Wednesday, June 24, 2020

विनासकारी भुकम्प २०७२ ले अमूर्त सांस्कृतिक सम्पदामाथी पारेको असर

भूकम्प के हो ?
भू–गर्भभित्र रहेका प्लेटहरु एक आपश्मा ठोक्किंदा, नजिक हुंदा, टाढिंदा, एक आपश्मा घुस्दा कम्पनको रुपमा उत्पन्न हुने प्राकृतिक प्रकृयालाई भुकम्प भनिन्छ । मानवको कुनै पनि शक्तिले, क्षमताले यसलाई रोक्न र आंकलन गर्न सक्दैन । मानिसको अधिन र शक्ति भन्दा बाहिर रहेको यो प्राकृतिक विपत्ती कुनै पनि दिन, कुनै पनि समय निम्तिन सक्छ । परिणाम र क्षतिका हिसावले यो महाप्रलयकारी र विध्वंशकारी पनि हुन सक्छ, सामान्यमा पनि सिमित रहन सक्छ । महाप्रलयकारी हुंदा ठूलो संख्यामा धनजनको क्षती हुन पुग्छ भने सामान्य हुंदा थोरै संख्यामा जनधनको क्षती हुन सक्छ अर्थात खासै क्षती नहुन पनि सक्छ । यो प्रकोप बिध्ंवशकारी हुंदा यसले मुलुकको सामाजिक, आर्थिक, राजनैतिक र सांस्कृतिक क्षेत्रलाई तहस नहस पारिदिन्छ । यसरी भुकम्पले मानव निर्मित संरचनामा क्षती पु¥याउंछ भने प्राकृतिक संरचनालाई तलमाथी पारिदीन्छ ।
भूकम्पीय दृष्टिले नेपालको अवस्था ः
भूकम्पीय दृष्टिकोणबाट नेपालको सम्पुर्ण भू–भाग अत्यन्तै जोखिमयुक्त क्षेत्र अन्र्तगत पर्दछ । भूकम्पीय जोखिमका हिसाबले विश्वका २५० राष्ट्रमध्ये नेपाल ११ औं नम्वरमा पर्दछ । भूगर्भविदका अनुुसार नेपालमा ९२ वटा भूकम्पीय जोखिमका केन्द्रहरु रहेका छन । नेपालको भुखण्ड युरो एशिया ( तिब्बती) र ईण्डीयन प्लेटको विचमा अवस्थित छ । भारतिय प्लेट तिब्बतियन प्लेटमा घुस्दा उर्जा पैदा हुन्छ र सोहि उर्जा बाहिर निस्कने क्रममा ठुला भूकम्पहरु जाने गर्दछन । नेपालमा भूकम्प मापन गर्ने र तथ्याङ्क राख्ने पद्धतिको शुरुआत भएदेखि १३ वटा ठूला भुकम्प र ११ वटा साना भुकम्पहरु गएको पाईन्छ । हरेक ५० बर्षमा ७ देखि ८ रेक्टर स्केलको विनासकारी भुकम्प जाने गरेको र हरेक १०० बर्षमा ८ रेक्टर स्केल भन्दा माथिको भुकम्प जाने गरेको नेपालको ऐतिहासिक तथ्यले देखाएको पाईन्छ ।     २०७२ साल बैशाख १२ गतेको विनासकारी भुकम्प यही प्राकृतिक प्रकृयाको निरन्तरता थियो  । यो भुकम्प ८२ बर्ष पछी आएको थियो ।   
२०७२ सालको विनासकारी भूकम्पले पु¥याएको जनधनको क्षती ः
२०७२ साल बैशाख १२ गते शनिवार बिहान ११.५६ बजे करिव ५६ सेकेण्ड आएको ७.८ रेक्टर स्केल, भोलिपल्ट वैशाख १३ गते १२.५४ मा आएको ६.७ रेक्टर स्केल र बैशाख २८ गते १२.३८ मा आएको ७.३ रेक्टर स्केलको विनासकारी भूकम्पले नेपालमा ठुलो धनजनको क्षती पु¥याएको थियो । लगभग ९००० मानिसले ज्यान गुमाएका थिए भने लगभग ८०००० मानिसहरु घाईते भएका थिए । ६ लाख भन्दा बढी आवाशिय घरहरु पूर्णरुपमा ध्वस्त भएका थिए । यो भूकम्पले काठमाण्डौ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, रसुवा, मकवानपुर, रामेछाप, मुस्ताङ, दोलखा, गोर्खा र लम्जुङ गरी देशका १५ वटा जिल्लामा गम्भिर असर पु¥याएको थियो भने ३१ वटा जिल्ला प्रभावित भएका थिए । हजारौंका्े संख्यामा चौपायाहरुको मृत्यु भएको थियो । घरहरु पुरिंदा लाखौं करोडौंको चल,अचल सम्पतिहरु नष्ट भएका थिए ।
बिनासकारी भूकम्प २०७२ ले मूर्त र अमूर्त सांस्कृतिक सम्पदामाथि पारेको असर ः
२०७२ को विनासकारी भूकम्पले नेपालका थुप्रै पुरातात्विक, ऐतिहांसिक, धार्मिक, सांस्कृतिक मठ, मन्दिर, गुम्वा, स्तुप, बिहार, दरवार, म्युजियम, प्राचिन कलात्मक घरहरु नष्ट भएका थिए । नेपाल सरकार पुरातत्व विभागको प्रतिवेदन अनुसार २० वटा प्रभावित जिल्लाका ७४३ यस्ता सांस्कृतिक सम्पदाहरु भूकम्पबाट प्रभावित भएका थिए भने १३३ सम्पदाहरु पुर्ण रुपमा नष्ट भएका थिए । काठमाण्डौ उपत्यकामा मात्र ४४४ सम्पदाहरु प्रभावित भएका थिए भने ती मध्ये ८३ सम्पदाहरु जगैदेखी नष्ट भएका थिए ।
उपत्यकाका प्रभावित मूर्त र अमूर्त संस्कृतिहरु ः —
काठमाण्डौको हनुमानढोका दरवार स्क्वाएर स्मारक क्षेत्र सवैभन्दा बढी प्रभावित भएको थियो । एउटै काठबाट बनेको ऐतिहासिक काष्ठमण्डप लगायत ११ वटा स्मारकहरु पुर्णरुपमा क्षतीग्रस्त भएका थिए भने ३९ वटा स्मारकमा आंशिक रुपमा क्षती पुगेको थियो । त्यसैगरी भिमसेन टावरको नामले परिचित भिमसेन स्तम्भ(धरहरा) पुर्णरुपमा क्षतीग्रस्त भएको थियो । मल्लकालिन शहर भक्तपुरको दरवार स्क्वाएर स्मारक क्षेत्रमा रहेका ५ वटा ऐतिहासिक स्मारकहरु पुर्णरुपमा क्षतीग्रस्त भएका थिए भने चर्चित ५ तले ऐतिहासिक कलात्मक भैरव मन्दिर लगायत १४ वटा स्मारकहरुमा आंशिकरुपमा क्षती पुगेको थियो । विश्व सम्पदा सूचिमा परेका ७ वटा स्मारक क्षेत्रमध्येको स्वयम्भु स्मारक क्षेत्र पनि विनासकारी भुकम्पबाट नराम्रो संग प्रभावित भएको थियो । ४ वटा स्मारक पुुर्णरुपमा क्षतीग्रस्त भएको थियो भने ९ वटा स्मारकहरुमा आंशिकरुपमा क्षती पुगेको थियो । त्यसैगरी पाटन दरवार स्क्वाएर स्मारक क्षेत्र भित्रका ६ वटा ऐतिहासिक स्मारकहरु पुुर्ण रुपमा नष्ट भएका थिए भने २१ वटा स्मारकहरुमा आंशिक रुपमा क्षती पुगेको छ । प्राचिन नेवारी बस्तीको रुपमा चिनिएको बुङमतीमा अवस्थित रातो मत्स्येन्द्रनाथको मन्दिर जगदेखि नै ध्वस्त भएको थियो । जसले गर्दा हरेक वर्ष मनाइृने रातो मत्स्यन्द्रनाथको रथयात्रा भुकम्प आएदेखी प्रभावित हुन पुगेको छ । जुन ऐले सम्म पनि सन्चालनमा आउन सकेको छैन । प्राचिन, ऐतिहासिक, धार्मिक महत्व वोकेको भक्तपुरको चांगुनारायण मन्दिर परिशरमा रहेका मुल मन्दिर लगायत वरिपरिका मन्दिरहरु नष्ट भएका थिए । त्यसैगरी हिन्दुहरुको पवित्र धार्मिक स्थल पशुपति क्षेत्रका पशुपतिनाथको मुल मन्दिर वाहेक थुप्रै स्मारकहरु प्रभावित भएका थिए । त्यस क्षेत्रमा ६ वटा ऐतिहासिक स्मारक पुर्णरुपमा क्षतीग्रस्त भएको थियो भने २१ वटा स्मारकहरुमा आंशिकरुपमा क्षती पुगेको थियो । यसवाहेक उपत्यकाका थुप्रै ऐतिहासिक स्मारकहरु प्रभावित भएका थिए । 
  उपत्यका बाहिरका प्रभावित मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरु ः
बिनासकारी भूकम्पबाट बढी प्रभावित जिल्ला नुवाकोटमा २५ वटा ऐतिहासिक  स्मारकहरु प्रभाबित भएका थिए  जसमध्ये ऐतिहासिक नुवाकोट दरवार, तलेजु मन्दिर, गारदघर, भैरव मन्दिर र सेतो सत्तल पुर्ण रुपमा ध्वस्त भएका थिए भने सात तले दरवार, रङ्गमहल, नारायण मन्दिर र विष्णु मन्दिरमा आंशिक रुपमा क्षती पुगेको थियो । यसैगरी लमजुङ जिल्लामा ३२ वटा महत्वपुर्ण ऐतिहासिक स्मारकहरु प्रभावित भएका छन जसमध्ये लमजुङ दरवारमा आंशिक रुपमा क्षती पुगेको छ भने अन्य थुप्रै स्मारकहरु पुर्ण रुपमा नष्ट भएका छन । २०७२ को विनासकारी भुकम्पबाट सवैभन्दा बढी प्रभावित जिल्ला गोर्खा पर्दछ । बैशाख १२ गतेको ७.८ रेक्टर स्केलको भुकम्पको केन्द्रविन्दु गोर्खाको बारपाक रहेको थियो । यो भुकम्पबाट गोर्खामा प्रायःसवै घरहरु पुर्णरुपमा नष्ट भएका थिए भने ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व वोकेका कलात्मक स्मारकहरु नराम्रोसंग प्रभावित भएका थिए । यसैगरी भुकम्पबाट बढी प्रभावित जिल्ला दोलखा बैशाख २८ गतेको ७.३ रेक्टर स्केलको विनासकारी भुकम्पको केन्द्रबिन्दु भएका कारणले अझै बढी प्रभाबित हुन पुग्यो । लगभग ३०० जना मानिसले ज्यान गुमाए भने ३०० भन्दा बढी मानिस घाइते भए । भुकम्पबाट दोलखाका लगभग सवै गाउंहरु प्रभावित भएका थिए भने जिल्लाका सवैजसो स्मारकहरु प्र्रभावित भएका थिए । प्रभावितमध्ये ९ वटा स्मारकहरु पुर्ण रुपमा क्षतीग्रस्त भएका थिए भने २० वटामा अांशिकरुपमा क्षती पुगेको थियो  विनासकारी भुकम्पबाट बढी प्रभावित अर्को जिल्ला सिन्धुपाल्चाृेक पर्दछ । बैशाख १२ को लगतै भोलिपल्ट १३ गते आएको ६.७ रेक्टर स्केलको भुकम्पको केन्द्रबिन्दु बनेको यस जिल्लामा ३००० भन्दा बढी मानिसको ज्यान गएको थियो भने लगभग ९०० मानिस घाइते भएका थिए । यहांका ९ वटा ऐतिहासिक स्मारकहरु नष्ट भएका थिए भने १४ वटा स्मारकहरुमा आंशिक रुपमा क्षती पुगेको थियो । 
बसोबासका  हिसावले विशेषगरी काठमाण्डौ, भक्तपुर र ललितपुरमा नेवार जातिको वाहुल्यता रहेकोे ,धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, दोलखा र रामेछाप मा तामाङ जातिको बाहुल्यता रहेको र लमजुङ, तनहुं र गोर्खामा गुरुङ, मगरहरुको, मुस्ताङमा थकालिको  बाहुल्यता रहेको पाईन्छ । यसरी २०७२ को विनासकारी भुकम्पद्वारा गम्भीर असर पुगेका ती १५ वटा जिल्लामा वसोवास गर्ने नेवार, तामाङ, गुरुङ र मगर जातिहरुको मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरुको ठुलो परिमाणमा क्षती पुगेको छ । मूर्त संस्कृतिक सम्पदाको रुपमा रहेका मठ, मन्दिर, चैत्य, विहार, सत्तल, पाटि, पौवा, चोक, गुम्वा, दरबार, म्युजियम, प्राचिन घरहरु र परम्परागत घरहरु क्षतिग्रस्त हुँदा ती सांस्कृतिक धरोहरुसंग जोडिएका पूजा, पाठ, अनुष्ठान, जात्रा, पर्व आदि अमूर्त सांस्कृतिक सम्पदाहरुमाथि आघात पुग्न गएको छ । नराम्रो संग प्रभावित हुन पुगेका छन । 
