साहित्य र संस्कृति
Thursday, March 13, 2025
ट्रम्पले दिएको शन्देश
Sunday, June 2, 2024
ईपीएस कार्यालयमा जे देखें, लेखें
यतिवेला बैदेशिक रोजगारीमा जानेहरुका लागि आम्दानीका दृष्टिले दक्षिण कोरिया आकर्षणको केन्द्र बनेको छ । भर्खरै लिंदै गरेको भाषा परिक्षाको लागि मात्र १४७००० को आवेदन परेको छ । ती मध्ये भाषा परिक्षामा उतिर्ण भएर प्रतिष्पर्धामा आउने अठार हजार भाग्यमानीले मात्र कोरिया जान पाउने छन । परिक्षा ईपीएस कार्यालय भैंसेपाटिमा धमाधम चलिरहेको छ । सोहि परिक्षाका लागि आवेदन दिएकी मेरो आफन्ती नानीलाई जेठ ८ गते हुने परिक्षाका लागि परिक्षा केन्द्र देखाउन लगेको थिएं । काठमाण्डौ पहिलोपटक आएकीले मेरो घर सम्म पुग्ने बाटो र गाडीको बारेमा जानकारी नभएकोले परिक्षा अबधीभर मैले कुरेर बस्नुपर्ने भयो । त्यसैले परिक्षा नसकुन्जेल कार्यालय अगाडीको खाजा होटलमा चिया खाजा खांदै समय बिताएर बसिरहेको थिएं ।
होटलमा अगाडीको सिफ्टमा परिक्षा दिएर खाजा खान आउनेहरुको निक्कै भिडभाड थियो । परिक्षा राम्रो हुनेहरु निक्कै हांसी खुसिका साथ गफ गर्दै खाजा खाईरहेका थिए भने परिक्षा बिग्रिएकाहरु भने पुरै तनाबमय मुद्रामा कालोनिलो भएर खाजा के खाने भन्ने कुराको पनि निर्णय लिन सकिरहेका थिएनन । होटलवाला साहुनीले दुई तिन पटक सोधिरहंदा समेत उत्तर दिईरहेका थिएनन । पुरै छटपटाहट, चिट्चिटाहट भैरहेको थियो । वेचैनी भैरहेको भान हुन्थ्यो । लाग्थ्यो – परिक्षा पास गर्नेले संसारै जिते । फेल हुनेले संसारै हारे । परिक्षामा ४० वटा प्रश्नको उत्तर दिनुपर्ने र पास हुनलाई ३८ वटा मिलाउनुपर्ने नियम वा पद्धती बनाईएको रहेछ । ३७ लाई कटलाईन भनिंदोरहेछ अर्थात ३७ भन्दा तल आउने फेल हुने रहेछन । यसरी ३८ भन्दा माथी आउने सवै खुसी, कम आउने सवै दुखी ।
मापदण्डअनुसार फेल हुनेहरुविच एकआपश्मा छलफल चल्दै थियो कि अव कुन देश जाने ? कसरी जाने ? पैसाको जोहो कसरी गर्ने ? कुन देशमा जांदा पैसा धेरै र छिट्टै कमाउन सकिन्छ ? आदित्यादी । उनिहरुको हतास, अत्तालिएको, हारेको, असन्तुलित मनस्थिती देख्दा लाग्थ्यो – नेपालमा गरिखाने कुनै अबसर नै छैन । ठाउं नै छैन । बाताबरण नै छैन । माहौल नै छैन । परिस्थिती नै छैन । के बास्तवमै नेपालको अबस्था यस्तै हो त ? उनीहरुले सोचेको जस्तै । उनिहरुले बुझेको जस्तै । के यहां गरिखाने कुनै अवशर नै छैन । बाताबरण नै छैन । यहां कुनै रोजगारीको संभावना नै छैन । एकपटक घोत्लनुपर्ने बेला आएको छ । गहिरिएर सोच्नुपर्ने वेला आएको छ । कतै सही ठाउंमा, सही समयमा नपरेर नपाएको पो हो की वा खोजी नै नगरिएको पो हो की । सही ढंगले खोजी नगरिएकोले नपाएको पो हो की । अपेक्षा गरिएअनुसार नपाएर पो हो की । योग्यता र क्षमताअनुसारको काम र दाम नपाएर पो हो की । यहां कहांनेर कुरो मिलिरहेको छैन खोजी गर्नु जरुरी छ । यदी सांच्चै अबसर नै छैन । बाताबरण नै छैन । परिस्थीती नै छैन भने राज्यले यी कुराहरु मिलाउनु जरुरी छ ।
हामीसंग अथाह प्राकृतिक श्रोत र साधनहरु रहेका छन । हामीसंग प्रशस्त जल, जमिन र जङ्गल रहेका छन । यिनीहरुको सदुपयोग गरेर देशमा थुप्रै उद्योगधन्दाहरु खोल्न सकिन्छ र रोजगारीको सिर्जना गर्न सकिन्छ । यदि राज्यले स्वदेशमै रोजगारीको सिर्जना गर्ने हो र योग्यता, विज्ञता, क्षमता अनुसारको काम, माम र दामको व्यवस्था मिलाउने हो भने कुनै पनि नेपालीले विदेसिनु पर्ने अवस्था आउने थिएन । विदेसीनुपर्ने पिडा कती दर्दनाक, असह्य हुन्छ भन्ने कुराको प्रमाण खोज्न अन्त कतै जानु पर्दैन । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल गए पुग्छ । त्याहांको कोलाहलपुर्ण बाताबरणले पुष्टी गर्छ की नेपाली युवा युवतीहरु खुसिले विदेसिएका छैनन । यो कुरा त्याहां देखिने आंशुले बताईरहेको हुन्छ । जानेको आंखामा आंशु, विदाई गर्नेको आंखामा आंशु । कतै खुसी र पिडा मिसिएको आंशु कतै पिडैपिडाको आंशु । अनि कतै रुन्चे हांसो कतै आंशु लुकाईएको हांसो । आंशु र हांसोको संगमस्थल बनेको छ विमानस्थल ।
