Wednesday, December 29, 2021

हिटर, मकल र गिजरले निम्त्याउन सक्ने जोखिम


मोती घिमिरे 


जाडो महिनामा चिसोवाट वच्नका लागि गाउंघरमा आगो वालेर तापिन्छ भने सहरी क्षेत्रमा हिटर, मकल र गिजरको प्रयोग गर्ने गरिन्छ । यी चिजहरुलाई सजगतापुर्वक चलाउन जानिएन भने यसवाट ठूलो हानी नोक्सानी व्यहोर्नुपर्ने पनि हुन सक्छ । त्यसर्थ यि चिजहरुको प्रयोग गरिरहंदा यसवाट हुन सक्ने हानीका वारेमा पनि जानकार हुनु जरुरी छ । जसका वारेमा यहां चर्चा गरिएको छ ।

ग्यासवाट चल्ने हिटर र गिजर चलाउंदा वा कोठाभित्र मकलमा आगो वाल्दा त्यसवाट कार्वन मोनोअक्साईड निस्कीन्छ र कोठा वा नुहाउने वाथरुममा फैलिएर ज्यान समेत जान सक्ने हुन्छ । विगतमा यस्ता थुप्रै घटनाहरु घटेका उदाहरणहरु पाईन्छन । चिसो मौसममा कोठाको झ्याल ढोका बन्द रहने भएकोले वाहिरवाट अक्सिजन भित्र पस्न पाउंदैन र भित्रवाट दुषित कार्बन मोनोअक्साईडयुक्त हावा वाहिर निस्कन पाउंदैन । कार्वनमोनोअक्साईड एक गन्धहिन, रङ्गहिन ग्यांस हो जुन ईन्धनको दहनवाट उत्पन्न हुन्छ । जव मानिसहरु कार्वनमोनोअक्साईड ग्यांसको सम्पर्कमा आउंछन, कार्वनमोनोअक्साईड अणुहरुले उनिहरुको शरिरमा भएको अक्सिजनलाई विस्थापित गरिदिन्छ र विषाक्तता निम्त्याउंछ । यसरी कोठामा गुम्सिएर रहेको कार्वनमोनोअक्साईड हामी श्वासको रुपमा ग्रहण गर्दछौं जसले गर्दा त्यो मानिसको फोक्सोमा पुग्दछ र फोक्सोवाट रगतका नलिमा गएर रातो रक्तकोषिकाको हेमोग्लोविनसंग टांसिन्छ । कार्वनमोनोअक्साईडले हेमोग्लोविनमा हुने अक्सिजन लिने क्षमता घटाईदिन्छ साथै शरिरमा भएको अक्सिजन पनि यसले लिईदिन्छ । फलस्वरुप शरिरमा अक्सिजनको मात्रा कम हुन जान्छ । 

सामान्य अवस्थामा फोक्सोवाट आएको अक्सिजनलाई हेमोग्लोविनले शरिरभरी पु¥याउंदछ तर अक्सिजनको साटो कार्वनमोनोअक्साईड रक्तनलिमा गएपछी मुटु, मृगौला, कलेजो र मष्तिष्कसम्म पनि पुग्छ । त्यसपछी मानिसमा निस्सासिने समस्या हुन्छ । कार्वनमोनोअक्साईडको मात्रा बढी भएपछी मानिस मुर्छित हुन्छ । त्यस अवस्थाको मानिसलाई वढिमा १० मिनेटभित्र सफा र आवश्यक अक्सिजन प्राप्त नभएमा ज्यानै जान सक्ने खतरा हुन सक्छ । 

कार्वनमोनोअक्साईड शरिरका विभिन्न अङ्गहरुमा फैलिएपछी सुरुमा टाउको गह्रुंगो हुने र दुख्ने, रिङ्गटा लाग्ने, आंखा तिरमिर हुने जस्ता समस्या देखिन थाल्छन । गाह्रो हुंदै जांदा शरिर फतक्क गल्ने, वान्ता आउने, हात कांप्ने समस्या हुने विज्ञहरु वताउंछन । यहांसम्मकी समस्या भोगिरहेको ब्यक्तिलाई आफ्नो स्थितीवारे चेत हुंदैन । उनिहरु कोठावाहिर निस्कन पनि सक्दैनन् । जसले गर्दा निस्सासिएर लामो समयसम्मको अक्सिजन अभावमा ज्यानै जान सक्छ । यस्तो दुर्घटना प्रायः गिजर प्रयोग गरि नुहाइरहेको वा हिटर वालेर सुतिरहेको अवस्थामा घटेको पाईन्छ । सुतिरहेको अवस्थामा उनिहरु अर्धचेतनमा हुन्छन जसले गर्दा न रिङ्गटा लागेको थाहा पाउंछन न टाउको दुखेको नै । त्यसैले बेहोस हुन्छन र कसैले थाहा पाएन भने मृत्युको मुखमा पुग्छन । 

ध्यान पु¥याउनुपर्ने कुराहरु ः –

१. रातको समयमा आगो वाल्दा, हिटर ताप्दा कोठा वा भेन्लिेटर खुल्ला राख्ने ।  

२ . कोठा तातीसकेपछी आगो वा हिटर निभाएर मात्र सुत्ने । 

३ . हिटर तथा गिजर चलाउंदा कोठामा हावा ओहोरदोहोर हुने गरी झ्याल खुल्ला हुनुपर्छ । 

४ . कोठा तातो होस र वाहिर हावा नछिरोस भनेर झ्याल बन्द राखेर हिटर वाल्दा अन्तिममा त्यही मृत्युको कारक बन्न सक्छ । 

५ . ग्यास गिजर किन्दा यसको जडान, सुरक्षा तथा मर्मतसम्भारवारे विक्रेतावाट सम्पुर्ण जानकारी लिनुपर्दछ । 

६. दक्ष प्राविधिकमार्फत जडान गर्नुपर्दछ । 

७. ग्यास गिजर स्वतः वन्द ( अटो अफ ) नहुने भएकोले दुर्घटनाको सम्भावना वढी हुन्छ त्यसैले प्रयोग गरिसकेपछी त्यसलाई वन्द गर्नुपर्दछ । 

८. बालबालिकालाई पनि यसको सन्चालन प्रक्रियावारे जानकारी गराउनुपर्दछ । अभिभावकको निगरानीमा मात्र उनिहरुलाई बाथरुम पठाउनुपर्दछ । 

९. पुरानो ग्यास गिजर प्रयोग गर्दा बढी सचेत हुनुपर्दछ । 

१०. ग्यास गिजर जडान गरिएको बाथरुममा प्रयाप्त भेन्टिलेशन वा झ्याल राखिएको हुनुपर्छ । 

११. ग्यास गिजर जडित वाथरुममा नुहाउंदा वा अन्य काम गर्दा झ्याल तथा भेन्टिलेशन खुल्ला राख्नुपर्दछ । 

१२. घरमा कोही नभएको वेला लामो समय वाथरुममा नविताउनु राम्रो हुन्छ । 

१३. ग्यास गिजर जडित बाथरुममा कसैले लामो समय लगायो भने उसलाई वेला वेलामा वोलाउने वा हेर्ने गर्नुपर्दछ । 

१४. गिजरवाट सिधै नुहाउनु भन्दा वाल्टिमा पानी भर्ने र गिजर बन्द गरेर नुहाउंदा जोखिम कम हुन्छ । 








ज्ञ


Thursday, December 23, 2021

हामी दुई रोएको त्यो क्षण



गलत खानपानका कारण पिसाव सम्वन्धि समस्यावाट लगभग डेढ महिना गम्भिर रुपले थला परें । डेढ महिना हाम्रा लागि अत्यन्तै पिडादायी बन्यो । दिपावलीको केही दिन अगाडी विहान मर्निङवाकका  लागि पशुपतीतर्फ लागें । अघिपछी पशुपती घुमेर अन्तर्राष्ट्रिय विमानस्थल हुंदै सिनामंगल निस्केर घर  फर्किन्थे । त्यो दिन भने पिसाव अली अली पोलेकोले पशुपतीवाट नै सिधै घरतिर फर्कें । घरमा पुग्दा ७ बजेको थियो । पिसावले अत्याएकोले सिधै वाथरुम पसें । पिसाव आएन । पिसाव वेस्सरी लागेको थियो । विगतमा झैं पिसाव नलिको टुप्पामा चोक्टा आएर वसेको थियो । खलखली पसिना आयो । वाथरुम बाट निस्कीएं । पानी खाएपछी आउंछ की भनेर पानी खाएं । आएन । अघीपछी अम्वाको बोक्रा पानीमा भिजाएर खाएपछी आउंथ्यो । त्यो दिन केही उपाय लगाउंदा पनि आएन । तैपनि आउंछ की भनेर लगातार पानी पिएं । कुनै हालतमा पनि आएन । ७ बजे रोकिएको पिसाव ९ बजेसम्म पनि खुलेन । त्यसपछी निक्कै पिडा हुन थाल्यो । आदरणिय दाई ऋषीराज घिमिरेलाई फोन गरें र समस्या बताएं । उहांले तुरुन्तै युरोलोजिष्टकोमा जानका लागि सल्लाह दिनुभयो । मैले ह्याम्स अस्पतालमा फोन गरें र युरोलोजिष्ट डक्टरलाई चेक गराउनका लागि नाम लेखाएं । त्यसपछी चिनजानको ट्याक्सी चालक मिन भण्डारीलाई फोन गरेर घर अगाडीको बाटोमा बोलाएं । उनी तुरुन्तै आए । छोटो भन्दा छोटो वाटो एक्सप्रेस लिएर आधा घण्टामा अस्पताल पु¥याए । ईमरजेन्सी टिकट काटियो र युरोलोजिष्ट विभागमा गएर विरामीको नाम वोलाउने स्टाफलाई विहान ७ वजेदेखी पिसाव रोकिएर अत्यन्तै पिडा भैरहेको जानकारी गराईयो । उहांले तुरुन्तै डक्टरलाई खवर गरिदिनुभयो । विरामी जांचीरहनुभएको डक्टर वाहिर निस्कनुभयो र मलाई ड्रेसिङ रुममा लिएर जानुभयो । वेडमा सुताएर पिसाव निकाल्नका लागि पाईप राखेर थैलौ झुण्डाईदिनुभयो । लगभग ४ घण्टा रोकिएको पिसाव सवै निस्कीयो । पाईप निकाल्नका लागि ३ दिनपछी डाक्नुभयो र औषधी लेखीदिनुभयो । त्यसपछी हामी घर फर्कियौं । थैलो झुण्डाएको ३ दिन ज्यादै कठिन भए । ३ दिन पछी ह्याम्स अस्पताल गएर पाईप निकालियो । पिसाव पहिले झैं सामान्य रुपमा हुन थाल्यो । 