२०७२ को विनासकारी भूकम्पले मूर्त र त्यससंग जोडिएको अमूर्त सांस्कृतिक सम्पदाहरुको सम्बद्र्धन र संरक्षणमा सहयोग पु¥याउने विभिन्न समयमा विषयगत विज्ञ र संघ संस्थाहरुद्वारा प्रकाशनमा ल्याईएका पाठ्य सामाग्रीहरुलाई क्षती पु¥याएको छ । त्यसैगरी संग्रहालय क्षतिग्रस्त हुंदा संग्रहित मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरु नष्ट भएका छन । संस्कृति सम्वन्धी श्रब्य दृश्य सामाग्रीहरु नष्ट हुन पुगेका छन । सामाजिक, धार्मिक मुल्य मान्यताहरु माथि गम्भिर चोट पुग्न गएको छ भने आस्था र विश्वासहरु भत्किन पुगेका छन । ज्ञानहरु विलाएका छन । भूकम्पमा परी थुप्रै श्रोत ब्यक्तिहरु, धामी, झांक्रीहरुले ज्यान गुमाएका कारण उनिहरुसंग रहेको ज्ञानहरु, सिपहरु भौतिक शरिरसंगै नष्ट भएका छन । धामी, झांक्रीहरुले झारफुक उपचार पद्धतिमा प्रयोग गर्ने गरेका प्राकृतिक जडिबुटिहरु अज्ञात हुन पुगेका छन । गाउंले जनजिवनमा विश्वास जितेको रामबाण अचुक तन्त्र, मन्त्रहरु पृथ्विको गर्भमा गुमनाम हुन पुगेका छन । अमूर्त सांस्कृतिक सम्पदाको रुपमा रहेको किंवदन्ती लोक कथाहरु, उखान टुक्काहरु, गाउं खाने कथाहरु, धार्मिक भजनहरु, लोक गितहरु, भूकम्पमा परी परलोक भएकाहरुसंगै अवशान हुन पुगेका छन  । विभिन्न चाडपर्वहरुमा पूजा, पाठ गर्दा धार्मिक, सामाजिक नाटकहरु, नृत्यहरु ,प्रदर्शन गरिने स्थलहरु, चोक, डबलिहरु, सत्तल, पाटी, पौवाहरु भुकम्पमा नष्ट भएका कारण ती स्थलहरुसंगै लोप हुने अवस्थामा पुगेका छन । त्यस्तै ती अभिनय कला मन्च गर्ने कलाकारहरु, गित गाउने गायकहरु, नाटक, नृत्यमा लगाउने पोशाक सिलाउनेहरु, बाद्य बाधनका सामान निर्माण गर्ने कालिगढहरुको समेत भुकम्पमा परी मृत्यु भएका कारण ती नाटक, नृत्य जस्ता अभिनयकलाहरु प्रभावित हुन पुगेका छन । त्यसैगरी पुरातात्विक धरोहरहरु नष्ट हुंदा तत्कालिन समयको सामाजिक, आर्थिुक, राजनैतिक, धार्मिक अवस्थाको चित्रण गर्ने काष्ठकला, मुर्तिकला समेत नष्ट हुन पुगेका छन । भूकम्प प्रभावित क्षेत्रका परम्परागत शिप र प्रविधिमा संलग्न दक्ष, पोख्त र अनुभवी ब्यक्तिहरुको अवशानले डोको, डालो, नाम्लो, हलो, कोदालो, ढिकी, जांतो, घट्ट, आरी, ठेकी निर्माण गर्ने दक्ष कालिगढहरुको अभाव खड्किन पुगेको छ । जसले गर्दा त्यससंग जोडिएको जांतो पिंध्दै गर्दा,घांस, सोतर काट्दै गर्दा गुनगुनाउने लोक गितहरु लोप हुने अवस्थामा पुगेका छन । 
यसरि एकातिर जातिय पहिचान बनेको, जिवन गुजाराको माध्यम बनेको परम्परागत शिप, प्रविधी, कलामाथी गम्भिर असर पुगेको छ भने अर्कोेतर्फ भुकम्पबाट जे जती बांच्न सफल भए भुकम्पमा परी दिवंगत भएका निकट आफन्तको वियोगमा तड्पीरहेका छन । घरवार बिहिन हुन परेका कारण गांस,वास, कपासको अभावमा पिडित बन्न पुगेका छन । यसले गर्दा उनिहरुमा मानशिक अस्थीरता सिर्जना हुन पगेको छ । यसले गर्दा संस्कार, रितीरिवाज, सामाजिक मुल्य मान्यता, आस्था, विश्वास नराम्रोसंग प्रभावित भएका छन । उनिहरुको जिवन पद्धति, जिवनशैलिमाथि गम्भिर असर परेको छ ।  सामाजिक जिवन अस्तब्यस्त बन्न पुगेको छ । भुकम्प प्रभावित क्षेत्रका युवाहरु आर्थिक अभावका कारण रोजगारिका लागि विदेश पलायन भएका छन । जसले गर्दा उनिहरुसंग भएका पेशागत ज्ञान, शिप मरेर जाने स्थिीति सीर्जना भएको छ । देशमै भएकाहरु पनि परम्परागत पेशा, व्यवशाय परिवर्तन गर्न बाध्य भएका छन । यसले उनिहरुको अमुर्त सांस्कृतिक सम्पदामाथि गम्भिर धक्का पुग्न गएको छ । 
 चुनौतिहरु ः
१) जनचेतनाको अभाव ः अशिक्षा र अज्ञानताका कारण भुकम्पका वारेमा सही जानकारी नहुंदा ठुलो धनजनको क्षती ब्यहोर्नु परेको थियो । 
२) गलत सूचना ः भूकम्प जस्तो पूर्व अनुमान गर्न  नसकिने प्राकृतिक प्रकोपको वारेमा भुगर्भविद, भुकम्पविद जस्ता विज्ञहरुको आधिकारिक सूचना वा जानकारिलाई बेवास्ता गरी आतंक फैलाउने केही ब्यक्ति र सामाजिक संजालका गलत सूचनालाई आधिकारिक मानेर भ्रममा परेका कारण पनि क्षती ब्यहोर्न परेको देखिन्छ । २०७२ को विनासकारी भू
कम्पमा घरबाट बाहिर निस्कीसकेको मानिस भ्रममा परेर जोगिनका लागि भनेर भित्र पस्दा ज्यान गुमाउनु परेको थियो । 
३) डस त्रास ः भूगर्भविद, भूकम्पविदहरुले जानकारी गराुएका भूकम्पबाट बच्ने उपायहरुको बेवास्ता गरी चाहिनेभन्दा बढी डराएर त्रसित भै अत्तालिएर भागदौड गर्ने, फाल हाल्ने गर्दा अनाहकमा ज्यान फाल्ने गरेको पाइर्र्र्एको छ । 
४) भूकम्प प्रतिरोधक घर निर्माण नगर्नु ः राज्यको भवन निर्माण सम्बन्धी निकायहरुले निर्धारण गरेको भुकम्प प्रतिरोधक घर निर्माण गर्ने मापदण्डलाई झन्झट मानी बेवास्ता गरेर आफुखुसी घर निर्माण गरेका कारण पनि जनधनको क्षती ब्यहोर्नु परेको पाईएको  छ । 
५) गरिवी ः चरम पुस्तेनी गरिवीका कारण आर्थिक अभावमा नयां घर निर्माण गर्न नसकेर पुस्तांै सम्म एउटै पुरानो घरमा बस्न बाध्य हुनु परेकाले पनि भुकम्पको क्षती ब्यहोर्नुपरेको देखिन्छ ।
६) लोभ लालच ः बाक्सा, दराजमा राखेको पैसा, सुन,चांदीको लोभले गर्दा भुकम्पबाट बच्ने शुरक्षा अपनाउनुको बदला बाक्सा, दराज खोल्न लाग्दा  गुमाउनु परेको पनि पाइन्छ । 
६) हेलचेक्राई ः भूगर्भविदहरुले नेपाल भूकम्पीय क्षेत्रभित्र पर्ने र जुनसुकै समयमा भूकम्प जान सक्ने भएकोले यसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दींदा दींदै पनि त्यसलाई बेवास्ता गरी हेलचेक्राईं गरेका कारण भूकम्पीय क्षती ब्यहोर्नु परेको देखिन्छ । 
भूकम्पको क्षती पछी मूर्त र अमूर्त सांस्कृतिक सम्पदालाई बचाउने उपायहरु ः —
१) पारिवारिकब हिसावले ः –
भ्ूकम्पबाट घरबार, धनसम्पती, आफन्त गुमाउनु पर्दाको पीडा रहंदा रहंदै पनि पहिचान, धर्म, आस्था, विश्वास, ब्यावहार, सामाजिक मुल्य, मान्यता, रोजगारिको आधार बनेका मूर्त र त्यससंग जोडिएका अमूर्त सांस्कृतिक सम्पदाहरुलाई परिवारका सवै सदस्यहरु मीलेर जीवन्तता दिने काम गनुपर्दछ ।
२ ) सामुदायिक हिसावले ः —
परिवार मात्र नभै समुदाय स्वयमको पहिचान र उन्नति, प्रगतिका खातिर सामाजिक मुल्य मान्यताहरुलाई अक्षुण्ण राख्नका लागि मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरुलाई निरन्तरता दिनु जरुरी छ । जस्तै ः विभिन्न जात जातिहरुका धार्मिक, सामाजिक, आर्थिक काम गर्नका लागि आ–आफ्नै गुठीहरु समाजमा स्थापना भएका हुन्छन । यिनै गुठीहरु मार्फत मूर्त र अमूर्त संस्कृतिको संरक्षण गर्न सकिन्छ ।
 ३) संस्थागत हिसावले ः –
मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरुलाई संरक्षण गरी निरन्तरता दिनका लागि समुदायको उन्नती र प्रगतीका खातिर लागि परिरहेका विभिन्न क्लव, टोल विकास समिती, महिला समूह, खेलकुद समूह आदी लागि पर्नु जरुरी हुन्छ । 
४) राज्यको पहल ः –
यसै गरी राज्य स्वयमले मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणका लागि पहल गर्नुपर्दछ । राज्यले निर्माण गरेको संस्कृति निती अनुसार संरक्षण गरी निरन्तरता दिनु राज्यको दायित्व हो । त्यसैले राज्यले चांडो भन्दा चांडो भुकम्पले क्षती पु¥याएका मूर्त सम्पदाहरुको पुरातात्विक नियम अनुसार पुर्ननिर्माण गर्नुपर्दछ भने अमूर्त संस्कृतिलाई बचाएर निरन्तरता दिनका लागि आर्थिक सहयोग लगायतका अन्य सहयोग गर्नुपर्दछ । 
सुझावहरु ः —
१ ) राज्यले आवाशिय घर लगायत पाटी, पौवा, सत्तल, मठ, मन्दिर, दरवार सवै भूकम्प प्रतिरोधक निर्माण गर्नका लागि निती नियम निर्माण गर्ने र कडाईका साथ कार्यान्वयन गर्न लगाउने । नियम पालना नगर्नेलाई सजाएको भागि  बनाउने । 
२) विनासकारी भुकम्प २०७२ ले क्षती पु¥याएका मूर्त सम्पदाहरुको चांडो भन्दा चांडो पुरातात्विक नियम अनुसार पुर्ननिर्माण गर्न लगाउने र त्यससंग जोडिएका अमूर्त सांस्कृतिक सम्पदाहरुको जिवन्तता दिनका लागि पूजा, पाठ, जात्रा, पर्व संचालनको वातावरण तयार गरिदीने । 
३ ) भुकम्पीय जोखिमबाट बच्ने उपाय (भुकम्प पहिले र भुकम्प पछी) का बारेमा ब्यापक प्रचार प्रसार गरी जनचेतना जगाउने । यस्तो खालको जनचेतना शहर केन्द्रित मात्र नभै दुर दराजका गाउंघर सम्म पनि पु¥याउने । यसका लागि तालिम, गोष्ठी, सेमिनार गर्ने,्र प्रचा, पोष्टर गर्ने, विद्युतिय संचार माध्यम रेडियो, टेलिभिजन प्रयोग गर्ने । पत्रपत्रिकालाई समेत प्रयोग गर्ने । 
४ ) भुकम्प आउंदा वखत पाल टांगेर शुरक्षित रहन मिल्ने सार्वजनिक जग्गाहरुको ब्यवस्था गर्ने ।
५ ) वेला वेलामा विभिन्न ब्याक्ति र सामाजिक संजाल  र संचार माध्यमहरु बाट जनमानसमा आतंकित पार्ने खालका झुठ्ठा, गलत अफवाहहरु फैलाईने गरिन्छ । तरुन्तै यसको खण्डन गरी सर्वसाधारणलाई सत्य तथ्य कुरा मार्फत विश्वस्त बनाउनु पर्ने । 
६ ) आवाशिय क्षेत्रहरुको माटो परिक्षण गराई भुकम्पीय जोखिमका दृष्टिीले घर, मन्दिर निर्माण गर्न ठिक छ वा छैन
जानकारी लिने र सर्वसाधारणलाई विभिन्न संचार माध्यमद्वारा जानकारी दिने ।
७ ) सकिन्छ भने भुकम्प जानुभन्दा केहि समय अगाडी अग्रिम सूचना दिने प्रविधीको विकास गर्ने । 



