Monday, May 25, 2020

विभेदरहित समाज निर्माणमा बालबालिकाको चासो

विभेदरहीत समाज निर्माणका खातिर समानताका पक्षमा धेरै लामो समयदेखि नेपाली जनताले रगत बगाउंदै आएका छन । ईतिहासका विभिन्न कालखण्डमा भएका जनताका बलीदानी आन्दोलनका कारण यतिबेला देशमा गणतन्त्र समेत स्थापना भैसकेको अवस्था छ । यहांसम्म आईपुग्दा नेपालि समाजमा जरो गाडेर बसेका बिबिधखाले विभेदहरु अन्त्यका निम्ति राज्यको तर्फबाट थुप्रै नियम कानूनहरु निर्माण भए । सयौंको संख्यामा सरोकारवाला संघ संस्थाहरु स्थापना भए । राजनैतिक दलका प्रतिबद्धताहरु आए । चुनावी घोषणापत्रहरुमा लिपीबद्ध गरीए । राजनैतिक नाराहरु बने । तर अपशोच ती सवै कागजमा, भाषणमा, नारामा, चुनावी मुद्धामा मात्र सीमीत रहे । अन्ततः विभेद, असमानता ज्युं का त्युं रह्यो । 
र त यतिबेला बोक्सीको आरोपमा महिलाहरु हिंसाको शिकार भैरहेका छन् । दाईजो नल्याएको निहुंमा प्रताडीत भैरहेका छन् । छोरा नपाईदिएको निहुंमा बुहारी भएका नाताले सामाजिक, पारीवारीक हिंसाको शीकार भैरहेका छन् । अहिले पनि उनिहरु आर्थिक, सामाजिक, सांस्कृतिक आदी बिबिध अधिकारहरु बाट बन्चीत छन् । महिला भएका नाताले दोश्रो दर्जाको नागरीकको हैसीयतमा बांच्न बाध्य छन उनिहरु । त्यसैगरी जातिय विभेद जस्ताको तस्तै रहेको छ । दलित भएका नाताले धारा, ईनार छोएको निहुंमा, मन्दिर प्रवेश गरेको निहुंमा यातना भोग्नु परीरहेको छ । अहिले पनि अन्तरजातिय विवाह गरेका कारण परिवारबाट, समाजबाट, गाउंबाटै विस्थापित हुन परीरहेको छ  । निर्गाध कुटाई खान परीरहेको छ । यसैगरी बर्गीय बिभेद जस्ताको तस्तै छ । कारखाना मालिकले मजदुरमाथि हेर्ने दृष्टीकोण, गर्ने ब्याबहार उस्तै छ  । जमिन्दारले किसानमाथी गर्ने ब्याबहार पनि उस्तै छ । धनिले गरीबमाथी गर्ने ब्याबहारमा कुनै परीबर्तन आएको छैन । यस्ता थुप्रै विबेधहरु छन, जो गणतन्त्र स्थापनापछि पनि जस्ताको तस्तै रहेको छ । 
त्यसमा पनि महिलामाथी गरीने बिभेद परीवारभित्र झनै विकराल रहेको पाईन्छ । पतिले पत्नीमाथी, सासुले बुहारीमाथी, छोरा र छोरी विच, छोरी र बुहारी बिचको विभेद अझै पनि आंशिक रुपमा बाहेक अन्त्य हुन सकेको छैन । सासु भएका नाताले बुहारीले मैले जे भने पनि मान्नै पर्छ । पति भएका नाताले मैले जे भने पनि पत्निले मान्नैपर्छ, बुहारीले मुख लाग्नु हुन्न, पत्नीले मुख लाग्नु हुन्न, सहेर बस्नुुपर्छ भन्ने मानसिकता ऐले पनि जस्ताको त्यस्तै रहेको छ । परीवारभीत्र, समाजमा ब्याप्त यो विभेद, असमानतालाई अहिलेका स–साना बालबालीकाले समेत महशुस गर्न थालेका छन् । यस सन्दर्भमा केही दृष्टान्तहरु यहां प्रस्तुत गर्न आबश्यक ठाने । 