मेरो यो पिसाव सम्बन्धि समस्या २०५५ सालदेखिको समस्या हो । २०५५ सालमा त्रिभुवन विश्वबिद्यालय, किर्तीपुरमा मास्टर्स अध्ययन गर्ने क्रममा आउटडोर अभ्यासका लागि कलेजले नवलपरासी र लुम्वीनी लगेको थियो । थारु जातिको संस्कार र संस्कृति अध्ययनका लागि परासीमा १५ दिन वसियो । सोही समयमा थारु समुदायको अध्ययन गर्ने क्रममा थारु वस्तीमा जाने र खाजा खाने समयमा १५ दिनसम्म दैनिकजसो तारेको माछा र भुजिया खाईयो । त्याहांका थारु समुदायको मुख्य पेशा नै माछा पालन रहेकोले माछा प्रशस्त पाउने हुंदा हाम्र्रो खाजा पनि माछा र भुजिया नै भयो । नवलपरासीको १५ दिनको वसाईपछी शाक्यमुनी वुद्धको जिवनसंग सम्वन्धित स्थलहरुको अध्ययनका लागि हामी लुम्वीनी गयौं । लुम्वीनी गएको भोलीपल्ट विहान मेरो पिसाव ठ्याक्कै दुधजस्तो सेतो आयो । किन यस्तो पिसाव आयो भनेर खुल्दुली लाग्यो तर साथीभाइ कसैलाई पनि भनिन । फेरी एकपटक मात्र आएकोले पनि भन्न आवश्यक ठानिन । लुम्वीनी १५ दिन वसियो । त्यसपछी फर्किएर काठमाण्डौ घर आईयो । त्यसको दुई तिन महिनापश्चात एकदीन राती सुतेर विउंझि पिसाव फेर्न जांदा पुनः दुधजस्तो पिसाव र सिंगान जस्तो चोक्टा आयो । त्यसपछीका दिनहरुमा भने दिनभरी केही नदेखिने , राती सुतेर पिसाव फेर्न उठ्दा दुधजस्तो पिसाव र सिंगानको चोक्टाजस्तो आउने क्रम निरन्तर हुन थाल्यो । त्यती मात्र होेईन पिसाव नै रोकिन थाल्यो । वल गरेपछी मात्र चोक्टा निस्कन्थ्यो र पिसाव खुल्थ्यो । पिसाव जांच गरियो, भिडियो एक्स्रे गरियो कुनै खरावी देखिएन । किनकी दिनमा कुनै समस्या देखिंदैनथ्यो । यसरी दिनमा केही समस्या नदेखिने तर राती गाह्रो हुने भएपछी झनै अन्यौलमा परियो । रोग पत्ता लगाउनै कठिन हुुन पुग्यो । हाम्रो परिवार मेरा कारणले चिन्ताग्रस्त भयो । एकदिन मास्टर्स संगै अध्ययन गर्ने एकजना साथीलाई विश्वविद्यालयमा टिफिन समयमा मेरो समस्याका वारेमा वताएं । उहांले गंभिररुपमा लिनुभयो र काभ्रेको सांगामा कुटीमा वस्ने एकजना वावाजीकोमा लिएर जानुभयो । वावाजीलाई सवै कुरा वताएपछी उहांले एउटा सामान्य खालको तर अचुक औषधी वताईदिनुभयो । औषधी थियो – कांचो केरा बोक्रैसंग टुक्रा पारेर वेलुका भिजाएर राख्ने र विहान उठेर पानी सहित सवै खाने । नभन्दै ७ दिनमा नै मेरो समस्या लगभग समाधान हुन पुग्यो । १५ दिनमा त जादुगरी किसीमले पुरै निको भयो । यद्यपी एकमहिनासम्म खाएं ।   

त्यसपछी धेरै वर्षसम्म आनन्द भयो । गलत खानपिनकै कारण पुनः २०६० सालमा पिसावको सोही समस्या वल्झियो । उस्तै तनाव सुरु भयो । त्यतीवेला पनि पहिले साधु वावाले सिकाए झैं कांचो केरा वेलुका भिजाएर विहान खाएं । एक महिना सम्म खांदा पनि कुनै काम गरेन जवकी पहिले एक हप्तामै काम गरेको थियो । काम नगरेपछी झनै तनाव हुन थाल्यो । त्यसपछी साथीभाईको सल्लाह बमोजिम युरोलोजिष्ट डाक्टर असर्फी शाहलाई देखाईयो । उहांले आबश्यक पर्ने सवै जांचहरु गर्नुभयो र रिपोर्टहरु हेरेर तुरुन्तै सिस्टोस्कोपी गर्नुपर्ने र नगरे अप्ठ्यारो परिस्थिती सिर्जना हुन सक्ने कुरा गर्नुभयो । सके आज नभए भोली नै गर्नुपर्छ पैसा लिएर आउनु भन्नुभयो । तनावमाथी तनाव थपियो । त्यसपछी म फर्केर सिधै सरासर छिमेकी मेडिकल संचालक रामस्वरुप यादवकोमा गएं र डा.असर्फी शाहले भनेको कुरा सुनाएं । उहांले सम्पुर्ण रिपोर्ट हेरेर सिस्टोस्कोपी नै गनुपर्ने अवस्था नदेखिएकोले एकपटक नेफ्रोलोजिष्ट डा.ऋषीकुमार काफ्लेलाई भेट्ने सल्लाह दिनुभयो । त्यतीवेला ऋषीकुमार काफ्ले ंपुतलीसडकमा अवस्थित मेडिकेयर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । म तुरुन्तै बेलुकाको ४ वजे मेडिकेयर गएं र डा.काफ्लेलाई भेटें । सवै रिपोर्ट देखाएं । डा.असर्फी शाहले भनेको कुरा सुनाएं । उहांले सवै रिपोर्ट हेर्नुभयो र रोग पत्ता लगाउनुभयो । उहाको भनाईअनुसार मलाई काईलेरिया भन्ने पिसावसम्वन्धि रोग लागेको रहेछ । १५ दिनका लागि औषधी दिनुभयो र १५ दिनपछी बोलाउनुभयो । तनावमा गुज्रिरहेको मेरो मानसिकतालाई उहांले तुरुन्तै मलाम लगाईदिनुभयो । उहांको काउन्सीलीङ गर्ने तौरतरिका, विरामीप्रती गरिने व्यावहारले नै मलाई आधाभन्दा वढी रोग निको भएको महशुुस भयो । सोही दिन बेलुकादेखी औषधी खान थालें । लगभग ७ दिनमै ५० प्रतिशत रोग निको भयो । एक महिनाको औषधी सेवनपश्चात नै म पुर्णरुपमा निको भएं । ६ महिना सम्म औषधी खाएपछी औषधी बन्द गरिदिनुभयो । 

पुनः २०६१ सालमा गलत खानपानकै कारण वल्झीयो । त्यसपछी फेरी डा. काफ्लेकोमा गएं । उहांले आबश्यक सवै जांच गराएर औषधी दिनुभयो । वारम्वारको गलत खानपानका कारण वारवार दोहोरिएपछी रोग जटिल बन्न थाल्यो । औषधी चलाउंदा चलाउंदै पनि समस्या देखिएपछी डा.काफ्लेले सिटिस्क्यान गर्ने सल्लाह दिनुभयो । सोही कुराको जानकारी घर आएर परिवारसंग र साथीभाईहरुसंग राखें । साथीभाईको सल्लाहवमोजिम एकपटक होमियोपेथिक डाक्टरलाई देखाउने निधो गरियो । छिमेकी हितेन्द्र लेखकको साथमा पुुुरानो वानेश्वरस्थित होमियोपेथिक क्लिनिकमा गएर होमियोपेथिक डाक्टर संयुक्ता गुप्तालाई भेटियो । उहांले सवै रिपोर्टहरु हेरी औषधी चलाउनुभयो । ४ महिनासम्म औषधीले खासै काम गरेन । त्यसपछी भने वल्ल औषधीले काम गर्न सुुरु ग¥यो । होमीयोपेथिक औषधीले विस्तारै काम गर्ने रहेछ । डक्टरले भने अनुसार नियमपुर्वक मुख बारेर औषधी भनेको समयमा खाने हो भने औषधीले राम्रो काम गर्ने रहेछ । एउटा औषधी र अर्को औषधी खाने समयको अन्तर एक घण्टा हुनुपर्ने, औषधी खाएको एक घण्टासम्म खाना खान नहुने, औषधी खाएको १५ मिनेटसम्म पानी पनि खान नहुने, खाना खाएको १ घण्टापछी मात्र औषधी खानुपर्ने, पानी खाएको १५ मिनेटपछी मात्र औषधी खानुपर्ने जस्ता नियमहरुलाई अक्षरशः पालना गर्ने हो भने होमियोपेथिक औषधीले अत्यन्तै प्रभावकारी काम गर्ने रहेछ । यो कुुरामा म विश्वस्त छु किनकी त्यतीवेला डेढ वर्ष होमियोपेथिक औषधी सेवन गरेी पश्चात म पुर्णरुपमा निको भएको थिएं । पछी फेरी पनि गलत खानपीनकै कारण दुई वर्षपछी पुनः सोही समस्या वल्झियो । पहिलेको भन्दा फरक प्रकृतिमा रोग देखाप¥यो । पहिले पहिले दुधजस्तो पिसाव आउने र सिंगानजस्तो चोक्टा आएर पिसाव बन्द हुन्थ्यो भने त्यतीवेला पिसावमा रगत जमेको जस्तो चोक्टा आएर पिसाव बन्द हुन थाल्यो । 

त्यसपछी साथीभाईको सल्लाहमा ह्याम्स अस्पतालमा कार्यरत युरोलोजिष्ट डक्टर भोलाराज जोशीलाई देखाउने निधो गरियो । आबश्यक सवै रिपोर्ट तयार गरेर डक्टर भोलाराज जोशीलाई देखाईयो । उहांले सवै रिपोर्ट हेरेर सिस्टोस्कोपी गर्नुपर्ने वताउनुभयो । सिस्टोस्कोपीका लागि समय दिनुभयो र उहांले दिएको समयमा सिस्टोस्कोपी गरियो । सिस्टोस्कोपीमा पिसाव नलिको टुप्पावाट पाईप हालेर पिसाव थैलीसम्म पु¥याएर हेरिने रहेछ । लगभग आधा घण्टा अत्यन्तै पिडादायक हुने । पिसावले च्यापेकोजस्तो हुने, असह्य दुखाई त्यस्तै । सिस्टोस्कोपी गरेपश्चात मलाई आधा घण्टा आई.सि.यु. कक्षमा लगेर राखिएको थियो । आखिरी त्यस्तो खरावी केही देखिएन । डक्टरले एन्टिवाएटिक औषधी चलाइदिनुभयो । ७ दिनसम्म पिसाव फेर्न कठिन भयो । पिसाव फेर्दा रिङ्गटा नै लाग्ने । पिसाव फेर्न नआए पनि हुन्थ्यो भनेजस्तो लाग्ने । केही समय औषधी चलाएपछी एक दुई बर्षसम्म ठिक भयो । पुनः वल्झियो । फेरी डक्टर भोलाराज जोशीकोमा नै गएं । सिस्टोस्कोपी गर्नुपर्छ भन्नुभयो । त्यसपछी शान्तिनगर खरिको बोटमा अवस्थित सिद्धेश्वर क्लिनिकमा गएर स्वास्थ्यकर्मी महावीर विष्टलाई भेटें । उहांको सल्लाह अनुसार युरोलोजिष्ट डक्टर अर्जुनदेव भट्टलाई देखाउने कुरा भयो । उहां चावहिलस्थित मेडिकेयर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । आवश्यक सवै रिपोर्ट लिएर गएं । रिपोर्ट हेरेर उहाले पनि सिस्टोस्कोपी नै गर्नुपर्छ भन्नुभयो । डेट दिनुभयो । उहांले दिएको डेटमा सिस्टोस्कोपी गरियो । डाक्टर भट्टले गरेको सिस्टोस्कोपी भने अली सहज महशुस भएको थियो । सिस्टोस्कोपी गर्नासाथै घर फर्किन सक्ने अवस्था रह्यो । सिस्टोस्कोपी पछी पनि पहिलेको जस्तो पिसाव फेर्न असहज भएन । पहिलोपटक अली दुखेको जस्तो महशुस भयो । तत्पश्चात सहज भयो । सिस्टोस्कोपीमा अगाडीका दिनमा जस्तै खासै समस्या केही देखिएन । औषधी दिनुभयो ठिक भयो । त्यतीवेला पनि खानपिनकै कारण औषधी खाईरहंदा पनि समस्या देखिईरह्यो । जव समस्या देखिन्छ, वारम्वार सिस्टोस्कोपी गर्नुपर्छ भन्नुहुन्छ । कतिपटक सिस्टोस्कोपी मात्र गर्ने ?