सन्दर्भ सामाग्रीहरु ः —
१) अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्वन्धी महासन्धि २००३
२ ) ब्रह्मशमशेर जबराद्वारा लिखित नेपालको महाभूकम्प १९९० साल
३) हरिहर पोख्रेलद्वारा लिखित महाभूकम्प २०७२
४) पुरातत्व बिभागद्वारा प्रकाशित प्रिलिमिनरी रिपोर्ट अफ द मोनुमेन्ट एफेक्टेड बाई द अर्थक्वीक, अप्रील, २०१५



Saturday, June 20, 2020

जलाउंदैमा झण्डा डग्दैनौ हामी



उ मित्र थियो
 दक्षिणतर्फको
सांध जोडिएको
 छिमेकी मित्र
 र त
सिमा मिच्यो
मित्र ठानी चुप लाग्यौं
 गरेनौ प्रतिकार
 बांध बाध्यो
डुबायो बस्ती
 पु¥यायो क्षती
 सम्हालियौं
उग्र भएनौ उ जस्तै
कुटनितिक पहल ग¥यौं
भयो औचित्यहिन
 र पनि
चित्त बुझायौं
राता राता सारिए जङ्गे पिलरहरु
त्यससलाई पनि पचायौं
उसले पेल्दै गयो
हामी सहंदै गयौं
कमजोरी ठान्यो
हाम्रो उदारतालाई उसले
खेपिरहंदा
प्राकृतिक प्रकोप
नाकाबन्दि उपहार दियो
 यतिवेला
 आफ्नै भूमी
नक्सामा राख्दा
के विरायौं
र विगा¥यौं के उसको
झण्डै जलाउनुपर्ने
राष्ट्रियता चलाउनुपर्ने
नाङ्गो नाच देखाउनुपर्ने
मित्रता केवल
नाटक थियाृे उसको
 पुष्टी ग¥यो
 उदाङ्गो पा¥यो असली नियत
विस्तारवादी चरित्रको
 हामीले त उसलाई
अझै पनि मित्र ठानेका छौं
मित्रतालाई कमजोरी ठाने
जस्तालाई तस्तै जानेका छौं
गोर्खाली वीर हौं डराउंदैनौ
अनावश्यक चलाउंदैनौ
र कराउंदैनौ पनि
असली पहिचान बनाएका छौं
याद गरेकै होला
कप्तान किनलोकलाई भगाएकै हौं
झण्डा जलाएर के भो र
खरानीका कण कणवाट
जन्मिनेछन देशभक्तहरु
हुंकार गर्नेछन
र ध्वस्त पार्नेछन उसका किल्लाहरु





Sunday, June 14, 2020

राष्ट्रिय एकता





z
 वैरिको त्यो हेपाईले 
सिमा नाघ्यो हदै सह्यौं
पूर्व, मेची, महाकाली
एकै हुन पथ्र्यो, भयौं

वयानब्बे हजार विघा
भूमी लुट्यो मित्रै ठान्यौं
कमजोरी पो आंक्यो उस्ले
झुक्न हुन्न रैछ जान्यौं

नालापानी, कालापानी
कांगडा र तिष्टासम्मै
हिसाब सवै चुक्ता गर्छौं
फिर्ता गर्छौं माटो जम्मै

वांध जम्मै भत्काउंछौं
पिलर सार्छौं सिमापारी
विस्तारवादी हर्कत गर्न
छाड्ने छैनौ आए वारी

kalapanima bharatiye sena
झुकेनन् पुर्खा कहिल्यै
स्वतन्त्रता दाउमा राखी
विरासत त्यो जोगाउन
लगाउंछौं ज्यानको वाजी


Friday, June 12, 2020

निभेको चुल्हो बाल्ने अभियानमा एभिन्युज टेलिभिजन

रमा, जसले बर्षौदेखी गरिवी, अभाव र बेरोजगारि नामको काला पहाडको थिचाईलार्इृ सामना गर्दै दुई छोरा, एक छोरी र आफुसहित ४ जनाको परिवारलाई जेनतेन बचाउने काम गरिरहेकी थिईन । स्वदेशमा रोजगारिको संभावना नभएपछी ३ वर्ष अघी साहुको चर्को श्रृण बोकेर बिदेशिन बाध्य उनका पती कतारको चर्को घाममा मजदुरी गर्दा गर्दै गम्भिर विरामी भै उपचारको अभावमा १ बर्ष अगाडी यो भौतिक संसारवाट विदा भैसकेका छन् । जीवनको आधारस्तम्भ ढलिसकेपश्चात रमाको जीवनमा ७ रेक्टर स्केलको भूकम्प आयो र उनको जीवनलाई वेस्सरी हल्लायो र थिल थिल बनायो अर्थात पती बिदेश जांदाको श्रृण तिर्न नसकेका कारण निर्दयी साहुले उनको घरखेत आफ्नो नाममा पास ग¥यो र घरवाट निकालीदीयो । त्यसपश्चात रमा वेघरवार, बेसहारा भएर सहर पस्न पाए बांचिन्छ कि भन्ने झिनो आसा वोकेर ३ वटा बच्चा काखी च्यापेर काठमाण्डौ सहर पसिन । 
अरु त परै जाओस, श्वास फेर्ने हावाको समेत पैसा तिर्नुपर्ने यो महंगो शहरमा उनले सोचेजस्तो बांच्न सहज थिएन् । उनका निम्ती शहर नितान्त नौलो र पराई थियो । त्यसमा पनि बेघरवार, वेसहारा भएर शहर पसेकी उनिसंग फुटेको कौडी पनि थिएन् । जसले गर्दा उनलाई गांस, बास र कपासको समस्याले चिथोर्न थाल्यो । रमा वासको खोजीमा यो ब्यस्त शहरमा भौंतारिंदै हिंड्न थालिन् । उनको गरिवी र अभावलाई छी छी र धुर धुर गर्दै शहरका महल उनलाई बास दिन चाहंदैनथे  । एउटा कुकुरलाई आफू सुत्ने वेडमा, सोफामा सुत्न दिएर आनन्द लिने महलका मालिक आफुजस्तै मानिसलाई घरभित्र हुल्न चाहंदैनथे । जसले गर्दा कतिदिन सम्म त उनले भोक भोकै पाटिमा सुतेर रात कटाईन । दयाको भिख माग्दै हिंडिन । उनको आफ्नो मात्र सवाल थिएन । स–साना बालबच्चा साथमा थिए । भोक लाग्यो भन्दै कराउंथे । यो देखेर कोही कसैको दया जाग्थ्यो र केही खानेकुरा दिन्थे । कसैले १०÷२० रुपैयां दिन्थे । त्यो अभावको जीन्दगी देखी वाक्क लागेर एकमन त उनलाई लागेको थियो – छोराछोरी सहित सामूहिक आत्महत्याको बाटो रोजौं । फेरी अर्को मनले भन्यो – अहं हुंदैन । बल्ल बल्ल पाएको अमूल्य जीवन त्यतीकै खेर फाल्नु हुंदैन । संघर्ष गरेर वांच्न सक्नुपर्छ । 
त्यसपछी बांच्ने चाहनालाई बलियो बनाएर बास, गांस र कामको खोजिमा छोराछोरीलाई डोहो¥याउंदै भौंतारिएर हिंड्न थालिन । यतिकैमा केही बर्ष अगाडी उनिजस्तै दुःख पाएर गाउंवाट शहर पसेकी र तत्काल ( भेट्दाको समय ) गांस, वास र कामको जोहो गरिसकेकी ज्याला मजदुरी गरेर जीवन गुजारा गरिरहेकी एकजना महिलालाई भेटिन र आफ्नो कथा, व्यथा स–विस्तार वताईन । ‘ बर्गिय प्रेम मात्रै चोखो र न्यानो हुन्छ ’ भने झैं  ती महिला ( सीता ) ले आफुले पाएको दुःख सम्झिन र रमालाई एक दुई दिनमा बास र कामको ब्यवस्था मिलाईदिने आश्वासन दिलाईन । दुई दिन पछी पहिलो दिन भेट भएको स्थानमा भेट गर्ने सल्लाह भयो । सल्लाह मुताविक उनिहरुको निर्दिष्ट समय र स्थानमा भेट भयो । त्यतीन्जेल सम्म सीताले रमाका  लागि वास र कामको तारतम्य मिलाईसकेकी रहिछन् । आफु बसेको घरधनीकोमा भाडा दिलाईदिने जिम्मेवारी आफैंले लिएर कोठाको ब्यबस्था मिलाईदिएर सहयोग गरिन भने आफुुले काम गरिरहेको घर निर्माणको काम गर्ने ठेकेदारलाई भनेर घर निर्माणसम्बन्धि काममा ज्याला मजदुरी गर्ने ब्यवस्था मिलाईदिईन । त्यती मात्र होईन कामको पारिश्रमिक नआउन्जेल खाद्यान्न लगायत कोठामा आबश्यक सामान खरिद गर्ने पैसा समेत सापट दिएर ज्यादै ठूूलो मानबिय सहयोग गरिन । 
तत्पश्चात रमा साथी सीतासंग घर निर्माणको काममा मजदुरी गर्न थालिन । विस्तारै छोराछोरी ठूला हुंदै गए । विद्यालय पठाउनुपर्ने वेला भयो । उनलाई पनि छोराछोरीको गुणस्तरिय शिक्षाका लागि प्राईभेट स्कूलमा भर्ना गर्न मन त थियो नि । तर के गर्ने, आम्दानीको वलियो स्रोत नहुंदा उनले नजिकैको सरकारी विद्यालयमा छोराछोरीलाई भर्ना गरिदिईन । एकजनाको मजदुरीले विहान बेलुकाको छाक टार्न र घरभाडा तिर्न धौ धौ परिरहेको थियो । अतिरिक्त खर्च ( विरामी पर्दा, छोराछोरिको किताप,कपी, किन्नुपर्दा, चाडवाडमा मिठो मसिनो खानुपर्दा, वर्षमा एकपटक छोराछोरीलाई नयां कपडा हालिदिनुपर्दा ) गर्नुपर्दा भने कसैसंग सापट वा श्रृण लिनुपर्ने बाध्यता थियो । 
यसरी पुगेस पुगेसको जीन्दगी बांचिरहेकी रमा र उनका छोराछोरी कोरोना महामारिले निम्त्याएको लकडाउनका कारण  भोकभोकै जिउन बाध्य भैरहेका थिए । ठेकेदारसंग मजदुरी गरे वापतको पारिश्रमिक रु. १०००० लिन वांकी थियो । देशमा अकस्मात लकडाउन सुरु भएकोले ठेकेदारसंग भेट गर्ने अवसर नै रहेन । फोन गर्दा फोन पनि उठाएन । जसले गर्दा उनी गम्भिर आर्थिक संकटमा परिन । किनेर खानका लागि उनिसंग पैसा थिएन । सुरु सुरुमा केही पैसा जगेर्ना गरेका कारण सजिलो भएको थियो । तर त्यसले धेरै दिन धान्न सक्ने अवस्था थिएन । लकडाउनको समय लम्विंदै जांदा भएको थोरै पैसा सकियो र पुनः सुरु भयो भोकप्यासको जीन्दगी । आफु त भोकै बसौंला छोराछोरीलाई कसरी भोकभोकै राख्ने उनी चिन्तामा डुब्न थालिन र विस्तारै मानशिक अस्वस्थताको शिकार बन्न थालिन । केही दिनसम्म त छिमेकमा रहेका सहयोगी मनहरुद्वारा छाक टारिदिने काम भयो । संधैभरी सम्भव हुने कुरो भएन । उनको कोठामा चुल्हो नवलेको र अरुले दिएको दालमठ चिउरामा छाक टारेको धेरै दिन भैसकेको छ । यही वेलामा घरधनीले भाडा मागेको र नदिए घरबाट निकालीदिने कुरा गरिरहेको छ  ।
यसरी बारम्वार गरिवी र अभावको चपेटामा परेर तड्पीरहनुभन्दा त आत्महत्या गर्नु नै उत्तम हुने ठहरमा पुग्न थालिन रमा । यतिवेला उनका आंखा ओभानो हुन सकिरहेका छैनन् । पुरै चिन्ताग्रस्त भएकी छिन् । अति

