Saturday, May 30, 2020

दलित

 शिरदेखी पाउसम्म 
अङ्ग प्रत्यङ्ग झल्किन्छ दलित
सिरक, डस्ना, श्रृंगार, पटार
मुहारमा टल्किन्छ दलित
पूजा, कोठा, भान्छा, चोटा
घरका कुना काप्चामा दलित
विवाहमा, देवालिमा
कर्मकाण्ड, संस्कारमा दलित
फेरी किन अछुतका नाममा
मृत्युवरण गर्छ दलित


नाङ्गै हिंडे हुन्छ अव
च्यातिदिए हुन्छ वस्त्र
भोकै बसे हुन्छ अव
फालिदिए हुन्छ वर्तन
चाहिंदैन दलित भने
छाडिदिए हुन्छ संस्कार

Friday, May 29, 2020

Cultural Importance Of Historical City Bhaktapur


From the cultural and tourism perspective, the ancient city of Bhaktapur is the most important among three historical cities of the Kathmandu Valley. The antiquity of Bhaktapur shows that the city was established before the Lichhavi period. The existence of Bhaktapur is proved by three inscriptions of Lichhavi period. 

The joint inscriptions of Sivadeba and Amsuverma of Samvat 516 was found in Gulmadhi Tole describe, “BHATTARAK MAHARAJ SHREE SIVADEBA BATA TAL SAHITKO MAKHOPRIM DRANGAMA BASNE MUKHIYA LAGAYET GRAMKA GRIHASTHI HARULAI KUSHAL MANGAL SODHERA AGYNYA BHAYEKO CHHA”.
Nyatapole temple
Likewise, other joint inscriptions of Sivadeba and Amsuverma of Samvat 516 was found in Tulachhe Tole describe, “BHATTARAK MAHARAJ SHREE SIVADEB BATA SURYECHANDRA RAHEDEKHI AHILE SAMMA KHRUPUNG GRAMMA BASNE MUKHIYA LAGAYET GRAMKA GRIHASTHI HARULAI KUSAL MANGAL SODHERA AGYNYA BHAYEKO CHHA”. However the foresaid words ‘Makhoprim’ and ‘Khrupung’ have indicated different places though these words indicate the origin of Bhaktapur. The inscription of Ratna Sang of Samvat 399 of Manadev’s period described Bhaktapur as ‘khoprung Gram’. In the meantime people of Bhaktapur call their place as ‘Khopa’ in Newari language. Perhaps the word ‘Khopa’ was derived from the word ‘Khopring’. According to the literary sources of Lichhavi period, Sanskrit was the main language . From the Sanskrit linguistic point of view the words ‘Khopring’,‘Makhopring’ and ‘Khrupung’ do not give any meaning . So, it can be guessed that these words are not taken from Sanskrit language instead it might be taken from Kirat language. In this way it has been to learn that Bhaktapur city has been existing since Kirat period.
Bisket Jatra
Very few inscriptions found in Bhaktapur give less information regarding the activities of Lichhavi period. So, we are unable to get any materials sources of Lichhavi period in this city. Whatever we boost regarding the art and culture  of Bhaktapur that was developed in the Malla period. Bhaktapur is recognized as an attractive city due to excellent art and unique culture. So, it is not only an artistic city but also very important for tourism. The city is decorated by glorious temples, monasteries, palace, patis, satals, stone spouts, houses with artistic figures. Some of them are still famous throughout the country. They are Nytapole temple, Datatre temple, Bakupati Narayen temple, 55 windows palace etc. Nyatapole temple (5 storeys, 108 ft. height) was constructed by King Bhupatindra Malla in Nepal Samvat 855(1702 A.D.). It lies in Taumadhi Tole.
55 windows palace
Likewise, Peacock window, Gawindow, erotic arts, figures of gods and goddess, different types of traditional arts carved in wooden parts of temples, paties and satals have throw the light to glorify the city. Golden gate is another attraction of the city.
Bhaktapur is not only famous in the field of art and architecture  but also famous in tourists destination. Different types of local festivals are celebrated in Bhaktapur, like Bisket Jatra, Gai Jatra, Navadurga dance etc. So, we can say that this city has become the main centre for the cultural study.
gai jatra
All the people who live in Bhaktapur are Newars. They have quite different dresses than others of Kathmandu Valley. The women wear Hakupatasi, which is not in use in other Newar community. Black cap of Bhaktapur is very famous which in necessary for the national dress of country. No one forgets the taste of JUJU DHAU (sweet curd), those who visit the city once.
The people of Bhaktapur are hard working. They work in their field since early in the morning to the late evening everyday. They are providing the fresh vegetables to the people of valley whether it is rainy or winter season. Therefore, we should honour them. In addition, the city is neat and clean comparatively among the cities of the valley.
Let’s all go and learn from Bhaktapur and promote cultural tourism of the country .

Wednesday, May 27, 2020

गान्तोकमा उभिएर

तिष्टाको किनारालाई पछ्याउंदै 
गान्तोकको यात्रा गरिरहंदा
तिष्टाको निलो रङभित्र
रातो रक्तकण देखें
 र सम्झे वीर देशभक्त
भक्ति, वलभद्र र अमरसिंहलाई

गान्तोकको माटोमा ठिङ्ग उभिएं
र नियाले क्षितिजलाई
उस्तै थियो वादलपारीको आकास
हावाको झोक्का उस्तै
सल्लाको सुसाई उस्तै
चिवेको झ्याप्पि उठ् उस्तै
कोईलिको को हो को हो उस्तै
माटोको गन्ध उस्तै
झारपात उस्तै
बन जङ्गल उस्तै

तामाङ वस्ती उस्तै
राई गाउं उस्तै
गुरुङ टोल उस्तै
माईली गुरुङ्सिनीको घलेक उस्तै
सुव्वा दाईको कछाड उस्तै
जिउडाल उस्तै
रुपरङ उस्तै
मिजास उस्तै
संस्कार र संस्कृति उस्तै

लाग्थ्यो यो माटो मेरै हो
म मेरै माटोमा उभिएको छु
तर, अहं होईन
म भ्रममा छु
दिग्भ्रमित छु
भावनामा बगिरहेछु
सपनामा हराईरहेछु
उस्तै उस्तै लागे पनि
कुनै कालखण्डमा
मेरै देश भए पनि
 यतिवेला
 यो माटो अर्कै देशभित्र पर्छ
त्याहां अर्कैले शासन गर्छ
कुनै समयको मेरो देश
ऐले मेरै छिमेकी पर्छ



Monday, May 25, 2020

अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धमा नेपालमा भएका गतिविधिहरु