चौविसैघण्टा भरिभराउ, खचाखच, भिडमभिड, मारामार, रुवाबासी – विमानस्थलको विशेषता हो यो । अध्यागमनको आंकडाअनुसार सन.२०२३ जनवरी १ देखी डिसेम्वर ३१ सम्म १ बर्षको अवधिमा ८ लाख ८ हजार ४ सय १५ जना नेपाली श्रम स्विकृति लिएर बैदेशिक रोजगारीमा गएका थिए । अझ स्थलमार्गबाट विदेश जानेहरुको संख्या यसमा जोडिएको छैन । मात्र १ बर्षको यो आंकडाबाट हामिले सहजै अनुमान लगाउन सक्छौं की कती नेपाली युवा युवतीहरु विदेशीएका छन । अझै पछिल्लो समयमा त विदेशिनेको संख्या दिन दुईगुणा रात चौगुणा बढिरहेको पाईन्छ । एस.ई.ईं. पास गर्नासाथ २० बर्ष पनि उमेर नपुगेका भर्खरका कलिला केटाकेटीहरु ईपिएस मार्फत कोरिया जाने तरखर गरिरहेका हुन्छन । प्लस टु र ब्याचलर गर्नेहरुको त कुरै छाडौं । आम पढेलेखेकाहरु जापान, अष्ट्रेलिया, अमेरिका र युरोपका विभिन्न मुलुकहरुमा जाने गरेको पाईन्छ । अनि नपढेका र अण्डर यस.ई.ई. जती सवै खाडी मुलुकतिर । यसरी नेपालमा कोही पनि बस्न चाहंदैनन् ।
र त यतिखेर गाउंमा मलामीको अभाव खड्कीरहेको छ । गाउंबस्ती सुनसान भएको छ । खेतीयोग्य उर्वरा भुमी बांझो पल्टिएर बनझड झाडिमा परिणत भएको छ । यतिवेला बनमारा, तितेपाती, सिस्नो र विविधखाले बुट्यानहरुले ढाकिएका छन । मकै, सिमी, भटमास, कोदो, फापर फल्ने बारिका पाटाहरु कांढाघारिमा परिणत भएका छन । गाउंमा पात बजाएर मिठो धुन निकाल्दै गाई चराउने गोठालाहरु पाईन्दैनन । गाउंको पहिचान बनेको असारे भाका पनि गाईंदैन अचेल । ‘ कोदो रोप्दा लाएको पिरती, छुट्यो तोरी फुल्ने बेलामा ’ भन्ने चर्चित गीतको औचित्य सकिएको छ अव किनकी न कोदो रोप्ने मान्छे छ न त तोरी छर्ने । यसरी गाउं पुरै उजाड बनेको छ । मलामी जाने, गोठाला लाग्ने, खेत रोप्ने, कोदो रोप्ने, तोरी छर्ने सवै श्रमशिल पाखुरीहरु विदेशी भुमिमा श्रम गर्न बाध्य छन । उनिहरु सवै कतारको, साउदी अरवको ५० डिग्री तापक्रममा भेडा चराईरहेका छन । कोरिया, मलेशियाका खेतबारिहरुमा तरकारी रोप्दै, गोड्दै र टिप्दै छन । कोही फलाम कारखानामा, कोही कागज कारखानामा, कोही बुंगुर फर्ममा, कोही पोल्ट्री फर्ममा श्रमसंग, पसिनासंग पैसा साटिरहेका छन । त्यसैगरी कोही जापान, अमेरिका लगायत युरोपियन देशहरुमा आफ्नो योग्यता, विज्ञता, क्षमता, सिप र श्रम बेचिरहेका छन । खुसिले, चाहनाले, ईच्छाले होईन बाध्यताले ।
सवैभन्दा दुखद कुरो त यो छ की साहुको चर्को ब्याजमा ऋण काढेर ठुलो सपना बोकेर प्रदेशिएका नेपाल आमाका थुप्रै छोराछोरीहरु सपनालाई विचमै तुहाएर आफु वाकसमा फर्किएर आईरहेका हुन्छन । यतिमात्र होईन कतिले दर्दनाक यातना भोगिरहेका हुन्छन भने कती जेलमा सढिरहेका हुन्छन । हामीले विभिन्न सामाजिक सञ्जालबाट जानकारी पाईरहेका छौं – जेल जिवन बिताईरहेकाहरु, यातना भोगिरहेकाहरु, मृत्युदण्डको सजाएं पाएकाहरु सरकार र विभिन्न संघ संस्थाहरुसंग जिवनको भिख मागिरहेका हुन्छन । यसवाट पुष्टी हुन्छ की बैदेशिक रोजगारीमा जानेहरुको जिवन कती पिडादायी, दर्दनाक छ भन्ने कुरा ।
यसरी यो समग्र लेखको आशय के हो भने हामीसंग भएका अथाह प्राकृतिक श्रोत र साधनको सदुपयोग गरी आफ्नै देशमा उद्योग धन्दाहरु सञ्चालन गरेर रोजगारीको सिर्जना गरौं र बैदेशिक रोजगारीमा जांदा सिर्जना हुने दर्दनाक पिडाबाट नेपाली युवा युवतीहरुलाई बचाउने काम गरौं । यतिवेला जो गैरहेका छन उनिहरुलाई पनि स्वदेश फर्काउने बाताबरण तयार गरौं । उनिहरुले विदेशमा सिकेका ज्ञान, सिपलाई नेपालमा प्रयोग गरी नेपालको विकासमा टेवा पु¥याउने काम गरौं । यसैमा हामी सवैको भलो हुने छ ।
Sunday, June 4, 2023
हामी कती स्वस्थ छौं ?