विपन्न वा गरिवीका कारण आधुनिक ईलेक्ट्रोनिक्स मिडियासम्म उनको पहुंच पुग्न नसकेका कारण उनलाई यो अभावको दुःखद घडिमा मानविय भावनाले ओतप्रोत भएका दानवीरहरु, दयाका खानिहरु पनि प्रशस्तै छन् भन्ने कुराको जानकारी दिने र ति दानवीरहरुलाई रमाको जस्तै निभेको चुल्हो बालिदिनका लागि सम्वन्ध गराईदिएर तारतम्य मिलाईदिने यतिवेला अत्यन्तै सह्रानिय मानविय काम गरेर चर्चामा आएको एभिन्युज टेलिभिजन पनि छ है भन्ने कुराको जानकारी हुन नसक्दा उनि अप्रिय निर्णय गर्न पुगेकी थिईन । उनको त्यो अत्यन्तै दर्दनाक दुःखद अवस्था देखेपछी उनका केही छिमेकीले उक्त जानकारी दिएपश्चात उनले एभिन्युजको कोरोना कहरको कार्यक्रमको फोन नम्वर मागेर फोन गरी आफुले भोगिरहेको सवेै दुःख स–विस्तार वताईन र साथै छोराछोरीसहित आत्महत्या गर्न चाहेको कुरा पनि अत्यन्तै भावुक हुंदै बताईन । त्यतिवेला उनको गला अवरुद्ध भैरहेको थियो । उनको वास्तविक दर्दनाक वेदना, व्यथाको जानकारी लिईसकेपश्चात एभिन्युजमा कोरोना कहर संचालन गर्ने संचालक शुशिल पाण्डेले आत्महत्या नगर्नका लागि सल्लाह दिंदै तुरुन्तै कोठासम्म खाद्यान्न पु¥याईदिनका लागि सम्वन्धित एरियामा सम्पर्कमा रहनुहुने सहयोगी हातहरुलाई, दानवीरहरुलाई सम्पर्क गराएर रमाको धेरै दिनदेखी नवलेको चुल्हो वालिदिने प्रवन्ध मिलाईदिनुभयो । यहांसम्म कि कार्यक्रम संचालक शुशिल पाण्डेले लकडाउन अवधिभर आवश्यक पर्ने खाद्यान्न, ग्यांस लगायत औषधीसमेत ब्यवस्था गरिदिने आश्वासन दिनुभयो । यसरी भोको पेटका कारण छोराछोरीसहित आत्महत्याको बाटो रोजीसकेकी रमालाई खाद्यान्नको ब्यबस्था गरी निभेको चुल्हो बालिदिएर उनलाई नयां जीवन प्रदान गरिदीने एभिन्युज टेलिभिजन र खासगरी कायृक्रम संचालक शुशिल पाण्डे रमाको जीवनदाता बन्नुभएको छ । एभिन्युज टेलिभिजनले धेरै रमाहरुको निभेको चुल्हो वालिदिएर महान मानविय काम गरेको छ । आत्महत्याको श्रृंखलालाई रोक्ने काम गरेको छ । नेपालभित्र मात्र होईन नेपाल वाहिर रहेका नेपालीहरुको समेत निभेको चुल्हो वालिदिने काम गरेको छ । निभेको चुल्हो बाल्ने काम मात्र होईन अन्यायमा परेकाहरुलाई न्याय दिलाउने काम समेत गरेको छ । जसले गर्दा जनताको टेलिभिजन एभिन्युुज टेलिभिजन सवै नेपालीहरुको मन मष्तिष्कमा बस्न सफल भएको छ ।

Monday, June 8, 2020

आफ्नै कथा

 हालको वागमती प्रदेशमा पर्ने काभ्रेपलाञ्चोक जिल्लाको पनौती, दलिन्चोक साविक वडा नं. १ मेरो जन्मस्थलो पर्दछ । २०४० सालभन्दा पहिलेको कुरा हो, वावु–आमा, दाजु–भाउजु, म र कान्छो भाई गरेर ६ जनाको परिवार थियो हाम्रो । दीदि बहिनीहरु थिएनन् । नभएका होईनन् । मेरा दीदिहरु ५ जना थिए रे । दुर्भाग्य म भौतिक संसारमा आउनुभन्दा पहिले नै उनिहरुले यो भौतिक संसार छाडिसकेका रहेछन् ।  दीदिहरु मात्र होईन दुईजना दाजुहरु समेत फेरी नआउने बाटो लागिसकेका रहेछन् अर्थात ५ जना छोरी  र दुई जना छोरा गुमाउनुको पिडा खेपिरहनुभएको थियो मेरा आमा वाबुुले  । अस्पताल लगायत अन्य स्वास्थ्य संस्थाको अभाव, भएका अस्पतालसम्म पुग्ने बाटोघाटो नहुनु, पहुंच नपुग्नु, अभाव र गरिवी, धामी झांक्रिमा विश्वास गर्नुपर्ने बाध्यता र पुरातनवादी सोचका कारण सामान्य रोग लाग्दा समेत उपचारको अभावमा मृत्युवरण गर्नुपर्ने अवस्थाका कारण हाम्रो परिवारले ७ जना सदस्य गुमाउनु परेको थियो । 
nirantar afnai batoma
त्यतीवेला देखी नै वा सानै उमेरदेखी दीदि बहिनी नहुनुको पिडा भोगिरहेको थिएं मैले । छोरिको अभाव खड्कीरहेको थियो बावु आमालाई । घरमा दीदि बहिनी नभएका कारण ६÷७ वर्षको उमेरदेखि नै बाबु आमालाई काममा सघाउने अवसर पाएको थिएं मैले । विहान झिसमिसेमै उठेर आंखा मिच्दै घांस वा सोतर लिन वनमा  जानु पर्दथ्यो । तव मात्र पढ्ने, लेख्ने काम गर्न पाईन्थ्यो । खाना खाएर विद्यालय जान हतार हुन्थ्यो । गृहकार्य धेरै भएको दिनमा त भ्याउन मुश्किल हुन्थ्यो । नभ्याएका कारण गुरुको सजाएं खानुपर्दथ्यो । विद्यालयबाट पढेर सांझ घर फर्केर आएपछी किताव थन्क्याउन नपाउंदै खाजा भए गोजिमा हालेर घांसको डोको वोकेर खेत बारिमा हिंड्नुपर्दथ्यो । जवकि अरुका छोराछोरी खाजा खाएर गृहकार्य गरेर पनि गुरुले दिएको पाठ तयार गरेर भ्याउंथे । यती वेला भने ज्यादै दुःख लाग्थ्यो । घांस लिएर घर फर्किंदा झमक्कै सांझ परिसकेको हुन्थ्यो । बेलुकाको खाना खाएर पढ्न, लेख्न बस्यो थकाईले झुपुक्कै निन्द्रा लाग्थ्यो । यद्यपी भोलिपल्ट बिहान पनि घांस, सोतर लिन जानुपर्ने भएकोले जवरजस्ती गृहकार्य गर्न बाध्य हुनुपथ्र्यो । त्यतीवेला ऐलेको जस्तो विजुलीवत्तीको सुविधा थिएन । मट्टीतेलको टुकी वत्ती बालेर नजिकै राखेर पढ्ने, लेख्ने गर्नुपथ्र्यो । टुकिको ध्वांसो सवै नाकभित्र पस्थ्यो । भोलिपल्ट विहान उठेर मुख धुंने वेलामा नाकवाट ध्वांसोको मुश्लो निस्कन्थ्यो । यसरी  पठनपाठनका लागि ठुलो कष्ट भोग्नुपर्दथ्यो । हप्तामा शनिवार वल्ल एकदिन विद्यालयबाट छुट्टी मिल्थ्यो । विदा भएर के गर्नु, त्यो दिन त झनै धेरै कामको वोझ बोक्नुपर्दथ्यो । बाबु, आमा र दाजु मेलापात जानु हुन्थ्यो । जसले गर्दा घरका सवै काम मैले नै गर्नुपर्दथ्यो । भकारो, घांस, सोतर, पानी , बस्तु गोठालो देखी लिएर बेलुकाको खाना समेत तयार गरेर राख्नुपर्दथ्यो । यसरी शनिबार त झनै एकछिन फुर्सत हुंदैनथ्यो । यती हुंदाहुंदै पनि त्यो जीन्दगी यतिवेलाको भन्दा विलकुलै फरक थियो । स्वच्छ, रमणिय गाउंले वातावरण, निष्कलंकित, निष्कपट र सिधासाधा सहयोगी गाउंले मन, ताजा र स्वच्छ अर्गानिक खानेकुरा, स्वस्थ जिवन, ढिंडो, रोटी, मकै, भटमास स्वादिष्ट, स्वस्थ र शक्तिवर्धक खानपिन । कती सुन्दर थियो त्यो जिवन । 
sangharsaka dauran
त्यतीवेलाका रमाईला पक्षहरु लेखमा समेटिएन भने अन्याय होला भन्ने लाग्यो । हरेक दिन विहान बेलुका घांस, सोतर गर्नुपर्ने । मैले घांस काटेको ठाउंमा झण्डै एक हप्तासम्म घांस पलाउंदैनथ्यो किनकी माटै भेट्नेगरी फेदै लाएर घांस काट्ने मेरो बानी थियो । घांस काट्दै गर्दा वर्षाको समयमा त हरेउ भन्ने सर्प खुव काटिन्थ्यो । घांसजस्तै हरियो हुने । रगत बगेपछी मात्र थाहा पाईने । यस्तै वर्खामा रुखमा चढेर सोतर खसाल्नुपर्ने । रुखैभरी विच्छी, लाभ्रेकिरा, रङ्गिचङ्गी झुसिलकिरा हुने । सोतर काटेर भुईंमा झरिसकेपछी शरिरभरी डावरैडावर । अर्को कुरा मेरो घांस सोतर काट्ने तरिका घरका अन्य परिवारको भन्दा पृथकखालको हुन्थ्यो । मैले काटेको घांस होस वा सोतर हेर्दा निम्ठो डोको देखिने तर खन्याउंदा अरुले काटेको भन्दा दोब्बर हुने । किनकी म खुट्टाले खांदी खांदी हाल्ने गर्दथें । अर्थात मलाई सानै उमेरदेखी काम ठग्न मन लाग्दैनथ्यो । काम गरिसकेपश्चात पक्का काम गर्नु पर्दथ्यो । यसरी यो मेरो ब्यक्तिगत कथा पनि हो र त्यतीवेलाको गाउंले जीवनको यथार्थ चित्रण पनि हो । म त एउटा प्रतिनिधिपात्र मात्र हुं । म जस्ता धेरैको कथा यस्तै यस्तै थियो त्यतीवेला । 
पहुंचको अभावका कारण वाबु र दाजु दुवैजना बेरोजगार हुनुहुन्थ्यो । जसले गर्दा हाम्रो परिवारको आर्थिक
 अवस्था अत्यन्तै नाजुक थियो । असमान बितरणका कारण खेत, वारी अत्यन्त कम थियो । खेतवारीका उत्पादित खाद्यान्नले ६ महिना धान्न धौ धौ पर्दथ्यो । त्यसमाथी पनि बाबु ५० वर्षकै उमेरमा दमको रोगी हुनुभयो । आर्थिक अवस्थाका कारण दाजुको पढाइृमा पनि वेलैमा ब्रेक लाग्न पुग्यो । शैक्षिक योग्यताको अभावमा उहां पनि वेरोजगार नै हुनुभयो । जसले गर्दा हाम्रो आधार भनेको ज्याला मजदुरी नै रहन गयो । यो आधारको कुनै ग्यारेन्टि थिएन । कहिले काम पाईन्थ्यो, कहिले पाईंन्दैनथ्यो । कती छाक त हामीले आधा पेट खाएर अघाएको महशुस गरेका थियौं । यसरी हाम्रो परिवारको जिवन संघर्षबाट गुज्रिरहेको थियो । यतिकैमा २०३८ सालमा एस.एल.सी. परिक्षा दिएर म बेरोजगार भएर वसिरहेको थिएं । बाबु रोगी हुनुको बाबजुद पनि पत्रिका बिक्री गर्ने हकरको काम गर्नुहुन्थ्यो । दाजु ज्याला मजदुरी गरेर केही खर्च जोहो गर्नुहुन्थ्यो । यसरी वाबु र दाजुको पारिश्रमिकले घर खर्च पु¥याउन हम्मे हम्मे पर्दथ्यो । घरको दयनिय आर्थिक अवस्थाका कारण मेरो मनले घर बसेर टुलुटलु हेर्न मानेन ।  जसले गर्दा म घर छाडेर जागिरको खोजिमा भौंतारिएर हिंड्न थाले । निजामती सेवामा जागिर पाउनका लागि बलियो पहुंचको आबश्यकता थियो । मेरो कुनै पहुंच थिएन । त्यसर्थ जागिर सहजै पाउने अवस्था थिएन । तर त्यतीवेला नेपाली सेनामा भर्ती हुन भने अली सहज थियो । हट्टाकट्टा, लायक, खाईलाग्दो भैयो र सेनाको मापदण्डभित्र छिरियो भने सेनामा भर्ती होईन्थ्यो । मापदण्डभित्र छिरेकै कारण २०४० साल चैतमा नेपाली सेनामा जागिरे हुने अवसर प्राप्त भयो । त्यसपछी मेरो पारिश्रमिक पनि थप हुन थालेपछी भने हाम्रो घरको आर्थिक अवस्थामा विस्तारै सुधार आउन थाल्यो । अर्कोतिर वाबुलाई दमको रोगले विस्तारै च्याप्न थाल्यो । रोग क्रमशः बढ्दै गयो र २०४५ सालमा बाबुले हामीलाई सदाका लागि छाडेर जानुभयो । त्यतीवेलासम्म दाजुको र मेरो विवाह भैसकेको थियो । जसले गर्दा कमाउने हातहरु बढ्न गै आर्थिक पाटो अझै बलियो हुंदै गैरहेको थियो । सुख र दुःख जिवनका दुई पाटा हुन भने झैं विस्तारै हाम्रो परिवारमा सुखले प्रवेश गरिरहेको थियो । कालो वादलमा पनि चांदिको घेरा हुन्छ भने झैं अत्यन्तै कठिन अवस्थाबाट गुज्रिएर आएको हाम्रो परिवार यतिवेला खानलाउन पुग्ने अवस्थामा आईपुगेको छ । यो धैर्यता, हिम्मत, आंट, मेहनत र लगनशिलताको परिणाम हो । 

