Sunday, June 4, 2023

हामी कती स्वस्थ छौं ?


हामीलाई बांच्नका लागि ३ वटा आधारभूत कुराहरुको जरुरी पर्दछ । हावा, पानी र खाना । यतिवेला पर्यायवरणिय प्रदुषणका कारण यी ३ वटै चिज प्रदुषित हुन पुगेका छन । बायुमण्डलमा यत्रतत्र फैलिएको धुवां धुलोका कारण स्वस्थ श्वास फेर्न सकिरहेका छैनौ जसले गर्दा धेरै मानिसहरु फोक्सो सम्बन्धि दम रोगका शिकार भैरहेका छन भने छाला र आंखाका रोेगीहरुको संख्या बढ्दो क्रममा छ । त्यसैगरी हामीले पिउने पानी पुर्णरुपमा विषाक्त भएको अवस्था छ । बढ््दो शहरीकरणले निम्त्याएको अब्यबस्थित बसोवासका कारण शहरी क्षेत्रमा भएका अधिकांश पानीका मुहानहरु, श्रोतहरु ढुंगेधारा, कुवा, ईनार आदि मासिएर लोप हुंदै गएका छन । अर्को कुरा बर्षौं पहिले बिछ्याईएका पानीका पाइपहरु पुराना हुन गै खिया परेको र ठाउं ठाउंमा टुटफुट भएका कारण पानीमा फोहोर मिसिन जांदा खानेपानी संस्थानले वितरण गर्ने गरेको पिउने पानी पनि निसंकोच निर्धक्कसंग पिउन लायक छैन । फेरी यो समस्या शहरको मात्र होईन ग्रामिण भेगमा भएका पानीका मुहानहरु समेत बालीलाई किराहरुवाट बचाउनका लागि प्रयोग गरिने किटनाशक विषादीका कारण प्रदुषित भैरहेका छन । अर्कोतिर शहरी क्षेत्रमा वैकल्पीक पिउने पानीको रुपमा प्रयोग गरिने विभिन्न कम्पनिहरुले वजारमा ल्याएका सिल्ड वोतल र जारको पानी  पनि पूर्णरुपमा शुद्धिकरण नभएका कारण पिउन लायक छैन । सम्वन्धित निकायवाट गरिएको अनुगमनवाट यो कुराको पुष्टी भैसकेको छ ।

यसैगरी खानाको रुपमा प्रयोग गरिने कुनै पनि चिज स्वस्थ र शुद्ध भेटिंदैन । चाहे खाद्यान्न होस, चाहे फलफुल होस, चाहे तरकारी होस, चाहे वजारमा पाइने जुनसुकै खानेकुरा होस । पहिलो कुरो त किरावाट बचाउनका लागि उम्रिन नपाई नर्सरी अवस्थादेखी नै विषादी छर्ने गरिन्छ । जव फल लाग्न थाल्छ वा खान योग्य हुन्छ त्यसपछि पुनः विषादी छरिन्छ जसका कारण त्यसवाट उत्पादित वस्तु स्वस्थ रहने सवाल नै रहेन । अव त आदत र मानसिकता नै यस्तो भैसक्यो कि विषादी नहाले उब्जनी नै हुंदैन र ब्यापार चौपट हुन्छ । मनले मान्दै मान्दैन । यो त भयो विषादी राख्ने कुरा । यतिले मात्र हामीलाई चित्त बुझ्दैन । छिट्टै कमाउने नाममा खान योग्य नभैसकेको चिचिला अवस्थाको तरकारीमा अखाद्य बस्तु मिसाएर बनाइएको विषादीलाई ईन्जेक्सनको रुपमा लगाइन्छ र तुरुन्तै फुलाएर ठुलो बनाएर बजारमा बिक्रिमा लगिन्छ । यसरी उपभोक्ताको स्वास्थ्यमाथी खेलवाड गरिन्छ । अरु त परै जाओस सागमा समेत अघिल्लो दिन विषादी हालेर भोलीपल्ट वजारमा लगेर बिक्रि गरिन्छ । फलफुललाई ताजा देखाउनका लागि विभिन्न किसिमका अखाद्य बस्तुको प्रयोग गरिन्छ । स्याउलाई चिल्लो र ताजा देखाउनका लागि मैन दलिएको पाईन्छ भने केरालाई बेलै नभई पकाउनका लागि केमीकल प्रयोग गरिन्छ । त्यस्तै आंप पाक्ने समय नै नपुग्दै टिपेर केमीकल राखेर पकाईन्छ । खाद्यान्नको त कुरै छाडौं । सवैभन्दा बढी मिसावट हुन्छ । दालमा पालिस, चामलमा पालिस । पोलिस लगाउने मात्र होईन दालजस्तै बनाएर रङ लगाइएको ढुंगा मिसाईन्छ भने चामलमा त्यसैगरी चामलजस्तै बनाएर रङ लगाईएको ढुंगा वा अखाद्य बस्तु मिसाईन्छ । गेडागुडीमा त्यस्तै । वेसारमा ढुटो, मसलामा काठको धुलो मिसाईन्छ । हुंदाहुंदा सवैभन्दा सस्तो मानिने नुनमा समेत बालुवा मिसाउन थालियो ।