हामीलाई बांच्नका लागि ३ वटा आधारभूत कुराहरुको जरुरी पर्दछ । हावा, पानी र खाना । यतिवेला पर्यायवरणिय प्रदुषणका कारण यी ३ वटै चिज प्रदुषित हुन पुगेका छन । बायुमण्डलमा यत्रतत्र फैलिएको धुवां धुलोका कारण स्वस्थ श्वास फेर्न सकिरहेका छैनौ जसले गर्दा धेरै मानिसहरु फोक्सो सम्बन्धि दम रोगका शिकार भैरहेका छन भने छाला र आंखाका रोेगीहरुको संख्या बढ्दो क्रममा छ । त्यसैगरी हामीले पिउने पानी पुर्णरुपमा विषाक्त भएको अवस्था छ । बढ््दो शहरीकरणले निम्त्याएको अब्यबस्थित बसोवासका कारण शहरी क्षेत्रमा भएका अधिकांश पानीका मुहानहरु, श्रोतहरु ढुंगेधारा, कुवा, ईनार आदि मासिएर लोप हुंदै गएका छन । अर्को कुरा बर्षौं पहिले बिछ्याईएका पानीका पाइपहरु पुराना हुन गै खिया परेको र ठाउं ठाउंमा टुटफुट भएका कारण पानीमा फोहोर मिसिन जांदा खानेपानी संस्थानले वितरण गर्ने गरेको पिउने पानी पनि निसंकोच निर्धक्कसंग पिउन लायक छैन । फेरी यो समस्या शहरको मात्र होईन ग्रामिण भेगमा भएका पानीका मुहानहरु समेत बालीलाई किराहरुवाट बचाउनका लागि प्रयोग गरिने किटनाशक विषादीका कारण प्रदुषित भैरहेका छन । अर्कोतिर शहरी क्षेत्रमा वैकल्पीक पिउने पानीको रुपमा प्रयोग गरिने विभिन्न कम्पनिहरुले वजारमा ल्याएका सिल्ड वोतल र जारको पानी पनि पूर्णरुपमा शुद्धिकरण नभएका कारण पिउन लायक छैन । सम्वन्धित निकायवाट गरिएको अनुगमनवाट यो कुराको पुष्टी भैसकेको छ ।
यसैगरी खानाको रुपमा प्रयोग गरिने कुनै पनि चिज स्वस्थ र शुद्ध भेटिंदैन । चाहे खाद्यान्न होस, चाहे फलफुल होस, चाहे तरकारी होस, चाहे वजारमा पाइने जुनसुकै खानेकुरा होस । पहिलो कुरो त किरावाट बचाउनका लागि उम्रिन नपाई नर्सरी अवस्थादेखी नै विषादी छर्ने गरिन्छ । जव फल लाग्न थाल्छ वा खान योग्य हुन्छ त्यसपछि पुनः विषादी छरिन्छ जसका कारण त्यसवाट उत्पादित वस्तु स्वस्थ रहने सवाल नै रहेन । अव त आदत र मानसिकता नै यस्तो भैसक्यो कि विषादी नहाले उब्जनी नै हुंदैन र ब्यापार चौपट हुन्छ । मनले मान्दै मान्दैन । यो त भयो विषादी राख्ने कुरा । यतिले मात्र हामीलाई चित्त बुझ्दैन । छिट्टै कमाउने नाममा खान योग्य नभैसकेको चिचिला अवस्थाको तरकारीमा अखाद्य बस्तु मिसाएर बनाइएको विषादीलाई ईन्जेक्सनको रुपमा लगाइन्छ र तुरुन्तै फुलाएर ठुलो बनाएर बजारमा बिक्रिमा लगिन्छ । यसरी उपभोक्ताको स्वास्थ्यमाथी खेलवाड गरिन्छ । अरु त परै जाओस सागमा समेत अघिल्लो दिन विषादी हालेर भोलीपल्ट वजारमा लगेर बिक्रि गरिन्छ । फलफुललाई ताजा देखाउनका लागि विभिन्न किसिमका अखाद्य बस्तुको प्रयोग गरिन्छ । स्याउलाई चिल्लो र ताजा देखाउनका लागि मैन दलिएको पाईन्छ भने केरालाई बेलै नभई पकाउनका लागि केमीकल प्रयोग गरिन्छ । त्यस्तै आंप पाक्ने समय नै नपुग्दै टिपेर केमीकल राखेर पकाईन्छ । खाद्यान्नको त कुरै छाडौं । सवैभन्दा बढी मिसावट हुन्छ । दालमा पालिस, चामलमा पालिस । पोलिस लगाउने मात्र होईन दालजस्तै बनाएर रङ लगाइएको ढुंगा मिसाईन्छ भने चामलमा त्यसैगरी चामलजस्तै बनाएर रङ लगाईएको ढुंगा वा अखाद्य बस्तु मिसाईन्छ । गेडागुडीमा त्यस्तै । वेसारमा ढुटो, मसलामा काठको धुलो मिसाईन्छ । हुंदाहुंदा सवैभन्दा सस्तो मानिने नुनमा समेत बालुवा मिसाउन थालियो ।
बजारमा पाईने खानेकुराको त कुरै नगरौं । बनाउने तौरतरिका, बनाउने ठाउं, पकाउन र राख्न प्रयोग गरिने भांडावर्तन, भण्डारण गर्ने स्थान, कच्चा पदार्थ, मिसावट गर्ने बस्तु सवैलाई हेर्ने हो भने खान लायक कुनै पनि चिज भेटिंदैनन । मिठाईमा खान नहुने रङ मिसाइन्छ । समसा, पकौडा लगायतका खानेकुराहरु एउटै तेलमा, डाल्डा घिउमा धेरै पटक पकाइन्छ र विष बनाइन्छ । पकाउने तेल र घिउ उसै त स्तरहिन हुन्छ त्यसमाथी धेरै पटक प्रयोग गर्दा हाम्रो स्वास्थ्यमा कस्तो असर पु¥याउला भनिरहनु नपर्ला । समसा, चाउमेन, पकौडा आदि पकाउंदा मिसाइने चिजहरु कती स्वच्छ, शुद्ध हुन्छन भन्ने कुराको पुष्टी समय समयमा सम्वन्धित निकायवाट हुने गरेको अनुगमनबाट भैसकेको छ जुन कुरा सवैमा जगजागेर नै छ । बजारमा पाईने माछामा ताजापन ल्याउनका लागि फर्मालिन जस्तो बिषादी चिज प्रयोग गरिने कुरा पत्ता लागेको छ । न त मासु नै स्वस्थकर पाईन्छ । दुध, दही र मही समेत पाउडर मिसाएर बाक्लो बनाइएको