Saturday, June 6, 2020

सम्बृद्ध नेपालको एउटै बाटो कृषि

हाम्रा पुर्खाहरुले लामो जीवन भोगाईको क्रममा प्राप्त अनुभवहरुलाई, ज्ञानहरुलाइ समेटेर पछिल्ला पुस्ताका लागि जीवन उपयोगी खुराकका रुपमा थुप्रै उखान टुक्काहरु छाडेर गएका थिए । ति मध्ये कृषि पेशाको महत्वलाई प्रकाश पार्नका लागि बनाईएको एउटा उखान थियो – उत्तम खेती, मध्यम व्यापार, खत्तम जागिर । हाम्रा अग्रज मार्गदर्शक पुर्खाहरुले त्यतिकै हचुवाका भरमा यो उखान बनाएका थिएनन् । जीवनको लामो अनुभवलाई समेटेर यि उखानहरु बनाएका थिए । जुन उखानहरुले आजका दिनमा पनि सार्थकता पाएको छ  । यतिवेला हामिले स्विकार्नैपर्छ कि उहांहरुले देखाएको बाटो सतप्रतिशत सही थियो । यो बाटो परित्याग गरेकाले आज हामी आर्थिक रुपमा निक्कै पछाडी परेका छौं । उहांहरुले देखाएको बाटोलाई आत्मसाथ गरेर कृषि पेशालाई पहिलो प्राथमिकता दिएको भए हामी आज विकासोन्मुख देशहरुमध्ये पनि सवैभन्दा गरिवको लिष्टमा पक्कै पर्ने थिएनौ । हाम्रा पुर्खाहरुले खेतीलाई उत्तम मान्नुका पछाडी धेरै बलिया आधारहरु थिए । हाम्रो देश कृषिप्रधान देश हो । भनिन्छ, देशको आयश्रोतको पहिलो आधार कृषि हो । यसलाई सवैले स्विकारेका छन् । सरकारलाई राजस्व बुझाउने ठुला उद्योगहरु चिनी कारखाना, जुट मिल, चुरोट कारखाना, खाद्यान्न उद्योग आदि सवै कृषि उत्पादनमा आधारित छन् । 
हाम्रो शौभाग्य नै भन्नुपर्छ, हामी प्राकृतिक स्रोत र साधनमा अत्यन्तै धनी छौं । हाम्रो भू–वनौट हिमाल, पहाड र तराईमा विभाजित छ । देशको कुल क्षेत्रफलमध्ये १५ प्रतिशत हिमाल, १७ प्रतिशत तराई र ६८ प्रतिशत भाग पहाडी क्षेत्रले ओगटेको छ । यही भौगोलिक विविधता अनुसारको बहु उपयोगी जल, जमिन, जङ्गल उपलब्ध छन हामीसंग । त्यसैले त हिमाली र पहाडी भेगमा आर्युवेदिक औषधिको रुपमा प्रयोग हुने जडिबुटी देखि औषधिय गुण भएका जौ, फापर, कोदो, आलु, मकै, गहुं, सिमी जस्ता खाद्यान्न पाईन्छ भने स्याउ, सुन्तला, आरु, आलुपखडा, लप्सी जस्ता शक्तिबर्धक फलफूल पाईन्छ । यसैगरी अन्नभण्डार मानिने तराई भेगमा प्रसस्त मात्रमा धान, मकै, गहुं, दाल जस्ता खाद्यान्न र उखु, जुट, सूर्ती, कपास र चिया पनि ुत्यतीकै मात्रामा उत्पादन हुन्छ । साथै आलु, गोलभेंडा, बन्दा, काउली जस्ता तरकारी र आंप, लिच्ची, भुईंकटहर, रुख कटहर, मेवा जस्ता फलफुल पनि उल्लेख्य मात्रामा उत्पादन हुन्छ । हाम्रो देश यस्तो देश हो जहां एउटै चिज अलग अलग हावापानीमा उत्पादन हुन्छ । जस्तैः हिमाल, पहाड र तराई तिनवटै हावापानी भएको माटोमा आलु फल्छ भने चिया गर्मी मौसम भएको झापा र ठण्डा मौसम भएको ईलाम दुवै ठाउंमा फल्छ । त्यती मात्र होईन, संसारकै अग्लो स्थानमा धान फल्ने देश पनि नेपाल नै पर्दछ । नेपालको हिमाली जील्ला जुम्लामा रातो मार्सी धान फल्छ । यो नेपालको पहिचान हो, विशेषता हो । 
gorudwara khet hilyaundai
khet ropain
हामीसंग ६००० भन्दा बढि नदीनाला रहेका छन् जसवाट ८३००० मेगावाट विद्युत उत्पादन गर्न सकिन्छत्यसैले त नेपाल विश्वमा जलश्रोतमा दोश्रो धनी देशको रुपमा चिनिएको छ । हामीसंग भएको यती धेरै पानीको स्रोतलाई विद्युत उत्पादन र सिंचाईमा उपयोग गर्न सक्यौं भने हामी कृषिमा आत्मनिर्भर हुन सक्छौं र ऐलेको खाद्यान्न आयातलाई अन्त्य गरी बरु उल्टै खाद्यान्न निर्यात गर्न सक्षम हुने छौं । पर निर्भरताबाट मुक्ती पाउने छौं । देशको ७० प्रतिशत भन्दा वढी जनसंख्या कृषि पेशामा संलग्न छन् । कुल क्षेत्रफलमध्ये २८.७५ प्रतिशत जमिन कृषियोग्य रहेको छ भने कृषियोग्य जमिनको २९.७४ प्रतिशत सिंचाईयोग्य रहेको छ । बांकी जमिनमा खेती गर्नका लागि आकासे पानीमा भर पर्नुपर्ने अवस्था रहेको छ । तर हामीले थप विद्युत उत्पादन गरेको खण्डमा आकासे पानीमा भर पर्नुपर्ने जमिनलाई पनि हराभरा बनाउन सकिन्छ । नजिकै रहेको नदीको पानीलाई विद्युतिय माध्यम (जेनेरेटर) बाट तानेर पोखरी निर्माण गरी उक्त तानेको पानीलाई संचित गरी सिंचाई गर्न सकिन्छ । हामीले देखेका छौं विकसित तर जलस्रोतको अभाव खेपिरहेका देशहरुले पनि अन्यत्रवाट पानी ल्याएर मरुभुमीजस्तो वन्जर जमिनलाई समेत हराभरा बनाएर कृषियोग्य बनाई यथेस्ट कृषि उत्पादन गरी आत्मनिर्भर बन्न सफल भएका मात्र होईन निर्यात गर्न समेत सक्षम भएका छन् भने हामीसंग त प्रशस्त पानीका स्रोतहरु उपलव्ध छन, नसक्नै कुरै हुंदैन । केवल ईच्छाशक्ती हुनुपर्छ । अर्को तरिकाबाट पनि आकासे पानीमा भर पर्नुपर्ने कृषियोग्य जमिनलाई सिंचाई गर्न सकिन्छ । आबश्यकता अनुसारको पोखरी निर्माण गरिन्छ र पोखरीको माथिल्लो सतहमा पानी जमिनले नसोसोस भनेर प्लास्टिक बिछ्याईन्छ । यसलाई प्लास्टिक पोखरी भनिन्छ । हिंउदे बालीको लागि यो प्रबिधी उपर्युक्त हुन्छ । हाल यो सिंचाई प्रविधी प्रयोगमा आईसकेको छ । खास गरेर ग्रामिण भेगमा तरकारी खेतीका लागि यो प्रविधि अपनाइने गरिएको छ । यसरी यि सिंचाई प्रविधिलाई देशभरी नै  उपयोग गरेर कृषि उत्पादनमा सहयोग पु¥याउन सकिन्छ । यस कार्यमा राज्यको तहवाट समेत पहल गर्ने र आवश्यकता अनुसार सहयोग पु¥याउनु जरुरी छ । 

plastic pokhari
हामीसंग अप्रत्यक्ष किसिमबाट कृषिको परिपुरकको रुपमा रहेको पशुपालनका  लागि आबश्यक चरण क्षेत्रको अभाब छै्रन । भनाई नै रहेको छ, हरियो बन नेपालको धन । देशको कुल क्षेत्रफलको ४४.७४ प्रतिशत भाग जङ्गलले ढाकिएको छ । यसरी हामीसंग प्रसस्त बन जङ्गल रहेको छ जहांवाट पशुपालनका लागि आवश्यक सोतर, घांस सहजै उपलब्ध गर्न  सकिन्छ । जसवाट कृषि ब्यावशायका लागि आबश्यक कम्पोस्ट मल उत्पादन हुने गर्दछ । यसैगरी हामीसंग थुप्रै प्राकृतिक ताल तलैयाहरु रहेकाले कृषिकै एउटा अङ्ग माछापालन पनि आयश्रोत बृद्धी गर्ने अवसरको रुपमा रहेको छ । माछा पालन संगसंगै कुखुरा पालन र बुङ्गुरपालन पनि गर्न सकिने हुंदा यसवाट राम्रो आम्दानी गर्न सकिन्छ । दुःख लाग्छ, कृषिमा यती धेरै सुनौला अवसरहरु हुंदाहुंदै पनि आज ति कृषियोग्य सयौं रोपनी, सयौं विगाहा उर्वरा भूमी कृषिमा काम गर्ने जनशक्तिको अभावमा निर्जर वांझो बनेर खेर गैरहेका छन्  । अनी हामी भने विदेशवाट महंगो मुल्यमा खाद्यान्न, तरकारी, फलफुल निर्यात गरेर उपयोग गर्न बाध्य छौं । 