त्यसपछी उहांलाई छाडेर पुनः पहिले देखाएको होमियोपेथिक डक्टर संयुक्ता गुप्ताकोमा गएं । उहांले पहिलेका सवै रिपोर्ट हेर्नुभयो र औषधी दिनुभयो । पहिलेको जस्तै औषधीले काम गर्न तिन चार महिना लाग्यो । त्यसपछी औषधीले रोग निको हुंदै गयो । लगभग १ बर्ष औषधी खाएपश्चात रोग पूर्णरुपमा निको भयो । औषधी रोकी दिनुभयो । औषधी रोकिदिएको पांच छ महिनामै गलत खानपिनका कारण रोग पुनः वल्झियो । स्मरण रहोस लेखमा वारम्वार गलत खानपिनको कुरा उठाईरहंदा अरु केही नभएर केवल चिल्लो चाप्लो खानेकुराको संकेत गर्न खोजिएको हो । यही २०७८ सालको दिपावलीको केही दिन अगाडी विहान मर्निङ वाकमा गएर आएपछी पिसाव बन्द हुन गै ह्याम्स अस्पतालमा गएर पाईप हालेपछि पिसाव खुलाएको कुरा लेखको सुरुआतमै वताईसकिएको छ । त्यतीवेला होमियोपेथिक डक्टर भारतमा हुुनुभएकोले औषधी खान सकिएन भने अर्कोतर्फ सुगर अत्यधिक वढेकाले पिसाव व्लक हुने, रगतसहितको चोक्टा आउने हुन थाल्यो । डाक्टर १५ दिनपछी मात्र काठमाडौं आउनुभयो र आउनासाथ औषधी चलाउनुभयो । दुई हप्तासम्म औषधी खांदा पनि यो पटक औषधीले छुंदै छोएन । औषधी खाईरहंदा पनि नछोएपछी आवश्यक सवै जांच गराएर आफन्तको सल्लाह र सहयोगको अपेक्षामा  वरिष्ठ युरोलोजिष्ट डक्टरलाई देखाउन भनेर एकदिन टिचिङ अस्पतालमा गईयो । त्यही दिन मलाई विहानैदेखी पिसाव वन्द भएको थियो । अत्यन्तै पिडामा थिएं म त्यो दिन । टिकट काउन्टरमा टिकट लिनका  लागि कुपन लिनुपर्ने । मेरो कुपनको नम्वर २९८ थियो । वल्ल १९७ नम्वरको पालो आएको थियो । पालो पर्खिन एक घण्टा कुर्नुपर्ने थियो । १ घण्टा कुर्ने अवस्था मेरो थिएन किनकी मलाई अती नै गाह्रो भैरहेको थियो । शुरक्षा गार्डलाई गुहारेको मिल्दैन भने । त्यसपछी टिचिङ जानका लागि सल्लाह दिनुहुने आफन्तलाई फोन गरें । उहांले त्याहांको स्टाफलाई फोन गरेर टिकट लिन लगाईदिनुभयो । केवल टिकट मिलाईदिएर उ हिंड्यो । हाम्रो अपेक्षा थियो – उहांको चिनजानको मान्छे भएका कारण सहजरुपमा डक्टरकोसम्म पु¥याईदिएर जचाउनका लागि सहयोग हुने छ । तर हाम्रो आशा, अपेक्षा कामयावी हुन सकेन । विहानैदेखी पिसाव बन्द भएका कारण पिडा झनै थपींदै गैरहेको थियो । डक्टरको कोठवाहिर जचाउनेहरुको भिड थियो । गाह्रो भएकोले अगाडी जान दिनका लागि अनुरोध गर्दा कोही कसैले छाड्दैन । त्यतीवेला हामी नेपालीमा कती मानवियता रहेछ भन्ने कुराको महशुस भयो । त्यतीवेला मेरो र जिवनसंगीनीको आंशु टिल्पीलाई रहेका थिए । कसैले नछाडेपछी बाध्य भएर जव्वरजस्ती पालो मिचेर डक्टरको कोठामा पसियो । पालो मिचेको भनेर लाईनमा वस्नेहरु कराईरहेका थिए । गाली गरिरहेका थिए । भित्र पनि चार पांच जना लाईनमा थिए । हामी दुवैले डक्टरलाई गाह्रो भएको जानकारी गरायौं र पनि उहांले लाईनबाट आउनु भन्नुभयो । हामी पालो पर्खेरै वस्यौं । ५ जनापछी वल्ल पालो आयो । डक्टरले हामीले लगेको पहिलेदेखीका सवै रिपोर्ट हेर्नुभयो र काईलेरिया भएको जानकारी गराउंदै सिस्टोस्कोपी लेखीदिनुभयो । मैले पिसाव रोकिएको जानकारी गराएं । पाइप हालेर पिसाव खुलाउनका लागि लेखिदिनुभयो । पिसाव आफैं आउंछ की भनेर निक्कै कोशिस गरें । आएन । त्यसपछी हामी पिसाव खुलाउने कोठामा गयौं र डक्टरले लेखिदिएको देखायौं । विल काट्न पठायो । काउन्टरमा भिडभाड त्यतीकै थियो । लाईनमा वस्दा आधा घण्टाभन्दा वढी लाग्ने स्थिीती थियो । गाह्रो भएकोले लाईनमा वस्दा समय लाग्ने हुंदा लाईनमा वस्नेहरुलाई अगाडी छाडीदिनका लागि अनुरोध ग¥यौं । कसैले पनि मानेनन् । बाध्य भएर जवरजस्ती काउण्टरमा समस्या वतायौं र विरोधको वावजुद पनि टिकट काट्यौं । पाईप हाल्ने कोठामा गयौं । पुनः विल काटेर ल्याउनु र औषधी लिएर आउनु भनेर भन्यो । एकै पटक भनिदिएको भए पनि त हुन्थ्यो नी भनेजस्तो लाग्यो । उसलाई हाम्रो  पिडासंग के मतलव । उसलाई त केवल जागिर खानु छ । त्यसपछी मलाई अती गाह्रो भएकोले म हिंड्न चाहिन र उनलाई पठाएं । फेरी लाईनमा वस्नुपर्ने, अनुरोध गर्नुपर्ने उही समस्या । कसैले सहयोग गर्दैन । लाईनमा वस्दा समय लाग्ने । समस्या वताएर विनम्र अनुरोध गर्दा पनि कसैले नछाडेपछि उनी डांको छाडेर रुन थालीछन । वल्ल सांच्चै समस्या परेको रहेछ भनेर छाडीदिएछन र विल काटिछन । त्यतीवेला न रोकिएको पिसाव आई पो हाल्छकी भनेर ट्वाईलेट गएको थिएं । नभन्दै वल गर्दा गर्दा रगतको जमेको चोक्टासहित विहानदेखी रोकिएको पिसाव सवै खुल्यो । त्यतीवेला यती खुसी लागेन जिवनमा चाहेको जस्तो कुरा पाएजस्तै । तुरुन्तै उनी भएको ठाउंमा आएं, खुसिको कुरा वताउनका  लागि । उनी त मलाई नदेखेर आंत्तीएर आंखाभरी आंशु बनाएर एताउती मलाई हेरेर वसेकी रहिछन । के भयो भनेर सोधें । विल काट्ने ठाउंमा रोएको कुरा सुनाईन । पिसाव खुलेकोले पाईप हाल्न नपर्ने कुरा वताएं । उनी पनि ज्यादै खुसी भईन । खुसी हुनु स्वाभाविक थियो किनकी पिसाव नखुलेको भए पाईप हालेर थैलो झुण्ड्याउनु पर्दथ्यो । त्यसपछी फार्मेसीमा गएर पाईप हाल्नका लागि किनेको औषधी फिर्ता ग¥यौं र क्यान्टीनमा गएर खाना खायौं । त्यतीवेला लगभग २ बजीसकेको थियो । 

ट्याक्सी चढेर घर फर्कियौं । अव कहां जाने, कस्लाई देखाउने भन्ने कुराको अन्यौल पैदा भयो । सल्लाह लिनका लागि छिमेकी टोल विकास समितिका अध्यक्ष मोतीलाल घिमिरेलाई फोन गरें । उहां सपरिवार रारा घुम्न जानुभएको रहेछ । त्यसपछी लगतै मप्रती सदैव सद्भाव राख्नुहुने, संधैभरी स्वास्थसम्वन्धि उचित सल्लाह दिनुहुने, माया गर्नुहुने जोरपाटी टिचिङ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी भिमा गौतमलाई फोन गरें र समस्या वताएं । उहांले एकछिनपछी फोन गर्छु भनेर फोन राख्नुभयो । एकैछिनमा फोन गरेर तुरुन्तै वीर अस्पतालको ईमरजेन्सीमा गएर एक जना मानिसलाई भेट्नु भनेर नाम दिनुभयो । हामी तुरुन्तै ट्याक्सी चढेर वीर अस्पताल गयौं । ईमरजेन्सीमा गएर उहांले भनेको स्वास्थ्यकर्मीलाई भेट्यौं । ईमरजेन्सी केश नभएकोले युरोलोजिष्ट डक्टरलाई भेट्ने सल्लाह दिनुभयो । त्यतीवेला टिकट काउण्टर वन्द भैसकेको थियो । त्यसपछी छिमेकी आर्थिक प्रशासन प्रमुख ज्ञानमणी उपाध्यायलाई फोन गरें र समस्या वताएं । उहांले आफ्नो कार्यालयमा बोलाउनुभयो र तुरुन्तै आफैंले टिकट काटिदिएर युरोलोजिष्ट डक्टरकोमा सिधै लिएर जानुभयो । डक्टरले सवै रिपोर्ट हेर्नुभयो र सिस्टोस्कोपी नै गनुपर्छ तर सुगर लेवल उच्च भएकोले तुरुन्तै गर्न नहुने भनी सुगरको विरामी हेर्ने डक्टर दिपक मल्लकोमा रेफर गरिदिनुभयो । छिमेकी ज्ञानमणी उपाध्यायले पुनः डा.दिपक मल्लकोमा लानुभयो र उहांले सुगर लेवल उच्च भएकोले ईन्सुलिन लेखिदिनुभयो । हामी घर फर्कियौं । ईन्सुलिन दिन थालेपछी र खानेकुरामा विचार पु¥याउन थालेपछी सुगर लेवल घट्न थाल्यो र पनि पिसावसम्वन्धि औषधी नचलेको हुंदा पिसावसम्बन्धी समस्या ज्युं का त्युं रह्यो । केही दिन पश्चात पहिले २०६० सालमा देखाएको नेफ्रोलोजिष्ट डक्टर ऋषिकुमार काफ्लेलाई देखाउने घर सल्लाह भयो र उहांकोमा पुग्नका लागि सहज होस भनेर व्यक्तिगत रुपमा उहांसंग नजिक हुनुहुने आदरणिय दाजु ऋषिराज घिमिरेसंग सहयोग मागे । उहांले सुमेरु अस्पताल धापाखेल, जहां डक्टर ऋषिकुमार काफ्ले कार्यरत हुनुहुन्छ, लिएर जानुभयो । ३ वजे अस्पताल पुगेको, वल्ल ६ वजे पालो आयो । डक्टरको कोठाभित्र पस्नासाथ के भयो भनेर सोध्नुभयो । पहिलेदेखीका र हालसाल तयार पारेका सवै रिपोर्टहरु देखाएं र म त सिद्धिन्छु की क्या हो डक्टर साप भने । उहांले अव १ वर्ष सम्म यस्तै भैरह्यो भने पनि केही हुन्न भन्नु भयो र सवै रिपोर्ट हेरेर काईलेरिया भएको रहेछ भनेर १५ दिनलाई औषधी लेखी १५ दिनपछी फलो अपमा आउनु भन्नुभयो । उहांले त्यती भनेपछी मेरो यती मनोवल बढ्यो की आधा रोग निको भएजस्तो महशुस भयो । मेरो त्यतीवेला पिसाव बन्द भैरहेको थियो । मैले उहांलाई सोही कुराको जानकारी गराएं । उहांले सहजै केही फरक पर्दैन, बन्द हुन दिनुहोस । औषधी खाएपछी ठिक हुन्छ । पिसाव आएन भने नजिकको अस्पताल गएर पाईप हाल्नुहोस ठिक हुन्छ भन्नुभयो । उहांलाई भेट्नु अगाडीसम्म म अत्यन्तै तनावमा थिएं किनकी पिसाव खराव भएको लगभग डेढ महिना भैसकेको थियो । न वा केही भैपोसक्यो की भन्ने लागेको थियो । कोठाबाट वाथरुम जांदा समेत रगत र चोक्टा मिसिएको पिसाव आउने, विहानैदेखी पिसाव बन्द हुने गथ्र्यो । जसले गर्दा अत्यन्तै तनाव,पिडाबोध भैरहेको थियो । हामी दुई कतिपटक त रोयौं । कहिले आंशु लुकाउंदै त कहिले देखाउंदै । जव डक्टर ऋषिकुमार काफ्लेलाई भेटियो त्यसपछी अव चाहीं वांचीन्छ भन्ने लाग्यो । जचाएर वाहिर निस्क्यौं । पिसाव वन्द भैरहेको थियो । तैपनि खुल्छ कि भनेर ट्वाईलेट गएं । नभन्दै रोकिएको पिसाव मज्जाले खुल्यो । सायद मनोविज्ञानले पनि काम ग¥यो होला । त्यसपछी ममा धेरै उर्जा प्राप्त भएजस्तो महशुस भयो । यतीवेला उहांकै औषधी सेवन गरिरहेको छु । औषधी खान थालेको लगभग १ महिना भयो । ८० प्रतिशत जति रोग निको भैसकेको छ । डेढ महिनामा फलो अपमा वोलाउनुभएको छ । खानेकुरामा अत्यन्तै  विचार पु¥याउनका लागि सल्लाह दिनुभएको छ । खान हुने र नहुने लिष्ट बनाईदिनुभएको छ । उहांकै लिष्टलाई फलो अप गरेर खानपिन गर्ने गरेको छु । 