हुन्छ भने १ भाग दुध, दहीमा ३ भाग पानी मिसाईको हुन्छ । त्यती मात्र होईन हरेक चिजमा छिटो परिणाम खोज्ने हाम्रो गलत मानसिकताका कारण यतिवेला खाद्यान्न, फलफुल, तरकारी सवै छिटो र धेरै उत्पादन हुने खालका हाईव्रिड आउन थाल्यो । जुन न स्वादिष्ट हुन्छ न त्यसवाट भरपुर प्राप्त हुने पौष्टीक तत्व नै पाइन्छ । यसरी अखाद्य, अस्वस्थकर, विषादीपुर्ण खानेकुराका कारण स्वास्थलाई सन्तुलनमा राखिराख्नका लागि आबश्यक भिटामिन, खनिज, कार्बोहाइड्रेट, प्रोटिन र फाईवरजस्ता तत्वहरु हामीले गुमाउन पुग्यौं । त्यसमाथी पनि जङ्कफुड, फास्टफुडजस्ता अस्वास्थकर, अप्राकृतिक खानपानमा हामी अभ्यस्त भयौं जुन खानेकुरामा चिनी, चिल्लो र नुन मिसाइएको हुन्छ र बर्षौसम्म नसढोस भनेर स्वास्थ्यलाई हानी गर्ने अत्यन्तै कडा खालको केमिकल मिसाइएको हुन्छ ।
अर्को कुरा हुंदा खाने बर्गका मानिस गरिवी र अभावका कारण सन्तुलित खानपानको अभाव खेप्न बाध्य भैरहेको छ भने हुनेखाने वर्गका मानिस पैसा, धनसम्पतिको तुजुक देखाउनका लागि फाइभस्टार होटल, महगां होटलमा गएर पिजा, वर्गर, रेड लेवल, ब्ल्याक लेवल दन्काउनुलाई गर्व ठान्न थाले । सम्पन्न भएको ठान्न थाले जसका कारण उनिहरुको खानपान अब्यवस्थित हुन थाल्यो । यसैगरी हाम्रो भान्सामा पनि खाना तयार गर्ने सवालमा लापरवाही भैरहेको छ । मिठो बनाउने नाममा प्रशस्त चिल्लो राख्ने, अत्याधिक मसलाको प्रयोग गर्ने, झानेको चिजलाई वेस्सरी डढाउने गरीएका कारण पनि हामी रोगका शिकार भैरहेका छौं । खानेकुरा भण्डारण गर्ने ठाउं त्यतिकै फोहोर हुन्छ । त्यती मात्र होईन जिव्रो र मनलाइ नियन्त्रण गर्न नसक्दा हामी प्राकृतिक भन्दा अप्राकृतिक खानपानमा केन्द्रित भयौं । भुटेको, झानेको, तारेको, पोलेको खानेकुराप्रति हाम्रो मन लोभिन थाल्यो । जसले गर्दा स्वास्थ्यलाइ प्रत्यक्ष हानी पु¥याउने पिजा, वर्गर, सेकुवा, छोयला, कचेला, मम, चाउमेन, समसा आदि खानेकुरा हामीलाई मन पर्न थाल्यो एकातिर भने अर्कोतिर ब्यायाम गर्ने कुरामा फिटिक्कै ध्यान दिएनौ । रोटी, ढिंडो, मकै, भटमासजस्ता स्वास्थ्यलाई फाइदा पु¥याउने खानेकुरा नमिठा लाग्न थाले । त्यसमाथी पनि नकारात्मक सोचाइका कारण अनावश्यक तनाव लिन थाल्यौं । फलस्वरुप आफुलाई नियन्त्रण गर्न नसक्नेहरु दुब्र्यसनिमा फस्न पुगे र मादक पदार्थ र ड्रग्सको सहारा लिन पुगे ।
यसरी यी सवै अस्वस्थकर खानपान, विग्रंदो जिवनसैली र गलत वा नकारात्मक सोचाईका कारण हामी असाध्य र गम्भिर प्रकृतिका रोगका शिकार हुन पुग्यौं । परिणामतः गम्भिर खालका रोगहरु क्यान्सर, सुगर, हर्टहट्याक, मृगौला फेल लगायत अल्जाइमर, माईग्रेन, ट्युमर, नसा च्यापिने, दम, खोकी, निमोनिया, ग्यास्टिक, अल्सर, पायल्स, कब्जियत, रतन्धो, मोतीबिन्दु, पिसाव इन्फेक्सन जस्ता थुप्र्रै रोगहरु निम्त्यायौं । अनी रोग निको पार्न भनेर उपचारमा थुप्र्रै खर्च ग¥यौं । उपचारका लागि कुनै पद्धतीलाई पनि छाडेनौ । नाम चलेका डाक्टर, अस्पताल धाउनसम्म धायौं । जानकारीमा आएसम्मका धामी, झांक्रीकोमा गयौं । पछिल्लो समयमा छ्याप्छ्रयाप्ती देखापरेका माताकोमा गयौं । तर पनि कुनै उपायले काम गरेन । गरेजस्तो मात्र ग¥यो । खाउन्जेल ठिक हुने, खान छाडेपछि बल्झीने । साइड ईफेक्ट गर्ने । हैरान ।
त्यसैले त यतिवेला दुनिया उपचारको बैकल्पिक खोजिमा भौंतारीईरहेको छ । बाटोमा हिंड्दै गर्ने कसैले अचुक औषधी भनेर भन्यो भने किन्न तयार भैहाल्छ । हुने हो वा होईन मतलव छैन । कस्तो असर गर्छ मतलव छैन । किनकी उ आक्रान्त भैरहेको छ । उसले सही ठाउं फेला पारिरहेको छैन । विकल्प तयार भैसकेको छ भन्ने कुरा उसलाई थाहा छैन । हो, यस्तै अत्यन्तै भरपर्दो विकल्पको रुपमा हेल्दी लिभिङ नेपाल प्रा.ली.ले उत्पादन गरेको अत्यन्तै स्वस्थवद्र्धक, औषधिय गुण भएको, कुनै साईट ईफेक्ट नगर्ने, सवै किसिमका स्वास्थ्य समस्यालाई ठिक गर्ने अर्गानिक, नन केमिकल हर्वलयुक्त फुड सप्लिमेन्ट आईपुगेको छ । यसले थुप्र्रै स्वास्थ्य समस्याहरु ठिक बनाएको छ । यसले रोग निको पार्ने मात्र होइन रोग लाग्न नदिनका लागि पनि काम गर्छ । यद्यपी यो कुनै औषधी होईन । अवका दिनमा सवैले यसलाई आत्मसाथ गरौं र स्वस्थ बनौं । मैले त आत्मसाथ गरि फायदा लिईसकेको छु । धन्यवाद ।
Saturday, October 8, 2022