उपाय के त ?
plastic pokhariko pani bata golveda kheti
यतिवेला लगभग ग्रामिण भेगका सवै ठाउंमा मोटर बाटो पुगिसकेको अवस्था छ । जसले गर्दा कृषि उत्पादनका लागि आवश्यक मल, खाद, विउ, विजन, आधुनिक कृषि औजार वा प्रबिधि गाउंसम्म पु¥याउन र उत्पादित सामान वजारसम्म पु¥याउनका लागि विगतमा जस्तो समस्या छैन । मात्र सरकारले समयमा कृषकहरुलाई मलखाद र स्तरिय विउ विजन खेती गर्ने समयमा उपलब्ध गराईदिनुपर्ने छ । यसको साथै कृषकहरुले उत्पादन गरेका वस्तुहरु चाहे त्यो खाद्यान्न होस, चाहे तरकारी वा चाहे फलफुल सरकार आफैंले उचित मुल्यमा खरिद गरिदिने वा वजार व्यवस्थापनको जिम्मेवारी लिनु पर्दछ र विद्यमान दलालीकरणको अन्त्य गरिनुपर्दछ । यसरी उत्पादित बस्तुले सहज रुपमा वजार पायो र उचित मुल्य प्राप्त हुन सकेमा कृषकहरुलाई पनि खेती गर्न जांगर लाग्छ र उनिहरु उत्साहित हुंदै यो पेशाप्रति आर्कषित हुनेछन् । अर्को कुरा अवका दिनमा परम्परागत ढङ्गले खेती गर्नु भन्दा पनि सम्वन्धित विज्ञद्वारा माटो परिक्षण गराएर कुन खेती वा वालीनाली लगाउंदा उपर्युक्त हुन्छ , सोही अनुसार खेती गर्ने पद्धतिको विकास गर्नुपर्दछ । उदाहरणका  लागि विगतमा बाबु वाजेले खाद्यान्न लगाउने गरेका थिए । ऐले खाद्यान्न हुन छाड्यो भने पछि फलफुल लगाउंदा पो राम्रो हुन्छ कि अर्थात औषधिजन्य जडिबुटिहरु लगाउंदा उपर्युक्त हुन्छ वा असल जातका फलफुल, मुल्यवान रुखहरु लगाउंदा पो हुन्छ कि विचार गरेर खेती गर्नु उपर्युक्त हुने छ ।  त्यसका लागि कृषिविज्ञसंग सल्लाह गरेर माटो परिक्षण गरी काम गर्दा उचित हुने छ । पहिला पो कुनै पनि प्रविधिको विकास नभएका कारण हाम्रा पुर्खाहरुले जे सम्भब थियो त्यही लगाउने काम गरे । 
यतिवेला हामीलाई एउटा अवसर पनि प्राप्त भएको छ । धेरै नेपाली युवा युवतीहरु विदेश गएर लामो समय


dhanko biu kadhdai
कृषिमा काम गरेर स्वदेश फर्केका छन् । ृउनिहरुको अनुभव, सिप, क्षमता र प्रविधिलाई नेपालको कृषि प्रणालीमा सदुपयोग गर्न सकियो भने कृषि व्यावशायले नसोचेको फड्को मार्ने कुरामा दुई मत रहंदैन । त्यस्ता व्याक्तीलाई राज्यले नै परिचालन गरेर फाईदा लिन सक्नुपर्दछ । यती गर्न सकेको खण्डमा न हामी कसैको निगाहामा बांच्नुपर्दछ, न रोजगारिका लागि घर खेत बन्दकी राखेर बिदेशीनु नै पर्दछ । 

Friday, June 5, 2020

जीन्दगी

जीउने रहर हुंदाहुंदै
मान्छे किन मृत्यु खोज्छ
हांसो, खुसी पन्छाएर
आंसु, दुःख, पीडा रोज्छ

हुन्न यात्रा जीन्दगिको
सरल बाटो सोचेजस्तो
कैयौं आउंछन उतार चढाव
हुन्न आफ्ले खोजेजस्तो












जस्तो बुझ्यो त्यस्तै हुन्छ
सरल, सहज बुझ्नुपर्छ
जस्तो भोग्यो त्यस्तै हुन्छ
असल सोचले भोग्नुपर्छ

लिपुलेकमा सडक निर्माण — भारतको हेपाईको पराकाष्ट

हामी नेपालीहरु बारम्वार भन्ने गर्छौ, हामी युगौंदेखि स्वतन्त्र छौं, स्वाधीन छौं, बहादुर स्वाभिमान छौं । अनि यसैमा गर्व गर्छौं, शिर ठाडो पारेर हिंड्छौं । यथार्थमा के हामी सांच्चै स्वतन्त्र, स्वाधीन, वहादुर र स्वाभिमान छौं त ? यसको उत्तर खोज्न कालापानी जानुपर्छ, सुस्ता र महेशपुर जानुपर्छ साथै भारतसंग सिमाना जोडिएका थुप्रै ठाउंहरु घुम्नुपर्छ । छिमेकी देश भारतद्वारा अतिक्रमीत नेपाली माटो देखेपछि थाहा हुने छ , हामी कति स्वतन्त्र, स्वाधीन, स्वाभिमान र वहादुर रहेछौं । ती अतिक्रमित भूभागहरुले हाम्रो गर्वका बिषय बनेका स्वतन्त्रता, स्वाधीनता, स्वाभिमान र बहादुरीपनको उपहास गरिरहेका छन । ती ठाउंहरुमा पुगेपछि मात्र यो पिडाको आभास हुन्छ । काठमाडौंमा बसेर नेपाल देख्नेहरुलाई यो थाहा हुंदैन । 
Road construction in Lipulek by India
हो, निश्चितैरुपमा अमरसिंह थापा, भक्ति थापा र वलभद्र कुंवरजस्ता हाम्रा बीर पुर्खाहरुले बलिदानी लडाईं लडेर हाम्रो स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय स्वाभिमानको जगेर्ना गरेका थिए । अहिलेसम्म हामी त्यसैमा गर्व गरिरहेका छौं । त्यसैको व्याज खाईरहेका छौं । उनिहरुले राष्ट्र, रािष्ट्रयता, स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानको खातिर हामीले जस्तो टुलुटुलु हेरेर बसेनन्् । जिवनको आहुती गरे । यतिवेला हामी भारतले हजारौं विगाहा जमिन मिच्दा समेत मुकदर्शक भएर बसिरहेका छौं । यस विषयमा न राज्य संचालकहरु गम्भिर बन्न सकेका छन न त नागरिक समाजकेै गम्भिर चासोको विषय बन्न सकेको छ । 
यहां के बुझ्नु जरुरी हुन्छ भने देखावटी रुपमा जसरी प्रस्तुत भएपनि भारत कहिले पनि नेपालको भलो चाहंदैन । उ सदैव नेपालमा अशान्ति र अवनती चाहन्छ । यो कुनै वायस भएर भन्न खोजिएको होईन । तितो यर्थाथ हो । भारतले वर्षौंदेखिको नेपालप्रति देखाएको व्याबहार, क्रियाकलापको मुल्यांकनवाट निकालिएको सही निष्कर्ष हो । हामी सवैलाई थाहा भएकै कुरा हो रोटी दोहोरो मात्र पाक्छ । नेपालले जहिले पनि भारतप्रति असल व्यावहार गर्दै आएको छ । असल छिमेकीको भूमिका निभाउंदै आएको छ । तर भारतले नेपालप्रति कहिल्यै पनि छिमेकिको ब्यवहार गर्न चाहेन । उसले विगतदेखी बारम्बार गर्दै आएको नेपालको स्वाधीनता, राष्ट्रियता र स्वतन्त्रता विरोधी क्रियाकलापहरुले यसको पुष्टी गरेको छ । उसले अहिलेसम्म ७० भन्दा वढी स्थानहरुमा नब्बे हजार विगाहा भन्दा बढी नेपाली भूभाग अतिक्रमण गरिसकेको छ । सुस्तामा मात्र चौध हजार हेक्टर जमिन अतिक्रमण गरेको छ भने कालापानीमा ३७८ वर्ग कि.मी. सिमा अतिक्रमण गरेको छ । यसवाहेक सिमाना जोडिएका २६ जिल्लामध्ये १÷२ जिल्ला छाडेर वांकी रहेका जिल्लाका कुनै न कुनै ठाउंमा नेपालको सिमाना मिचिएको छ । यसरी एकाध विघा जमिनदेखी हजारौं बिघासम्म नेपालको जमिन भारतले मिचेको छ । नेपाल र व्रिटिशकालीन भारतवीच ४ मार्च १८१६ मा भएको सुगौली सन्धिले  सिमाना निर्धारण गरी ब्रम्हदेवमण्डीदेखि फालेलुङसम्म ९१३ वटा जङ्गे सिमास्तम्भ खडा गरिएको थियो । तर भारतीयहरुले सुगौली सन्धिलाई लात मारेर सीमाङ्कनका लागि गाडिएका जङ्गे सीमास्तम्भ उखेलेर फाल्ने, रातारात नेपालको भूभागतिर सार्ने, सहायक स्तम्भहरु खडा गरी मूल स्तम्भलाई नमान्ने, छुनै नपाईने दशगजा क्षेत्रभित्र पसेर वालीनाली लगाउने र बसोबास समेत गरिएको पाईन्छ । 
यसरी भारतले हजारौं बिघा जमिन अतिक्रमण गरेको छ भने अर्कोतर्फ नदी सीमाहरुमा अन्तर्राष्ट्रिय नियमहरुको उल्लंघन गरी एकतर्फी रुपमा आफुखुसी बांध बांधिदिएर नेपालका कैयौं खेतीयोग्य जमिन , कैयौं बस्तीहरु जलमग्न बनाईदिएर उजाड पारीदिने काम गरिरहेको छ । हेलसिन्की अभिसन्धि १९६६ तथा जलसम्वन्धी नन्–नेभिगेसन कानून १९९७ जस्ता कानूनमा उल्लेख भए अनुसार सीमारेखाको ८ की.मी. सीमावर्ती इलाकाभित्र एकतर्फी रुपले कुनै पनि देशले बांध बनाउन नपाईने अन्तर्राष्ट्रिय मान्यतालाई समेत उल्लंघन गरेर भारतले लक्ष्मणपुर बांध, महलीसागर बांध, पुर्णागिरी बांध, रसियावाल–खुर्दलोटन वांध, कोईलबास बांध, लालबकैया, टनकपुर, शारदा, खांडो बक्राहा, कमला र लुना नदी बांधहरु बांधी नेपली सीमावर्ती जनतालाई बर्सेनी डुवानमा पार्ने काम गरेको छ । जबकि भारत स्वयंले उल्लेखित अभिसन्धिहरुमा हस्ताक्षर गरेको छ । यहां गम्भीर रुपमा विचार गर्नुपर्ने कुरा के छ भने नेपालबाट लगभग १५० वटा नदीनालाहरु भारतीय भूमिमा प्रवेश गर्दछन् जसमध्ये ६० वटा नदीहरुले नेपाल–भारतवीचको सीमारेखाको काम गरेका छन् । यदि यी ६० वटै नदीहरुमा भारतले एकपछि अर्को बांध बनाउंदै जाने हो भने कुनै एक समय यस्तो आउन सक्छ जुनवेला नेपालको सीमावर्ती क्षेत्र पुरै डुवानमा पर्ने छ । 
त्यतीमात्र होईन भारत कहिले गौतमबुद्धको जीवनीसंग सम्वन्धित नेपालमा रहेका महत्वपूर्ण ऐतिहासिक स्थलहरु लुम्विनी, कपिलबस्तु, रामग्राम, देवदह आदि भारतमा पर्दछ भनी कपोलकल्पित, निराधार, झुट्टा प्रचार गरेर भ्रम फैलाउने काम गर्दछ । झुटको खेती टिकाउ नहुने भएकोले उ कहिले पिपरहवालाई त कहिले उडीसालाई गौतमबुद्धको जन्मस्थल दावी गर्दछ । उसको यो आत्मरतिमा रमाएर मनको लड्डु घिउसंग खानुको कुनै तुक छैन । जबकि यी गौतम बुद्धसंग सम्बन्धित महत्वपूर्ण स्थलहरु नेपालमै अवस्थित भएको कुरा विभिन्न ऐतिहासिक, पुरातात्विक एवं साहित्यिक श्रोतहरुले प्रमाणित गरिसकेका छन्  । जसलाई बिश्वले समेत स्वीकारिसकेको छ । यद्यपि भारत विभिन्न वनावटी प्रमाण जुटाउन भने मरीमेटेरै लागिपरेको छ । 
यसरी नै भारत कहिले एउटा सामान्य कलाकारलाई नेपाल विरुद्ध बोल्न लगाएर साम्प्रदायिक सद्भाव भड्काएर राष्ट्रिय एकतामा आंच पु¥याउन घटिया काम गर्दछ भने कहिले सांसद जस्तो जिम्मेवार पदमा बसेको ब्यक्तिलाई नेपालको स्वाभिमानमाथि धावा बोल्न लगाउने निच कार्य गर्दछ । त्यस्तै विभिन्न पत्रपत्रिका र विद्युतीय सञ्चार माध्यम मार्फत समयसमयमा नेपालको राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमानमाथि आंच पु¥याउने किसिमका सामाग्री प्रस्तुत गर्दछ । यसै क्रममा भारतको पुरानो मध्ये एक मानिने भारतीय अंग्रेजी पत्रिका ‘ दि स्टेट्सम्यान ’ ले २६ नोभेम्वर २००३ मा आफ्नो अन लाईन संस्करणमा छलफलका लागि भनेर नेपालको सार्वभौमिकताप्रति आंच पु¥याउने खालको आपत्तिजनक सामग्री राखेको थियो । जसमा भनिएको थियो, ‘ नेपाल भारतको राज्य हुनुपर्छ । स्वतन्त्र रहेर यसको कुनै भविष्य छैन । त्याहां रोजगारी छैन । सवै नेपाली रोजगारिका लागि भारत आउंछन् । साधन, श्रोत पनि त्याहां बिलकुलै छैन । यो वांच्न सक्ने अवस्थामा छैन । महाराजा त्रिभुवनले नेपाल भारतमा मिलाउन नेहरुसंग प्रश्ताव राखेका थिए । मूर्ख नेहरुले त्यसलाई अस्विकार गरे । ’ देशको लामो अनुभव बोकेको पत्रिकाले सिमाना जोडिएको छिमेकी देशलाई अत्यन्तै गैरजिम्मेवार र निकृष्ट ढंगले बदनामी गर्नुले भारतको नेपालप्रतिको दृष्टिकोण छर्लङ्ग बुझ्न सकिन्छ । 
Road construction in Lipulek by India
यतिवेला नेपालको भूमी लिपुलेकमा सडक निर्माण गर्नु कुनै नौलो कुरा नभएर नेपालप्रति भारतीय पेलाई र हेपाईको पराकाष्टको निरन्तरता मात्र  हो । यस सन्दर्भमा नेपालले कुटनैतिक तवरवाट समस्याको समाधान खोज्नुपर्छ भनिरहेको अवस्थामा भारतीय सेनापती जान्ने भएर नेपाललाइ कसैले उचालिरहेको छ भनेर बक्तब्य दिनु उचित हो कि होईन । पदलाई अलग गर्ने हो भने पहिला त उ मात्र सिपाही हो । एउटा सिपाहीले छिमेकी देशका विरुद्धमा वोल्ने अधिकार कहांवाट प्राप्त ग¥यो । भारतको नेपालप्रतिको दृष्टिकोण यसवाट पनि प्रष्टिन्छ । यसरी भारतको यो पेलाई नेपालीहरुले कतिन्जेल सहेर बस्ने हो ? यो कस्तो मित्रता हो ? एउटा छिमेकीले पेलिरहने, अर्को छिमेकी सहिरहने मित्रता मित्रता हुन सक्दैन । मित्रता कायम रहन दुवैतर्फवाट वरावर मित्रवत ब्यवहार हुनुपर्दछ । यदि हामिले भारतको कुनै भूभाग प्राबिधिक कारणले मात्र पनि मिचेका थियौं भने उ हामी जसरी सहेर बस्न सक्दथ्यो होला ? हामीले देखेका छौं पाकिस्तानी सेना अभ्यासका लागि भारतीय सिमामा पाईला मात्र टेक्यो भने भारत लड्न तयार हुन्छ । तर उसका थुप्रै सेना नेपालभित्र प्रवेश गरी सिमा मिचेर बसेका छन । त्यती मात्र होईन नेपाली जनतामाथी ज्यादती गरिरहेका छन् । खोई हामीले प्रतिकार गर्न सकेको ? अतः राष्ट्रिय स्वाधीनता, राष्ट्रियता, स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि सम्पूर्ण नेपालीहरु एकजुट भएर भारतसंग प्रतिकार गर्ने बेला आएको छ । यसका लागि सम्पुर्ण क्रान्तिकारी, देशभक्त, राष्ट्रवादी शक्ति एकै ठाउंमा उभिनु जरुरी छ । सिमानामा तत्काल तारको वार लगाउनु जरुरी छ । सिमानासंग जोडिएका नेपालका सवै स्थानिय निकायका जनप्रतिनिधिहरुलाई तारको वार लगाउनका लागि केन्द्रिय सरकारले आदेश देओस । यसका लागि तत्काल बजेट छुट्याओस । 