युनेस्कोको २९ सेप्टेम्वर देखि १७ अक्टोवर २००३ सम्म पेरीसमा सम्पन्न ३२ औं साधारण सभाले १७ अक्टोवर २००३ का दिन अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि महासन्धि पारीत ग¥यो । यस महासन्धिका निम्नानुसार उद्देश्यहरु रहेका थिए । 
(१) अमूर्त सांस्कृतिक सम्पदा संरक्षण गर्नु । 
(२) सम्वद्ध समुदाय, समूह तथा व्याक्तिहरुको अमूर्त सांस्कृतिक सम्पदाप्रतिको सम्मान सुनिश्चीत गर्नु 
(३) स्थानिय, राष्ट्रीय, तथा अन्तर्राष्ट्रिय तहमा अमूर्त सांस्कृतिक सम्पदाको महत्वको बारेमा जनचेतना जगाउनु तथा तिनका एक आपश्मा कदरको सुनिश्चितता गर्नु । 
(४) अन्तर्राष्ट्रिय सहयोग तथा सहायता उपलब्ध गराउनु । 
महासन्धिले अमूर्त सांस्कृतिक सम्पदाको परिभाषा यस प्रकार गरेको छ । “अमूर्त सांस्कृतिक सम्पदा” भन्नाले प्रचलनहरु, प्रतिनिधित्वहरु, अभिव्यक्तिहरु, ज्ञान, सीपहरु साथसाथै साधनहरु, वस्तुहरु, कला वस्तुहरु त्यसमा जोडीएका सांस्कृतिक स्थलहरु, जसलाई ती समूदायहरु, समूहहरु तथा कतिपय अवस्थामा व्यक्तिहरु समेतले सांस्कृतिक सम्पदाको अंगको रुपमा चिनारी गरीरहेका हुन्छन, तिनलाई बुझ्नुपर्दछ । यो परिभाषा अनुसार ‘अमूर्त सांस्कृतिक सम्पदा’ लाई निम्न ५ वटा बिधामा समेटीएको छ । 
(क) अमूर्त सांस्कृतिक सम्पदाको संवाहकको रुपमा भाषा सहीतका मौखीक परम्पराहरु तथा अभिब्यक्तिहरु,
(ख) अभिनय कलाहरु,
(ग) सामाजिक व्यवहारहरु, अनुष्ठानहरु तथा चाडपर्वका उत्सवहरु, 
(घ) प्रकृति र ब्रह्रमाण्डसंग सम्बन्धित ज्ञान तथा ब्यवहारहरु ,
(ङ) परम्परागत कलाकौशलता । 
महासन्धीले निर्धारीत गरेको यीनै ५ वटा विधा अन्र्तगत रहेर प्रत्येक पक्ष राज्यले महासन्धिले परीभाषीत गरेको अमूर्त सांस्कृतिक सम्पदाको जिवन्ततालाई सुनिश्चित गर्न लक्षित ‘संरक्षणका उपायहरु’ औपचारीक तथा अनौपचारीक शिक्षाको माध्यमद्धारा तिनको  चिनारी, अभिलेखिकरण, अनुसन्धान, संरक्षण, सुरक्षा, प्रवद्र्धन, अभिबृद्धिकरण, हस्तान्तरण लगायत त्यस्तो सम्पदाको विविध पक्षहरुको पुर्नजिवनिकरणलाई समेत अवलम्वन गरी आफ्नो भू–भागमा रहेको अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण सुनिश्चित गर्न आवश्यक उपायहरु अवलम्वन गर्नुपर्ने छ । जसका लागि समुदायहरु, समूहहरु तथा सम्वद्ध गैर सरकारी संस्थाहरुको सहभागितामा यसका भू–भागभीत्र रहेका अमूर्त सांस्कृतिक सम्पदाका विविध तत्वहरुको निक्र्यौल तथा परिभाषित गर्नु पर्ने छ । संरक्षण गर्ने ध्ययले परिचय सुनिश्चित गर्न प्रत्येक पक्ष राज्यले उसको भू–भागमा अवस्थित अमूर्त सांस्कृतिक सम्पदाका एक वा सो भन्दा बढि बस्तुसुचिहरु उसको आफ्नो परिस्थीति सुहाउंदो किसीमले  तयार गर्नुृपर्ने छ । यी सूचिहरु नियमित रुपमा अद्याबधिक गर्नुपर्ने छ । हरेक पक्ष राज्यले अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण क्रियाकलापहरुको परिधिभित्र रहि यसलाई सीर्जना, जगेर्ना तथा हस्तान्तरण गर्ने समूदाय, समूह तथा उपयुक्त भएमा ब्याक्तिहरु समेतको ब्यापक सम्भाव्य सहभागिता सुनिश्चित गर्न र तिनिहरुलाई यसको ब्यवस्थापनमा सक्रिय रुपमा संलग्न गराउन प्रयत्न गर्नुपर्ने छ । 
नेपाल पनि सन. २०१० मा अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्वन्धि महासन्धिमा हस्ताक्षर गरीसके पश्चात सदस्य राज्य बन्न पुगेको छ । जसले गर्दा यसले पनि महासन्धिका पक्ष राज्यले निर्वाह गर्नुपर्ने भूमिकालाई आत्मसाथ गर्नुपर्ने हुन जान्छ । र त यसले युनेस्को कार्यालय,काठमाण्डौ र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको संयुक्त आयोजनामा चरणबद्धरुपमा अभिमुखिकरण र क्षमता अभिबृद्धि गर्ने खालका कार्यशाला÷प्रशिक्षण गोष्ठीहरु संचालन गर्दै आईरहेको छ । सोही सीलसिलामा काभ्रेको खोपासिमा बसोबास गर्ने पहरी समूदाय र दोलखाको जिरीमा बसोबास गर्ने जीरेल समूदायमा सम्वन्धित समूदायको सहभागीतामा अमूर्तृृ सांस्कृतिक सम्पदाको विवरणसूचिकरण गर्ने र संरक्षण योजना निर्माण गर्ने काम पनि भएको छ । 
यहि कार्यलाई निरन्तरता दिने क्रममा २०७४ जेष्ठ ८ गते देखि १२ गते सम्म युनेस्को कार्यालय, काठमाण्डौ र संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको संयुक्त आयोजनामा पूर्वका किरांत राईहरुको अमूर्त सांस्कृतिक सम्पदाको पहिचान, विवरण सूचिकरणर र संरक्षण कार्य योजना निर्माण सम्वन्धि कार्यशाला÷प्रशिक्षण कार्यक्रम खोटाङ जिल्लाको हलेसीमा भएको थियो । उक्त कार्यशाला प्रशिक्षणमा खोटाङ, सोलुखुम्वु, ओखलढुङ्गा र उदयपुर जिल्लाका किरांत राई समुुदायका सहभागिहरुलाई युनेस्कोको २००३ को अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि महासन्धिको परिचय, महत्व, उद्देश्य तथा प्रवधानहरुको वारेमा, महासन्धि प्रयोजनका लागी अमूर्त सांस्कृतिक सम्पदाको पहिचान गर्ने, विवरणसूचिकरण तयार गर्ने एवम संरक्षण योजना निर्माण गर्ने कार्यको  सैद्धान्तिक एवम व्यावहारिक पक्षमा जानकारी दिने कार्यको साथै यी कार्यहरुमा समुदायको सहभागीताको आवश्यकताको वारेमा पनि जानकारि गराईएको  थियो । 
Balamta of Udayapur
यसरी सहभागिहरुलाई ५ दिन सम्म विषयबस्तुको वारेमा सैद्धान्तिक एवम अभ्यास मार्फत ब्यावहारिकरुपमा प्रशिक्षित गराईसकेपश्चात समुदायकै सहभागिहरु त्था विज्ञहरुले पहिचान गरेका अमूर्त सांस्कृतिक सम्पदाको विवरण सूचिकरण तयार गर्न र संरक्षण योजना बनाउनका निम्ति ५ दिनको कार्यशालामा सहभागि भएकाहरु मध्येबाट सम्वन्धित समुदायका विज्ञहरुद्वारा छानिएका केहि सहभागिहरुलाई उनिहरुकै सम्बन्धित जिल्लामा संस्कृति मन्त्रालय र युनेस्को कार्यालय काठमाण्डौद्वारा विगतमा आयोजित क्षमता अभिवृद्धी कार्यशाला÷प्रशिक्षण बाट प्रशिक्षित फील्ड सहजकर्ता सहित पठाउने निधो भयो । जसअनुुसार खोटाङको हलेसीमा चाम्लीङ समुदायको साकेला, सोलुखुम्वुको दुधकोशि गाउं पालिकाको वडा नं. १ जुभिङ हातेमु गाउंमा खालिङ समुदायको मुन्दुम र गुदेलमा कुलुङ समुदायको तान बुन्ने कला तथा शिप, ओखलढुङ्गाको मानेभन्ज्याङमा वाम्बुले रार्ईको मौखिक परम्पराहरु एवम अभिब्यक्ति र उदयपुरको बलम्टामा चाम्लीङ राई समुदायको नछुङ धामी, झांक्रि प्रथा र उपचार पद्धतिका बारेमा खोज, अध्ययन तथा अनुसन्धान गरी बिवरण सूचिकरणमा समावेश गर्नुपर्ने तय गरिएको थियो । विवरण सूचिकरणका लागि जिल्लामा छानिएका स्थानिय सहभागीहरुमा खोटाङका लागि तेजमाया राई, जनक राई , तिलक राई र कविचन्द्र राई । ओखलढुङ्गाका लागी सुभराज राई, उद्धव राई र नैन सेताल्चु राई । सोलुखुम्वुका लागी गणेश कुमार राई, जङ्गबहादुर र।ई र भुपध्वज राई । उदयपुरका लागी बिश्वराम राई र केशरमणी राई रहेका  थिए । 
तत्पश्चात तेकिएको विधामा विवरण सूचिकरण तयार गर्ने र संरक्षण योजना निर्माण गर्ने जिम्मेवारी सहित तत् तत् जिल्लामा स्थानिय समुदायका तोकिएका तत् तत् स्थानिय अनुसन्धानकर्ताहरु फिल्ड सहजकर्ताका साथमा तोकिएको स्थानतर्फ लागे । 
(१) खोटाङ ः – 
खोटाङको हलेसीमा किरांत राईहरुको मौलिक पहिचान बनेको साकेला पर्वको बारेमा विवरण सूचिकरण गर्ने काम भयो । किरांतहरुको पुर्खा तोयामा, खियामाले तान बुनेको स्थल तुवाचुङमा सूचिकरणको काम गरिएको थियो । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं.७ मा पर्ने तुवाचुङलाई सम्पुर्ण किरांत राईहरुले ऐतिहांसिक, सांस्कृतिक स्थलको रुपमा लिने गरेका छन् । तोयामा, खियामा र रैछाकुलेले यहि डांडाबाट कृषि सभ्यताको सुुरुआत गरेका थिए भन्ने भनाई रहेको पाईन्छ । तोयामा, खियामाले तान बुनेको स्थानको अवशेष यद्यापी देख्न सकिन्छ । उनिहरुले यहि स्थानबाट साकेला सीलिको सुरुआत गरेको भनाई रहेको छ । आफ्नो भाईको विवाहमा आएका रैछाकुलेका दिदिहरु तोयामा, खियामालाई विवाह सकेपछि भाई रैछाकुलेले विदाई गर्दा विदावारी हुने क्रममा दीदिहरु नाच्न थाल्छन् । यसैलाई साकेला नाच भनिएको र सोही समयदेखि साकेलाको सुरुआत भएको हो भन्ने मान्यता रही आएको  पाईन्छ । 
वैशाख पुर्णिमाको दिन देखि १५दिन सम्म मनाईने उभौलि र मंसीर पुर्णेमाको दिन देखि १५ दिन सम्म मनाईने उधौलिमा साकेला नाच्ने गरिन्छ । किरांत राईहरु प्रकृति पुजक हुन् । साकेला प्रकृतिको पूजा हो । उनिहरुले साकेला उभौलिमा भूमिको पूजा गर्दछन् । खेतवारीमा लगाएको अन्नवालि सप्रियोस, धेरै फलोस र जमिन खनजोत गर्दा कुनै किसिमको दुःख विमार नलागोस भनेर साकेला उभौलि पर्व मनाईन्छ । त्यसैगरि साकेला उधौलिमा पाकेको अन्नवालि पुर्खालाई चढाईन्छ । अन्नवालि राम्रो फलेकोमा, जमिनमा काम गर्दा रोगब्यधि नलागेकोमा, किरांतहरुलाई आफुले चिताएको काम पुरा गर्न शक्ति दिएकोमा पुर्खाहरुलाई स्यावासी दिने, धन्यवाद दिने गरिन्छ ।  
