमा निक्कै पछाडी परेका छौं । उहांहरुले देखाएको बाटोलाई आत्मसाथ गरेर कृषि पेशालाई पहिलो प्राथमिकता दिएको भए हामी आज विकासोन्मुख देशहरुमध्ये पनि सवैभन्दा गरिवको लिष्टमा पक्कै पर्ने थिएनौ । हाम्रा पुर्खाहरुले खेतीलाई उत्तम मान्नुका पछाडी धेरै बलिया आधारहरु थिए । हाम्रो देश कृषिप्रधान देश हो । भनिन्छ, देशको आयश्रोतको पहिलो आधार कृषि हो । यसलाई सवैले स्विकारेका छन् । सरकारलाई राजस्व बुझाउने ठुला उद्योगहरु चिनी कारखाना, जुट मिल, चुरोट कारखाना, खाद्यान्न उद्योग आदि सवै कृषि उत्पादनमा आधारित छन् ।
हाम्रो शौभाग्य नै भन्नुपर्छ, हामी प्राकृतिक स्रोत र साधनमा अत्यन्तै धनी छौं । हाम्रो भू–वनौट हिमाल, पहाड र तराईमा विभाजित छ । देशको कुल क्षेत्रफलमध्ये १५ प्रतिशत हिमाल, १७ प्रतिशत तराई र ६८ प्रतिशत भाग पहाडी क्षेत्रले ओगटेको छ । यही भौगोलिक विविधता अनुसारको बहु उपयोगी जल, जमिन, जङ्गल उपलब्ध छन हामीसंग । त्यसैले त हिमाली र पहाडी भेगमा आर्युवेदिक औषधिको रुपमा प्रयोग हुने जडिबुटी देखि औषधिय गुण भएका जौ, फापर, कोदो, आलु, मकै, गहुं, सिमी जस्ता खाद्यान्न पाईन्छ भने स्याउ, सुन्तला, आरु, आलुपखडा, लप्सी जस्ता शक्तिबर्धक फलफूल पाईन्छ । यसैगरी अन्नभण्डार मानिने तराई भेगमा प्रसस्त मात्रमा धान, मकै, गहुं, दाल जस्ता खाद्यान्न र उखु, जुट, सूर्ती, कपास र चिया पनि ुत्यतीकै मात्रामा उत्पादन हुन्छ । साथै आलु, गोलभेंडा, बन्दा, काउली जस्ता तरकारी र आंप, लिच्ची, भुईंकटहर, रुख कटहर, मेवा जस्ता फलफुल पनि उल्लेख्य मात्रामा उत्पादन हुन्छ । हाम्रो देश यस्तो देश हो जहां एउटै चिज अलग अलग हावापानीमा उत्पादन हुन्छ । जस्तैः हिमाल, पहाड र तराई तिनवटै हावापानी भएको माटोमा आलु फल्छ भने चिया गर्मी मौसम भएको झापा र ठण्डा मौसम भएको ईलाम दुवै ठाउंमा फल्छ । त्यती मात्र होईन, संसारकै अग्लो स्थानमा धान फल्ने देश पनि नेपाल नै पर्दछ । नेपालको हिमाली जील्ला जुम्लामा रातो मार्सी धान फल्छ । यो नेपालको पहिचान हो, विशेषता हो ।
![]() |
| gorudwara khet hilyaundai |
![]() |
| khet ropain |
| plastic pokhari |
उपाय के त ?
| plastic pokhariko pani bata golveda kheti |
यतिवेला लगभग ग्रामिण भेगका सवै ठाउंमा मोटर बाटो पुगिसकेको अवस्था छ । जसले गर्दा कृषि उत्पादनका लागि आवश्यक मल, खाद, विउ, विजन, आधुनिक कृषि औजार वा प्रबिधि गाउंसम्म पु¥याउन र उत्पादित सामान वजारसम्म पु¥याउनका लागि विगतमा जस्तो समस्या छैन । मात्र सरकारले समयमा कृषकहरुलाई मलखाद र स्तरिय विउ विजन खेती गर्ने समयमा उपलब्ध गराईदिनुपर्ने छ । यसको साथै कृषकहरुले उत्पादन गरेका वस्तुहरु चाहे त्यो खाद्यान्न होस, चाहे तरकारी वा चाहे फलफुल सरकार आफैंले उचित मुल्यमा खरिद गरिदिने वा वजार व्यवस्थापनको जिम्मेवारी लिनु पर्दछ र विद्यमान दलालीकरणको अन्त्य गरिनुपर्दछ । यसरी उत्पादित बस्तुले सहज रुपमा वजार पायो र उचित मुल्य प्राप्त हुन सकेमा कृषकहरुलाई पनि खेती गर्न जांगर लाग्छ र उनिहरु उत्साहित हुंदै यो पेशाप्रति आर्कषित हुनेछन् । अर्को कुरा अवका दिनमा परम्परागत ढङ्गले खेती गर्नु भन्दा पनि सम्वन्धित विज्ञद्वारा माटो परिक्षण गराएर कुन खेती वा वालीनाली लगाउंदा उपर्युक्त हुन्छ , सोही अनुसार खेती गर्ने पद्धतिको विकास गर्नुपर्दछ । उदाहरणका लागि विगतमा बाबु वाजेले खाद्यान्न लगाउने गरेका थिए । ऐले खाद्यान्न हुन छाड्यो भने पछि फलफुल लगाउंदा पो राम्रो हुन्छ कि अर्थात औषधिजन्य जडिबुटिहरु लगाउंदा उपर्युक्त हुन्छ वा असल जातका फलफुल, मुल्यवान रुखहरु लगाउंदा पो हुन्छ कि विचार गरेर खेती गर्नु उपर्युक्त हुने छ । त्यसका लागि कृषिविज्ञसंग सल्लाह गरेर माटो परिक्षण गरी काम गर्दा उचित हुने छ । पहिला पो कुनै पनि प्रविधिको विकास नभएका कारण हाम्रा पुर्खाहरुले जे सम्भब थियो त्यही लगाउने काम गरे ।
यतिवेला हामीलाई एउटा अवसर पनि प्राप्त भएको छ । धेरै नेपाली युवा युवतीहरु विदेश गएर लामो समय
![]() |
| dhanko biu kadhdai |
कृषिमा काम गरेर स्वदेश फर्केका छन् । ृउनिहरुको अनुभव, सिप, क्षमता र प्रविधिलाई नेपालको कृषि प्रणालीमा सदुपयोग गर्न सकियो भने कृषि व्यावशायले नसोचेको फड्को मार्ने कुरामा दुई मत रहंदैन । त्यस्ता व्याक्तीलाई राज्यले नै परिचालन गरेर फाईदा लिन सक्नुपर्दछ । यती गर्न सकेको खण्डमा न हामी कसैको निगाहामा बांच्नुपर्दछ, न रोजगारिका लागि घर खेत बन्दकी राखेर बिदेशीनु नै पर्दछ ।



Realistic thought
ReplyDeleteThis comment has been removed by the author.
ReplyDelete