एक बर्ष अगाडीको कुरा हो, एकदिन मेरी ६ बर्षकी नातीनीले घरमा सवैजना बसीरहेका र हजुरआमाले मात्र काम गरीरहेको देखेर आफ्नी आमासंग प्रश्न गरीन– ‘ममी तपाईहरु सवै बसीरहने, अनि हजुरआमाले मात्र किन काम गरीरहेको ?’ त्यसपछी उनकी ममी नाजबाफ भईन । नजिकै बसेका हामी सबै मौन रह्यौं । यसैगरी यसपालीको  दशैंमा म बसद्धारा काठमाडौंबाट पनौती गैरहेको थिएं । बस यात्रुले खचाखच भरीएको थियो । बनेपा पुग्नै लाग्दा मेरो अगाडीको सीटमा आमाको काखमा बसीरहेकी अन्दाजी ६÷७ बर्षकी एकजना नानीले आफुनजीकै उभीएकी  दीदीलाई संकेत गर्दै आफ्नी आमासंग अनुरोध गरीन—‘ममी दीदी काठमाडौ देखी उभीएरै आउनु भएको छ । दीदीले बस्न पाउनु पर्दैन । हामी उठिदीउ्रं र दीदीलाई हाम्रो सीटमा बस्न दिउं ।’ त्यसपछी उनकी आमा नाजबाफ भईन । बरु दीदीले ‘ नानी ओर्लने बेला भयो, अब एकै छिन हो तिमीहरु बस’ भनेर बहीनीको चित्त बुझाईन । त्यस्तै एकपटक पनौतीबाट बसमा काठमाडौ आईरहंदा आमासंगैको खाली सीटमा बसीरहेको एउटा अन्दाजि ७÷८ बर्षको बच्चा(छोरा) लाई बसको  स्टाफले ठुलो मान्छेलाई ठाउं छोडीदेउ भनीरहंदा उक्त बालकले आमासंग प्रश्न ग¥यो–‘ ममी सीटमा बस्ने केटाकेटीहरुको अधिकार हुंदैन ? ठुला मानिसहरुको मात्र अधिकार हुन्छ ?’ त्यसपछी आमाको जवाफ थियो–‘ सीटमा बसेपछि पैसा लाग्छ बाबु ’ फेरी उसले प्रतिप्रश्न ग¥यो–‘ तपाइंको पैसा तिर्दा मेरो तिर्न मील्दैन ?’ त्यसपछी आमाले उसलाई धेरै जान्ने न हो भनेर गाली गर्न थालिन र उ बोल्न छाड्यो । 
यसले के पुष्टी गरेको छ भने अहिलेका बालबालीकाहरु यति सचेत भैसकेका छन की अधिकार के हो, परीवारमा, समाजमा मानिस, मानिसबिच किन बीभेद भैरहेको छ,असमानता बढीरहेको छ सबै थाहा पाउने भैसकेका छन् । यो सकारात्मक पक्ष हो । यसले समाज परीबर्तनको  दिशामा गैरहेको संकेत दीईरहेको छ । एउटा कुरा के सत्य हो भने जतिसुकै ब्यबस्था परिवर्तन भएता पनि जबसम्म मानिसको सोच,संस्कार,बुझाई, ब्याबहार, आनीबानी, मानसीकता परीबर्तन हुंदैन तबसम्म केही हुने वाला छैन । यो बीद्यमान परीस्थीतीले प्रमाणीत गरेको यर्थाथ हो । त्यसैले कम से कम पनि बालबालीकाको जति सोच, बुझाई, मानसीकता बनाउन सक्यौं भने पनि समाजमा ब्याप्त बिद्यमान बिभेद, असमानताको अन्त्य हुने निश्चीत छ । यसका लागि बालबालीकाहरुबाटै भए पनि सीक्ने हो कि ? 

No comments:

Post a Comment