कोभिड–१९ को दोश्रो लहरले यतिवेला पुनः विश्वभर आतंक मच्चाईरहेको छ । हाम्रो देश नेपाल पनि यो मामिलामा अछुतो रहन सकेको छैन । नेपालमा देखिएको नयां भेरियन्ट पहिलाको भन्दा खतरनाक सावित भएको छ । संक्रमित र मृतकको संख्या हरेक दिन बढ्दो क्रममा छ तर अस्पतालहरुमा भने आई सि यु, भेन्टिलेटर र वेडको अभाव खड्की रहेको छ । अझ दुख लाग्दो कुरा त पशुपती आर्यघाटमा लास जलाउने ठाउंको अभाव भैरहेको छ । लास जलाउनका लागि घण्टौं कुर्नुपर्ने अवस्था छ । एकातिर अस्पतालमा वेडको पालो पर्खनुपर्ने, अर्कोतिर मृत्युपश्चात पनि घाटमा पालो कुर्नुपर्ने यो भयावह स्थिीतीका विच हामी गुज्रिरहेका छौं ।
त्यतीमात्र होईन उद्योगधन्दा, व्यापार, व्यावशाय बन्द हुंदा आयश्रोत ठप्पै भएको छ । हुनेखानेहरुलाई त यसले त्यती फरक नपर्ला तर हुंदा खानेहरु जसलाई ज्याला मजदुरी नगरी विहान बेलुकाको छाक टार्न धौ धौ पर्छ उनिहरुका लागि यो कोभिड–१९ महाकाल बनेको छ । यसैगरी ति मानिसहरु जसले चर्को व्याजमा ऋण लिएर भर्खरै मात्र उद्योगधन्दा वा व्यापार, व्यावशाय संचालन गरेका थिए, उनिहरुका लागि पनि यो अबस्था पिडादायी बन्न पुगेको छ । काम ठप्प भएपछी आम्दानी हुंदैन । आम्दानी नभएपछी साहुको ऋण व्याज चुक्ता गर्ने अवस्था रहंदैन । आम्दानी वा कमाई भएको छैन भनेर साहुले छुट दिंदैन । यसरी यतिवेला हरेक मानिस मानसिक तनावबाट गुज्रीरहेको अवस्था छ । चाहे हुनेखाने होस वा चाहे हुंदा खाने यि दुवै वर्गको कतिवेला कोरोना लाग्ने हो, लागेपछी मरिने हो की बांचिने हो भन्ने एउटै साझा चिन्ता रहेको छ भने गरिखाने बर्गलाई विहान वेलुकाको छाक टार्ने छुट्टै पिरलो छ । फेरी यो अवस्था कहिलेसम्म रहने हो कुनै निश्चितता छैन । पहिलो लहर, दोश्रो लहर, तेस्रो लहर कती लहर आउने हो थाहा छैन ।
कोरोना आतंकको पिडादायी अवस्थालाई कती समयसम्म लम्व्याउने हो भन्ने गंभिर प्रश्न यतिवेला तपाईं हामी सामु तेर्सिएको छ अर्थात यो मानविय क्षतिको अवस्थालाई कती समयसम्म वचाएर राख्ने र पिडाबोध गरिरहने भन्ने कुरा तपाईं हाम्रो हातमा रहेको सत्य तथ्य घटनाक्रमले पुष्टि गरिदिएको छ । यो भाईरसको उत्पती कसरी भयो भन्ने कुराको आधिकारिक पुष्टि नभएता पनि मानविय अप्राकृतिक कृयाकलापकै कारण यसको उत्पती भएको कुरामा कसैको दुई मत रहंदैन । केही सामाजिक संजालहरुमा यो कृतिम भाईरस हो भन्ने कुराको पुष्टी पनि गर्न खोजिएको पाईन्छ । तर त्यसको कुनै प्रमाणिक आधार भने पाईंदैन । चाहे जसरी आएको होस यतिवेलाको महत्वपुर्ण सवाल भनेको यसवाट कसरी बच्ने भन्ने नै हो ।
यसको उत्पतीको विषय जसरी अनुत्तरित छ त्यसैगरी यसको उपचार पद्धति वा प्रकृयाको विषय पनि अन्यौल नै रहेको छ । जे जस्ता उपचार पद्धती अपनाईएको छ त्यो केवल अनुमानमा आधारित रहेको छ । चाहे औषधी ख्वाउने कुरा होस वा भ्याक्सिन लगाउने । ती सवै एक्सपेरिमेन्ट र ट्रायल वेसमा आधारित रहेका छन । यसको ठोस औषधी उपचार पत्ता लाग्न सकेको छैन किनकी यो कस्तो खालको भाईरस हो भन्ने कुरा नै पत्ता लाग्न सकेको छैन । यद्यपी यी दुवै विषयमा अनुसन्धान भैरहेका छन । बैज्ञानिकहरु लागीपरेका छन । त्यसैले त एकचोटी लागेकालाई पुनः दोहोरिएको छ । भ्याक्सीन लगाएकालाई पनि देखिएको छ । लहरैपिच्छे लक्षण र भेरियण्ट बदलिएको छ । जसले गर्दा जताततै अन्यौलको बाताबरण सिर्जना भएको छ । स्वास्थ्यकर्मी अन्यौलमा परेका छन । जनमानस अन्यौलमा परेको छ । भ्रम उत्पती भएको छ । रुघा लागेको हो वा कोरोना भएको छुट्याउन गाह्रो परेको छ । अघिपछीजस्तो बदलिंदो मौसमी परिवर्तनका कारणले लाग्ने सामान्य रुघाखोकी होला भन्ने भ्रमले गंभिर अवस्था ब्यहोर्नु परिरहेको छ । यसरी अन्यौल नै अन्यौलका विच भयावह अवस्था सिर्जना भैरहेको छ जसका कारण सक्रिय संक्रमित र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्ने क्रममा छ ।