कोदो
भगबानचन्द्र ज्ञवाली
नमस्कार म पहिलाका मान्छेहरुको दुस्मन इज्जतमा समेत हानी पुर्याउने, अहिलेका मान्छेले उपयोगी मानेको भुइमा राख्न नपाउदै गुडी हाल्ने छुचो जातको अन्न कोदो हुँ । हुन त कोदो हुँ भनेर परिचय गराउन भन्दा मेरा व्यङ्ग्यात्मक नामहरूले छिटो चिन्नु हुन्छ । मान्छेलाई खिस्सी गर्नुपर्यो भने मेरो नाम धेरै उपयोगी हुन्छ । म र मबाट बन्ने परिकारकने नाममन ऐकाे मात्रा लगाए पछि निकै गजबसँग अरुलाई खिज्याउन उडाउन सकिन्छ । उदाहरण दिइहालुँ गाउँमा कसैले कालो बच्चा जन्माए फलानीले त कस्तो कालो ढिडे छोरो पाइछ बाउ आमा त गहुँको पिठो जस्तै छ्न् ।।छोरो त कोदे नै जन्मेछ नि! भर्खर जन्मेको बच्चाकै अघिसमेत म र उसका बिच पहिलो जुनिकै नाता जस्तो निकै ठुलो सम्बन्ध दर्साइन्छ । केही समय अघि मन नपरेकी र अलि बढी खाने बुहारीलाई पनि गाली गर्दा कोदेको सन्तान भात को मुख नदेखेको खलक जतिखेरै ढिडो खाएर हुर्केका ढिडेहरु समेत भन्ने गर्थे ।। दिदी अल्लि हुने र बहिनी अल्लि दुखी रहिछ्न भने भेट हुँदा बहिनी गुनासो गर्थिन हे बरै ! दिदी कोदाको खोले नरुचेर । जतिखेरै कोदाको खोले ,रोटि,ढिंडो कतिखानु कर्म पनि कस्तो रैछ ।दिदी चाहिं अलिक माते जस्ती छ्या ! आफुलाई त रुच्दैन आजसम्म खान परेको पनि छैन भगवानको कानमा नपरोस् त्यस्ता दिन नआउन्। घरमा पाहुना आउँदा मलाइ छुट्टी मिल्थ्यो आफ्नो मा नभए पनि माँगजात गरेर भात पकाइन्थ्यो । सम्धिनी,सम्धी, ज्वाइँ आउदा म को हुँ भन्ने घरमा कसैले चिन्दैनथे। पहिला मान्छेसँग पैसाको अभाव थियो जे भन्यो त्यो किनेर खान पाउँदैनथे नेपालीले असाद्दै रुचाउने अन्न धान, धानबाट बनाएको चामल, चामलबाट पकाएको भात पनि प्रसस्त खान पाउदैनथे। पेट भर्ने भनेकै म र मेरो नजिकको साथी मकै थियाैं । तर पनि मलाई निकै हेला गर्थे। कुनै अरु खेतीपाती नहुने ठाउमा ह्या ! कोदो फालिदिउला भन्ने गर्थे मलाई छरिसके पछि त्यति सारो अरु बाली जस्तो सियार पनि गर्दैनथे तर पनि म कुनै कन्जुस्याइँ नगरी प्रसस्त फलिदिन्थे। थोरै अहिलेको कुरा गर्छु। पहिलाभन्दा अहिले मेरो पनि अलिकति इज्जत बढेको जस्तो महसुस भएको छ। यो कोदा ले किन यति गुनासो गर्दै छ भन्ने सोच्नु भएको होला तर म सत्य र यथार्थ कुरा गर्दै छु। हो पहिला भन्दा म अल्लि इजतिलो भएको छु ,अल्लि गरुँगो भएको छु। गरिब,दुखीको चुलामा मात्र पाक्ने म अहिले धनी र हुने खानेको चुलामा पाक्न थालेको छु। दिन दुखीले खाने ढिडो नामक मेरो परिकार आजकल पाँच तारे होटलमा महङ्गो मुल्य तिरेर खानेको भिड लाग्ने गरेको छ।आज भोलि मलाई घरको भान्छामा खुलेआम पकाउने गरेका छ्न। चाहे जोसुकै पाउना आओस नहड्बडाइकन सोद्ने गर्छन् आज त माछा र ढिडो खाउ क्यारे है ? जबाफ हुन्छ नि म त ढिडो भनेपछि हुरुक्क हो। सम्धी सम्धिना आउँदा समेत सजिलै मलाई नै पकाउने वातावरण मिल्ने गरेको छ । आफै भन्ने गर्छ्न मलाइ त भात खान हुदैन कोदाको पिठो भए ढिडो खान पाए खुसी हुन्थे म त। आजकल रोग र रोगीको सङ्ख्या पनि बड्दो क्रम रहेछ फलस्वरूप मलाई उपयोगी मान्न लागेका छ्न। पहिला बिछ्ट्टै भात खाने रहर ले मधेस झर्नु भएका महोदयहरु ले पनि मेरो निक्कै सम्झना गर्नुहुँदो रहेछ। पहिला मान्छेले देखिनसकेको म अहिले कोसेली बनेर पुग्न थालेको छु। गाउँबाट शहरतिर पाउना हुँन जादा बरिस्टेहरुको घर मा म अनिवार्य पुग्ने गरेको छु ।गाउँबाट कोही शहर आउने भनेपछि शहरका बरिस्टेहरु मेरै प्रतीक्षा गर्ने गर्दछ्न् । भनेपछि म किन अब मख्ख नपरु? पालो सबको आउँछ भन्ने सुनेको थिएँ । आहा! कति मीठो ढिडो भन्ने तपाईंहरूको र आफुलाई सम्मान गरेको भन्दै फुरुक्क पर्ने मेरो पालो आएको हो कि? फुरुक्क परेर नाकको टोप्रो फुराउँदा अब अलिक ठूलो गेडो भएर फल्ने त हैन म ? ए ! अनि एउटा कुरा पहिला म फुल्ने,फल्ने बारीहरु अहिले बाँझिएका रहेछ्न् म फलिदिने तपाईहरुकै लागि हो म मा कुनै स्वार्थ छैन भन्नुहोस् आजसम्म मलाई तपाईहरुले केही दिनुपरेको छ र?ती बारीहरुमा मलाई लगाउनु भयो भने म मज्जाले फलिदिन्छु अरु खेतीको तुलनामा म अलिक कम मेहनतमै फलिदिन्छु ।अनि तपाईहरु न त भोको न त रोगी अब यति भनेपछि पनि म मन परिन ? म बाहिर कालो भए पनि भित्र सेतो छु र सबै कालो बस्तु खराब हुँदैन यति भए पछि त खिल्ली गर्न छोड्नु हुन्छ कि?