अस्वस्थ भएका वेला आफन्त, साथीभाईको सहयोगको अपेक्षा गर्न मन लाग्ने रहेछ । टिचिङ अस्पतालमा आफन्तको सहयोगको अपेक्षा गरेर जांदा जुनखालको अत्यन्तै पिडावोधको महशुस गनुप¥यो त्यो क्षण हामी दुई जनाका लागि अत्यन्तै दुःखदायी बन्यो । त्यतीवेला हामी निक्कै भावुक भयौं र रोयौं पनि । त्यसैले त्यो क्षण जिवनमा कहिल्यै विर्सन नसकिने क्षण बन्यो । मैले बुझेको थिएं कि आफन्त चाहिने भनेकै दुःख, आपत, विपत परेको वेलामा हो । अघिपछी त किन चाहियो र ? आखिर जस्लाई आपत विपत पर्दा पनि जानकारी पाएसम्म त रात विहान नभनी सहयोगका खातिर हाजिर भएकै छु जस्तो लाग्छ । मानविय भावनालाई आत्मसाथ गरेकै छु जस्तो लाग्छ । यसो भनिरहंदा सहयोग गरे वापतको परिणाम खोजेको चाहिं पक्कै होईन । दुःख यस मानेमा लागेको छ जस जसलाई मैले विमार पर्दा रात, दिन, सांझ नभनी सहयोग गरेको थिएं ती मानिसहरुले म डेढ महिनासम्म थला परेर ओछ्यानमा सुतीरहंदा पनि भेट्न त परै जाओस एक कल फोन गर्न समेत जरुरी ठानेनन् । लाग्यो, स्वार्थी संसार यस्तै रहेछ । फेरी पनि आवश्यकता पर्दा मलाई सम्झंदा हुन्छ । रात, सांझ, विहान, दिउंसो जतीवेला पर्दा पनि यो ज्यान हाजीर हुन तयार छ किनकी म पनि उस्तै उनिहरुजस्तै भएं भने म कसरी विशेष हुन सक्छु र ? यही विशेषतामा त मलाई गर्व छ । आनन्द छ । 

विडम्वना यस्तो वेलामा केही मानिसहरु परिवारलाई सान्त्वना दिनुको साटो झनै यसो हुन सक्छ, उसो हुन सक्छ भनेर डर देखाउने, त्रसित, आतंकित बनाएर पिडामाथी पिडा थप्ने काम गर्न तल्लीन भए । यस्तो सम्म व्यहोर्नुप¥यो कि अघिपछी संधैजसो आएर हांस, खेल, ख्याल, ठट्टा गर्ने मान्छेहरु समेत त्यतीवेला अगाडी नै पर्न चाहेनन् । यसले जिवनमा एउटा पाठ भने पक्कै सिकायो । वलेको आगो ताप्नेहरु निभ्न लागेको आगो ताप्न खोज्दा रहेनछन । सुनेको थिएं । भोगें । त्यतीमात्र होईन मानिसहरुको टिठलाग्दो संस्कार देखेर अस्पताल आउंदा जांदा कसैले नदेखे हुन्थ्यो भन्ने लाग्थ्यो । यसमानेमा कि देख्नासाथ – ओहो विचरा कती दुव्लाएको, खत्तमै भएछ, मलाई त डरै लाग्यो आदित्यादी भनेर डर देखाईदिने मात्र भेटिन्थे । त्यतीवेला संसारमा सान्त्वना दिने मानिस बनेकै छैनन कि जस्तो लाग्थ्यो । कोही नेपालमा उपचार हुन सक्दैन, भारतमा जानुपर्छ भनेर झनै डर देखाईदिन्थे । यद्यपी यसलाई मैले गलत बुझेको भने छैन । उनिहरुको मप्रतिको सद्भाव, माया नै ठानेको छु । खाली भन्ने ढंग मिलेन की , सान्त्वना दिने खालको अली भएन कि भन्ने मात्र बुझाई हो । 

अन्त्यमा मलाई हृदयदेखी नै सांच्चै माया गरेर सहयोग गर्नुहुने छिमेकी ज्ञानमणी उपाध्याय ज्यु, ऋषिराज घिमिरेज्यु लगायत वावीयाखर्क साकोस परिवार, जोरपाटी अत्तरखेलमा अवस्थित काठमाडौ मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी भिमा गौतम ज्यु, छोरो अस्विनकुमार वस्नेत, जतीवेला जहां जान परेपनि तयार हुनुहुने चर्चित डेउडा गायक, वरिष्ठ संगितकार, एरेन्जर शुरेश शाही ज्यु, मलाई चौविसै घण्टा सेवा गरेर आड भरोसा र सान्त्वना दिने जिवनसाथी भगिरथा वस्नेत ज्यु, डा. दिपक मल्ल ज्यु, डा.ऋषिकुमार काफ्ले ज्यु लगायत सम्पुर्ण मेरा शुभचिन्तक महानुभावहरुमा हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्न चाहन्छु । 


Sunday, October 31, 2021

अभाव र गरिवीका विच गुज्रिएको विद्यार्थी जिवन



हालको पनौती नगरपालिका अन्र्तगत पर्ने दलिन्चोक गाउंमा अवस्थित खड्का टोलको खुल्ला डांडामा रहेको लांकुरिको रुखको फेदमा बसेर विधिवत रुपमा क ख रा को शुरुआत गरियो । त्यो मेरो जिवनको विद्यालय प्रवेशको पहिलो पाहिलो थियो । शिक्षारम्भको पहिलो गुरु मेरो पिताजी हुनुहुन्थ्यो भने दोस्रो गुरु आदरणिय दाई अर्जुन खड्का हुनुहुन्थ्यो जसले लांकुरिको रुखको फेदमा राखेर विधिवत रुपमा प्रारम्भिक शिक्षाको शुरुआत गराउनु भएको थियो । यसरी मेरो पहिलो विद्यालय खुल्ला आकाश थियो भने विद्यार्थी जिवनको शुरुआत पनि खुल्ला आकाशवाटै भएको थियो । 

विद्यालयको भौतिक संरचनाको अभावका कारण केही समयपछी वावुले पनौती बजारको डवली टोलमा अवस्थित तत्कालिन पुण्य प्रा.वि.मा लगेर भर्ना गरिदिनुभयो । उक्त विद्यालयमा दाई ( काहिंला वुवाको छोरा ) उदय वहादुर वस्नेत पनि शिक्षक हुनुहुन्थ्यो । म सानै भएकोले दाजुले नै मलाई विद्यालय लाने र ल्याउने गर्नुहुन्थ्यो । दाजुले मलाई अत्यन्तै माया गर्नुहुन्थ्यो । घरमा आएपछी पनि हात समातेर गृहकार्य गराउने, पाठ घोकाउने गर्नुहुन्थ्यो । त्यतीवेलाको राष्ट्रिय गान ‘ गाउंछ गित नेपाली, ज्योतिको पंखा उचाली ‘ भन्ने थियो । शुरुमा मलाई कण्ठ आउंदैनथ्यो । राष्ट्रिय गान गाएन भनेर एकदिन दाईले मलाई गालामा एक झापड हान्नुभयो । मलाई दुःख लाग्यो र धेरै वेरसम्म रोएर वसें । दाईलाई माया लागेछ । फकाएर पिपलमेठ किनीदिनु भयो । त्यसपछि म रुन छाडें । ( दुःख लाग्छ, मलाई यती धेरै माया गर्ने दाई आज यो संसारमा हुनुहुंदैन । परमात्मामा विलिन हुनु भएको छ । दाईको आत्माले शान्ती पाओस । हार्दिक श्रद्धान्जली दाई हजुरलाई । ) केही समयपछी दाईले उक्त विद्यालय छाड्नुभयो । दाईले विद्यालय छाडेपछी मेरो पनि उक्त विद्यालयमा पढ्ने वातावरण विग्रींदै जान थाल्यो । मशानघाटको बाटो हुंदै विद्यालय जानुपर्ने भएकोले कहिले लाशदेखी डराएर भाग्नुपर्ने, पोडेटोल हुंदै जानुपर्ने भएकोले जात जान्छ भनेर सुंगुरदेखी डराएर भाग्नुपर्ने समस्याबाट पिडित हुनुपर्ने अवस्था सिर्जना भयो । गाउंका साथी भाईसंग साथ लागेर आउं भने ‘ चुरोट खा ’ भन्ने खाएन भने टोपी झिकेर फालिदिने, किताप फालिदिने , उनिहरुले भनेको मानेन भने कुट्ने । 

यसरी दाईले विद्यालय छाडेपछी वुवाले सुव्वा गाउंको हालको ग्रामोदय निम्न माध्यामिक विद्यालयमा लगेर भर्ना गरिदिनुभयो । फेरी पनि समस्या ज्युं का त्युं रह्यो । मात्र समस्याको प्रकृति फेरियो । सुव्वा गाउमा पढ्दा बर्षातको समयमा खोला तर्ने समस्याले पिरोल्न थाल्यो । पुण्यमाता खोला तरेर ओहोर दोहोर गर्नुपर्ने भएकोले बर्षातको समयमा खोला बाढीले दुःख दिने गर्दथ्यो । वाढीका कारण पनौती बजार घुमेर ठूलो गैरी हुंदै घर जानु पर्दथ्यो । आधा घण्टाको वाटो हिंडे पुग्नेमा घुमेर जांदा झण्डै एक घण्टा हिंड्नुपर्दथ्यो । र पनि मेरा लागि अराजकहरुको अराजकता सहनुभन्दा यो दुःख स्विकार्य थियो । त्यसपछी ग्रामोदयमा भर्ना भएदेखी भने मेरो पढाईले निरन्तरता पायो । उक्त विद्यालयबाट प्राथमिक तह वा ३ कक्षासम्मको ( त्यतीवेला ३ कक्षासम्मलाई प्राथमिक तह मानिन्थ्यो । ) पढाई पुरा गरी ४ कक्षादेखी माथि निम्न माध्यामिक र माध्यामिक सिक्षाका लागि पनौतीको ईन्द्रेश्वर माध्यामिक विद्यालयमा गएर भर्ना गरियो । हाम्रो परिवारको अभाव र गरिवी मेरो पढाईको बाधक बनेर तेर्सिएको थियो । आर्थिक अभावका कारण मासिक शुल्क तिर्न सक्ने अवस्था थिएन । त्यसैले वुवाले विद्यालयका तत्कालिन प्रधानअध्यापक श्री हरिसुन्दर शैंजु ( जो यतिवेला दिवंगत भैसक्नु भएको छ । उहांप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्न चाहन्छु । ¬¬) लाई भेटी आफ्नो कमजोर आर्थिक अवस्थाको वारेमा जानकारी दिंदै निशुल्क पढाईदिनको निम्ती आग्रह गर्नुभयो । बाबुको आग्रहलाई प्रधानअध्यापकले स्विकार गर्नुभयो र माध्यामिक तहको शिक्षासम्मै निशुल्क पढ्ने ब्यबस्था गरिदिएर हाम्रो परिवारलाई अविष्मरणिय गुण लगाईदिनुभयो । 