त्यसो भए यसवाट बच्ने उपाय के त ? सावधानी । मात्र सावधानी । स्वास्थ्य शुरक्षासम्वन्धी मापदण्डको पालना । बिशेषगरी बिश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग र जनस्वास्थ्य विशेषज्ञहरुले तोकेको स्वास्थ्य शुरक्षासम्वन्धि मापदण्डहरुको अक्षरशः पालना गर्नु नै कोभिड–१९ बाट बच्ने वलियो र भरपर्दो उपाय हो । मुख र नाक ढाक्ने गरी मास्क लगाउनु, वारम्वार सावुन पानीले मिचिमिची हात धुनु, स्यानीटाईजरको प्रयोग गर्नु, सामाजिक दुरी कायम गर्नु, विना काममा घरवाट वाहिर ननिस्कनु, सावुन पानीले हात नधोईकन नाक र मुखमा हात नलगाउनु, सफासुग्घर गर्नु जस्ता साबधानीका उपायहरु वा स्वास्थ्य मापदण्डहरु कुनै नयां कुराहरु हुंदै होईनन् । हामीले विगतमा कोरोना महामारी आउनु पूर्व नै अपनाउंदै आएका कुराहरु हुृन । हामीले बढ्दो प्रदुषणका कारण धुवां, धुलोवाट बच्नका लागि विगतदेखी नै मास्क लगाएर हिंड्ने गरेका थियौं । त्यसरी नै विशेष गरी हामी नेपालीहरुले अघिपछी पनि खाना खानु अघी, चर्पी गएपछी, फोहोर बस्तु चलाएपछी सावुन पानीले हात धुने गरेका थियौं । यस्तै विगतमा पनि हामी जान पहिचान नभएका मानिसहरुसंग सुरक्षाका दृष्टिले पनि दुरी कायम गरेरै हिंडडुल गर्ने गरेका थियौं । धार्मिक हिसावले र स्वास्थ्यका हिसावले समेत सरसफाईमा ध्यान दिएकै हुन्थ्यौं । यिनै कुराहरुलाई निरन्तरता दिनु हाम्रा लागी कुनै कठिन काम होईनन् ।
यसवाहेक हामीले कोभिडवाट बच्नका लागि केही हाम्रा गलत प्रवृती, आदत, बानी ब्यहोरालाई परिबर्तन गर्नु जरुरी छ । नाक कोट्याईरहने, धुम्रपान ( सुर्ती, चुरोट, खैनी ) सेवन गर्ने, मादक पदार्थ सेवन गर्ने, जथाभावी पान, खैनी, सुर्ती खाएर जहां पायो त्यहीं थुक्ने, गलत नकारात्मक सोच राख्नेजस्ता गलत प्रवृतिहरु परिवर्तन गर्यौं भने निश्चीतै रुपमा हामी कोभिडवाट बच्ने छौं । लकडाउन कस्तो हुने रहेछ, कती मानिस हिंड्दा रहेछन भनेर अनुगमन गर्न जाने केही मानीसहरुको गलत प्रबृती रहेको पाईन्छ । यो वानीको अन्त्य गरौं । विहान मर्निङ वाकमा जाने काम पनि बन्द गरौं । घरकै कम्पाउण्डभित्र या छतमा मर्निङ वाक गर्ने गरौं । विना काममा घरवाहिर ननिस्कौं जसले सामाजिक दुरी कायम गर्ने कुरालाइ बल पुग्ने गर्छ । केही सामान छुने वितिकै स्यानीटाईजरको प्रयोग गरौं । विहान उठेर केही समय योगा गरौं । रचनात्मक काम गरौं । नआए पनि कविता लेखौं । गित लेखौं । यु टुव या सामाजिक संजालमा राम्रा राम्रा कुराहरु हेरौं । सफल व्याक्तिो जिवन कहानीहरु हेरौं । जिवनमा सफल भएका प्रेरणादायक मानिसहरुको जिवनी हेरौं । त्यस्तै खालका पुस्तकहरु पढौं । भजन सुनौं । गित संगित सुनौ । यती गर्यौं भने पक्कै पनि हामीलाई कोरोनाले छुने छैन । हामी स्वस्थ रहने छौं । शुरक्षित रहने छौं ।
अर्को कुरा हामीलाई थाहा नै छ हाम्रो परिवार, आफन्त, साथीभाई कसैलाई कोरोना लाग्यो भने नजिक पर्नु हुंदैन । छुनु हुंदैन । टाढावाट स्वास्थ्यलाभको कामना गर्नुवाहेक अर्को विकल्प छैन । माया लाग्छ तर के गर्ने कठोर बन्नुपर्छ । माया, ममता नजिकबाट श्पर्स गर्न मिल्दैन टाढावाट भौतिक सहयोग गर्नु वाहेक । आंशु लुकाएर राख्नुपर्छ । त्यसर्थ बेलैमा सचेत होउं । शुरीक्षीत रहौं । बांचे संसार देख्न पाईन्छ । रोग लागिसकेपछी पछुताउनुको तुक छैन । फेरी आफु वांच्नु भनेको अरुलाई बचााउनु पनि हो । आफु बांचौ, अरुलाई बचाऔं ।

No comments:
Post a Comment