Thursday, June 4, 2020

संस्कार र संस्कृति जोगाउं, पहिचान बचाउ,ं स्वस्थ बनौं

दुःखका साथ भन्नुपर्छ, हाम्रा पुर्खाहरुले धर्म, संस्कार र संस्कृतिलाई विज्ञानसंग तालमेल गराएर पछिल्ला पुस्तालाई बुझाउन नसक्दा र पछिल्ला पुस्ताले बुझ्ने कोसिस नगर्दा त्यतीवेलाको समाजको आवश्यकता वा समयको माग अनुसार सिर्जना भएका धर्म, संस्कार र संस्कृतिले पछिल्लो समयमा आएर निरन्तरता वा जिवन्तता पाउन कठिन भैरहेको अवस्था छ । हाम्रा पुर्खाहरुले कुनै पनि संस्कार र संस्कृतिलाई त्यतिकै जन्म दिएका थिएनन् । ब्यक्तिगत र सामाजिक जीवन पद्धतिलाई सहज, सरल, सभ्य, ब्यवस्थित र अनुशासित ढङ्गले संचालन गरी त्यसलाई निरन्तरता प्रदान गर्नका लागि भएको थियो जसले समाजमा एक आपश्मा सामाजिक सद्भाव, मेलमिलाप, भाइचारा, एकता कायम गरी सुमधुर सम्वन्ध स्थापित गराएको थियो । ति संस्कार र संस्कृति समाजमा सामाजीक मुल्य र मान्यताका रुपमा स्थापित भएका थिए । 
हाम्रा पुर्खाहरुले मृतात्माको पुण्यका लागि उसको स्मृतिमा वा धर्म गर्ने उद्देश्यले जे जती असल कामहरु गर्नुभएको थियो ति सवैलाई केवल धर्मका रुपमा बुझ्ने गरियो अर्थात एक पक्षिय ढङ्गले बुझ्ने काम भयो । बहुपक्षिय रुपमा बुझ्नुपर्ने थियो । उदाहरणको लागि मृतात्माको पुण्यका खातिर होस वा धर्म कमाउने हेतुले होस विशेषतः उकालो बाटोमा चौतारो निर्माण गरी वर पिपल रोप्ने गरिन्थ्यो र अहिले पनि रोप्ने गरिन्छ । त्यसलाई कसरी बुझियो भने पिपल विष्णुको अवतार भएकोले धर्म आर्जन गर्नका लागि रोपिएको हो । तर त्यसका पछाडी वहुआयामिक फाईदाहरु रहेका छन भन्ने कुरालाई छायामा पारियो । हो, पक्कै पनि गाउंघरमा विशेष गरी उकालो बाटोमा धार्मिक आस्थाका कारण बर पिपल रोप्ने गरिन्छ । यसले प्रत्यक्ष रुपमा मानिसहरुलाई वहुपक्षिय फाईदा पु¥याईरहेको हुन्छ । पहिलो फाईदा त यसले बाटो हिंड्ने बटुवा र भरियालाई थकान मेटाउनका लागि आराम गर्ने शितल छहारि प्रदान गरेको हुन्छ । यसैगरी उकालोमा हिंड्दा अक्सिजनको कमी हुन गै स्वां स्वां हुने वा दम बढ्ने गर्दछ । पिपलले प्रशस्त अक्सिजन दिने हुंदा दम वढिरहेको अवस्थामा अक्सिजन प्रवाह गरी श्वासप्रश्वासमा सहजता पु¥याउने काम गर्दछ । यस वाहेक पहिरो जानबाट रोक्ने काम गर्दछ भने वातावरणलाई हरियाली बनाउने, स्वच्छ हावा प्रदान गर्ने, चराचुरुङ्गीलाई वासस्थान दिने, पानी पर्दा ओताउने आदि फाईदा दिईरहेको हुन्छ । 
bar pipal
यस्तै अर्को बुझाउन र बुझ्न नसकेको पुर्खाले धर्मका नाममा गरेको असल र महत्वपुर्ण काम घरमा तुलसीको बोट रोपेर पूजा गर्नु थियो । त्यतीवेला तुलसी रोप्ने चलन कसरी चलाईयो भन्दा धार्मिक साहित्य स्वस्थानीमा तुलसीलाई विष्णुको अवतारको रुपमा व्याख्या गरिएको छ । त्यसैले घरमा तुलसी रोप्दा धर्म प्राप्ती हुन्छ । त्यो भन्दा बढी बुझाउन आवश्यक ठानिएन । त्यसका थुप्रै फाईदाहरु छन् । तुलसीमा थुप्रै रोगहरु निको पार्ने आर्युवेदिक औषधिय गुणहरु रहेका हुन्छन् । त्यस्तै तुलसी अत्यधिक अक्सिजन प्रदान गर्ने जडिवुटिमा पर्दछ । यसलाई घरको ढोका अगाडी रोप्दा श्वासप्रश्वासमा सहजता प्रदान गर्ने काम गर्दछ । कतिपयलाई तुलसी घरको कुन दिशामा रोप्नुपर्दछ भन्ने कुरा थाहा नहुन सक्दछ । वास्तु शास्त्र अनुसार घरको मूलद्वार उत्तर, पूर्व वा उत्तर–पूर्व दिशातिर राखिएको उत्तम मानिन्छ । सोही अनुसार तुलसीको बोट पनि उत्तर वा उत्तर–पुर्व राख्नु उत्तम मानिन्छ । धार्मिक साहित्यले उल्लेख गरे अनुसार हिन्दुहरुको आरध्यदेव मानिने शिव, शिवको देवी शक्ती पार्वतीको माईती ( हिमालय पर्वत ) लगायतका देवी देवताहरुको वासस्थान उत्तरतर्फको हिमालय क्षेत्र रहेकोले घरको मूलद्वार उत्तरतर्फ फर्काउंदा देवताहरुले रक्षा गर्छन भन्ने जनविश्वास वा धार्मिक मान्यता रहेको छ । अर्कोतर्फ उत्तरतीर हिमाल रहेकोले गर्मी मौसममा उत्तरतर्फवाट शितल हावा आउने र शितलता प्रदान गर्ने भएकाले पनि मुल ढोका उत्तरतर्फ राख्दा उत्तम हुने कुरा पुष्टी हुन्छ । त्यसर्थ तुलसीको बोट प्रवेशद्वार अगाडी राख्दा उत्तरबाट बहेको हावाले तुलसीले फाल्ने अक्सिजन ढोकाबाट घरभित्र प्रवेश गराउंछ र कोठामा प्रशस्त अक्सिजन प्रवाह हुने गर्छ र श्वासप्रश्वासमा सहजता प्रदान गर्छ । यो वाहेक तुलसीले घरवरपरको खराव शक्तिलाई परास्त गरेर घरको वातावरणलाई स्वच्छ राख्ने काम पनि गर्दछ । यसरी तुलसी रोप्नुको वहुपक्षिय फाईदाहरु पछिल्ला पुस्तालाई बुझाउन सकेको खण्डमा यो महत्वपुर्ण परम्पराले निरन्तरता र जीवन्तता पाउने थियो ।
upanayen sanskar
 यसैगरी हिन्दु धर्मालम्वीहरुमा प्रचलित जन्मदेखि मृत्युसम्म गरिने सोह्र संस्कारहरुमध्ये कर्म चलाउन, परिपक्व र सु–संस्कृत बनाउनुका साथै सामाजीक मुल्य र मान्यतालाई आत्मसाथ गर्दै जीवनपद्धतीलाई परिवर्तन गर्ने हेतुले व्राह्मण, क्षेत्री र वैश्य जातीमा उपनयन वा ब्रतबन्ध संस्कार गरि पवित्र धागो जनै ( यज्ञोपवित )लगाईदिने प्रचलन रहेको छ । धार्मिक मान्यता अनुसार जनै धारण गरिसकेपश्चात सवैखाले कुकर्मबाट अलग हुनुपर्दछ र असल कर्म मात्र गर्नुपर्दछ । सामान्यतया बालक ५ वर्ष पुरा भएपश्चात अर्थात ब्राह्मण जातीमा ८ वर्षदेखि १६ वर्षका विचमा, क्षेत्री जातीमा ११ वर्षदेखि २२ वर्षको विचमा र वैश्य जातीमा १२ वर्षदेखि २५ वर्षको बिचमा उपनयन कर्म गरिने प्रचलन रहेको पाईन्छ । दोश्रो जन्म मानिने उपनयनमा धारण गर्ने जनैका स्वस्थ जीवनका दृष्टिले पनि थुप्रै फाईदाहरु रहेका छन् । 
१ ) स्मरण शक्तिलाई तिक्ष्ण बनाउंछ ।
२ ) कव्जियत हटाउंछ र पेटलाई स्वस्थ राख्छ ।
३ ) ढाडलाई सिधा वनाएर पवित्र मन्त्र उच्चारण गर्नुपर्ने हुंदा ढाड दुख्ने समस्याबाट मुक्त गराउंछ । 
४ ) जनै धारण गरिसकेपश्चात यसले नकारात्मक शक्ती वा विचारलाई शरिरबाट वाहिर निकालीदिन्छ भन्ने वलियो जनविश्वास रहेको छ ।
५ ¬) जनाईको ३ वटा डोराले ३ वटा देवी शक्तीको प्रतिनिधित्व गर्दछ । पार्वती ( शक्ती ), लक्ष्मी ( धन ) र सरस्वती  ( ज्ञान ) ।
६ ) एउटा वैज्ञानिक अध्ययनले प्रमाणित गरेको छ कि जसले जनै लगाएको हुन्छ उसले प्रेसरको समस्या बेहोर्नु पर्दैन ।
७ ) जनैमा वेसार लगाईन्छ जसले एन्टिवाईटिकको काम गर्दछ र छालाको रोग हुनवाट बचाउंछ ।
यसरी जनैको बहुआयामिक महत्व हुंदाहुंदै पनि पछिल्ला पुस्ताालाई बुझाउन नसक्दा र बुझ्न नखोज्दा यो केही होईन भन्ने सतही गलत बुझाईका कारण उपनयनको केही समयपश्चात नै जनै फुकालेर फालिदिने गरिन्छ । लेखको प्रारम्भमै व्याख्या गरिएको छ कि जनै लगाउनुको अर्थ सवैखाले विकृति, विसंगतीजन्य कुकर्महरुलाई त्यागी असल सोच, असल व्यवहार, असल कर्म, असल बोलीवचन, असल खानपानलाई आत्मसाथ गर्नु हो । यतिवेला दुःख लाग्छ, वोल्यो भने पोल्छ वास्तवमै चिन्ताजनक अवस्था सिर्जना भएको छ । अनुशासनहिनता, विवेकहिनता, कर्तब्यहिनता, गैरजिम्मेवारीपन, अराजकता, विकृती, विसंगती अत्यन्तै मौलाईरहेको छ । विज्ञानको आडमा विज्ञानलाई नै बदनाम गरी धर्मको अपव्याख्या गरेर जे मन लाग्यो त्यही गर्न थालिएको छ । धर्म भनेको त कर्तव्य हो, जिम्मेवार हुनु हो । पुजा गर्नु भनेको सम्मान गर्नु हो । यसलाई यसरी बुझिएन भने भोलीको समाज समाज रहनेवाला छैन । संस्कार संस्कृति सवै तहसनहस हुने छन् । त्यसर्थ हामीलाई सु–संस्कृत बनाउने, परिपक्व,सभ्य मानव बनाउने हाम्रा पुर्खाका उपहारहरु धर्म, संस्कार र संस्कृतिलाई सवैले जोगाउं, हाम्रो पहिचान वचाउं र स्वस्थ जीवन यापन गरौं । यसैमा सवैको भलो हुनेछ । 