साकेला नाच्नुभन्दा पहिले धामिले चुला पूजा गर्छन । किरांती संस्कारमा सवै अनुष्ठानहरु गर्दा चुलाबाट गर्ने गरिन्छ । चुलामा धामिले घरको पितृहरुलाई पुकार्दछन — ‘ साकेला नाच्न लागियो, अन्नवालि लगाउन  लागियो, दुःख विमार केही नदिनु, शक्ति दिनु, वल दिनु ’ भनेर पितृहरुलाई पूजा गरिन्छ र त्यसपछि मात्र साकेला थानमा गएर साकेला निकालिन्छ । साकेला थानमा सेउलि गाडीन्छ । अनि सिलीमोपा (साकेला सिलीको नाईके) ले साकेला नाच्न ईसारा गर्छन र नाच सुरु हुन्छ । हरेक सिलीको अलग अलग अर्थ हुन्छ । हरेक चालमा धान रोपेको, गोडेको, टिपेको अभिनय गरिन्छ । त्यस्तै कपडा कसरी बुन्ने, खोरिया कसरी फांड्ने भन्ने कुराहरु सिलीमा अभिनय गरिन्छ । 
यसरी खोटाङको हलेसीमा साकेला सिलीका बारेमा विस्तृत अध्ययन गरी विवरण सूचिकरण गर्ने काम गरियो र संरक्षण योजना निर्माणको काम पनि गरियो । साकेला सिलीको विवरण सूचिकरण गर्नुको पछाडी किरांत राईहरुको पहिचान बचाईराख्नु, पुस्तान्तरण र हस्तान्तरणमा सहजता ल्याउनु, जिवन्तता दिनु, मौलिकपनलाई जोगाएर राख्नु आदि उद्देश्यहरु रहेका थिए । 
साकेला सिलीलाई जिवन्तता दिनका लागी केहि चुनौतिहरु पनि रहेको पाईयो । जुन निम्नअनुसार रहेका छन् । 
१. आर्थिक अभाव
२. धर्म परिवर्तन
३. युवा पुस्ताको ध्यान नजानु
४. आधुनिकताको प्रभाव
५. साकेलामा गाईने गितमा मौलिकता नहुनु 
६. पहिरनमा आधुनिकता 
अनुसन्धान टोलिले साकेला वाहेक हलेसी मन्दिरमा पूजामा आवश्यक पूजा सामग्री र हलेसीका किरांती राजा हलेसुङको दरवार रहेको हलेसुङ गढीको पनि विवरण सूचिकरण गरेको थियो । 
(२) ओखलढुङ्गा ः –
ओखलढुङ्गाको मानेभन्ज्याङमा मौखिक परम्परा तथा अभिब्यक्तिहरु बिधा अन्र्तगत वाम्बुले राई समुदायमा वाम्बुले राईहरुको उत्पति कथा, मुन्दुम र नाक्सोका वारेमा र सामाजिक ब्यवहारहरु, अनष्ठानहरु तथा चाडपर्वहरुका उत्सवहरु विधा अन्र्तगत लिब्जुको उत्पति कथा र चुलाको महत्वको वारेमा विवरणसूचिकरण गर्ने र संरक्षण योजना निर्माण गर्ने काम गरियो । 
वाम्बुले राईको उत्पति सम्वन्धि किंवदन्ति अनुसार ओखलढुङ्गाको दक्षीणी भेग दुधकोशि र सुनकोशीको संगम आसपास परापूर्व कालमा वाभाङ वा वाम्बाहाङ नाम गरेका राजाले शासन गर्दथे । कालान्तरमा उनैका सन्तानहरु वाम्बुले भए । मुन्दुम अनुसार परापूर्वकालमा व्रह्माण्डमा महाप्रलय भएर पृथ्वी जलमग्न भयो । जलमग्न पृथ्वीको विच भागमा रहेको कांसको बुट्यानमा एक जोडी धमिरा वांचेका रहेछन् । तिनै धमिराले पृथ्वीलाई वचाउनका  लागी माटोको ढीस्को उठाएर आकाशलाई टेको  लगाउने प्रयास गरेछन् । दुई पटक सम्म ढीकुरो भत्किएछ र तेश्रो पटकमा श्रृष्टीकर्ता भगवानको अनुकम्पले धर्तिको श्रृष्टि भएछ । 
त्यसपछि दुवो पलाएछ र किरा, फट्याङग्राको उत्पति भएछ । क्रमशः बन जङ्गल र बन जङ्गलमा बस्ने जिव जन्तुको उत्पति भएछ । दुलो, ओडार र गुफामा बस्ने सरिसृप अजिङ्गरको उत्पति भएछ । त्यसपछि भगवानले मानव जातिको उत्पति गर्नु भएछ । सिर्लीङमो र मुुसलिङमो नाम गरेका महिला र पुरुषको उत्पति भएछ । उनिहरुको कोखबाट हाचाहाङ र बाराहाङको जन्म भएछ । फेरी उनिहरुको कोखबाट पातिप्सा र युरिप्सा( युरिता) को जन्म भएछ । पातिप्सा र युरिप्साबाट दुई छोरीहरु जाउमो र रिल्दीउमो र एक छोरा खाक्चिलिपाको जन्म भएछ । 
Chindo of Rai culture
सानै उमेरमा वावु आमाको निधन भएकाले ती तीन दिदी भाईलाई जिवन गुजारा गर्न कठिन भैरहेको थियो । वन, जङ्गलका कन्दमुल, फलफुल खाएर जिवन यापन गरीरहेका थिए । एकदिन खाने कुरा पकाउंदै गर्दा खान पाईने खुसीले भाई खाक्चीलीपा अंगेना वरिपरि नाच्न थालेछ । नाच्ने क्रममा अंगेनामा हालेको दाउरो चलाउन पुगेछ र खानेकुराको भांडो हल्लिएर खानेकुरा सवै पोखिएछ । खानेकुरा पोखेको भनेर दिदीहरुले गालि गरेर कुटेछन् । त्यसपछि रुंदै गर्दा खाक्चिलिपा निदाएछ । उठाउंदा नउठेपछि भाईको मृत्यु भएको ठानी दिदीहरु जाउमो र रिल्दिउमो त्यस स्थानबाट अन्यत्र जाने निधो गरेछन् । बहिनि रिल्दीउमो लेकतिर र दिदि जाउमो दक्षिण मधेशतिर । छुट्टीने वेलामा दिदि वैनिले वाम्चेमाकु (सुनाखरि) फुल रोपी आ–आफ्नो फुलवारि बनाए र तुवाचुङ जाउजुममा आ–आफ्ना तान वुन्ने सांचो स्थापना गरेर फेरि भेट्ने वाचा गरेर छुट्टीए । छुट्टीने बेलामा सन्चो विसन्चो थाहा पाउनका लागी दुवै दिदि वैनिले आफुले रोपेको फुल, सांचो (तान वुन्ने) हेर्न जानुपर्ने नियम बनाए । समय वित्दै जांदा एक दिन दिदि जाउमोले आफ्नी बहिनि रिल्दिउमोको आत्मा फुल ओईलाएको देखिन र बहिनिलाई केहि भएछ भनि तुवाचुङ जाउजुममा गएर हेर्दा रिल्दिउमोको तान बुन्ने सांचो ढलेको पाईन । त्यसपछि बहिनिको मृत्यु भएको ठानी खोजि गर्न थालिन । खोजि गर्ने क्रममा क्वारक्वारसो (कोईराला) लाई भेटिन र आफ्नी बहिनिको बारेमा सोधिन । कोईरालाले अनभिज्ञता जनाएपछि विश्वास नलागि एउटा जुक्ति लगाईन । उनले कोईरालालाई एक पटक हामि मज्जाले हांसौ भनिन् र दुवै मज्जाले हांसे । हांस्दा क्वारक्वारसोको दांतमा आफ्नी बहिनिको कपाल अड्केको देखिन । त्यसपछि तिमिले मेरो बहिनिलाई खाएछौ । उसको हाड, खोर, कंकाल मलाई देखाउ भनेपछि क्वारक्वारसोले तिम्रि बहिनिले मलाई जिस्काईन र तिन वाक्यमा उनि हारेपछि मैले खाईदिएको हुं । मेरो चिनो राखिदिनु भनेकोले राखिदिएको छु भनि कंकाल जाउमोलाई दियो र जाउमोले कंकाल लिएर मुन्धुमी विधी प्रयोग गरि बहिनिलाई पुनः जिवित गराईन ।
उता खाक्चिलिपाको विवाह ब्आलङ्गुमा दिलङ्गुमा पुत्रि धनपति नागको भान्जी रिनाखासंव्ग भएको थियो । माइति मावलिको आदेश अनुसार रिनाखाले गुट्लुङ (लोहोरो) ढुङ्गा भएर खाक्चिलिपाको जालमा ३ पटक सम्म अल्झिएपछि खाक्चिलिपाले घरमा ल्याएर राखेको थियो । खाक्चिलिपा वाहिर गएर घरभित्र पस्दा रिनाखाले घरको सम्पुर्ण काम गरेको थाहा पाएपछि कुटुनी वजुको सल्लाह बमोजिम रिनाखा र खाक्विचलिपाको विवाह हुन्छ । त्यसपछि रिनाखाले खाक्चिलिपालाई आफ्नो मावलि गाउं दुधकोशिमा जाल खेल्न नजानका लागी आग्रह गर्दै धर्नुवाण, लिसो, पासोद्वारा शिकार खेल्न सल्लाह दिईन । शिकार खेल्ने क्रममा पहिलो चोटि मृग, दोश्रो पटक बंदेल र तेश्रो पटक ढुकुर पासोमा परेको र उक्त ढुकुरको गांडमा रिनाखाको माईजुले सतविउ, धान र कोदो पठाईदिएको हुनाले सोहि धान र कोदोलाई आगोले नछुवाई खेति गर्न थाले । खेति गरेर उब्जेको नयां अन्न पहिला पितृहरुलाई चढाएर मात्र आफुले खान थाले । पितृ कार्य‘खाउमो’ गर्दा पितृलाई चढाएको प्रसाद आफुले ग्रहण गर्न नहुने जति भिरमा फाल्दा भिरमै अड्कियो । दुलोमा हाल्दा पनि अड्कियो । दुधकोशिमा लगेर वगाउंदा पनि नवगेपछि रिनाखाले जोखाना हेरिन र आफ्ना पति खाक्चिलिपालाई दिदि वहिनी भए नभएको सोधिन । खाक्चिलिपाले चेलिहरु भएको जानकारी दिएपछि उनिहरुको खोजिमा बोका र भालेलाई पठाए । लेकमा गएर वोकाले खाक्चिलिपा खाक्चिलिपा भन्दै रिल्दिउमोको फूलवारितिर चर्न थाल्यो । त्यो देखेर रिल्दिउमो  वोकालाई खेद्दै लखेट्न थालिन । उता भालेले कोशि मधेशतिर गएर जाउमोको बिस्कुन छर्दै, खांदै खाक्चिलिपा रिनाखा भनेको सुनेपछि माईतिको याद आई कोशेलि लिएर भालेको पछि लाग्न थालिन । यसरी बोकालाई खेद्दै आएकी रिल्दिउमो र भालेको पछि लागेर आएकि जाउमोको भेट आफ्नो भाई खाक्चिलिपासंग हुन पुग्छ । बर्षौपछि दुई दिदि र भाईको भेट भएको खुसियालिमा पितृ कार्य खाउमो गरि नाचे । त्यहि बेलादेखि वाम्बुले राईले पितृ कार्य सम्पन्न गर्न जाउमोको सल्लाहमा रिनाखाले खाक्चिलिपालाई पगरि, फेटा, खुंडा, काठको पीरा र चिण्डो, डालो दिएर मुन्दुम गाएर नाक्सो उठाईन । नाक्सोद्वारा मुन्दुमी विधि सहित पितृ कार्य सम्पन्न भयो । यसरी यिनै आदिम पूर्वजहरुद्वारा किरांत संस्कार र सभ्यताको थालनी भयो । 
त्यसपछि रिनाखाको सल्लाहमा खाक्चिलिपाले घर निर्माण गर्न खांवो काट्न जांदा खांवा ल्याउन नसकेपछि चिवे चराको पुच्छर हेरेर त्यहि अनुसारको काटेर ल्याउनु भन्ने सल्लाह दिएपछि खाक्चिलिपाले सोहि अनुसारको खांवो  बलो ल्याई गाड्ने डोव खनेर मुल खांवो गाड्न लाग्दा खाक्चिलिपा एक्लैले नसकेपछि रिनाखाले सहयोग गर्न खोज्दा कुम्लो पारेर बोकेको छोरो चाम्वेम्वा वाईलिङ्मो सो डोव खनेको खाल्टोमा खसेको र मूल खांवोले कीचेर छोराको मृत्युसंगै घर निर्माण भयो । यसरी मूल खांवोले भोग लिएको मानेर नै वाईलिङ्मोको सम्झनामा मूल खावोंको भाले सहित पूजा गर्ने प्रचलनको सुरुआत भयो र वसोवासको पनि थालनि भयो । 