तपाईंहरु मलाई खानोस मात्र तपाईकै भलो हुन्छ। म त तपाईहरुकै लागि बनेको हुँ। अब रिस्टपुस्ट बलियो हुनका लागि आधुनिक खाजाको सट्टामा मेरो परिकार खानुहोस् तपाइँ पनि खुसी म पनि खुसी महोदय ! बरु मैले तपाईंहरु लाई नचिनेर केही फरक पर्दैन तर तपाईंहरुले मलाई चिन्न जरुरी छ। घमण्ड नै गर्ने हो भने म त प्रकृतिकै पहिलो अन्न हुँ ,म क्याल्सियमको खानी हुँ । जस कारण हजुरहरुको हड्डी मजबुत बनाइदिन्छु। ममा पाउने पोटासियम र म्याग्नेसियमका कारण रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछु ।म मुटुका रोगीलाई पनि निकै उपयोगी हुन्छु। ममा आइरन पाइने हुँदा तपाईको शरीर म रगतकाे कमी हुन दिन्न ।म सित यस्ता धेरै चिज छन जो तपाईंहरुको शरीरमा अति आवश्यक हुन्छ। हजुरहरुको रोगसङ्ग लड्ने शक्ति बढाउन म धेरै सहयोग गर्छु म तपाईको शरीरमा उर्जाकाे काम गर्छु ।अब चाडइ खाइ हालुँ जस्तो भयो होला हुन त हजुरहरु मानव जातीमा अलिक बडी मपाइत्व हुन्छ रे । हामिलाई पनि थाहा छ नि भनुहुन्छ कि भन्ने डर तर थाहा भए पनि नभए पनि म तपाईहरुकै लागि बनेको हु थाहा पाउन र प्रयोगमा ल्याउन जरुरी छ। आजसम्म घमण्ड गरेको छैन । अब तपाईंहरु पनि घमण्डी नभई कन मलाई चिन्ने र खाने गर्नो् । फेरि भन्छु हजुरकै भलो हुन्छ।
हजुरहरुकै प्रिय अन्न कोदो
Thursday, August 25, 2022
अपाङ्ग परेवाको कारुणिक कथा
दिनप्रतिदिन धागो उसको खुट्टामा गाडिंदै गैरहेको थियो । बढ्दै गैरहेको उसको पिडाले हामीलाई पनि पिडाबोध भैरहेको थियो । उसको पिडा हाम्रो पनि चिन्ताको विषय बनिरहेको थियो । तर के गर्ने ? त्यो उसको पिडालाई चिसो मन बनाएर टुलु टुलु हेर्नुको विकल्प पनि त थिएन । जव धागो भित्र भित्र गाडिन थाल्यो, उ छटपटिंदै अर्को सध्य खुट्टा र चुच्चोको सहयोगले धागो निकाल्ने प्रयास गर्न थाल्यो । उ जती प्रयास गथ्र्यो उती धागो कस्सिंदै जान्थ्यो र खुट्टा काटिंदै जान्थ्यो । अन्ततः उसको एक्लो प्रयास असफल भयो र लामो समयपश्चात उसको खुट्टा चुंडिएर गयो । उ पूर्णरुपमा अपाङ्ग भयो ।
सायद चेतना भएको भए र मानिसप्रतिको उसको डर, त्रास, भय नभैदिएको भए उप्रतिको हाम्रो सदभाव, सहयोग, करुणा पक्कै पनि कामयाव बन्थ्यो होला । अर्को कुरा चेतना भैदिएको भए त उसका पनि परिवार थिए होलान । साथीभाई थिए होलान । उनिहरुले पनि पक्कै सहयोग गर्थे होलान । तर विडम्वना सहयोग गर्ने कुरा त परै जाओस उल्टै उसलाई अरु परेवाहरुले लखेट्ने, खेद्ने काम गरिरहेका हुन्छन । कती पटक त अरुले खेद्दै गर्दा मैले धपाईदिएको छु ।
यतिवेला उ केवल एउटै खुट्टाको सहाराले बांचिरहेको छ । कमजोरलाई दपेट्ने, हेप्ने प्रवृति उसको समूहमा पनि रहेको छ अन्य प्राणिहरुमा झैं । उसलाई आहार खान दिईंदैन । सबलाङ्गहरुले, बलियाहरुले उसलाई लखेट्छन । तर पनि उच्च मनोवलका साथ उसका अरु साथिहरुसंग भिड्दै, लड्दै आहारा खाईरहेको हुन्छ । त्यती माात्र होइन, निहुं खोज्न आउनेहरुलाई लखेटिरहेको पनि हुन्छ ।
यो एरियावाट उ धेरै टाढा गएको देखिंदैन । सायद अन्यत्र अपरिचित स्थानमा जांदा असुरक्षित महशुस हुने भएर पनि होला । अर्को कुरा एउटा खुट्टाले मात्र भर नदिने भएकोले उड्नका लागि ब्यालेन्स नमिल्ने भएका कारण पनि टाढासम्म नउडेको हुन सक्छ । प्रायः दिनभर रातभर एउटै स्थानमा उभिईरहेको हुन्छ । केवल एउटा खुट्टाको सहाराले । सायद एउटा खुट्टाले वस्न असहज भएर पनि होला । हिंड्न त्यती सहज छैन उसलाई । लरखराउंदै हिंड्छ । आहारा खांदै गर्दा उभिन नसकेर लरखराउंदै लडिरहेको हुन्छ ।
यसरी उसलाई उभिन असहज छ । बस्न असहज छ । उड्न असहज छ । आहारा खान असहज छ । कती कठिन छ उसको जिवनयात्रा ? कती संघर्षसंग वांचिरहेको छ उ ? अपाङ्ग भएका कारण कुनै समय पनि दुश्मनको सिकार हुन सक्छ उ । कती धरापमा छ उसको जिन्दगी । र पनि परिस्थितिसंग पौंठाजोरी खेल्दै, जुध्दै, चुनौतीहरुको सामना गर्दै जीवन संघर्ष हो, संघर्ष हो जीवन भन्ने सार्वभौम सत्यलाई आत्मसाथ गर्दै सत्तिससाल झैं उभिएर बांचिरहेको छ उ । सायद मान्छे भैदिएको भए सहन नसकेर आत्महत्या गरिसक्थ्यो होला ।