म ईन्द्रेश्वर माध्यामिक विद्यालयमा अध्ययन गर्ने ईमान्दार, सोझो र मेहनती विद्यार्थीमध्ये एक पर्दथें । हुन त आफ्नो मुल्याङ्कन आफैंले गर्नु उचित हुंदैन भन्ने हाम्रो चलन रहेको छ तर मेरो मान्यता भने अली फरक रहेको छ अर्थात बढाईचढाई नगरी सही मुल्याङ्कन आफ्नो वारेमा आफैंले गर्दा केही फरक पर्दैन । विद्यालयमा म सवैसंग मित्रता कायम गर्न चाहन्थें । त्यसैले होला मसंग मिल्ने साथीहरु धेरै हुन्थे एका दुई वाहेक । यहां एका दुई किन जोडिएको हो भने एक दिनको कुरा हो – विद्यालय छुट्टी भएर घरमा पुगी झोलावाट किताव निकालेर गृहकार्य गर्न खोज्दा किताव भेटिन । बाटोमा खसेको पनि छैन, कसैलाई दिएको पनि संझना छैन । उक्त दिन र भोलीपल्ट विहान सम्म पनि किताव नभेटेको तनावमा परें । बल्ल बल्ल विद्यालय जाने वेलामा संझना आयो, अघिल्लो दिन सरले उक्त विषय पढाउने वेलामा मेरो बेन्चमा उक्त किताव मसंग मात्र भएकोले वेन्चका सवैले मेरै किताव हे¥यौं । किताव मसंगै टांसिएर बस्ने एकजना साथीको अगाडी राखिएको थियो । नाम उल्लेख गर्न उचित लागेन । लास्ट पिरियड भएकोले क्लास छुट्टि हुनासाथ क्लास वाहिर निस्कीयो र घरतिर लागियो । कितावको यादै गरिएन । उसले पनि सम्झेर दिएन । 

भोलीपल्ट क्लास सुरु नहुन्जेल किताव मागेर गृहकार्य गर्ने उद्देश्यले छिट्टै विद्यालय गएं । उ पनि त्यो दिन छिट्टै आयो । मैले उसलाई आग्रहका साथ भने ‘ हिजो किताव तिमीसंग गएछ । किताव नभएर मैले गृहकार्य गर्न पाईन । खोई किताव लेउ न म क्लास नलागुन्जेल गृहकार्य गर्छु । नत्र सरले पिट्नुहुन्छ । ’ मैले के त्यती भनेको थिएं । उसले त एक्कासी मेरो गर्धन समाएर ‘ म चोर हुं, तेरो किताव लिएर जाने । ’ भनेर म माथी हात हालेर उल्टै अभद्र ब्यवहार ग¥यो । उसको त्यो व्यवहारप्रती मैले केही प्रतिकृया जनाउन चाहिन । केवल रुन मन लाग्यो र आंखा रसाए किनकी म छिट्टै भावुक हुने मानिस मध्ये पर्दछु । केही वेरपछी विद्यालयको कार्यालयमा गएं । ऐच्छिक गणित पढाउनुहुने गौरी सर आउनुभएको रहेछ । उहांलाई यथार्थ विवरण वताएं । उहां ज्यादै कडा मिजासको शिक्षक हुनुहुन्थ्यो । मैले पनि ऐच्छिक गणित नै लिएको थिएं । उक्त विषय लिने तेजावी विद्यार्थीमध्ये म पनि पर्दथें । कडा भएपनि गौरी सर मेरो तेजावीपन देखेर माया गर्नुहुन्थ्यो । मेरो आर्थिक अवस्था देखेर मलाई निःशुल्क ट्युशन पढाईदिनुभएको थियो । उहांको यो गुण म कहिल्यै विर्सने छैन । अरु सवै विद्यार्थी उहांसंग डराउंथे तर मलाई भने पटक्कै डर लाग्दैनथ्यो । उहांलाई निवेदन गरेपश्चात पहिलो पिरियड नभए पनि कक्षामा आउनुभयो । हामी दुवैको कुरा सुन्नुभयो र अरु साथीसंग पनि के भएको हो बुझ्नुभयो । म संगै एउटै बेन्चमा बस्ने साथीहरुले सही कुरा वताएपछी किताव उसैले लगेको प्रमाणित भयो । सरले उसलाई पिट्नुभयो । उसले सरलाई पनि मुख छाड्यो । त्यसपछी सरले विद्यालयवाट नै निष्काशन गर्न सकिने सम्मको कार्वाही हुन सक्ने हुंदा सचेत गराउनुभयो । त्यसपछि सरले मलाई सम्झाउनुभयो र सान्त्वना दिनुभयो । किताव किनेर पढ्नका लागि सल्लाह दिनुभयो । म डांको छाडेरै रुन थालें । यो मेरो परिवारको गरिवीको परिणाम थियो । बाबुसंग किताव किन्ने पैसा माग्न म असमर्थ थिएं । पैसा मागेमा मलाई वावुले वेस्सरी पिट्नुहुन्थ्यो । त्यसपछी मेरो अवस्थालाई बुझेर माथिल्लो कक्षाका संधैभरी हरेक परिक्षामा प्रथम स्थान हासिल गर्नुहुने केशव थापाले उक्त किताव उपलव्ध गराइदिनुभयो । सोही घटनाका कारण उसले भोलीपल्टदेखी विद्यालय आउनै छाडिदियो । यसरी कहिलेकाहीं घमण्डीपनका कारण सानो घटनाले जिवनमा ठूलो असर पु¥याएको हुन्छ । 

त्यसपछी जव ३६ सालको विद्यार्थी आन्दोलन शुरु भयो । आन्दोलनमा होमियो । यसरी समग्र जिवनलाई विश्लेषण गर्दा विद्यार्थी जिवनदेखी नै संघर्षको शुरुआत भएको मेरो जिवनले आजसम्म आईपुग्दा समेत संघर्षकै विच गुज्रिन बाध्य भैरहेको अवस्था छ । मात्र संघर्षको प्रकृती वदलिएको छ । 


Saturday, July 31, 2021

पहिलो खोप लगाउंदै गर्दाको ऐतिहांसिक क्षण


कोभिड –१९ चिनमा देखा परेपश्चात युरोप, अमेरिका लगायत विश्वका थुपै्र देशहरुमा तिव्र गतिमा फैलिन थाल्यो । देखा परेको सुरुआती दिनमै हजारौंको संख्यामा मानिसहरु संक्रमित हुन पुगे भने संक्रमितको संख्या लाखौं पुग्न कति पनि समय लागेन । दिन दुई गुणा रात चौगुणाको दरले संक्रमितको संख्या बृद्धी हुन थाल्यो । संक्रमितको संख्या बढ्दै जांदा मृत्यु हुने वा ज्यान गुमाउनेको संख्यामा पनि उल्लेख्य रुपमा बृद्धी हुन थाल्यो । जव अमेरिका र युरोपका शक्तिशाली देशहरुमा यसले विकराल रुप धारण ग¥यो तत्पश्चात विश्व नै आतंकित हुन पुग्यो । सुविधा सम्पन्न देशहरुले समेत यसलाई नियन्त्रण गर्न नसकेपछी विश्वका मानिसहरु आतंकित हुनु स्वभाविक थियो । 

नितान्त नयां खालको सरुवा रोग भएकोले त्यतीवेला यसको रोकथाम गर्ने न त कुनै औषधी बनेको थियो न कुनै खोप नै निस्केको थियो । सरुवा रोग भएका कारण यसवाट बच्नका लागि केवल सावधानी अपनाउनुको विकल्प थिएन । यहि कुरालाई मनन गर्दै विश्व स्वास्थ संगठनले स्वास्थ्य सम्वन्धी मापदण्डहरु वा स्वास्थ्य आचारसंहिता तयार ग¥यो र कोभिडवाट प्रभावित सवै देशहरुलाई हुवहु पालना गर्न गराउनका लागि आग्रह ग¥यो भने कोभिड नियन्त्रणका लागि प्रभावित देशहरुमा लकडाउन गनृका लागि अनुरोध पनि ग¥यो । मास्कको प्रयोग, स्यानिटाईजरको प्रयोग, सामाजिक दुरी कायम गर्ने, सावुनपानीले हात धुने, भिडभाडमा नजानेजस्ता सावधानीका उपायहरु कडाईका साथ पालना गर्दा मात्र यो माहामारीवाट बच्न र बचाउन सकिने अवस्था रहने हुंदा कोभिड प्रभावित सवै देशहरुले सस्थ्यसम्वन्धि यी मापदण्डहरुलाई पालना गर्न थाले । यद्यपी लकडाउनका साथै सावधानीका उपाय अपनाउंदा अपनाउंदै पनि मानिसहरुले मृत्युवरण गरिरहेकै थिए भने संक्रमित हुनेको संख्या पनि वृद्धी भैरहेकै थियो । तर पनि जुन जुन देशमा कडाईकासाथ साबधानीका उपायहरु अवलम्वन गरियो, ति देशहरु हेलचेक्राइं गर्ने देशहरुको तुलनामा कम प्रभावित देखिए । ज्वलन्त उदाहरणको रुपमा चिनलाई लिन सकिन्छ ।  चिनमा बुहान प्रान्तमा देखिएको कोभिडलाई अन्य कुनै प्रान्तमा पनि फैलिन दिईएन । त्यसैगरी सुरुमा देखिएको संक्रमित संख्या ४००० लाई त्यतीमै सिमित राखियो र अरुलाई सर्न दिईएन । पद्दतिमा चलेको राज्य प्रणाली र अत्यन्तै अनुशासित नागरिक–यसको पछाडिको कारण थियो । 

सुरुका दिनहरुमै युरोप, अमेरिकी देशहरुमा यसले वितण्डा मच्चाईरहंदा, ठुलो संख्यामा मानविय क्षती पु¥याईरहंदा नेपालमा भने अत्यन्तै नगन्य रुपमा यसको प्रभाव परेको थियो । २०७६ को फागुनमा नेपालमा विदेशवाट फर्किएका एक युवालाई पोजेटिभ देखिएपश्चात चैत्र १८ गतेवाट सरकारले देशभर लक डाउनको घोषणा गरेको थियो । केवल १ जनालाई देखिएकोले सुरु सुरुमा खासै यसको प्रभाव परेको थिएन । विस्तारै संक्रमितको वढेपनि अन्य देशको तुलना र प्रतिशतका हिसावले संक्रमितको संख्या नगन्य नै रहेको थियो । त्यतिवेला सम्म हामी विश्वस्त थियौं कि हाम्रो खानपान, संस्कार, संस्कृति, ब्यावहार, धर्म, बाताबरण, प्रकृति, भूगोल आदिका कारण हामीमा रोगसंग लड्न सक्ने क्षमता सवल रहेको छ । तर जव सक्रिय संक्रमितको संख्या वृद्धि हुन थाल्यो र मृत्यु समेत हुन थाल्यो त्यसपश्चात विस्तारै अन्य देशमा झैं नेपालको आकाशमा पनि आतंकको कालो वादल मडारिन थाल्यो । डर र त्रासले नेपालीको मन र मस्तिष्कलाई पनि बेचैनी बनाउन सुरु ग¥यो । एकातिर लकडाउनका कारण बन्द, ब्यापार, पेशा, व्यावशाय ठप्प भएकाले नागरिकहरुको रोजी, रोटी गुमिरहेको थियो भने अर्कोतर्फ दिन प्रतिदिन कोभिको प्रभाव बढ्दै गैरहेको थियो । 