लिब्जु उपोको उत्पति कथा ः –
मानेभन्ज्याङ गाउं पलिकाको वडा नं. २,३ र ४ को संगम बिन्दुमा लिब्जु उपोको थान पर्दछ । यस भेगका किरांत वुढापाका, नाक्सोको भनाई अनुसार गुर्भाचो, स्याकिलचो, च्वाख्लेचो, तुईमाचो नामका चार दाजुभाईहरु लिब्जु जङ्गलमा शिकार खेल्न जांदा सांकेतिक भाषा प्रयोग गरि बोल्ने क्रममा हुलाचोचाम(जमुना) को रुखले पनि नक्कल गरि त्यसैगरि आवाज दिन थल्यो । 
त्यसपछी जमुनाको उक्त रुख ढाल्ने निर्णय गरियो । रुखको माथिल्लो भागमा प्रहार गर्दा टाउको छ भन्यो । विच भागमा प्रहार गर्दा पेट÷नाईटो छ भन्यो । तल्लो भागमा प्रहार गर्दा खुट्टा छ भन्यो । त्यसपछि झन तल्लो भागमा प्रहार गर्दा बोलेन र रुख ढालियो । रुखमा टोड्को देखियो र टोड्कोमा पुरुष वालक देखियो । केहिले उक्त वालकलाई मार्नुपर्छ भने तर तुईमाचोले मेरो सन्तान छैनन् म लगेर पाल्छु भनेपछी सवैले स्विकृति दिएछन् । 
तुईमाचोले बच्चा घर लगेर श्री मतिलाई मैले वावु लिएर आएको छु घर लिप भन्दा सुत्केरि बेथा लागेजस्तो भएछ र स्तनबाट दुध अउन थालेछ । त्यसपछि उक्त बच्चालाई दुध ख्वाएर हुर्काएछन् । जस्ले गर्दा घरमा सुख, शान्ति भएछ भने अन्नवालि, धनसम्पति प्रसस्त हुन थालेछ । त्यो देखेर छिमेकिलाइ डाहा लागेछ र उक्त वालकलाई तराईमा लगेर बेचिदिने सल्लाह अनुसार मधेशमा लगेर बेचि अन्नवालि, आवश्यक सरसामान लिएर आएछन् । त्यसपछि गाउंमा अनिष्ट हुन थाल्यो । १२ बर्षसम्म पानी परेन । अनिकालले हाहाकार भयो । गाउंलेले जोखाना हेर्दा तराईमा  लगेर बेचेको थाहा लाग्यो । बच्चा फीर्ता नल्याएसम्म पानी नपर्ने निक्र्यौल भएपछि कोसेलिको रुपमा लिब्जु डांडादेखि सनङ्कु खोलासम्म फेलिएको रुदलु ( मजितो ) को लहरा औषधिको रुपमा लगिदिएर बच्चा फिर्ता ल्याईयो । गाउं फर्कने क्रममा महाभारत डांडातिर आईपुग्दा आकाशमा वादल लाग्न थाल्यो र सुनकोशी तर्दा तर्दै गड्याङ गुडुङ गरि पानी छिट्याउन थाल्योर र गाउं पुग्दा भारी बर्षा हुन थाल्यो । १२ बर्षसम्म जोगाईराखेको विउविजन खेत वारिमा छरि उब्जनि गरेछन् र त्यस वालकलाई विवाह गरिदिएछन् । त्यसपछि सन्तानहरु पैदा भएछन र फैलिएछन । एकदिन अचानक अलप भएछन । धामिको तान्त्रिक विधाबाट सोधिखोजि गर्दा म लिब्जु भएर दैवि शक्तिको रुपमा उत्पति भै लिब्जु डांडामा बसेको छु भनेपछि गाउंलेले कसरि मान्न सकिन्छ भनि सोधनी गर्दा म संग हिंडडुल गर्र्ने सिसि सिकारीहरु प्नि छन । माले गोरुको पूजा गरि प्रसाद चढाई दिंदा हुन्छ भनेपछि सोहि अनुसार माले गोरुको पूजा गर्ने प्रचलन चल्यो । लिब्जुलाई माले गारुले पूजा गर्ने आरधना अनुष्ठानलाई नै ढ्वाङकम नामाकरण गरिएको जनविश्वास, कथा, किंवदन्ती रहेको पाईन्छ । 
चुला पूजा ः — 
पूर्वि नेपालको किरांत वाम्बुले राई समुदायमा तिन चुलोको विशेष महत्व रहेको पाईन्छ । वाम्बुले राईको मुन्दुम दर्शन अनुसार आदिम पुर्खा खाक्चिलिपा र रिनाखाले ब्यवस्थीत घर निर्माण गरि स्थायि बसोवास गर्न थालेदेखि तिन चुलाको स्थापना गरेको जनविश्वास रहेको छ । घरको मुल ढोकाको पूर्व पटि छोरि चेलिको प्रतिक जानेलुङ, कानेलुङ, हिमालुङ र हेसिलुङ । दक्षिणपटि अर्थात पितृस्थानतर्फ दाजुभाईको प्रतिक नाक्सोलुङ, बानालुङ, खुवालुङ र मुसुलुङ । उत्तरपश्चिम पटि घरमूलि अर्थात घरपरिवारको प्रतिक प्रोतिलुङ, साप्तिलुङ, ल्वाकुलुङा, ब्रिङकुलुङ र न्याप्टिलुङ नामाकरण गरि तिन चुलाको स्थापना गरिएको हुन्छ । चुलाको विच भागमा पाखाङमालो दिखाङमालो(आगो) हुन्छ । तिन चुला र अगेना नै किरांतिहरुको तिर्थधाम मानिन्छ । 
वाम्बुले राईहरुको विवाह, न्वांगी र पितृकार्य(खाउमो) जस्ता धार्मिक अनुस्ठान तथा कार्य गर्दा सवैभन्दा पहिले तिन चुलालाई पुज्ने परम्परा रहेको पाईन्छ । तिन चुला पुज्नका लागि कोदोको चोखो जांड(ची), अदुवा, कांसे डवका, पितले डाडु जस्ता सामाग्री अनिवार्य चाहिन्छ । पुुजा नाक्सो र ङावुचोद्वारा सम्पन्न गरिन्छ । वाम्बुले राई भाषि समुदायमा स्वर्ग र नर्कको विश्वास र मान्यता रहेको पाईन्दैन । जिवित हुंदा पनि चुलोमा र मृत्युपछि पनि तिन चुलामा जाने, चल्ने, नजाने वा चल्ने भन्ने विश्वास र अभ्यास पाईन्छ । त्यसैले विवाहमा नाक्सोले नयां वुहारिलाई तिन चुलामा ल्याओ भनेर देखाउने र मृत्युपछि वर्खान्त गरेर तिन चुलामा समाहित गर्ने परम्परा रहेको छ । 
चुलो सम्बन्धि मुल्य, मान्यता र आस्था ः —
१) सवैभन्दा पहिले पुजिने धाम । 
२) चुलो छोएर कसम खान हुंदैन भन्ने मान्यता । 
३) तिन चुलो वा आगोमा थुक्नु हुन्न भन्ने मान्यता । 
४) पुजा गर्ने वेलामा आगो हुनुहुन्न । 
५) तिन चुला र अगुल्टोलाई समेत खुट्टाले छुन नहुने । 
६) तिन चुला वा अंगेनामा वाख्रा र भेडाको मासु वा कुनै अङ्ग प्रत्यङ्ग पर्न नहुने । 
 यदि त्यसो भएमा दुःख, विमार र आर्थिक र भौतिक क्षति हुने जन विश्वास रहेको छ ।  नाक्सोले पहिले तिन चुुला पुजेर मात्र पितृ कार्य वा अन्य कर्मकाण्ड सम्पादन गर्दछन् । ज्वाम्चो वा धामिहरुले पनि पहिले तिन चुला पुजेर पितृ पुज्ने गर्दछन् । त्यसपछि मात्र आफ्नो गुरु पुजेर चिन्ता बस्ने र उपचार विधि गर्दछन । अन्तिममा पनि तिन चुलासंग विदा माग्ने गर्दछन् । 
(३) सोलुखुम्वु ः —
सोलुखुुम्वुको गुदेल गाउंको कुलुङ राई समुदायमा परम्परागत कलाकौशल विधा अन्र्तगत तान बुन्ने तत्वको विवरण सूचिकरण गर्ने र संरक्षण योजना निर्माण गर्ने काम गरियो । किंराति कुलुङ राई समुदायको आदिम पुर्खा वाईरिप्चोकि छोरि होहोरेमले जिवनलाई सरल बनाउनका लागि अल्लोको रेशावाट लुगा वुनेर शरिर ढाक्ने कामको शुरुआत गरेकि थिईन । विवाह गर्नका लागि जोडि खोज्दा नपाएपछि उनि एक्लो जिवन बिताईरहेकि थिईन । जिवनसाथिलाई कोशेलि दिनका लागि अल्लोको कपडा सृष्टी गरेकि हुन भन्ने मिथक रहेको पाईन्छ । यहि परम्पराको निरन्तरता स्वरुप यतिवेला फेङ्गा, लुक्सा, जिल्लेम्मा, लुक्चुङ, सुताम्वुछरि, तोदोम, तोङकोम्मा, सिरिप आदिको प्रचलन कायमै रहेको छ । 
यतिबेला यसलाई जिवन्तता दिनका लागि निम्नुसार विभिन्न चुनौतिहरु देखापरिरहेका छन् । 
१. अल्लोको खेति नहुनुका कारण अल्लोको अभाव सिर्जना । 
२. अल्लो संकलनमा कठिनाई । 
३. वजारिकरणको अभाव । 
४. उत्पादित  सामाग्रीको उचित मुल्य प्राप्त नहुनु । 
५. उत्पादित प्रकृयामा लामो समय लाग्नु । 
६. नयां पुस्तामा आधुनिकिकरणको प्रभाव । 
यसको हस्तान्तरमा पनि चुनौतिहरु खडा भएका छन् । जिविकोपार्जनसंग नजोडिनु, तालिमको ब्यवस्था नहुनु, नयां पुस्ताले यसको महत्व नबुझ्नु, सरकारि वा गैर सरकारि स्तरबाट कुनै किसिमको आर्थिक सहयोग प्राप्त नहुनुका कारण यो पेशा एक पुस्ताबाट अर्को पुस्तामा हस्तन्तरण गर्न सकिने अवस्था रहेको छैन । 
यसलाई संरक्षरण गर्नका लागि जनचेतनाको विकास गनुपर्दछ । अल्लोको खेति गराउनुपर्दछ । संचार माध्यमद्वारा प्रचारप्रसार गर्ने, वजारिकरणको ब्यवस्था गर्ने । उचित मुल्य प्रदान गर्ने । यसको सामाजिक, सांस्कृतिक, धार्मिक मुल्य मान्यताको  वारेमा नयां पुस्तालाई जानकारि गराउने । 
सोलुखुम्वुकै दुधकोशी गाउं पालिकाको वडा नं.१ जुभिङ हातेमु गाउंमा खालिङ राई समुदायको सामाजिक ब्यावहारहरु, अनुष्ठानहरु, चाडपर्वका उत्सवहरु विधा अन्र्तगत न्यागि मुन्दुम र साकेला मुन्दुम(वास ताम्र) तत्वको विवरण सूचिकरण र संरक्षण योजना निर्माण गर्ने काम गरियो । न्यागी खालिङ राईहरुले जेठ, भदौ र चैत महिनामा वर्षको ३ पटक अनिवार्य रुपमा मनाउने कुल पूजा हो । खालिङ राईहरुको कुनै पनि शुभ कार्य गर्नु पूर्व अनिवार्य रुपमा न्यागि पूजा गर्ने गरिन्छ । जस्तोः विवाह, नयां घर प्रवेश आदि । यसको उत्पतिको सन्दर्भलाइर्् केलाउंदा आदिम खालिङ पूर्खा कुचपोलेककि नातिनि छेउरिमले रोक्तोकम (इन्द्रेणि ) संग विवाह गरेकी थिईन। सासु आमा ज्वाईंलाई देखेर तर्सिएर विमारी परिन । ज्वाईं रोक्तोकम (इन्द्रेणी) ले सासु आमालाई उपचार गर्न छोरिलाई विधि सिकाएर न्यागि पूजा गर्न लगाउंदा सासु आमालाई ठिक भएको थियो । न्यागि पूजा गर्नाले शान्ति र सम्वृद्धि प्राप्त हुने जन विश्वास रहेकोले प्रत्येक वर्ष नै पूजा गरिन्छ । सुंगुर र भाले बली दिएर यो पूजा गर्ने प्रचलन रहेको पाईन्छ । छ्याङले मात्र पनि यो पुजा गर्ने गरिन्छ । 
