कोभिड –१९ चिनमा देखा परेपश्चात युरोप, अमेरिका लगायत विश्वका थुपै्र देशहरुमा तिव्र गतिमा फैलिन थाल्यो । देखा परेको सुरुआती दिनमै हजारौंको संख्यामा मानिसहरु संक्रमित हुन पुगे भने संक्रमितको संख्या लाखौं पुग्न कति पनि समय लागेन । दिन दुई गुणा रात चौगुणाको दरले संक्रमितको संख्या बृद्धी हुन थाल्यो । संक्रमितको संख्या बढ्दै जांदा मृत्यु हुने वा ज्यान गुमाउनेको संख्यामा पनि उल्लेख्य रुपमा बृद्धी हुन थाल्यो । जव अमेरिका र युरोपका शक्तिशाली देशहरुमा यसले विकराल रुप धारण ग¥यो तत्पश्चात विश्व नै आतंकित हुन पुग्यो । सुविधा सम्पन्न देशहरुले समेत यसलाई नियन्त्रण गर्न नसकेपछी विश्वका मानिसहरु आतंकित हुनु स्वभाविक थियो ।
नितान्त नयां खालको सरुवा रोग भएकोले त्यतीवेला यसको रोकथाम गर्ने न त कुनै औषधी बनेको थियो न कुनै खोप नै निस्केको थियो । सरुवा रोग भएका कारण यसवाट बच्नका लागि केवल सावधानी अपनाउनुको विकल्प थिएन । यहि कुरालाई मनन गर्दै विश्व स्वास्थ संगठनले स्वास्थ्य सम्वन्धी मापदण्डहरु वा स्वास्थ्य आचारसंहिता तयार ग¥यो र कोभिडवाट प्रभावित सवै देशहरुलाई हुवहु पालना गर्न गराउनका लागि आग्रह ग¥यो भने कोभिड नियन्त्रणका लागि प्रभावित देशहरुमा लकडाउन गनृका लागि अनुरोध पनि ग¥यो । मास्कको प्रयोग, स्यानिटाईजरको प्रयोग, सामाजिक दुरी कायम गर्ने, सावुनपानीले हात धुने, भिडभाडमा नजानेजस्ता सावधानीका उपायहरु कडाईका साथ पालना गर्दा मात्र यो माहामारीवाट बच्न र बचाउन सकिने अवस्था रहने हुंदा कोभिड प्रभावित सवै देशहरुले सस्थ्यसम्वन्धि यी मापदण्डहरुलाई पालना गर्न थाले । यद्यपी लकडाउनका साथै सावधानीका उपाय अपनाउंदा अपनाउंदै पनि मानिसहरुले मृत्युवरण गरिरहेकै थिए भने संक्रमित हुनेको संख्या पनि वृद्धी भैरहेकै थियो । तर पनि जुन जुन देशमा कडाईकासाथ साबधानीका उपायहरु अवलम्वन गरियो, ति देशहरु हेलचेक्राइं गर्ने देशहरुको तुलनामा कम प्रभावित देखिए । ज्वलन्त उदाहरणको रुपमा चिनलाई लिन सकिन्छ । चिनमा बुहान प्रान्तमा देखिएको कोभिडलाई अन्य कुनै प्रान्तमा पनि फैलिन दिईएन । त्यसैगरी सुरुमा देखिएको संक्रमित संख्या ४००० लाई त्यतीमै सिमित राखियो र अरुलाई सर्न दिईएन । पद्दतिमा चलेको राज्य प्रणाली र अत्यन्तै अनुशासित नागरिक–यसको पछाडिको कारण थियो ।
सुरुका दिनहरुमै युरोप, अमेरिकी देशहरुमा यसले वितण्डा मच्चाईरहंदा, ठुलो संख्यामा मानविय क्षती पु¥याईरहंदा नेपालमा भने अत्यन्तै नगन्य रुपमा यसको प्रभाव परेको थियो । २०७६ को फागुनमा नेपालमा विदेशवाट फर्किएका एक युवालाई पोजेटिभ देखिएपश्चात चैत्र १८ गतेवाट सरकारले देशभर लक डाउनको घोषणा गरेको थियो । केवल १ जनालाई देखिएकोले सुरु सुरुमा खासै यसको प्रभाव परेको थिएन । विस्तारै संक्रमितको वढेपनि अन्य देशको तुलना र प्रतिशतका हिसावले संक्रमितको संख्या नगन्य नै रहेको थियो । त्यतिवेला सम्म हामी विश्वस्त थियौं कि हाम्रो खानपान, संस्कार, संस्कृति, ब्यावहार, धर्म, बाताबरण, प्रकृति, भूगोल आदिका कारण हामीमा रोगसंग लड्न सक्ने क्षमता सवल रहेको छ । तर जव सक्रिय संक्रमितको संख्या वृद्धि हुन थाल्यो र मृत्यु समेत हुन थाल्यो त्यसपश्चात विस्तारै अन्य देशमा झैं नेपालको आकाशमा पनि आतंकको कालो वादल मडारिन थाल्यो । डर र त्रासले नेपालीको मन र मस्तिष्कलाई पनि बेचैनी बनाउन सुरु ग¥यो । एकातिर लकडाउनका कारण बन्द, ब्यापार, पेशा, व्यावशाय ठप्प भएकाले नागरिकहरुको रोजी, रोटी गुमिरहेको थियो भने अर्कोतर्फ दिन प्रतिदिन कोभिको प्रभाव बढ्दै गैरहेको थियो ।