हो, अव हामी मानवले यो अपाङ्ग परेवावाट बांच्न सिक्नुपर्ने भएको छ । हामीसंग त चेतना, वुद्धी, विवेक सवैथोक छ र पनि हामी त्यो परेवाजती पनि सहनसिल र धैर्यवान हुन सकेका छैनौ । हामीलाई ईश्वरले सवै कुरा दिएर पनि केही नभएका जस्ता भएका छौं । हामी संघर्ष गर्न चाहंदैनौ । चुनौतीहरुको सामना गर्न चाहंदैनौ । किनकी हामीले मानव हुनुको महत्व बुझ्न सकेका छैनौ । र त मुल्यवान जीवनलाई सानातिना अप्ठ्याराहरुमै सिध्याईदिन्छौं । ईच्छा रचाहनाहरु सहजरुपमा उपलब्ध हुन सकेनन् भने, आफुले भनेकोजस्तो भएन भने अप्रिय निर्णय लिन पुग्छौं । त्यसर्थअपाङ्ग परेवावाट संघर्ष गरी बांच्ने तरिका सिकौं । प्रतिकुलतालाई अनुकुलतामा बदलेर बांच्न सिकौं ।
Tuesday, August 9, 2022
अधैर्यताले निम्त्याएको पिडा
संसार एउटा पद्धतिमा चलेको छ । ब्रह्माण्ड पद्धतिमा चलेको छ । चन्द्र, सूर्य, तारा, ग्रह सवै पद्धतिमा चलेका छन । अर्थात प्रकृति आफ्नो नियम र पद्धतिमा चलेको छ । र त यो संसार अस्तित्वमा छ । हामी अस्तित्वमा छौं ।
यसरी यो संसार पद्धतिमा चलिरहंदा बुद्धी, विवेक, चेतना भएका संसारका सर्वश्रेष्ठ हामी मानिस भने पद्धतिलाई लत्याएर, कुल्चिएर आफुखुसी चलिरहेका छौं । हाम्रा प्रत्येक क्रियाकलापहरु प्रकृतिको नियम विपरित छन । हाम्रा सोचविचार, ब्यवहार, चिन्तन, आनिवानी, चरित्र, खानपान सवै अप्राकृतिक हुन थाले । जसका कारण आज हामी पिडाको भूमरिमा फस्न पुगिरहेका छौं । शारिरिक र मानसिक दुवै किसिमका पिडावाट गुज्रिरहेका छौं । यसको दोषी अरु कोही नभएर हामी स्वयम नै हौं ।
हामीलाई हरेक कुराको परिणाम चांडोभन्दा चांडो चाहिएको छ । धैर्य गर्न पटक्कै सक्दैनौ । यहांसम्मकी छोराछोरीलाई स्कुल भर्ना गर्न पाएका छैनौर्, यसले एस.ई.ई. कहिले पास गर्ने होला’ भनेर सपना देख्न थाल्छौं । उनीहरुलाई थाहा छ लगातार पास गर्दै गए भने एस.ई.ई. पास गर्न १३ वर्ष लाग्छ । यो थाहा पाउंदा पाउंदै पनि १३ बर्ष अगाडीदेखि नै अनावश्यक तनाव लिन थाल्छन । अझ कसैले त छोराछोरी पहिलो, दोस्रो पोजिशनमा आएका रहेछन भने एक तह कक्षा माथी चढाउनका लागि विद्यालयलाई आग्रह गर्न थाल्छन । युकेजीवाट एक कक्षामा भर्ना नगरी एकैपटक दुई कक्षामा भर्ना गरिदिन्छन त्यती नभए पनि एक कक्षाबाट दुई कक्षामा नपढाई ३ कक्षामा भर्ना गरिदिन्छन । जसले गर्दा फट्किएको कक्षाको विषयवस्तुको ज्ञान बच्चालाई हुंदैन । हरेक कक्षाको विषयवस्तु एक अर्को कक्षासंग अन्तरसम्वन्धित हुन्छन । जसका कारण तल्लो कक्षामा जतिसुकै तिक्ष्ण, अव्वल भएपनि पढाईमा कमजोर बन्दै जान्छ । सम्भवतः कमजोर हुंदै जांदा एस.ई.ई. मा फेल हुन पनि सक्छ वा फेल नभए पनि वल्ल वल्ल पास हुन सक्छ । यस्ता थुप्रै उदाहरणहरु भेटिन्छन ।
यसरी तिक्ष्ण वुद्धि भएको सुरुका दिनमा अव्वल पढाई भएको वालक बाबु आमाको आफ्नो छिटो परिणाम खोज्ने चाहनाका कारण अन्ततः कमजोर विद्यार्थीमा परिणत हुन पुग्छ । यसले गर्दा उनीहरुको उच्च शिक्षामा समेत नकारात्मक असर पर्न जान्छ । राम्रो परिणाम नआएपछि राम्रा स्तरिय कलेजहरुले भर्ना लिंदैनन । उसले आफुले चाहेको विषय पढ्न पाउंदैन । यसरी उनीहरुको भविष्यमाथी नै खेलवाड हुन पुग्छ ।
यसैगरी आजकाल हाम्रो समाजमा व्याप्त सानै उमेरमा हुने प्रेम विवाह, समाजिक सञ्जालमार्फत हुने च्याटिङ्ग प्रेम मार्फत हुने विवाहले अत्यन्तै विकृत रुप धारण गरिरहेको छ । विवाहको सामाजिक, धार्मिक, सांस्कृतिक, नैतिक मुल्य मान्यतालाई लात मारेर विशेष गरी गाउंघरमा विद्यालयमा ७÷८ कक्षामा पढ्दा पढ्दै प्रेम गरी विवाह गर्ने हतारोको कारण केटाकटी दुवै घरवाट भागेर सहर पस्ने जुन खालको एउटा प्रवृत्ति देखिएको छ, यसले थुप्रै दुर्घटनाहरु निम्त्याईरहेको पाईन्छ । पढाइलाई छाडेर बाबु आमाको लगानी, इज्जत, चाहनालाई माटोमुनी मिलाईदिएका कारण बाबु आमाको डरले दुवै केटाकेटी आफ्नो घरमा जान नसक्ने अवस्था एकातिर रहन्छ भने अर्कोतर्फ शहरमा होस वा अन्यत्र नागरिकताविना कार्यालयहरुमा रोजगारिको अवशर प्राप्त नहुने हुंदा वेरोजगारीको समस्याले पिरोल्न थाल्छ । नागरिकता बनाउनका लागि १८ वर्ष पुग्नुपर्ने र वाबुको सिफारिस पनि चाहिने हुंदा झनै थप चिन्ता थपिन पुग्छ । कहिं कतै उजुरी गरौं न त भने पनि कानुन विपरित २० वर्ष नपुगी विवाह गरिएको छ । ज्याला मजदुरी गरौं भने उमेरका कारण कडा मेहनत गर्ने अवस्था छैन । कहिं सानोतिनो व्यपार व्यवशाय गरौं लगानी गर्ने पैसा छैन । त्यती मात्र होईन कलिलै उमेरमा गर्भवती हुंदा महिलाको स्वास्थ्यमा असर पर्न जाने समस्या अर्को छ ।