यसरी संक्रमित र मृतकको संख्या बढ्दै जांदा चिनजानका व्याक्तिको समेत मृत्युको खवर पाउंदा भने झनै आतंकित हुने र पिडाबोध हुने अवस्था सिर्जना भएको थियो  । यतिवेलासम्म आईपुग्दा न त औषधी नै पत्ता लागिसकेको थियो न त खोप नै । केवल मेडिकल विज्ञहरुको प्रयास जारी थियो । केही महिनापछी या २०७७ असार सम्म पुग्दा कोभिडको प्रभाव विस्तारै कम हुन थाल्यो । सरकारले लक डाउन खुकुलो गर्दै लग्यो । यतिकैमा भाद्र महिनामा कोभिडको खासै लक्षण नै नदेखिईकन सामान्य जिउ दुखाईमा जिवन संगिनीलाई पोजेटिभ देखियो । पोजेटिभ देखिएता पनि उनलाई त्यस्तो गाह्रो नभैकन दुइ तिन दिन विहान वेलुका सामान्य सिटामोल सेवन पश्चात पुर्ण निको भईन । २१ दिनमा पिसिआर चेक गर्दा रिपोर्ट नेगेटिभ आयो । त्यसको डेढ महिना पश्चात पुनः सामान्य टाउको दुखाईमा मलाई पोजेटिभ देखियो । मैले पनि कोभिड विज्ञ डाक्टरको सल्लाहअनुुसार ३ दिन विहान बेलुका सामान्य सिटामोल सेवन गरें र पुर्ण रुपमा निको भएं । यद्यपी शारिरिक कमजोरी भने दुवैले अनुभव ग¥यौं । कोभिड लागिसकेपश्चात कोभिड लागेर अस्पतालमा गंभिर अवस्थामा छटपटाईरहेका र मृत्युवरण गरेकाहरुलाई संचार माध्यममा देख्दा कताकता डर भने पैदा हुने गर्दथ्यो । २१ दिन पश्चात रिपोर्ट नेगेटिभ आएपछि भने त्यो डर र त्रासवाट मुक्त भईयो । 

त्यतीवेला मनमा प्रश्न उव्जने गर्दथ्यो कि के कोभिडको संसारमा औषधी बन्ला त ? यसका विरुद्ध लगाउने खोप निस्केला त ? यो कल्पना भन्दा बाहिरको कुरो मानिन्थ्यो । तर नभन्दै मेडिकल वि ज्ञहरुको अथक प्रयासका कारण चिन, भारत, अमेरिका  लगायतका देशहरुमा खोप बन्न थाल्यो । फेरी पनि के यो हाम्रो पहुंचसम्म आईपुग्ला त, के खोप लगाउन पाउने भाग्यमानी हामी पनि हौंला त? भन्ने प्रश्नले मनमा घर गरिरहन्थ्यो । नभन्दै पहिलोपटक छिमेकी देश भारतवाट कोभिडशिल्ड नामको खोप भित्रियो । त्यसैगरी दोश्रो पटक छिमेकी देश चिनबाट भेरोशेल नामको खोप भित्रियो र पछिल्लो पटक अमेरिकाबाट जोन्सन एण्ड जोन्सन नामको खोप ल्याईयो । यसरी सरकारी प्रयास र मेडिकल डाक्टरहरुको प्रयासमा म लगायत आम नेपालीहरुको कल्पनामा मात्र सिमित कोभिड विरुद्धको खोप आज हामी नेपालीहरुको पहुंच सम्म आईपुग्दा हामी आफुलाई अत्यन्तै भाग्यमानी ठानीरहेका छौं । खोप लगाउंदै गर्दाको क्षण कता कता म भावुक बन्न पुगेछु । यो महान अवशर जुटाईदिने राज्य, सरकार लगायत खवर सूचना गरेर जानकारी दिनुहुने साथीभाई स्थानिय निकाय सम्पुर्णप्रति हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दै बांकी रहेका सम्पुर्ण नेपालीहरुले छिटो भन्दा छिटो खोप लगाउने अवशर प्राप्त गरुन भन्ने शुभकामना पनि ब्यक्त गर्न चाहन्छु । 


Wednesday, May 19, 2021

मनको बाघले खायो



नेपालीमा एउटा चर्चित उखान छ – बनको बाघले खाए नि नखाए नि मनको वाघले खाने । यस सन्दर्भको एउटा लोक कथा यहां प्रस्तुत गर्न चाहन्छु । एउटा मानिस आफ्नो भविष्यको वारेमा जानकारी लिनका लागि ज्योतिषकोमा गएछ । ज्योतिषले हात हेर्दै भनेछ – अरु त सवै ठिकै छ, राम्रै छ तर तपाईंको मृत्युरेखाले तपाईं साठी वर्ष पुगेपछी भदौको १० गते बेलुका ५ बजेर १० मिनेट ८ सेकेण्ड जांदा एउटा बाघ एक्कासी तपाईं भएको ठाउंमा आउंछ र टोकेर मार्छ । त्यसपछी उ घर फर्केर आउंछ र ज्योतिषिले गरेको भविष्यवाणी आफ्ना सवै परिवारलाई सुनाउंछ । सवै चिन्तीत हुन्छन । घरमा रुवाबासी चल्छ । आफन्त, छरछिमेकी सवैलाई थाहा दिईन्छ । सवैले हुनेहार दैव नटार, छैठौंको दिनमा भाविले त्यही लेखेको रहेछ, लेखेको भोग्नै पर्छ भनेर सान्त्वना दिन्छन । सवैको सान्त्वनाका कारण पिडित व्यक्ती र उसका परिवार आफ्नो भाग्यलाई दोष दिंदै मन बुझाउन थाल्छन । 

समय वित्दै जांदा जव उ ६० वर्षको हुन्छ चिन्ता थपिंदै जान्छ । जतिजती भाद्र १० गते नजिकिंदै आउंछ उती उती उक्त परिवारमा पिडाबोध हुंदै जान्छ । यतिकैमा जव १० गते आउंछ उक्त दिन परिवार, आफन्त, ईष्टमित्र, साथिभाई, छरछिमेक सवै भेला हुन्छन र बन्दुक, भाला, ढालतरवार जे जे छन ति सवै हातहतियार लिएर घर वरिपरी तैनाथ हुन्छन बाघ मार्नका लागि । जसलाई बाघले मार्ने भनिएको हो उसलाई चाहीं ज्योतिषले तोकेको समयभन्दा ५ मिनेट अगाडी ठूलो बलियो काठको वाकसभित्र राखेर ठूलो बलियो ताल्चा लगाएर तिन तलामाथिको भित्री कोठामा खाटामुनी लगेर राखिन्छ । श्वास फेर्नका लागि मुखनेर एउटा प्वाल पारिएको हुन्छ । अरु सवै बाघको प्रतिक्षामा बस्छन । हातहतियार लिएर यता र उता गरिरहेका हुन्छन । सवैको मनमा न वा बाघले मलाई पो मार्ने हो कि भन्ने एक खालको डर पैदा हुन्छ । त्यतीकैमा जव ५ बजेर १० मिनेट ८ सेकेण्ड हुन्छ सवै चनाखो र शसंकित हुन्छन । तर तोकिएको समय कटेर १० मिनेट गयो । आधा घण्टा गयो तैपनि बाघ आएन । त्यसपछी सवैको अनुहारमा खुसी छायो । उनिहरु अव पक्कै बाघ आउंदैन भन्ने कुरामा निश्चिन्त भए र वाकस भएको ठाउंमा गए । जांदा जांदै नयां जिवन पाएकोमा बधाई पनि भने तर बाकसभित्रको मानिस बोलेन । खोलेर हेर्दा मृत अवस्थामा भेटे । सवै अचम्मीत भए । बाघ नआएकोमा खुसी भएका सवै पुनः दुखित भए । रुवाबासी चल्यो । मृत्युको कारण खोज्दै जांदा बाकसको माथिल्लोपटिको ढकनमा बाघको फोटो टांसिएको देखियो । यसवाट के अनुमान गरियो भने उसले एक्कासी त्यो बाघको फोटो देख्यो त्यसलाई नै बास्तविक बाघ संझियो र हर्ट अट्याक भएर मृत्यु भयो । यसरी उसलाई बनको बाघले नखाएर मनको बाघले खायो र मृत्युवरण गर्न पुग्यो । 

हो, यतिवेला कोभिड–१९ अधिकांश मानिसहरुलाई मनको बाघ भैरहेको अवस्था छ । अनाबश्यक रुपमा डराउने, त्रसित हुुने, आतंकित हुने र मानसिक रोगको शिकार हुने क्रम बढ्दो छ । गत वर्षको चैत (जुन बेला नेपालमा कोभिड–१९ देखियो) देखी हालसम्म डिप्रेशनका कारण धेरैले आत्महत्या गरेर ज्यान गुमाईसकेका छन भने धेरैको संख्यामा डिप्रेशनका रोगी भएर छटपटिएर, तड्पीएर बांचिरहेका छन । सामाजिक संजाल र संचार माध्यमहरुले पनि धेरै मानिसहरुलाई मानसिक रोगी बनाईरहेको छ । खासगरी फेसबुकमा कोरोनाका कारण मृत्यु भएका मानिसहरुको फोटो राख्ने, श्रद्धान्जली ब्यक्त गर्ने, अस्पतालमा गम्भिर अवस्थामा तड्पीरहेका विरामीहरुको फोटो राख्ने, आफन्तको वियोगमा रुवावासी गरिरहेका आफन्तजनको फोटो, भिडियो राख्ने फेसनका कारण ती वियोगान्त, कारुणिक, मर्माहत, पिडादायक दुःखद दृश्यहरुले कमजोर मनोवल भएका मानिसहरुलाई नराम्रो असर पु¥याउने गर्छ र निरन्तर ति दृश्यहरु हेरिरहंदा मानसिक तनाव उत्पन्न हुन्छ जसले गर्दा विस्तारै उनिहरु मानसिक रोगका शिकार बन्न पुग्छन । अर्कोतिर अनलाईन संचार माध्यमहरुले दैनिकरुपमा संक्रमित र मृतकको बढ्दो संख्या बताईरहंदा पनि ती कमजोर मनोवल भएका मानिसहरु आतंकित, त्रसित हुने गर्दछन । 