यसरी संक्रमित र मृतकको संख्या बढ्दै जांदा चिनजानका व्याक्तिको समेत मृत्युको खवर पाउंदा भने झनै आतंकित हुने र पिडाबोध हुने अवस्था सिर्जना भएको थियो । यतिवेलासम्म आईपुग्दा न त औषधी नै पत्ता लागिसकेको थियो न त खोप नै । केवल मेडिकल विज्ञहरुको प्रयास जारी थियो । केही महिनापछी या २०७७ असार सम्म पुग्दा कोभिडको प्रभाव विस्तारै कम हुन थाल्यो । सरकारले लक डाउन खुकुलो गर्दै लग्यो । यतिकैमा भाद्र महिनामा कोभिडको खासै लक्षण नै नदेखिईकन सामान्य जिउ दुखाईमा जिवन संगिनीलाई पोजेटिभ देखियो । पोजेटिभ देखिएता पनि उनलाई त्यस्तो गाह्रो नभैकन दुइ तिन दिन विहान वेलुका सामान्य सिटामोल सेवन पश्चात पुर्ण निको भईन । २१ दिनमा पिसिआर चेक गर्दा रिपोर्ट नेगेटिभ आयो । त्यसको डेढ महिना पश्चात पुनः सामान्य टाउको दुखाईमा मलाई पोजेटिभ देखियो । मैले पनि कोभिड विज्ञ डाक्टरको सल्लाहअनुुसार ३ दिन विहान बेलुका सामान्य सिटामोल सेवन गरें र पुर्ण रुपमा निको भएं । यद्यपी शारिरिक कमजोरी भने दुवैले अनुभव ग¥यौं । कोभिड लागिसकेपश्चात कोभिड लागेर अस्पतालमा गंभिर अवस्थामा छटपटाईरहेका र मृत्युवरण गरेकाहरुलाई संचार माध्यममा देख्दा कताकता डर भने पैदा हुने गर्दथ्यो । २१ दिन पश्चात रिपोर्ट नेगेटिभ आएपछि भने त्यो डर र त्रासवाट मुक्त भईयो ।
त्यतीवेला मनमा प्रश्न उव्जने गर्दथ्यो कि के कोभिडको संसारमा औषधी बन्ला त ? यसका विरुद्ध लगाउने खोप निस्केला त ? यो कल्पना भन्दा बाहिरको कुरो मानिन्थ्यो । तर नभन्दै मेडिकल वि ज्ञहरुको अथक प्रयासका कारण चिन, भारत, अमेरिका लगायतका देशहरुमा खोप बन्न थाल्यो । फेरी पनि के यो हाम्रो पहुंचसम्म आईपुग्ला त, के खोप लगाउन पाउने भाग्यमानी हामी पनि हौंला त? भन्ने प्रश्नले मनमा घर गरिरहन्थ्यो । नभन्दै पहिलोपटक छिमेकी देश भारतवाट कोभिडशिल्ड नामको खोप भित्रियो । त्यसैगरी दोश्रो पटक छिमेकी देश चिनबाट भेरोशेल नामको खोप भित्रियो र पछिल्लो पटक अमेरिकाबाट जोन्सन एण्ड जोन्सन नामको खोप ल्याईयो । यसरी सरकारी प्रयास र मेडिकल डाक्टरहरुको प्रयासमा म लगायत आम नेपालीहरुको कल्पनामा मात्र सिमित कोभिड विरुद्धको खोप आज हामी नेपालीहरुको पहुंच सम्म आईपुग्दा हामी आफुलाई अत्यन्तै भाग्यमानी ठानीरहेका छौं । खोप लगाउंदै गर्दाको क्षण कता कता म भावुक बन्न पुगेछु । यो महान अवशर जुटाईदिने राज्य, सरकार लगायत खवर सूचना गरेर जानकारी दिनुहुने साथीभाई स्थानिय निकाय सम्पुर्णप्रति हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दै बांकी रहेका सम्पुर्ण नेपालीहरुले छिटो भन्दा छिटो खोप लगाउने अवशर प्राप्त गरुन भन्ने शुभकामना पनि ब्यक्त गर्न चाहन्छु ।