Monday, June 1, 2020

लोप हुंदै छ संस्कृति

कुटिंदैन ढिकी आज

गित गाइ न त जांतो
मैदा खान थाले सव्ले
छाडे खान पिठो आंटो

लोप भयो पानी घट्ट
 मिल आयो जताततै
जोतिंदैन गोरु ऐले
हलो जुवा छैन कतै

कता गयो माना पाथी
 आरी, कुरुवा, जोख्ने धार्नी
यही रित चल्दै जांदा
को हुन्छ र मोही पार्ने

कमै छन यतिवेला
खुर्पेटोको नाम सुन्ने
पेशा छैन कतै पनि
 सुकुल र गुन्द्री बुन्ने
 
डोको, नाम्लो, डालो पनि
गुमनाम हुंदै गाछ
आधुनिक हुन खोज्दा
पहिचान लोप भाछ

संघर्षको एउटा नाम, झमक घिमिरे

झमक घिमिरेद्वारा लिखित ‘जीवन कांडा कि फूल’ नामक पुस्तक परिकल्पना गरेर लेखिएको कुनै किंवदन्ती कथा होईन । यो त एउटा व्यथा हो । यथार्थ हो । जीवन भोगाइका क्रममा बटुलिएका दुःख, पीडा, आरोह–अवरोह, उकाली–ओराली, हांसो–रोदन आदिको संगालो हो । सिङ्गो नेपाली समाजको चित्रण हो । यसभित्र नेपाली समाजमा ब्याप्त वर्गिय, जातीय, लिङ्गीय, क्षेत्रीय, भाषिक विभेद औंल्याइएको छ । त्यसैगरी कुरीति, कुसंस्कार, अन्धविश्वासले नेपाली समाजलाई कति जर्जर बनाएको छ भन्ने कुरा प्रष्ट्याइएको छ । नेपाली समाजभित्र एउटा अशक्त, निरीह, निमुखा व्यक्तिमाथि कति अन्याय, अत्याचार, शोषण, दमन हुन्छ भन्ने कुरा पुस्तकमा छर्लङ्ग पारिएको छ । उहांले न्याय, स्वतन्त्रता र समानताका पक्षमा कलम चलाउनु भएको छ साथै संसार बदल्न पहिले आफू बदलिनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गरी परिवर्तनको थालनी आफैंवाट सुरु गर्नुभएको छ । 

साहित्यकार झमक घिमिरेले जीवन संघर्ष हो र जीवनदेखि हारेर मर्नु हुंदैन, जीवनदेखि थाकेर वस्नुहुंदैन भन्ने कुराको सन्देश दिनुभएको छ । ज्यादै अशक्त शारीरिक अवस्था ( हात गोडा नचल्ने, बोल्न नसक्ने )का कारण आफ्नै आमा बाबु र आफु वसेको समाजवाट अपहेलित हुनुपर्दाको पीडा मुटुभरी बोकेर आज शारीरिक रुपमा अशक्त भए तापनि एउटा सपाङ्गभन्दा महान बन्नुभएको छ । साहित्यको आकाशमा एउटा चम्किलो तारा बनेर उदाउनुभएको छ । शारीरिक दुर्वलताको कारण अरुको सहारामा बांच्न विवश एक महिला, जसले शारीरिक अशक्तताका कारण आफ्ना आमाबाबु र समाजबाट माया, ममता र सहारा पाउनुको बदला अपमान, गालीगलौज र पिटाइसमेत खानुप¥यो, उहांले  नै आज दुनियांलाइ मान्छे हुनुको महत्व बुझाउनुभएको छ । जीवनको महत्व बुझाउनुभएको छ । जीवन केवल जिउनका लागि मात्र खर्च गरिनुहुंदैन, आफ्ना लगि मात्र खर्च गरिनुहुंदैन, राष्ट्रका लागि, अरुका लागि पनि अर्पिनुपर्छ भन्ने पाठ सिकाउनुभएको छ । त्यस्तै जीवनबाट भागेर होइन, जे–जस्तो परिस्थिति आउंछ त्यसको सामना गरेर बांच्न सिक्नुपर्छ तवमात्र जीवन सार्थक बन्छ भन्ने सन्देश दिनुभएको छ, उहांले ।

वनको कांडालाई कसैले तिखार्न पर्दैन भने झैं घरपरिवार र समाजको अपमान, घृणा, तिरस्कार, असहयोगका बाबजुद पनि घरपरिवार र समाज बेवास्ता गरेर आफूलाई कमजोर नठानी आत्मविश्वास र आत्मवल बढाएर स्वविवेक प्रयोग गरी तिरस्कार, अपमान, घृणा गर्नेलाई केही गरेर देखाउनुपर्छ भन्ने अठोटकासाथ अगाडी बढ्ने प्रण गर्नुभयो । बाबु आमाबाट किताब, कलम र कापी नपाए पनि धरतीलाई कापी, शीतको थोपालाई मसी मानेर अशक्त आफ्ना खुट्टाका कलिला औंलाहरु शीतमा चोपेर ढुङ्गामा अक्षर लेख्न सिकेर अनि माटोमा सिन्काको सहायताले अक्षर लेख्ने प्रयास गरेर भए पनि नेपालको साहित्यिक फांटमा आफूलाई स्थापित गर्न सफल हुनुभयो । छोरी हुनुको नाताले हेपिनुपर्ने नेपाली समाजमा ज्यादै अशक्त भएर जन्मनुभएकी झमक घिमिरेले स्वअध्ययन गरेरै भएपनि आफ्ना अशक्त खुट्टाका औंलाहरुका माध्यमबाट आफूले अत्यन्तै नारकीय जीवन बिताउनुपर्दा समेत जीवनदेखि हार नमानी दुःख, पीडा, कष्टका पहाड पन्छाउंदै अगाडी बढेको र अगाडी बढ्ने क्रममा थुप्रै मान्छेले आफूलाई डो¥याउन सहयोग गरेका  कारण जीवनले सार्थकता पाउंदै गरेको कुरा उहांको पुस्तक जीवन कांडा कि फूलवाट हामी थाहा पाउंछौं ।
झमक घिमिरे शारीरिक रुपमा अशक्त नारी भएर कसैको दयामा बांच्न चाहनुभएन । स्वाभिमानी भएर बांच्न चाहनुभयो । स्वतन्त्रतामा बांच्न चाहनुभयो । स्वतन्त्रता चाहने भएका कारण बाल्यकालमा आफूजस्तै अमूक भएर बन्धनमा बांधिएको ठानी गाईबस्तु फुकाइदिएको निहुंमा धेरैपटक बाबुआमाको गाली खानुभएको थियो । उहां स्वविवेक प्रयोग गर्न रुचाउनुहुन्छ । उहांको बुझाईमा बाहिरी रुपले मात्र मान्छे राम्रो ठहरिंदैन, भित्री रुप राम्रो हुनुपर्छ । जीन्दगी अनुभूतिहरुको संगालो रहेछ । सम्भावना भए पनि उचित अवसर नपाएपछि मान्छे आफैंमा खुम्चिंदोरहेछ । एउटी महिला सवै अर्थमा स्वतन्त्र हुन आर्थिक रुपमा आत्मनिर्भर हुनु आवश्यक छ । स्रष्टा स्वतन्त्र हुनुपर्छ, कसैको ईच्छामा चल्नुहुंदैन । संसारलाई सुन्दर आंखाले हेर्दा यहांको प्रत्येक चिज सुन्दर देखिने रहेछन् । शिक्षित हुनुको अर्थ कुनै विश्वबिद्यालयबाट प्रमाणपत्र बटुल्नुमात्र होइन । जीवन सृृष्टिको सुन्दर फूल हो । मान्छे जती कठोर भए पनि समय अन्तरालमा पग्लन्छ । उहांका यी बुझाइमा सार्वभौम सत्यता छ ।
संघर्षमा होमिन र बांच्न यसरी साहित्यकार झमक घिमिरेले आफूजस्ता लाखौं अशक्तलाई प्रेरणा दिने काम त गर्नुभएको छ नै भने जीवनमा केही गर्न नसकेर जीवनदेखि दिक्क मानेर आजै मरुं, भोली मरुं, फाल हालेर मरुं, झुण्डिएर मरुं कि विष खाएर मरुं भनेर वैराग्य र निराश जीवन बांचिरहेकाहरुलाई पनि प्रोत्साहन र हौसला दिने काम गर्नुभएको छ । त्यस्तै माया, ममता दिएर शिक्षा, दीक्षा दिएर सहज रुपमा बांच्ने आधार तयार गरिदिनुको वदलामा पशु बांधे झैं चौविसै घण्टा सिक्री वा दाम्लोले बांधेर राख्ने अशक्तका बाबुआमालाई पनि त्यस्तो नगर्नका लागि एउटा सन्देश दिनुभएको छ । यसप्रकार उहां सवैको प्रेरणाकी पुञ्ज बन्नुभएको छ । सलाम छ – झमक घिमिरेलाई । आशा छ उहांको यो प्रेरणाले धेरै झमक घिमिरे जन्मिनेछन् र उहांले जस्तै मदन पुरुस्कारहरु पाउनेछन् ।