न्यागि मुन्दुम मुन्दुमि (धामी) ले अर्को धामिलाई सिकाउने गरिन्छ र एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने गर्दछ । पुरुष मात्र न्यागिको मुन्दुमी हुन पाउंछ । न्यागि पूजा निरन्तर अभ्यासमा रहे पनि न्यागी नोक्छो (धामी) काम गर्न लजाउने र न्यागिका लागि आवश्यक सुंगुर उत्पादन गर्ने काम कठिन भएकोले यसको निरन्तरताको लागि चुनौतिहरु देखा परिरहेका छन । यद्यपी खालिङ समुदायको पहिचान र जिवन पद्धतिसंग जोडिएकोले यसको संरक्षण गर्नु पनि उतिकै जरुरि छ । यसका लागि न्यगी नोक्छोलाई सामाजिक सुरक्षा प्रदान गर्नु जरुरि छ भने न्यगिको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक महत्वका वारेमा युवा पुस्तालाई जनचेतना जगाउनु पनि जरुरि छ । 
वास साकेला ः – 
खालिङ राई समुदायमा चैत,ज्येष्ठ र भदौ महिनामा वर्षको ३ पटक मनाईने वास (साकेला) उनिहरुको प्रकृति र पितृ पूजा हो । उत्पति कथा अनुसार दिक्प्य वाजे ( पुर्खा ) को सन्तान खम्निभ्या अत्यन्तै शक्तिशालि भएका कारण मावलि मुक्लोबाट आफ्नो गाउं फर्कने क्रममा काकु र वासामा शिलाको रुप धारण गरे । शिला भएको वाजेलाई धामीको सल्लाहमा चोखो कोदोको (चि) जांडले पुज्दा अन्नवालि राम्रो संग सप्रेको र प्राकृतिक विपतिबाट बचेका कारण खालिङ राईहरुले प्रत्येक वर्ष वास ( साकेला ) मान्दै आएको  पाईन्छ । वास ( साकेला ) सम्पुर्ण खालिङ राई समुदायको महत्वपुर्ण र ठुलो चाड हो । यसले खालिङ समूदायलाई सामाजिक, सांस्कृतिक, धार्मिक रुपमा एकिकृत गरेको छ । यो खालिङ राईहरुको पहिचान पनि हो । 
वास ( साकेला ) राई समुदायमा निरन्तर रुपमा अभ्यास भैरहेकोले यसले निरन्तरता पाईरहेको छ । यद्यपी जिवन्तताका लागी थुप्रै चुनौतिहरु रहेको पाईन्छ । पहिलो त मुन्दुमी भाषा बुझ्न कठिन हुन्छ । किनकि यो भाषा बढि काव्यीक हुन्छ । अर्को कुरा पुराना पुस्ताले बुझाउन नसकेर वा नयां पुस्ताले बुझ्न नचाहेर हो यसलाई पुस्तान्तरण गर्न कठिन भैरहेको अवस्था छ । युवा पुस्ताहरुको कामका लगि विदेश पलायन हुनुले पनि यसको निरन्तरतामाथीको प्रहार भैरहेको छ । संस्कृतिको महत्व नबुझ्नु , जनचेतनाको अभावका कारण पनि वास ( साकेला ) लाई जिवन्तता दिन कठिन भैरहेको अवस्था छ । 
यसको संरक्षणका लागि मुन्दुमि भाषामा युवा पुस्ताहरुलाई आकर्षित गर्ने, गाउंमा रोजगारिको अवसर सिर्जना गर्ने, मुन्दुम, साकेला लगायतका संस्कृतिको सामाजिक, आर्थिक, धार्मिक महत्व, सामाजिक मुल्य मान्यताका वारेमा युवा पुस्तालाई राम्रो संग प्रशिक्षित गर्न सकियो भने यसलाई संरक्षण गर्न सकिन्छ । 
(४) उदयपुरः—  
उदयपुर जिल्लाको जिल्लाको सुनकोशि गाउंपालिका वडा न. ४ बलम्टा माझ गाउंमा प्रकृति र ब्रह्माण्डसंग सम्बन्धित ज्ञान तथा ब्यबहारहरु विधा अन्र्तगत नछुङ धामी परम्परा र नछुङ उपचार पद्धतिका बारेमा विवरणसुचिकरण गरिएको थियो र संरक्षण योजना निर्माण गरिएको थियो । 
उत्पतिका सन्दर्भमा पाईएका किरांति मिथक वा मुन्दुमिहरुको मौखिक अभिब्यक्तिहरुलाई आधार मान्ने हो भने आदिम समयमा पारुहाङ (सुम्निमा) लाई आदिम किरांतिहरुको आरध्यदेव तथा श्रृष्टिकर्ताको रुपमा मान्ने प्रचलन रहेको थियो । पारुहाङ आफैं नछुङ थिए । त्यसैले नायिमा ( सुम्निमा ) विरामि हुंदा वा जांड बनाउंदा बिग्रेमा अथवा कुहिने अवस्था भए पारुहाङले नछुङ विधिले औषधि उपचार तथा रिसिया ( मन्त्रोचारण ) गरेर निको पार्ने गरेको वा राम्रो वनाएको कुरा किरांति मिथकहरुमा उल्लेख भएको पाईन्छ । 
उदयपुर बलम्टाका चाम्लीङ राई धामी नछुङ वर्ष ७४ का महाशेर राईका अनुसार उनि २६ वर्षको उमेरमा धामि वा नछुङको सपना देख्ने गर्थे । उक्त सपना अरुलाई वताउन नहुने रहेछ । तर उनले मनमा राख्न नसकेर साथी भाईहरुलाइ वताएछन । जसका कारण उनि २७ वर्षको उमेरदेखि वौलाहा जस्तो भएर जङ्गलतिर कुदेर हिंड्ने, खोला, भिर,पहरातिर जाने गर्न थालेछन् । पछि ठिक भएछ । चाम्लिङ राई समुदायमा कोहि विमारि प¥यो भने सर्वप्रथम नछुङलाई भेटि नछुङ उपचार पद्धतिलाई प्राथमिकता दिएर विश्वासका साथ उपचार गर्ने गरिन्छ र अन्तिममा डाक्टरलाई देखाउने प्रचलन रहेको छ । चाम्लिङ राई समुदायमा नछुङ वा धामिको अत्यन्तै महत्वपुर्ण भुमिका रहेको पाईन्छ । जन्मदेखि मृत्यु सम्मका सवै संस्कारजन्य प्रकृयाहरु नछुङले नै गर्नुपर्ने हुन्छ । धामिविना कुनै पनि संस्कारहरु गर्न मिल्दैन । 
चाम्लिङ समुदायमा कोहि कसैको मृत्यु भएमा अन्तिम संस्कार वर्खान्त वा बर्खि गर्नु परेमा चाम्लिङ नछुङ ( मोपामि)  धामिा बिना ति मृत्युवरण गरेका मानिसको टुङ्गो लगाउन सक्दैन । नछुङ परम्परागत प्रकृयाले मृतकको बर्षि गर्दा मृतकले घरका आफन्त नाता गोताहरुलाई दुःख दिंदैन भन्ने मान्यता रहेको पाईन्छ । यसरि चाम्लिङ राई समुदायको मिथकलाई आधार मान्ने हो भने मानव श्रृष्टि कालदेखि नै नछुङको प्रचलन रहेको देखिन्छ । 
नछुङ हुनका लागि सपनामा नै आउनुपर्ने भएकोले अरुलाई सिकाउन नमिल्ने, औषधिको नाम तथा उपचार पद्धति वा विधि वताउन नमिल्ने र तन्त्र मन्त्र समेत सिकाउन नमिल्ने भएकोले यसलाई जिवन्त राख्नका लागि कठीन भैरहेको पाईन्छ । यसरि एकातिर हस्तान्तरणमा समस्या आईरहेको छ भने अर्कोतर्फ नछुङलाई जिविकोपार्जन गर्न धौ धौ भैरहेको ब्याबहारिक कठिनाई , सामाग्रिको अभाव अदिका कारण यो नछुङ पद्धति लोप हुने अवस्थामा अभ्यास भैरहेको छ । यसको संरक्षणको लागि अभ्यासकर्ता ( नछुङ ) को कला, सिप, ज्ञान तथा प्रविधिलाई उचित सम्मान गर्दै जिविकोपार्जनका वातावरण तयार गर्नु जरुरि छ । 
त्यसैैगरि वलम्टाका चाम्लिङ राई समुदायमा प्रचलित नछुङ उपचार पद्धतिको पनि अत्यन्तै महत्वपुर्ण भूमिका रहेको छ । नछुङ उपचार विधिमा जोखाना हेरेर विमारिको नाडी छामि ब्यथा पत्ता लगाईन्छ । नाडिको ठुलो झड्का भएमा विमारिको गम्भिर प्रकृतिको ब्यथा हुने र सानो झड्का भएमा सामान्य प्रकारको ब्यथा भएको कुरा नछुङले पत्ता लगाउने गर्दछन । ब्यथा पत्ता लागेपछि व्यथा अनुसारको बुटि तयार गरि फुकफाक गरेर विमारिलाई बांधिदिने गरिन्छ । यदि बुटि लगाउने नपर्ने ब्यथा भएमा बलि प्रथाद्वारा कुखुरा, परेवा, हांस अदि पशुजन्य वस्तुद्वारा भोग दिने, कुनै देवि देवता, भूत प्रेतको नाममा बलि दिनुपर्ने  भए सोहि अनुसारको विधि, प्रक्रीया अनुसार झारफुक गरि विमारिको उपचार गर्ने प्रचलन रही आएको पाईन्छ । 
नछुङ उपचार पद्धतिको सामान्य विधि प्रकृया ः —
वडाको पूजा ( पानी देउ ) ः – धामिका अनुसार धामिले वताउन नहुने एक प्रकारको वनस्पतिलाई चामल र पैसा मन्तरेर हिर्काउंछन र जरा खोतल्छन । यदि जरा राम्रो ( निखार ) छ भने विमारि चांडै सन्चो हुने र यदि जरा किराले खाएको छ भने विमारिको अवस्था झन गम्भीर हुने संकेतका रुपमा बझ्ुनु पर्दछ । यो बिधि विमारिको जन्मदिनमा गर्न हुंदैन । 
अर्को उपचार विधि अन्र्तगत विरामिलाई गाई तिहारे ( वनस्पति ) को जरा घोटेर खुवाईन्छ । उमेर अनुसार सानो मनिसलाई एक ईन्च र ठुलो मानिसलाई दुई ईन्चको जरा घोटेर पीलाउने गरिन्छ । यो बिधिका लागि पनि जन्म वार बार्नु पर्दछ । त्यस्तै मारिमो (कम्मर दुख्ने ) व्यथाका लागि भित्तामा पाईने एक प्रकारको माकुरा र जरामा गांठो भएकोे नाम भन्न नमिल्ने वनस्पति मिसाएर खुवाउने गरिन्छ । 
ब्यथा सार्ने पद्धति अनुसार विरामिको ब्यथा मन्तर गरेर कुखुराको माउ पोथिलाई सार्ने गरिन्छ । ब्यथा सारिसकेपछि ब्यथा सारेको पोथि म¥यो भने विरामि निको हुने र मरेन भने विरामि निको नहुने बुझाई रहेको छ । धामि – नाक्छो ) को भनाई अनुुसार ओखति (जडिबुटि ) को नाम सुनाएमा जडिबुटिले काम नगर्ने हुन्छ । अचम्म त के छ भने नछुङको उत्पति हुने देखि नछुङले गर्ने उपचार विधि, प्रकृया, वुटिमा प्रयोग गरिने सामग्री, औषधि खुवाउने विधि तथा औषधिको नाम समेत नछुङलाई सपनाबाट नै प्राप्त हुने गर्दछ । 
यसरी सवै कुरा सपनाबाट नै प्राप्त गर्नुपर्ने र उपचार पद्धतिमा प्रयोग हुने प्राकृतिक वस्तुहरु ( जिवजन्तु, किटपतङ्ग, जडीवुटिहरु ) का वारेमा अरुलाई वताउन नमिल्ने भएका कारण संरक्षण नहुंदा दिन प्रतिदिन लोप हुंदै जाने भएकोले यस पद्धतिको निरन्तरताका  लागि जटिलता देखा परिरहेको छ । पुस्तान्तरणमा ठुलो चुनौति देखा परेको छ । 
यसरी पूर्वका खोटाङ, ओखलढुङ्गा, सोलुखुम्वु र उदयपुर चार जिल्लाका किरांत राईहरुको अमूर्त सांस्कृतिक सम्पदाहरुको विविध विधामा समुदायकै सक्रिय सहभागितामा समुदायको सहमतिमा विवरण सुचिकरण र संरक्षण योजना निर्माण गर्ने महत्वपुर्ण काम गरियो । काम गर्ने शिलशिलामा अमूर्त सांस्कृतिक सम्पदालाई जिवन्तता दिने सवालमा हस्तान्तरण र पुस्तान्तरण प्रक्रियामा थुप्रै चुनौतिहरु देखा परे । जसलाई समग्रमा यहां प्रस्तुत गरिएको छ । 
१) आर्थिक अभाव