यसरी विवाहलाई हलका ढङ्गले खेलवाड ठानी उमेरनै नपुगी हतारमा, लहडमा गरिंदा त्यसवाट उत्पन्न हुने मानसिक र शारिरिक पिडा अत्यन्तै दर्दनाक हुने गर्दछ । त्यस्ता खालका विवाह परिवार, समाज र कानूनले समेत स्विकार नगर्ने भएपछि कतिपय केटाकेटीले बांच्ने आधार कतैवाट नदेखेपछि आत्महत्याको बाटो अपनाएका घटनाहरु हामीले थुप्रै देखेका छौं, सुनेका छौं । त्यसर्थ विवाहजस्तो पवित्र वन्धनलाई ख्यालठट्टा नगरी धैर्यकासाथ कानूनी, सामाजिक, धार्मिक, सांस्कृतिक मुल्य र मान्यतालाई आत्मसाथ गरी अपनाउने गरौं । यसवाट जिवन सुन्दर र सुखमय बन्ने छ भन्ने कुरामा कसैको दुई मत रहंदैन ।
यसैगरी कतिपनि धैर्य गर्न नसक्ने र छिट्टै परिणाम खोज्ने आदतले जीवनका धेरै पाटाहरुलाई आघात पु¥याईरहेको पाइन्छ । रोजगारीका कुनै पनि माध्यम चाहे त्यो व्यापार होस वा जागिरलाई अपनाउन नपाउंदै छिटोभन्दा छिटो धनी हुने सपना देख्न थाल्छौं । अनि धैर्यता गुमाउंदै अवैध र अनैतिक किसिमले कमाउने वाटो खोज्न थाल्छौं । राता रात धनी हुने सपना देख्न थाल्छौं । छिटो अकुत सम्पति कमाएर अत्यन्तै महङ्गो लक्जरी गाडी, गगनचुम्वी महल प्राप्तीका लागि भ्रष्टाचारको सहारा लिन थाल्छौं । कमिशन, घुसखोरीका लागि दलाल, तस्करीको सहारा लिन थाल्छौं । यसरी परिश्रम नै नगरी अनैतिक ढङ्गले गलत बाटोवाट प्राप्त गरेको धन दिगो नहुने हुंदा एकदिन हामी यो वा त्यो माध्यमवाट नराम्रोसंग फस्ने छौं । आफु त वर्वाद हुन्छौं नै सम्पुर्ण परिवारलाई समेत वर्वाद पार्छौं । त्यसर्थ धैर्य गर्न सिकौं । छिट्टै परिणाम नखोजौं । न्यायिक ढङ्गले कमाउं र हांसीखुसी सुखी जीवन विताउं ।
अरु त परै जाओस, स्वास्थ्यमाथी प्रत्यक्षरुपमा असर पर्ने कुरामा समेत हामी गम्भिर हुन सकेनौ । प्रकृतिले हामीलाई स्वस्थबर्धक अर्गानिक अत्यन्तै पौष्टिक आहार दिएको छ तर हामीले त्यसलाई लत्याएर अप्राकृतिक आहार ग्रहण गर्न थाल्यौं । पकाएर खान समय लाग्ने भएकाले हामी नपकाईकनै खाने खानेकुराको खोजी गर्न थाल्यौं । रोटी, ढिंडो, मकै, भात खान छाडेर कहिले कहिलेदेखि बनाएर राखिएका वर्षौंसम्म नसढोस भनेर स्वास्थ्यलाई गम्भिर हानी पु¥याउने खालका केमीकल हालेर बनाईएका फास्टफुड, जङ्गफुड खान थाल्यौं ।
त्यतीमात्र होईन साधा किसिमले खानुपर्ने खानेकुरालाई चिल्लो, पिरो, अमिलो, मसालेदार बनाएर खान थाल्यौं । हामी स्वास्थ्यका निम्ति होईन मन र जिव्रोलाई चित्त बुझाउनका लागि खान थाल्यौं । अझ हामी त बांच्नका लागि होईन, खानका लागि बांच्न थाल्यौं । मौसमअनुसार समय लगाएर उत्पादन हुने खानेकुराको ठाउंमा बेमौसमी र वेसमयमा छिटो र धेरै फल्ने हाइव्रिड खानेकुरा खोज्न थाल्यौं जसमा कुनै पनि पौष्टिक तत्व पाइंदैन । र त हामी कलिलै उमेरमा अत्यन्तै पिडादायी गम्भिर खालका असाध्य रोगहरु हर्टअट्याक, ब्रेनहेम्रेज, स्टर्क, क्यान्सर, सुगर, प्रेसर, मृगौलासम्वन्धि रोगहरुवाट आक्रान्त भैरहेका छौं । धैर्यता गुमाएकै कारण र छिटो परिणाम खोज्दा हाम्रो यो हविगत भएको हो ।
अर्को कुरा हामी मेहनत परिश्रम नै नगरी कम्फर्ट जोनमा बसेर सफल ब्यक्ति बन्ने चाहना राख्छौं । जव कि यो एकदमै असम्भव कुरा हो । आजसम्म सफल भएका संसारका जतिपनि मानिसहरु छन, उनीहरु मेहनत नै नगरी सफल भएका पनि होइनन र छोटै समयमा सफल भएका पनि होईनन् । थुप्रै चुनौतीहरुसंग जुध्दै, अप्ठ्याराहरुसंग पौंठाजोरी खेल्दै लामो दुख, कष्ट जेलेर सफल भएका हुन । सफल ब्यक्तिको पछाडी थुप्रै संघर्षका कथा, व्यथाहरु लुकेका हुन्छन । हामीलाइ लाग्न सक्छ एकैचोटी सजिलैसंग सफलता प्राप्त गरे होलान । तर त्यो हाम्रो दृष्टिभ्रम मात्र हो । कति चोट, हण्डर खाएर, जोखिम मोलेर सफलता प्राप्त गरेका छन । दर्जनौपटक असफल हुंदै सफलता प्राप्त गरेका छन ।
तसर्थ हामीले धैर्यवान बन्दै छिटो परिणाम खोज्ने भन्दा पनि उचित परिणामसहितको दिगो उपलब्धि प्राप्ती हुने काम ग¥र्यौं भने पक्कै पनि हामी सफल बन्ने छौं र हाम्रो जीवन सुखी, खुसी र सुन्दर बन्ने छ ।