मानिसको सवैभन्दा ठूलो डरलाग्दो रोग भनेको मानसिक रोग हो । तसर्थ यतिवेला हामी सवैले मनोवल उच्च र वलियो बनाएर राख्नु जरुरी छ । हामिले चाहे सामाजिक संजालमा होस, चाहे संचार माध्यममा होस वा मानिसको मुखबाट देखेका, हेरेका, सुनेका कुराहरुको नकारात्मक पक्षलाई छाडेर सकारात्मक पक्षलाई मात्र ग्रहण ग¥यौं भने नकारात्मक पक्षलाई पनि सकारात्मक रुपमा बुझ्न कोसिस ग¥यौं भने पक्कै पनि हाम्रो मनोवल उच्च रहने छ, वलियो रहने छ । मनको बाघले हामीलाई खाने छैन । हामीले दैनिक हेर्ने र सुन्ने गरेका संचार माध्यम र सामाजिक संजालबाट नै देखेका छौं, सुन्ने गरेका छौं कि कोरोना भएका संक्रमितको निको हुने संख्या पनि त दिनप्रतिदिन बढ्दै  गैरहेको छ भने मृत्यु हुनेको संख्या पनि घट्दोक्रममा छ । कोभिड विरुद्धको भ्याक्सीन बनेर हामी आफुले लगाउन नभ्याए पनि हाम्रै दाजुभाई, दिदिवैनी र वुवा मुमाले लगाईसक्नु भएको छ । हामी पालो कुरेर वसेका छौं । प्रतिक्षामा छौं । पालो आएपछी पक्कै लगाउने छौं । अस्पतालहरुमा कोभिडका विरामीहरुका लागि वेडहरु थपिंदै छन । अक्सीजन प्लान्टहरु बन्दै छन । विनोद चौधरीहरुजस्ता वरिष्ठ समाजसेवी, प्रतिष्ठित उद्योगपतीहरु अक्सीजन प्लान्ट बनाउने ंकाममा सहयोगीको भूमिका निर्वाह गरिरहेका छन । सामाजिक सेवा भाव भएका विभिन्न तह र तप्का, संघ संस्थाका मानिसहरु सहयोगमा जुटिरहेका छन । त्यती मात्र होईन सकारात्मक रुपमा बुझ्नुपर्ने कुरा अर्को के छ भने जती संक्रमित भएका छन ती सवै गंभिर अवस्थामा पनि त छैनन् । सामान्य अवस्थामा होम आईसोलेशनमा बसेर ठिक भएका धेरै छन । संक्रमितमध्ये ज्यादै थोरै प्रतिशत मात्र जो दिर्घरोगी र गंभिर प्रकृतिका रोगवाट आक्रान्त छन, तिनीहरुमध्ये पनि केहिले मात्र त ज्यान गुमाएका छन केही केशहरुलाई छाडेर । अन्य देशको तुलनामा भन्दा त अझ यो कमै छ । यसको पछाडिको कारण जसले जे बुझे पनि, जे भने पनि अन्ततः नेपालीहरुको शसक्त रोग प्रतिरोधात्मक क्षमता नै हो अर्थात हामीसंग भएको प्रशस्त प्राकृतिक श्रोत र साधन, हाम्रो, खानपान, धर्म, संस्कार, संस्कृति, परिश्रम र मेहनतमा विश्वास गर्ने आदत नै हो । र त कोभिड लाग्नेवितिकै अव बांचिदैन की भन्ने बुझियो भने त्यो गलत ठहरिन्छ । सवैलाई गाह्रै बनाउंछ भन्ने छैन । यो रोग प्रतिरोधात्मक क्षमतामा भर पर्दछ । सकारात्मक सोच आत्मवल बलियो बनाउने महत्वपूर्ण शक्तिसाली रोग प्रतिरोधात्मक क्षमता वढाउने बुस्ट हो । 

तितो लाग्न सक्छ यतिवेला वा दोश्रो लहरमा संक्रमित र मृतकको संख्यामा वृद्धी हुनुुको पछाडी हाम्रो गैरजिम्मेवारीपन पनि कारक बनेको छ । एउटा कुरा हामी स्वयम आफैं प्रति, आफ्नो परिवारप्रती, समाज, छरछिमेकप्रती कती जिम्मेवार छौं भन्ने कुरा पनि मनन गर्न जरुरी छ किनकी संक्रमित केही मानिसहरु आफुलाई केही असहज अनुभव भएको छैन भन्ने नाममा होम आईसोलेशनमा नवसेर खुल्लमखुल्ला सार्वजनिक स्थलहरुमा निर्धक्कसंग हिंडिरहेको पाईन्छ । यस्तै जो संक्रमित भै निक्कै अस्वस्थ अवस्थामा होम आईसोलेशनमा वसिरहेका तर केही सहज अवस्थामा पुगेका, पूर्ण निको नभैसकेका केही मानिसहरु समेत लापर्वाहीका साथ सार्वजनिक स्थलहरुमा घुमफिर गरेको पाईन्छ । केही केशहरु हेर्दा त्यस्तै खालका गैरजिम्मेवार मानिसहरु पछी पुनः सक्रिय संक्रमित भै गंभिर भएर ज्यान गुमाउन पुगेका छन । दुःख लाग्छ केही घटनाहरु सावधानी अपनाउंदा अपनाउंदै पनि अत्यन्तै दुःखदयी बनेका छन । 

निश्चितैरुपमा यतिवेला पनि सकारात्मक सोचका साथ स्वास्थ्य शुरक्षाका मापदण्डहरु पालना गरेर सावधानी अपनाएर घरवाहिर निस्कीएनौ, अती जरुरी काम पर्दा नाक र मुख छोप्ने गरी मास्क लगाएर निस्कीयौं, तोकेको सामाजिक दुरी कायम ग¥यौं, बारम्वार सावुनपानीले हात धोयौं, स्यानीटाईजर लगायौं भने कोभिड–१९ ले हामीलाई कती पनि छुन सक्दैन । यती गर्दा पनि दैनिक ब्यबहार मिलाउने क्रममा केही गरी भैहालेछ भने पनि सावधानी अपनाएका कारण कठिन अवस्था सिर्जना हुने छैन । नियम पालना गरी होम आईसोलेशनमा शुरक्षितसाथ बस्यो भने सामान्य, सहज अवस्थामै हामी कोभिड–१९ लाई जित्ने छौं, परास्त गर्ने छौं । त्यसर्थ आतंकित, त्रसित नबनौ, आत्मवल बलियो बनाउं, सकारात्मक सोच राखौं, सोही अनुसार व्यावहार गरौं, अनावश्यक तनाववाट मुक्त होउं । सावधानी अपनाउं, शुरक्षित होउं । सवैको जय होस । 


Friday, May 7, 2021

बांचौ र बचाउं



कोभिड–१९ को दोश्रो लहरले यतिवेला पुनः विश्वभर आतंक मच्चाईरहेको छ । हाम्रो देश नेपाल पनि यो मामिलामा अछुतो रहन सकेको छैन । नेपालमा देखिएको नयां भेरियन्ट पहिलाको भन्दा खतरनाक सावित भएको छ । संक्रमित र मृतकको संख्या हरेक दिन बढ्दो क्रममा छ तर अस्पतालहरुमा भने आई सि यु, भेन्टिलेटर र वेडको अभाव खड्की रहेको छ । अझ दुख लाग्दो कुरा त पशुपती आर्यघाटमा लास जलाउने ठाउंको अभाव भैरहेको छ । लास जलाउनका लागि घण्टौं कुर्नुपर्ने अवस्था छ । एकातिर अस्पतालमा वेडको पालो पर्खनुपर्ने, अर्कोतिर मृत्युपश्चात पनि घाटमा पालो कुर्नुपर्ने यो भयावह स्थिीतीका विच हामी गुज्रिरहेका छौं । 

त्यतीमात्र होईन उद्योगधन्दा, व्यापार, व्यावशाय बन्द हुंदा आयश्रोत ठप्पै भएको छ । हुनेखानेहरुलाई त यसले त्यती फरक नपर्ला तर हुंदा खानेहरु जसलाई ज्याला मजदुरी नगरी विहान बेलुकाको छाक टार्न धौ धौ पर्छ उनिहरुका लागि यो कोभिड–१९ महाकाल बनेको छ । यसैगरी ति मानिसहरु जसले चर्को व्याजमा ऋण लिएर भर्खरै मात्र उद्योगधन्दा वा व्यापार, व्यावशाय संचालन गरेका थिए, उनिहरुका लागि पनि यो अबस्था पिडादायी बन्न पुगेको छ । काम ठप्प भएपछी आम्दानी हुंदैन । आम्दानी नभएपछी साहुको ऋण व्याज चुक्ता गर्ने अवस्था रहंदैन । आम्दानी वा कमाई भएको छैन भनेर साहुले छुट दिंदैन । यसरी यतिवेला हरेक मानिस मानसिक तनावबाट गुज्रीरहेको अवस्था छ । चाहे हुनेखाने होस वा चाहे हुंदा खाने यि दुवै वर्गको कतिवेला कोरोना लाग्ने हो, लागेपछी मरिने हो की बांचिने हो भन्ने एउटै साझा चिन्ता रहेको छ भने गरिखाने बर्गलाई विहान वेलुकाको छाक टार्ने छुट्टै पिरलो छ । फेरी यो अवस्था कहिलेसम्म रहने हो कुनै निश्चितता छैन । पहिलो लहर, दोश्रो लहर, तेस्रो लहर कती लहर आउने हो थाहा छैन । 

कोरोना आतंकको पिडादायी अवस्थालाई कती समयसम्म लम्व्याउने हो भन्ने गंभिर प्रश्न यतिवेला तपाईं हामी सामु तेर्सिएको छ अर्थात यो मानविय क्षतिको अवस्थालाई कती समयसम्म वचाएर राख्ने र पिडाबोध गरिरहने भन्ने कुरा तपाईं हाम्रो हातमा रहेको सत्य तथ्य घटनाक्रमले पुष्टि गरिदिएको छ । यो भाईरसको उत्पती कसरी भयो भन्ने कुराको आधिकारिक पुष्टि नभएता पनि मानविय अप्राकृतिक कृयाकलापकै कारण यसको उत्पती भएको कुरामा कसैको दुई मत रहंदैन । केही सामाजिक संजालहरुमा यो कृतिम भाईरस हो भन्ने कुराको पुष्टी पनि गर्न खोजिएको पाईन्छ । तर त्यसको कुनै प्रमाणिक आधार भने पाईंदैन । चाहे जसरी आएको होस यतिवेलाको महत्वपुर्ण सवाल भनेको यसवाट कसरी बच्ने भन्ने नै हो । 

यसको उत्पतीको विषय जसरी अनुत्तरित छ त्यसैगरी यसको उपचार पद्धति वा प्रकृयाको विषय पनि अन्यौल नै रहेको छ । जे जस्ता उपचार पद्धती अपनाईएको छ त्यो केवल अनुमानमा आधारित रहेको छ । चाहे औषधी ख्वाउने कुरा होस वा भ्याक्सिन लगाउने । ती सवै एक्सपेरिमेन्ट र ट्रायल वेसमा आधारित रहेका छन । यसको ठोस औषधी उपचार पत्ता लाग्न सकेको छैन किनकी यो कस्तो खालको भाईरस हो भन्ने कुरा नै पत्ता लाग्न सकेको छैन । यद्यपी यी दुवै विषयमा अनुसन्धान भैरहेका छन । बैज्ञानिकहरु लागीपरेका छन । त्यसैले त एकचोटी लागेकालाई पुनः दोहोरिएको छ । भ्याक्सीन लगाएकालाई पनि देखिएको छ । लहरैपिच्छे लक्षण र भेरियण्ट बदलिएको छ । जसले गर्दा जताततै अन्यौलको बाताबरण सिर्जना भएको छ । स्वास्थ्यकर्मी अन्यौलमा परेका छन । जनमानस अन्यौलमा परेको छ । भ्रम उत्पती भएको छ । रुघा लागेको हो वा कोरोना भएको छुट्याउन गाह्रो परेको छ । अघिपछीजस्तो बदलिंदो मौसमी परिवर्तनका कारणले लाग्ने सामान्य रुघाखोकी होला भन्ने भ्रमले गंभिर अवस्था ब्यहोर्नु परिरहेको छ । यसरी अन्यौल नै अन्यौलका विच भयावह अवस्था सिर्जना भैरहेको छ जसका कारण सक्रिय संक्रमित र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्ने क्रममा छ । 

त्यसो भए यसवाट बच्ने उपाय के त ? सावधानी । मात्र सावधानी । स्वास्थ्य शुरक्षासम्वन्धी मापदण्डको पालना । बिशेषगरी बिश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग र जनस्वास्थ्य विशेषज्ञहरुले तोकेको स्वास्थ्य शुरक्षासम्वन्धि मापदण्डहरुको अक्षरशः पालना गर्नु नै कोभिड–१९ बाट बच्ने वलियो र भरपर्दो उपाय हो । मुख र नाक ढाक्ने गरी मास्क लगाउनु, वारम्वार सावुन पानीले मिचिमिची हात धुनु, स्यानीटाईजरको प्रयोग गर्नु, सामाजिक दुरी कायम गर्नु, विना काममा घरवाट वाहिर ननिस्कनु, सावुन पानीले हात नधोईकन नाक र मुखमा हात नलगाउनु, सफासुग्घर गर्नु जस्ता साबधानीका उपायहरु वा स्वास्थ्य मापदण्डहरु कुनै नयां कुराहरु हुंदै होईनन् । हामीले विगतमा कोरोना महामारी आउनु पूर्व नै अपनाउंदै आएका कुराहरु हुृन । हामीले बढ्दो प्रदुषणका कारण धुवां, धुलोवाट बच्नका  लागि विगतदेखी नै मास्क लगाएर हिंड्ने गरेका थियौं । त्यसरी नै विशेष गरी हामी नेपालीहरुले अघिपछी पनि खाना खानु अघी, चर्पी गएपछी, फोहोर बस्तु चलाएपछी सावुन पानीले हात धुने गरेका थियौं । यस्तै विगतमा पनि हामी जान पहिचान नभएका मानिसहरुसंग सुरक्षाका दृष्टिले  पनि दुरी कायम गरेरै हिंडडुल गर्ने गरेका थियौं । धार्मिक हिसावले र स्वास्थ्यका हिसावले समेत सरसफाईमा ध्यान दिएकै हुन्थ्यौं । यिनै कुराहरुलाई निरन्तरता दिनु हाम्रा लागी कुनै कठिन काम होईनन् । 