२) धर्म परिवर्तन
३) मौलिकता लोप हुंदै जानु
४) पहिरनमा आधुनिकता (पश्चिमी संस्कृतिको प्रभाव )
५) सांस्कृतिक सचेतनाको अभाव
६) ब्यावशायीकता र रोजगारितासंग संस्कृतिलाई जोड्न नसक्नु 
७) पुराना पुस्ताले नया पुस्तालाई महत्व बुझाउन नसक्नु 
८) जिवीकोपार्जनसंग नजोडिनु 
९) बैदेशिक रोजगारिका लागि युवा पुस्ताहरुको पलायन
१०) वसाई सराई 
११) अन्तरजातिय विवाह
१२) आधुनिकिकरणको प्रभाव
१३) पर संस्कृति ग्रहण
१४) अभ्यासका लागि सामाग्रीको अभाव
१५) नछुङ, धामी, झांक्रिको गुण अरुलाई सिकाउन नमिल्नु 
१६) नाक्छो, धामि, झांक्रिको अभाव हुंदै जानु । 
यी चुनौतिहरुलाई व्यवस्थापन गर्न सकेको खण्डमा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण हुने सुनिश्चित छ । 
विवरण सुचिकरण गर्ने क्रममा अन्र्तवार्ता, फोटोग्राफी, श्रब्यदृश्य, स्थलगत अवलोकन र समुदायको सहभागीतालाई आधार बनाईएको थियो । 