बजारमा पाईने खानेकुराको त कुरै नगरौं । बनाउने तौरतरिका, बनाउने ठाउं, पकाउन र राख्न प्रयोग गरिने भांडावर्तन, भण्डारण गर्ने स्थान, कच्चा पदार्थ, मिसावट गर्ने बस्तु सवैलाई हेर्ने हो भने खान लायक कुनै पनि चिज भेटिंदैनन । मिठाईमा खान नहुने रङ मिसाइन्छ । समसा, पकौडा लगायतका खानेकुराहरु एउटै तेलमा, डाल्डा घिउमा धेरै पटक पकाइन्छ र विष बनाइन्छ । पकाउने तेल र घिउ उसै त स्तरहिन हुन्छ त्यसमाथी धेरै पटक प्रयोग गर्दा हाम्रो स्वास्थ्यमा कस्तो असर पु¥याउला भनिरहनु नपर्ला । समसा, चाउमेन, पकौडा आदि पकाउंदा मिसाइने चिजहरु कती स्वच्छ, शुद्ध हुन्छन भन्ने कुराको पुष्टी समय समयमा सम्वन्धित निकायवाट हुने गरेको अनुगमनबाट भैसकेको छ जुन कुरा सवैमा जगजागेर नै छ । बजारमा पाईने माछामा ताजापन ल्याउनका लागि फर्मालिन जस्तो बिषादी चिज प्रयोग गरिने कुरा पत्ता लागेको छ । न त मासु नै स्वस्थकर पाईन्छ । दुध, दही र मही समेत पाउडर मिसाएर बाक्लो बनाइएको हुन्छ भने १ भाग दुध, दहीमा ३ भाग पानी मिसाईको हुन्छ । त्यती मात्र होईन हरेक चिजमा छिटो परिणाम खोज्ने हाम्रो गलत मानसिकताका कारण यतिवेला खाद्यान्न, फलफुल, तरकारी सवै छिटो र धेरै उत्पादन हुने खालका हाईव्रिड आउन थाल्यो । जुन न स्वादिष्ट हुन्छ न त्यसवाट भरपुर प्राप्त हुने पौष्टीक तत्व नै पाइन्छ । यसरी अखाद्य, अस्वस्थकर, विषादीपुर्ण खानेकुराका कारण स्वास्थलाई सन्तुलनमा राखिराख्नका लागि आबश्यक भिटामिन, खनिज, कार्बोहाइड्रेट, प्रोटिन र फाईवरजस्ता तत्वहरु हामीले गुमाउन पुग्यौं । त्यसमाथी पनि जङ्कफुड, फास्टफुडजस्ता अस्वास्थकर, अप्राकृतिक खानपानमा हामी अभ्यस्त भयौं जुन खानेकुरामा चिनी, चिल्लो र नुन मिसाइएको हुन्छ र बर्षौसम्म नसढोस भनेर स्वास्थ्यलाई हानी गर्ने अत्यन्तै कडा खालको केमिकल मिसाइएको हुन्छ ।