यसवाहेक हामीले कोभिडवाट बच्नका  लागि केही हाम्रा गलत प्रवृती, आदत, बानी ब्यहोरालाई परिबर्तन गर्नु जरुरी छ । नाक कोट्याईरहने, धुम्रपान ( सुर्ती, चुरोट, खैनी ) सेवन गर्ने, मादक पदार्थ सेवन गर्ने, जथाभावी पान, खैनी, सुर्ती खाएर जहां पायो त्यहीं थुक्ने, गलत नकारात्मक सोच राख्नेजस्ता गलत प्रवृतिहरु परिवर्तन गर्यौं भने निश्चीतै रुपमा हामी कोभिडवाट बच्ने छौं । लकडाउन कस्तो हुने रहेछ, कती मानिस हिंड्दा रहेछन भनेर अनुगमन गर्न जाने केही मानीसहरुको गलत प्रबृती रहेको पाईन्छ । यो वानीको अन्त्य गरौं । विहान मर्निङ वाकमा जाने काम पनि बन्द गरौं । घरकै कम्पाउण्डभित्र या छतमा मर्निङ वाक गर्ने गरौं । विना काममा घरवाहिर ननिस्कौं जसले सामाजिक दुरी कायम गर्ने कुरालाइ बल पुग्ने गर्छ । केही सामान छुने वितिकै स्यानीटाईजरको प्रयोग गरौं । विहान उठेर केही समय  योगा गरौं । रचनात्मक काम गरौं । नआए पनि कविता लेखौं । गित लेखौं । यु टुव या सामाजिक संजालमा राम्रा राम्रा कुराहरु हेरौं । सफल व्याक्तिो जिवन कहानीहरु हेरौं । जिवनमा सफल भएका प्रेरणादायक मानिसहरुको जिवनी हेरौं । त्यस्तै खालका पुस्तकहरु पढौं । भजन सुनौं । गित संगित सुनौ । यती गर्यौं भने पक्कै पनि हामीलाई कोरोनाले छुने छैन । हामी स्वस्थ रहने छौं । शुरक्षित रहने छौं । 

अर्को कुरा हामीलाई थाहा नै छ हाम्रो परिवार, आफन्त, साथीभाई कसैलाई कोरोना  लाग्यो भने नजिक पर्नु हुंदैन । छुनु हुंदैन । टाढावाट स्वास्थ्यलाभको कामना गर्नुवाहेक अर्को विकल्प छैन । माया लाग्छ तर के गर्ने कठोर बन्नुपर्छ । माया, ममता नजिकबाट श्पर्स गर्न मिल्दैन टाढावाट भौतिक सहयोग गर्नु वाहेक । आंशु लुकाएर राख्नुपर्छ । त्यसर्थ बेलैमा सचेत होउं । शुरीक्षीत रहौं । बांचे संसार देख्न पाईन्छ । रोग लागिसकेपछी पछुताउनुको तुक छैन । फेरी आफु वांच्नु भनेको अरुलाई बचााउनु पनि हो । आफु बांचौ, अरुलाई बचाऔं । 


Friday, April 2, 2021

सोच



सन्दर्भ २०७६ सालको हो । माघ १ गते जरुरी काम परेका कारण विहानै सिद्धार्थ यातायातको विङ्गर चढेर काठमाण्डौको खसी बजारबाट बुटवलतर्फ प्रस्थान गरियो । यात्रामा हामी दुईजना थियौं । विचको दुईवटा सिट फोन मार्फत बुकिङ्ग गरिएको थियो । हामीभन्दा अगाडिको सिटमा लगभग ४०÷५० उमेरका महिलाहरु बसेका थिए भने पछाडिको सिटमा २ जना पुरुषहरु बसेका थिए । उनिहरु अन्दाजी ३० देखी ४० बर्ष बिचको उमेरका थिए । यात्राको क्रम सुरु भएदेखी नै हामीभन्दा पछाडीको सिटमा बस्ने दुई जना पुरुष गुनासो गर्न थाले । ‘ हामी बुढाहरुलाई पछाडी राखेर अगाडी केटिहरुलाई राखेको छ । विवेक नभएको ड्राईवर । हुन त यहां कसलाई भनेर के हुने हो र । तैं चुप मै चुप । उनिहरुले त्यसो भनिरहंदा हामी दुई भने मुस्कुराईरहेका थियौं । यात्रा अगाडी बढिरहेको थियो । 

यात्रा नैकापबाट थान्कोटतर्फ लागेपश्चात विग्रीएको मर्मत हुंदै गरेको धुलाम्य सडकको विषयमा गुनासो गर्न थाले । यो सडक विग्रीएको वर्षौ भैसक्यो । कसैलाई मतलब छैन । नेताहरुलाई कुर्सि पाए भयो । भ्रष्टचारी नेताहरु । यो देश कहिल्यै नसप्रने भयो आदि आदि । उनिहरुले त्यसो भनिरहंदा हामी दुईलाई पनि केहि हदसम्म त ठिकै हो की जस्तो पनि लाग्यो । यात्रा अगाडी बढ्रदै गयो । थानकोटबाट अगाडी लाग्दै गर्दा टिप्परको ओभरटेकका कारण प्रायःजाम हुने नागढुङ्गाको ओरालोमा जाम नभै सरासर जान पाएकोमा भने खुसी देखिन्थे । भन्दै थिए—आजै पहिलो पटक होला जाममा नफसी सरासर जान पाएको । यात्राको क्रममा विङ्गरको झ्यालबाट देखिने पर परको गाउंसम्म पुग्ने बाटो खनेकोमा पनि गुनासो गरिरहेका थिए– त्यस गाउंका मानिसहरुको कृषी उत्पादनलाई सरल मुल्य तिरेर किसानलाई ठगी बजारमा लगेर महंगो मुल्यमा बेच्नका लागि बाटो खनिएको भन्थे । बाटोमा राम्रो रङ्ग लगाएर बनाएको होटल देखे भने हामीलाई ठगेर बनाएको फेरी पनि ठग्नका  लागि आकर्षक बनाएको त हो नि भन्थे । खाना खाने होटलमा कती नराम्रो, महङ्गो खाना भनेर गुनासो गरिरहेका हुन्थे । यसरी हरेक कुरामा नकारात्मक धारणा मात्र राख्थे । उनिहरुको गुनासो सुन्दा सुन्दै कती छिटो २ बजे बुटवल पुगिएछ पत्तै भएन । 

त्यस दिन सितलनगरमा आफन्तकोमा बास वसी भोलिपल्ट वसद्वारा गुल्मी तर्फ  लागियो । माघे संक्रान्तिको अवसरमा रिडी मेला लागेको हुंदा मेला भर्न जानेहरुको भिडम भिडका कारण गाडी खचाखच भरिएको थियो । खुट्टा टेक्ने ठाउं थिएन र पनि यात्रुहरु सन्तुष्टी नै पोखिरहेका थिए । पहिला पहिला गाडी नचल्दा हिंडेरै भए पनि घण्टौ लगाएर आवत जावत गरिन्थ्योे । अहिले त  कम से कम उभिएरै  भए पनि गाडी चढ्रन पाईएको छ । यो नै ठुलो उपलब्धि हो । यसरी उनिहरुलाई सिट चाहिएको छैन । उभिएरै भए पनि यात्रा गर्न पाएकोमा खुसी देखिन्छन । त्याहांको अर्को सकारात्मक पक्ष भनेको गाडी भाडाका लागि कसैले पनि किचकिच गर्दैनन । गाडीको स्टाफले जती मागेको छ सवाल जवाफ नगरिकनै खुरुक्क झिकेर दिने प्रचलन रहेको पाईन्छ । जसले गर्दा अन्यत्र वा सहरी क्षेत्रमा जस्तो यात्रु र गाडीका स्टाफविच भाडाका लागि झै झगडा पनि पर्दैन । त्यस्तै गाडी यात्रामा संगै सिटमा बसेका यात्रुहरुविच भलाकुसारी हुने अर्को सकारात्मक पक्ष हो । सहरी क्षेत्रमा संगैको सिटमा बसेको यात्रुसंग बोल्दा पाप लाग्ला जस्तो ठानिने संस्कार रहेको पाईन्छ । यसबाट के पुष्टी हुन्छ भने सोच नकारात्मक हुंदा हरेक पक्षलाई गलत देखिन्छ भने सोच सकारात्मक हुंदा हरेक चिज सही देखिन्छ । भनिन्छ नि– मन धमिलो छ भने दृष्टीकोण धमिलो हुन्छ । दृष्टीकोण धमिलो भएपछी चिज गलत देखिन्छ । काठमाडौं देखी गुल्मीसम्म पुग्दाको अनुभवले यही बताउंछ । 

गुल्मीबाट बुटवल फर्केर आफन्त भेटघाटका लागि धनगढी लाग्दै गर्दा र भेटघाटको क्रम पश्चात बुटवल फर्किंदै गर्दा रात्री बसमा मादक पदार्थ सेवन गरी हो हल्ला गरेर यात्रुहरुलाई डिस्टर्व गरिरहंदा गुल्मीको पहाडी बस्तीमा चल्ने गाडीका यात्रुहरुको असल सोच र सोच अनुसारको ब्याबहारको स्मरण गर्न मन लाग्यो । यसरी सुविधायुक्त सहरवासी भएकोमा आफुलाई सभ्य भएको ठान्नेहरुले देखाएको असभ्य र जङ्गली ब्यबहार र आफुलाई विकट पहाडी अशिक्षित, अनपढ, केही नजान्ने ठान्नेहरुले देखाएको सभ्य, अत्यन्तै शालिन, भद्र ब्यवहारलाई तुलना गर्न मन लाग्दथ्यो । यो त एउटा प्रतिनिधीमुलक परिघटना मात्र हो । सारमा यो देशभरीकै कथा ब्यथा हो । 

 


Saturday, March 27, 2021

म रुख हुं

 म रुख हुं 


म राप र ताप ओढ्छु 

र शितलताको बर्को ओढाउंछु

म जलेर खरानी बन्छु 

र न्यानो दिन्छु अरुलाई

म काटिन्छु र वास बन्छु

तासिन्छु र खास बन्छु

मासिन्छु र झास बन्छु

म वास बन्छु

गांस बन्छ

श्वास बन्छु

र वदलामा

लास बन्छु

किनकी म रुख हुं

मलाई चिनेनन् मान्छेहरुले

र त

म जङ्गल थिएं

मैदान वनाए

म अमृत थिएं 

जहर वनाए

बुझेनन् महत्व

शहर वनाए

म वर्षात थिएं

खडेरी वनाए

मासेर मलाई

 घडेरी बनाए

किनकी 

म निरिह रुख हुं

म अमूक रुख हुं

फेरी पनि 

म रुख नै हुन चाहन्छु

रुख हुनुको मज्जै अर्को छ

 हामी रुखहरु 

काटिन्छौं काट्दैनौ

मासिन्छौं मास्दैनौ

भासिन्छौं भास्दैनौ

तासिन्छौं तास्दैनौ

रुन्छौं रुवाउंदैनौ

हेपिन्छौं हेप्दैनौ

लुटिन्छौं लुट्दैनौ

बचाउंछौं मार्दैनौ

किनकी 

हामी रुख हौं

मान्छे हैनौ