विभेदरहित समाज निर्माणमा बालबालिकाको चासो

विभेदरहीत समाज निर्माणका खातिर समानताका पक्षमा धेरै लामो समयदेखि नेपाली जनताले रगत बगाउंदै आएका छन । ईतिहासका विभिन्न कालखण्डमा भएका जनताका बलीदानी आन्दोलनका कारण यतिबेला देशमा गणतन्त्र समेत स्थापना भैसकेको अवस्था छ । यहांसम्म आईपुग्दा नेपालि समाजमा जरो गाडेर बसेका बिबिधखाले विभेदहरु अन्त्यका निम्ति राज्यको तर्फबाट थुप्रै नियम कानूनहरु निर्माण भए । सयौंको संख्यामा सरोकारवाला संघ संस्थाहरु स्थापना भए । राजनैतिक दलका प्रतिबद्धताहरु आए । चुनावी घोषणापत्रहरुमा लिपीबद्ध गरीए । राजनैतिक नाराहरु बने । तर अपशोच ती सवै कागजमा, भाषणमा, नारामा, चुनावी मुद्धामा मात्र सीमीत रहे । अन्ततः विभेद, असमानता ज्युं का त्युं रह्यो । 
र त यतिबेला बोक्सीको आरोपमा महिलाहरु हिंसाको शिकार भैरहेका छन् । दाईजो नल्याएको निहुंमा प्रताडीत भैरहेका छन् । छोरा नपाईदिएको निहुंमा बुहारी भएका नाताले सामाजिक, पारीवारीक हिंसाको शीकार भैरहेका छन् । अहिले पनि उनिहरु आर्थिक, सामाजिक, सांस्कृतिक आदी बिबिध अधिकारहरु बाट बन्चीत छन् । महिला भएका नाताले दोश्रो दर्जाको नागरीकको हैसीयतमा बांच्न बाध्य छन उनिहरु । त्यसैगरी जातिय विभेद जस्ताको तस्तै रहेको छ । दलित भएका नाताले धारा, ईनार छोएको निहुंमा, मन्दिर प्रवेश गरेको निहुंमा यातना भोग्नु परीरहेको छ । अहिले पनि अन्तरजातिय विवाह गरेका कारण परिवारबाट, समाजबाट, गाउंबाटै विस्थापित हुन परीरहेको छ  । निर्गाध कुटाई खान परीरहेको छ । यसैगरी बर्गीय बिभेद जस्ताको तस्तै छ । कारखाना मालिकले मजदुरमाथि हेर्ने दृष्टीकोण, गर्ने ब्याबहार उस्तै छ  । जमिन्दारले किसानमाथी गर्ने ब्याबहार पनि उस्तै छ । धनिले गरीबमाथी गर्ने ब्याबहारमा कुनै परीबर्तन आएको छैन । यस्ता थुप्रै विबेधहरु छन, जो गणतन्त्र स्थापनापछि पनि जस्ताको तस्तै रहेको छ । 
त्यसमा पनि महिलामाथी गरीने बिभेद परीवारभित्र झनै विकराल रहेको पाईन्छ । पतिले पत्नीमाथी, सासुले बुहारीमाथी, छोरा र छोरी विच, छोरी र बुहारी बिचको विभेद अझै पनि आंशिक रुपमा बाहेक अन्त्य हुन सकेको छैन । सासु भएका नाताले बुहारीले मैले जे भने पनि मान्नै पर्छ । पति भएका नाताले मैले जे भने पनि पत्निले मान्नैपर्छ, बुहारीले मुख लाग्नु हुन्न, पत्नीले मुख लाग्नु हुन्न, सहेर बस्नुुपर्छ भन्ने मानसिकता ऐले पनि जस्ताको त्यस्तै रहेको छ । परीवारभीत्र, समाजमा ब्याप्त यो विभेद, असमानतालाई अहिलेका स–साना बालबालीकाले समेत महशुस गर्न थालेका छन् । यस सन्दर्भमा केही दृष्टान्तहरु यहां प्रस्तुत गर्न आबश्यक ठाने । 
एक बर्ष अगाडीको कुरा हो, एकदिन मेरी ६ बर्षकी नातीनीले घरमा सवैजना बसीरहेका र हजुरआमाले मात्र काम गरीरहेको देखेर आफ्नी आमासंग प्रश्न गरीन– ‘ममी तपाईहरु सवै बसीरहने, अनि हजुरआमाले मात्र किन काम गरीरहेको ?’ त्यसपछी उनकी ममी नाजबाफ भईन । नजिकै बसेका हामी सबै मौन रह्यौं । यसैगरी यसपालीको  दशैंमा म बसद्धारा काठमाडौंबाट पनौती गैरहेको थिएं । बस यात्रुले खचाखच भरीएको थियो । बनेपा पुग्नै लाग्दा मेरो अगाडीको सीटमा आमाको काखमा बसीरहेकी अन्दाजी ६÷७ बर्षकी एकजना नानीले आफुनजीकै उभीएकी  दीदीलाई संकेत गर्दै आफ्नी आमासंग अनुरोध गरीन—‘ममी दीदी काठमाडौ देखी उभीएरै आउनु भएको छ । दीदीले बस्न पाउनु पर्दैन । हामी उठिदीउ्रं र दीदीलाई हाम्रो सीटमा बस्न दिउं ।’ त्यसपछी उनकी आमा नाजबाफ भईन । बरु दीदीले ‘ नानी ओर्लने बेला भयो, अब एकै छिन हो तिमीहरु बस’ भनेर बहीनीको चित्त बुझाईन । त्यस्तै एकपटक पनौतीबाट बसमा काठमाडौ आईरहंदा आमासंगैको खाली सीटमा बसीरहेको एउटा अन्दाजि ७÷८ बर्षको बच्चा(छोरा) लाई बसको  स्टाफले ठुलो मान्छेलाई ठाउं छोडीदेउ भनीरहंदा उक्त बालकले आमासंग प्रश्न ग¥यो–‘ ममी सीटमा बस्ने केटाकेटीहरुको अधिकार हुंदैन ? ठुला मानिसहरुको मात्र अधिकार हुन्छ ?’ त्यसपछी आमाको जवाफ थियो–‘ सीटमा बसेपछि पैसा लाग्छ बाबु ’ फेरी उसले प्रतिप्रश्न ग¥यो–‘ तपाइंको पैसा तिर्दा मेरो तिर्न मील्दैन ?’ त्यसपछी आमाले उसलाई धेरै जान्ने न हो भनेर गाली गर्न थालिन र उ बोल्न छाड्यो । 
यसले के पुष्टी गरेको छ भने अहिलेका बालबालीकाहरु यति सचेत भैसकेका छन की अधिकार के हो, परीवारमा, समाजमा मानिस, मानिसबिच किन बीभेद भैरहेको छ,असमानता बढीरहेको छ सबै थाहा पाउने भैसकेका छन् । यो सकारात्मक पक्ष हो । यसले समाज परीबर्तनको  दिशामा गैरहेको संकेत दीईरहेको छ । एउटा कुरा के सत्य हो भने जतिसुकै ब्यबस्था परिवर्तन भएता पनि जबसम्म मानिसको सोच,संस्कार,बुझाई, ब्याबहार, आनीबानी, मानसीकता परीबर्तन हुंदैन तबसम्म केही हुने वाला छैन । यो बीद्यमान परीस्थीतीले प्रमाणीत गरेको यर्थाथ हो । त्यसैले कम से कम पनि बालबालीकाको जति सोच, बुझाई, मानसीकता बनाउन सक्यौं भने पनि समाजमा ब्याप्त बिद्यमान बिभेद, असमानताको अन्त्य हुने निश्चीत छ । यसका लागि बालबालीकाहरुबाटै भए पनि सीक्ने हो कि ? 

Wednesday, May 20, 2020

कोरोनाको उत्पती

यतिवेला मानव संसार लक डाउनमा छ । घरभित्र कैद छन संसारका मानिसहरु । निकै ठुलो अपराध गरे झैं नाक र मुख देखाउन नमिल्ने अवस्था छ । त्यसैले मास्क प्रयोग गरिएको छ र वेरुप बनाइएको छ चेहरालाई । सामाजिक दुरी कायम गर्नुपर्ने अवस्थाका कारण घर वाहिर मात्र नभै घरभित्रै पनि एक अर्कासंग ससंकित छ मान्छे । आतंकित छ । त्यती मात्र होईन स्वयम आफैं देखी पनि त्रसित छ । ख्वाक्क खोकी लाग्नु हुंदैन, हल्का टाउको दुख्नु हुंदैन, नाकबाट सिंगान बग्नु हुंदैन, सामान्य शरिर तात्नु हुंदैन कोरोना पो लाग्यो कि संका गर्न थालिहाल्छ । मान्छे मान्छेदेखी टाढीएको छ । नजिक पर्न चाहंदैन । भलाकुसारी गर्न चाहंदैन  र त एकलकांटे भएको छ मान्छे । हुन त चाहेर, ठुलो मान्छे पल्टिएर एकलकांटे भएको भने पक्कै होईन । वाध्यता र विवशताले एकलकांटे बनाएको हो । अवस्था, परिस्थिती र समयले बनाएको हो । कोरोनामुक्त भएर बांच्ने चाहनाले  बनाएको हो । बांचौ र बचाउं भन्ने उद्देश्यले बनाएको हो एकलकांटे  यहां प्रश्न खडा भएको छ की आज किन एकाएक मान्छे यसरी  एकलकांटे हुनुपर्ने अवस्था सिर्जना भयो त ? यसको उत्तर  खोज्न अन्त कतै जानु पर्दैन । स्वयम मान्छे भित्रै उत्तर खडा छ अर्थात सरल भाषामा भन्नुपर्दा यसको कारक स्वयम हामी मान्छे नै हौं ।
हामी प्रकृतिका सन्तान हौं । हाम्रा्े शरिर प्रकृतिपदत्त पंच तत्वले बनेको छ । प्रकृतिले हामीलाई सहजतासंग बांच्नका लागि तिनै पंच तत्व जल, वायु, आकाश, पृथ्वी र अग्नी प्रदान गरेको छ । मानव शरिर संचालनमा आवश्यक पर्ने हावा, पानी, माटो र ताप वा आगो दिएको छ । तर अभिशाप हामिले त्यसलाई नितान्त ब्यक्तिगत र स्वार्थका कारण सदुपयोग गर्नुको साटो दुरुपयोग ग¥यौं । हाम्रा स्वार्थसंग जोडिएका विविध क्रियाकलापका कारण हामिले प्रकृतिको विनास ग¥यौं । तहस नहस बनायौं । सुख सुविधा भोग गर्नका लागि प्रकृतिले हामिलाई बांच्नका लागि प्रदान गरेका महत्वपूर्ण धरोहरहरुलाई हामिले नष्ट ग¥यौं । काम, क्रोध, लोभ, मोहमा आशक्त भएर माया, दया, सेवा, करुणा जस्ता मानविय आदर्शहरुलाई विर्सेर क्रुर भयौं । धर्म, संस्कार, कर्तव्य, जिम्मेवारी सवै विस्र्यौं । विवेकहिन भयौं । शक्ति, सम्पती, सुख सुविधा र शानतिर अलमलियौं र यिनै चिज प्राप्तीमा जे गर्न पनि तयार भयौं । मोजमस्ती र विलासितामा रुमलियौं । सत्यलाई छाडेर असत्यको बाटो समात्यौं । रचना गर्नतिर होईन ध्वंस गर्नतिर लाग्यौं । असल बाटो छाडेर गलत बाटोतिर लाग्यौं । 
जसले गर्दा हाम्रा सोचाई, ब्यावहार, चिन्तन, क्रियाकलाप, चालचलन, खानपिन, उठवस सवै सोही अनुसार खराव हुन थाले । के खान हुन्छ, के खान हुंदैन । के गर्न हुन्छ, के गर्न हुंदैन । के वोल्न हुन्छ, के बोल्न हुंदैन भन्ने कुरा हामिले थाहा पाउन छाड्यौं र जे मन लाग्यो त्यही खान थाल्यौं । जे मन लाग्यो त्यही गर्न थाल्यौं । जे मन लाग्यो त्यही बोल्न थाल्यौं । परिणामस्वरुप हामी मानव नामका कलंक भयौं । यिनै अमानविय गलत व्यावहारहरुको परिणामस्वरुप आज महामारिको रुपमा विश्वभर आतंक फैलाईरहेको कोरोना भाईरसको मार खेपिरहेका छौं । संसारभर अढाइ लाख भन्दा बढी मानिसहरुले ज्यान गुमाईसकेका छन । संक्रमितको संख्या लाखौं पुगिसकेको छ । कोरोनाबाट कुनै पनि देश  अछुतो छैन । गरिव देशका गरिव जनता भोकमरिको चपेटामा परेका छन । उद्योग धन्दा, ब्यापार ब्यावशाय ठप्प हुंदा श्रम गरेर बांच्ने मजदुरहरुको चुलो नबलेको महिनौं दिन भैसकेको छ । अभाव खेप्न नसकेर कतिले आत्महत्याको बाटो अपनाएका छन । विश्वकै आर्थिक अवस्था जर्जर बन्दै गैरहेको छ । विश्व स्वास्थ्य  संगठनको भनाईलाई आधार मान्ने हो भने आउने दिनहरुमा विश्वका २५करोड मानिस भोकमरिको चपेटामा पर्ने छन । 
हो योृ विकराल परिस्थिती हामी स्वयमले सिर्जना गरेका हौं । यसमा कोही कसैलाई दोषारोपन गर्ने ठाउं छैन । हाम्रो आफ्नै लापरवाही र असावधानीको परिणाम हो यो । विगततिर फर्केर हेर्ने हो भने पनि यस्ता थुप्रै महामारिवाट गुज्रेर आएका हौं हामी । कहिले स्पेनिस फ्लु, कहिले स्वाईन फ्लु, कहिले वर्ड फ्लु, कहिले ईवोला भाइरस, कहिले एड्स आदि थुप्रै महामारिका शिकार भैसकेका छौं हामी । त्यती मात्र होइन यदी अव फेरी पनि हामी प्राकृतिक भएर बांच्न चाहेनौ भने, मानव भएर बांँच्न चाहेनौ भने यस्ता थुप्रै महामारिको शिकार बन्ने छौं । यस्ता थुप्रै लक डाउन भोग्ने छौं । सवैलाई चेतना भया । 