अर्को कुरा हुंदा खाने बर्गका मानिस गरिवी र अभावका कारण सन्तुलित खानपानको अभाव खेप्न बाध्य भैरहेको छ भने हुनेखाने वर्गका मानिस पैसा, धनसम्पतिको तुजुक देखाउनका लागि फाइभस्टार होटल, महगां होटलमा गएर पिजा, वर्गर, रेड लेवल, ब्ल्याक लेवल दन्काउनुलाई गर्व ठान्न थाले । सम्पन्न भएको ठान्न थाले जसका कारण उनिहरुको खानपान अब्यवस्थित हुन थाल्यो । यसैगरी हाम्रो भान्सामा पनि खाना तयार गर्ने सवालमा लापरवाही भैरहेको छ । मिठो बनाउने नाममा प्रशस्त चिल्लो राख्ने, अत्याधिक मसलाको प्रयोग गर्ने, झानेको चिजलाई वेस्सरी डढाउने गरीएका कारण पनि हामी रोगका शिकार भैरहेका छौं । खानेकुरा भण्डारण गर्ने ठाउं त्यतिकै फोहोर हुन्छ । त्यती मात्र होईन जिव्रो र मनलाइ नियन्त्रण गर्न नसक्दा हामी प्राकृतिक भन्दा अप्राकृतिक खानपानमा केन्द्रित भयौं । भुटेको, झानेको, तारेको, पोलेको खानेकुराप्रति हाम्रो मन लोभिन थाल्यो । जसले गर्दा स्वास्थ्यलाइ प्रत्यक्ष हानी पु¥याउने पिजा, वर्गर, सेकुवा, छोयला, कचेला, मम, चाउमेन, समसा आदि खानेकुरा हामीलाई मन पर्न थाल्यो एकातिर भने अर्कोतिर ब्यायाम गर्ने कुरामा फिटिक्कै ध्यान दिएनौ । रोटी, ढिंडो, मकै, भटमासजस्ता स्वास्थ्यलाई फाइदा पु¥याउने खानेकुरा नमिठा लाग्न थाले । त्यसमाथी पनि नकारात्मक सोचाइका कारण अनावश्यक तनाव लिन थाल्यौं । फलस्वरुप आफुलाई नियन्त्रण गर्न नसक्नेहरु दुब्र्यसनिमा फस्न पुगे र मादक पदार्थ र ड्रग्सको सहारा लिन पुगे ।

यसरी यी सवै अस्वस्थकर खानपान, विग्रंदो जिवनसैली र गलत वा नकारात्मक सोचाईका कारण हामी असाध्य र गम्भिर प्रकृतिका रोगका शिकार हुन पुग्यौं । परिणामतः गम्भिर खालका रोगहरु क्यान्सर, सुगर, हर्टहट्याक, मृगौला फेल लगायत अल्जाइमर, माईग्रेन, ट्युमर, नसा च्यापिने, दम, खोकी, निमोनिया, ग्यास्टिक, अल्सर, पायल्स, कब्जियत, रतन्धो, मोतीबिन्दु, पिसाव इन्फेक्सन जस्ता थुप्र्रै रोगहरु निम्त्यायौं । अनी रोग निको पार्न भनेर उपचारमा थुप्र्रै खर्च ग¥यौं । उपचारका लागि कुनै पद्धतीलाई पनि छाडेनौ । नाम चलेका डाक्टर, अस्पताल धाउनसम्म धायौं । जानकारीमा आएसम्मका धामी, झांक्रीकोमा गयौं । पछिल्लो समयमा छ्याप्छ्रयाप्ती देखापरेका माताकोमा गयौं । तर पनि कुनै उपायले काम गरेन । गरेजस्तो मात्र ग¥यो । खाउन्जेल ठिक हुने, खान छाडेपछि बल्झीने । साइड ईफेक्ट गर्ने । हैरान ।

त्यसैले त यतिवेला दुनिया उपचारको बैकल्पिक खोजिमा भौंतारीईरहेको छ । बाटोमा हिंड्दै गर्ने कसैले अचुक औषधी भनेर भन्यो भने किन्न तयार भैहाल्छ । हुने हो वा होईन मतलव छैन । कस्तो असर गर्छ मतलव छैन । किनकी उ आक्रान्त भैरहेको छ । उसले सही ठाउं फेला पारिरहेको छैन । विकल्प तयार भैसकेको छ भन्ने कुरा उसलाई थाहा छैन । हो, यस्तै अत्यन्तै भरपर्दो विकल्पको रुपमा हेल्दी लिभिङ नेपाल प्रा.ली.ले उत्पादन गरेको अत्यन्तै स्वस्थवद्र्धक, औषधिय गुण भएको, कुनै साईट ईफेक्ट नगर्ने, सवै किसिमका स्वास्थ्य समस्यालाई ठिक गर्ने अर्गानिक, नन केमिकल हर्वलयुक्त फुड सप्लिमेन्ट आईपुगेको छ । यसले थुप्र्रै स्वास्थ्य समस्याहरु ठिक बनाएको छ । यसले रोग निको पार्ने मात्र होइन रोग लाग्न नदिनका लागि पनि काम गर्छ । यद्यपी यो कुनै औषधी होईन । अवका दिनमा सवैले यसलाई आत्मसाथ गरौं र स्वस्थ बनौं । मैले त आत्मसाथ गरि फायदा लिईसकेको छु । धन्यवाद ।