Tuesday, May 19, 2020

भोकाएका परेवाहरु

लगभग दुई महिना पुग्न लाग्यो जव म झिसमिसेमा उठेर घरको छतमा जान्छु आहाराको आस गर्दै वरिपरिका छिमेकिहरुको घरका छत, टपमा विहानको चिसो सिरेटोले कांप्दै मेरो प्रतिक्षामा बसेका एक हुल परेवाहरु तंछाड मछाड गर्दै म देखी कती पनि डर नमानी मेरो नजिक आईपुग्छन । मलाई पछ्याउंदै पछी पछी लाग्छन । धपाउंदा पनि डेक चल्दैनन् । भुर्र उडेजस्तो गर्छन पुनः मेरै वरिपरी बस्छन । उनिहरुको मनोवल र म प्रतिको विश्वास यती वलियो भैसकेको छ कि हामीलाई यसले केही पनि गर्दैन भन्ने कुरामा ढुक्क छन उनिहरु । परेवाहरुको मसंगको यो सामिप्यता उनिहरुको भोको पेटसंग जोडिएको छ । बाध्यता र विवशतासंग जोडिएको छ । पापी पेटको सवालसंग जोडिएको छ । परेवाहरु म संग जिवनको भिक मागिरहेका छन् । मेरा सामु आत्मसमर्पण गरिरहेका छन् र त मसंग डराईरहेका छैनन् । 
copyright@duryodhanbasnet
आहारा नदिउन्जेल सवै मेरो मुखमा ट्वाल्ल परेर हेरिरहन्छन् । जव म आहारा लिन भान्सामा जान्छु ढोकाको वाहिरपटी मेरो प्रतिक्षा गरेर वसिरहेका हुन्छन । चामल ल्याएर छतमा हालिदिन नपाई हारालुछ गरेर खोसाखोस गरि एकैछिनमा स्वाहा बनाउंछन । ती मध्ये दुईवटा जती परेवा निकै दादागिरी गर्दछन र अरुलाई आहारा खान नदिएर ठुङ्दै हिंड्छन् । अनी मैले ती दुईवटा दादालाई धपाएर अरुलाई आहारा खाने वातावरण बनाईदिने गरेको छु । न्याय, स्वतन्त्रता र समानतामूलक समाजको परिकल्पना गर्ने म, वलियो परेवाले अरुलाई दपेटिरहंदा सोच्न थाल्छु – आखिर वलियोले कमजोरमाथी सत्ता चलाउने प्रकृतिको नियम नै रहेछ । कुनै समयमा यसलाई मत्स्य न्याय भन्ने गरिन्थ्यो । यो ‘ठूलो माछाले सानो माछालाई खान्छ’ भन्ने सिद्धान्तमा आधारित न्याय प्रणाली हो । इतिहासको कुनै कालखण्डमा कानूनी राज्यको अभावमा यही मत्स्य न्यायलाई राज्य संचालनको आधार बनार्ईएको थियो । जुन कुरा कौटिल्यको अर्थशास्त्रमा उल्लेख गरिएको छ । यसलाई धेरै ब्याख्या गरिरहनु जरुरी छैन । केवल परेवाको दादागिरीको कारण मात्र यो सन्दर्भ उठाईएको हो । 
यसरी लकडाउनका कारण मानिसलाई मात्र होईन परेवालाई समेत बांच्न धौ धौ परिहेको अवस्था छ । उनिहरु त झन परजिवी हुन । कसैले दियो भने खान्छन नभए भोकै पर्छन । जब राज्यले लकडाउनको घोषणा गर्दै छ भन्ने गाईंगुईं  हल्ला चल्न थाल्यो त्यसपछी काठमाण्डौमा बसोबास गर्ने धेरैजसो मानिसहरु  कोरोना भाईरसबाट सुरक्षा पनि हुन्छ र भोकले पनि मरिंदैन भन्ने सोच वोकेर गाउंतर्फ लागे । यसै क्रममा मेरा छिमेकीहरु पनि काठमाण्डौको घर छाडेर गाउं लागे जुन घरमा परेवाहरु आश्रय लिएर बस्ने गर्दथे । परेवाको पनि गांस, वास र सुरक्षाका लागि आश्रय लिने आफ्नै घर हुने रहेछन याने की उनिहरुले जुन घरमा आहारा खाने र वास वस्ने स्थान बनाएका हुन्छन त्यही घरलाई आफ्नो घर ठान्दा रहेछन । त्यो घरका मान्छेलाई आफ्ना मान्छे ठान्दा रहेछन । लकडाउनका कारण जव उनिहरुले आश्रय लिने घरका मानिसहरु शहर छाडेर गाउंतिर लागे त्यसपछी परेवाहरु सहाराविहिन र निरिह बने । टुहुरा बने । खान दिने दाताको अभावमा भोक र प्यासले तड्पिन थाले । अघिपछी आहारा दिने गरेका नजिकैका खाद्यान्न पसल र होटलहरु समेत बन्द भएका कारण उनिहरुका निम्ति खानाको जोहो गर्ने कुनै पनि आधार वांकी रहेन । जसले गर्दा आहाराको अभावमा भोकले तड्पिएर छटपटाउन थाले र कतिले त मृत्युवरण पनि गरिरहेको पाईन्छ । 
हो, यतिवेला तिनै सहाराविहिन निरिह परेवाहरुको संरक्षक भएको छु म । भोक र प्यास मेटाईदिएर जिवन वचाईदिने जिवनदाता भएको छु । यसलाई मैले धर्म ठानेको छु । कर्तव्य ठानेको छु । भोक र तिर्खाले छटपटाईरहेका परेवाहरुलाई जिवन दिन पाउंदा, उनिहरुको सेवा गर्न पाउंदा म आफुलाई भाग्यमानी ठानिरहेको छु । हुन त यतिवेला मात्र होईन अघिपछी पनि संधैभरी विहान उठेर परेवालाई आहारा पानी दिने मेरो दैनिकी नै भएको छ । मात्र अघिपछी मेरो घर लाई आफ्नो घर ठान्ने, मलाई आफ्नो मान्छे ठान्ने सिमित परेवाहरु हुन्थे भने यतिवेला वरपर छिमेकिका घरमा आश्रय लिईरहेका सवै परेवाहरु मेरो घरमा भोक, प्यासका लागि आउने गरेका छन । लकडाउनले मलाई यो शुभ अवसर दिलाएको छ । मैले आफुलाई धन्य ठानेको छु । मान्छेले मान्छेलाई त मानविय सहयोग गरेकै छ यतिवेला । निबेको चुल्हो वालिदिने, भोकाएका पेटहरु भरिदिने दानवीर सहयोगी हातहरु सहयोगी मनहरु अघी वढिरहेकै छन । उहांहरुको मानविय कार्यलाई प्रसंशा नगरिकन रहन सकिंदैन । तर अमूक, निरिह र सहाराविहिन परेवा, कुकुर लगायतका परजिवी प्राणीहरुको भोक, प्यास मेटाउनतिर भने हामी मानिसहरुको त्यती ध्यान गएको देखिंदैन । जिवनको पूर्णताका लागि अन्य प्राणिहरुसंगको सामिप्यताको पनि त्यतीकै जरुरी पर्ने भएकोले विश्वब्यापी संकटको यस घडिमा उनिहरुको भोक, प्यासतर्फ पनि उत्तिकै ध्यान  पुर्याउनु पर्ने देखिन्छ ।